Category Archives: गजल

गजल / Gazal

गजल : रुन्छौ कि नाइँ बा !

~ममता मृगतृष्णा~ आफुखुशी म मरे भोली रुन्छौ कि नाइँ बा ! बलिन्धरा आँशुले पिडा धुन्छौ कि नाइँ बा ! सम्हालिएर आँफु, आमालाई सम्हाल्नु पर्दा कांपेका हातले मुहार मेरो छुन्छौ कि नाइँ बा !

Posted in गजल | Tagged | Leave a comment

गजल : यो प्यार अनौठो

~ममता मृगतृष्णा~ दिएर गयौ तिमी ,यो प्यार अनौठो एक्लो छू यहाॅ लाग्छ संसार अनौठो।। छैन स्पर्श कतै तिम्रो बहने पवनमा तर पनि म जिउने छ आधार अनौठो।।

Posted in गजल | Tagged | Leave a comment

गजल : रुँदा थाहा पायौ कि नाई

~ममता मृगतृष्णा~ सिरानीले मुख छोपी रुँदा थाहा पायौ कि नाई ।। तिम्रो चिनो आँशुले धुँदा थाहा पायौ कि नाई ।। जहाँकही तिम्रो अस्थित्व मात्र भाग्य अपवाद भो यही पिरमा मा पागल हुँदा थाहा पायौ कि नाई ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : जब मोडिन्छ जिन्दगी

~भीम विराग~ गलत मोडमा जब मोडिन्छ जिन्दगी आफूदेखि आफ्नै तोडिन्छ जिन्दगी बाटो हो कि कुबाटो अन्धोलाई के मतलब आँखै हुनेको पनि ठोकिन्छ जिन्दगी

Posted in गजल | Tagged | Leave a comment

गजल : सास चल्छ तिम्रै नामको

~ममता मृगतृष्णा~ शरीर भित्र अझै पनि सास चल्छ तिम्रै नामको फर्किन्छौ कि कतै तिमी आश चल्छ तिम्रै नामको हलुङ्गो हावा पनि गर्हौ याद बोकी आउछ पलपल तडपाउन बताश चल्छ तिम्रो नामको

Posted in गजल | Tagged | Leave a comment

गजल : म एक भूल

~ममता मृगतृष्णा~ दुवै मिली चुडाँइदिए तिनैलाई जोड्ने पूल थिएँ काँडा सोचें छन् कि कुन्नी म त केवल फूल थिएँ । भन्ने थिए होलान् सब्ले कति सुन्दर उपहार यो उपहार नी फाल्छ कोही, धत् म त भूल थिएँ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्लाई रजाएर लगे

~ममता मृगतृष्णा~ मैले राजी खुशी गरे तिम्लाई रजाएर लगे ।। तिमी सजिएर गयौ मलाई सजाएर लगे ।। म माल्किन झैँ बसिरहेँ लाटी अनी बहिरी भै तिम्लाई भने स-साना काम कजाएर लगे ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : दाउ चाल्यौ तिमीले

~ममता मृगतृष्णा~ आफ्नै बाजी जित्ने दाउ चाल्यौ तिमीले प्रेमको आगो झोसी झोसी गाल्यौ तिमीले सपना सारा मिठा थिए बुनिएका सजिएका इच्छा माथी वासनाको दिप बाल्यौ तिमीले

Posted in गजल | Tagged | Leave a comment

गजल : किसानको चेहेरा

~नेकी धनेन्द्र~ सधै बदल्ने गर्दछ किसानको चेहेरा कहिले काही उसैले मार्छ हालेर घेरा लेखेको हुँदैन कसैको निधारमा पनि घरमा यत्ति आम्दानी हुनेछ भनी तेरा

Posted in गजल | Tagged | Leave a comment

गजल : जीत ठानेको छु

~नेकी धनेन्द्र~ धेरै चोटी हारेरै बाँचे, जीत ठानेको छु ।। संघर्ष नै जिन्दगीको मित ठानेको छु ।। छेपारा झै रङ्ग फेर्ने आफन्तको चाला जति जालमा पारेपनि हित ठानेको छु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : खालि हात गए

~नेकी धनेन्द्र~ लोभ गर्ने अनकनाए खालि हात गए ।। कोही आफैलाई खनाए खालि हात गए ।। कति आए बास बस्न यो बाटोम यात्री सुनकै दरबार बनाए खालि हात गए ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : आकार बनाउनु पर्छ

~नेकी धनेन्द्र~ यो जिन्दगीको आकार बनाउनु पर्छ समय अनुसार बनाउनु पर्छ इच्छा आकांक्षा असिमित भएपनि

Posted in गजल | Tagged | Leave a comment

गजल : फुलौ झै लाग्छ

~कुलबहादुर तामाङ~ तिम्रो मनको फूलवारीमा फुलौ झै लाग्छ, शितल तिम्रो छहारीमा झुलौ झै लाग्छ, सपनीमा झै विपनीमा तिमी संग, तिम्रै नजर भित्र भित्रै डुलौ झै लाग्छ,

Posted in गजल | Tagged | Leave a comment

गजल : नखुलेको आकाश खुलेर आयो

~रवि प्राञ्जल~ नखुलेको आकाश खुलेर आयो उ सायद यो बाटो भुलेर आयो झर्यो त के भो त्यो जुई र जाइ त्यो पलास मनमा फुलेर आयो

Posted in गजल | Tagged | Leave a comment

गजल : रहर नै रहरमा

~रवि प्राञ्जल~ बित्यो आधी जीवन, रहर नै रहरमा चलेको छ आँधी, यो मनको शहरमा । यता यो नजरमा छ कुवा जमेको

Posted in गजल | Tagged | Leave a comment

गजल : सुखी यो संसारैमा

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ को होला र म जत्तिको सुखी यो संसारैमा तिमीलेनै बनाइदियौ आनन्दी यो संसारैमा निवेदन प्रणयको तिम्रो मैले पाएँ आज त झलमल्ल देख्छु यो संसारैमा

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रेम-रोग भन्ने गर्थें पैले

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ कस्तो होला प्रेम-रोग भन्ने गर्थें पैले आफैलाई संझाउने कोही पाइनँ ऐले कस्ता होलान् बेकारमा माया गर्छन् भन्थें पर्खि बस्ने भइएछ आउँछिन् उनी कहिले

Posted in गजल | Tagged | Leave a comment

गजल : छौ मेरो काखमा

~सदानन्द अभागी~ छौ मेरो काखमा प्रेमी को मातमा मीठो हो वासना फूलै को साथमा

Posted in गजल | Tagged | Leave a comment

गजल : सजाउने सुन दिन्छु

~पल हिरा~ गला कानमा सजाउने सुन दिन्छु मनै उज्यालो बनाउने जुन दिन्छु जन्तीको लावालस्कर मात्रै होइन

Posted in गजल | Tagged | Leave a comment

गजल : उतैतिर खलबल भयो

~इन्द्रकुमार ‘विकल्प’~ जता गयो उतैतिर खलबल भयो जिन्दगीको लेन—देन गलमल भयो तिमीलाई देख्नु पनि तलबल भयो यताउता कताकता अलमल भयो

Posted in गजल | Tagged | Leave a comment

गजल : कसैलाई राम प्यारो

~इन्द्रकुमार ‘विकल्प’~ कसैलाई नाम प्यारो कसैलाई राम प्यारो किन—किन हाम्रा नेतालाई भने दाम प्यारो कसैलाई घाम प्यारो कसैलाई गाम प्यारो किन—किन हाम्रा नेतालाई भने साम प्यारो

Posted in गजल | Tagged | Leave a comment

गजल : उसैले फालेको हो

~सुजन बुढाथोकी ‘कान्छा’~ सुरुमा सङ्गकेत त्यस्तो उसैले फालेको हो यसैले त्यो रात मैले कपडा फुकालेको हो अर्कैको भैन सफलता उनि आफै पर गैन

Posted in गजल | Tagged | Leave a comment

गजल : मुल्याङ्गकन हुदैन

~सुजन बुढाथोकी ‘कान्छा’~ हुदै हुदैन यहाँ कदापी मुल्याङ्गकन हुदैन जब सम्म तिम्रो प्रसस्त श्रोतसाधन हुदैन त्यो बेला अर्कै थियो त्यसैले रामले जित्यो यो कलियुग हो ऐले सत्यको समर्थन हुदैन

Posted in गजल | Tagged | Leave a comment

शास्त्रीय गजल : खोज्दिएँ तिमीलाई

~जीर्ण भागेदार~ तिमी त दूर भयौ खोज्दिएँ तिमीलाई दिएर प्रेम अहो ! रोज्दिएँ तिमीलाई छ भोक प्यास बुझ्दा छैन फेरि मायामा मबाट सिक्छु भन्यौ बोक्दिएँ तिमीलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : तड्पिएँ तिमीलाई भनेर

~जीर्ण भागेदार~ दिनरात तड्पिएँ तिमीलाई भनेर जिन्दगी नै अर्पिएँ तिमीलाई भनेर कोपिला नै थियौ हिजोसम्म तिमी

Posted in गजल | Tagged | Leave a comment

गजल : मन पर्न थालेको ।।

~राजन रुचाल~ तिमी मलाई किन मन पर्न थालेको ।। मैले तिम्लाई किन माया गर्न थालेको ।। कतै म पागल त भाको रैन छु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मन् हर्न लागे

~मोतिराम भट्ट~ इ सानै उमेर् देखि मन् हर्न लागे इनै सुन्दरीले जुलुम् गर्न लागे कहाँसम्मको आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे

Posted in गजल | Tagged | Leave a comment

गजल : मस्केर गई

~जीर्ण भागेदार~ मलाई हेरेर मस्केर गई क्या मीठो माया पस्केर गई सपना हो कि विपना हो

Posted in गजल | Tagged | Leave a comment

गजल : मैले पाएको छैन

~जीर्ण भागेदार~ चिठी पठाएँ भन्छ्यौ मैले पाएको छैन तिमीबाहेक अन्त माया लाएको छैन तिम्रै मुटुमा बस्छु, तिम्रै सपनी देख्छु तिमी छाडेर अरु मैले चाहेको छैन

Posted in गजल | Tagged | Leave a comment

गजल : विग्रिएको कारण देखाउँछ

~नेकी धनेन्द्र~ यो देश विग्रिएको कारण देखाउँछ । उ नेताहरुको उदारण देखाउँछ । सत्ता, शक्ति र सम्मान खोज्नेहरुलाई फोटोले पनि आफ्नो न्वारण देखाउँछ

Posted in गजल | Tagged | Leave a comment

गजल : वासना छर्नु पो जिन्दगी

~रवि प्राञ्जल~ फूलझैं वासना छर्नु पो जिन्दगी । गर्वले वन्दना गर्नु पो जिन्दगी । भोकमा, शोकमा, पर्छ जो कष्टमा स्नेहले कष्ट त्यो हर्नु पो जिन्दगी ।

Posted in गजल | Tagged | Leave a comment

गजल : चामल छ न दाल छ

~सुजन बुढाथोकी ‘कान्छा’~ खानका लागि एक गेडो चामल छ न दाल छ उ गरिब हो जस्को घरमा केवल अनिकाल छ, बाटोमा रोएको देखेर पनि हेर्दै नहेरी गयो होला सायद छिमेकी जो

Posted in गजल | Tagged | Leave a comment