Category Archives: अनूदित निबन्ध

अनूदित निबन्ध / Translated Essay

अनूदित चिन्तन निबन्ध : मनका ४ आयामहरू

~सदगुरु जग्गी वाशुदेव~ अनुवाद : विक्रम सुब्बा पूर्विय यौगिक सोच अनुसार मानव “मन”का १६ आयाम हुन्छन् । बुझ्न सजिलो होस भनेर यिनलाई ४ कसिममा (Categories) विभक्त गरिन्छ – १) वुद्धि (Intellect); २) मानस (Brain); ३)अहंकार (Identity); र ४) चित्त (Intelligence)  । १) वुद्धि (Intellect) – वुद्धि तर्क र प्रमाणमा मात्र विश्वास गर्दछ । त्यसैले हरेक कुरालाई चिरफार … Continue reading

Posted in अनूदित निबन्ध, विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

अनूदित निबन्ध : प्रयोगशालामा भिक्षु

~दलाई लामा~ अनुवाद : मुकेश लामा यो समय बिश्वभरि नै विनाशकारी समस्याहरुका रुपमा रीस, त्रास र घृणा जस्ता ध्वंसात्मक भावनाहरु बढ्दो रुपमा देखा पर्ने समय हो । दैनिक समाचारले यस्ता भावनाहरुका भयानक सम्झनाहरु दिने भएकाले हामीले उठाउनुपर्ने प्रश्न यो होः … Continue reading

Posted in अनूदित निबन्ध | Tagged , | Leave a comment

अनूदित निबन्ध : साहित्य : संघर्ष र साधनका दुई रूप

~फैज अहेमद फैज~ प्रत्येक साहित्कार कुनै न कुनै रूपमा समाजको एक एकाइ हुन्छ । साहित्यकारको आफ्नो समाजसित दुई किसिमको सम्बन्ध हुन्छ । एउटा व्यक्तिगत सम्बन्ध र दोस्रो साहित्यकारको सम्बन्ध । यी दुई सम्बन्धले साहित्यकारमा दोहोरो जिम्मेवारी सिर्जना गर्छ । एउटा … Continue reading

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित निबन्ध : युवा लेखकहरुसित कुराकानी

~म्याक्सिम गोर्की~ आफ्नो जीवनलाई सञ्चालन गर्ने मूल शक्तिहरूलाई पत्ता लगाउन नभएर, आफ्ना विचारहरूलाई कुनै खास ठाउँमा पु¥याएर विश्राम गर्ने आतुरी भएको कारणले धेरै मानिसहरू सोच्ने र तर्क–वितर्क गर्ने काम गर्दछन् । उनीहरूमा प्रायः “तर्क अथवा सन्देहभन्दा टाढाका” सत्यहरूको स्थापना गर्ने … Continue reading

Posted in अनूदित निबन्ध | Tagged | 1 Comment

अनूदित व्यङ्ग्य निबन्ध : साहित्यका नवरत्न

~जे.एल्.श्रीवास्तव~ त्यसो त मानिसहरू धेरै किसिमका हुन्छन् तर अहिलेको जमानामा मानवताको बोझ बोक्ने काम नेतापछि साहित्यकारले गर्दछ । साहित्यकार भनेको त्यो बुझक्कडहरूमध्ये पर्दछन्, जो विद्यार्थीकालमा लगौँटी र कुश्तीहरूबाट टाढा रही कागत र कलमसँगै टाँसिएर रहने गर्दछन् । जब यिनीहरू जवान … Continue reading

Posted in अनूदित निबन्ध, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

अनूदित निबन्ध : क्रान्ति–बेलाको साहित्य

~लु सुन~ मेरो आजको विषय “क्रान्ति–बेलाको साहित्य” हो। यस महाविद्यालयले मलाई बोल्न भनी धेरैपल्ट निम्त्याएको थियो र मैले भने पन्छाउँदै गरेको थिएँ, मलाई के लाग्छ भने तपाईहरूले म एउटा लेखक भएको र मैले केही कथाहरू लेखेको नाताले साहित्य विषयमा केही … Continue reading

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित निबन्ध : निबन्धहरु : तेस्रो काँटाका विषयमा

~लु सुन~ यता तीन वर्षमा कला र साहित्यबारे निक्कै नै थोरै छलफलहरू भएका छन् । वामपन्थी मुखुन्डो लाएर माक्र्सवादमा कलाको स्वतन्त्रताका लागि र लेनिनवादमा कम्युनिस्ट डाँकाहरूलाई मार्नका लागि तर्कहरू खोज्ने खुकुरीबाट जोगाइएका केही व्यक्तिहरूले बाहेक व्यावहारिक रूपमा अरू कसैले पनि … Continue reading

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित निबन्ध : केही समयका लागि “असल व्यवहार”लाई पन्छाउनु पर्छ

~लु सुन~ १) विषयको थालनी तात्लल (पत्रिका) को ५७ औं अंकमा लिन यु–ताङले असल व्यवहारबारे उल्लेख गरेको छ। उसले चीनमा यस्तो भावनाको निक्कै कमी भएकोले हामीहरूले यसलाई सकेसम्म हौसल्याउने प्रयत्न गर्नुपर्छ भनी टिप्पणी गरेको छ। यसले के कुरा पनि थपेको … Continue reading

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित निबन्ध : सुश्री लिउ हो–छनको सम्झनामा

~लु सुन~ गणतन्त्रको स्थापनापछिको पन्ध्रौं वर्षको मार्च २५ का दिन (अर्थात् १९२६ मार्च २५ का दिन) राष्ट्रिय पेकिङ महिला नर्मल महाविद्यालयले त्वान चि–चिउको सरकारी भवन अघिल्तिर (मार्चको) १८ औं दिनमा, मारिएका लिउ हो–छन् र याङ तेह–चनुको सम्झना दिवस मनायो। म … Continue reading

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित निबन्ध : स्वास्नीमान्छेहरुको मुक्तिका विषयमा

~लु सुन~ कन्फूसियसको भनाइअनुसार “स्वास्नीमान्छेहरू र तल्लो वर्गका मानिसहरूसित व्यवहार गर्नु अत्यन्तै गाह्रो हुन्छ। उनीहरूलाई नजिक आउन दियौं भने उनीहरू सम्मान राख्दैनन् र पर राख्यौं भने इवी गर्छन्।” यहाँ स्वास्नीमान्छेहरू र तल्लावर्गहरू एकै ठाउँमा थुप्य्राइएका छन् तर मलाई यसो भन्दा … Continue reading

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित निबन्ध : बत्तिमुनि टिपेका केही विचारहरू

~लु सुन~ गणतन्को दोस्रो वा तेस्रो वर्षतिर बेजिङका केही राष्ट्रिय बैंकहरूले निकालेका नोटहरूको विश्वसनीयता दिनदिनै बढ्दै गइरहेको भनुँ झन्–झ्न दरिलो हुँदै गइरहेको बेला मैले के कुरा सुनें भने सधैभरी चाँदीको मोहमा परेका गाउँलेहरूले समेत ती नोटहरू कति सजिला र पत्यारिला … Continue reading

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित निबन्ध : गद्दार सोलोखोभका सच्चा चेहराहरू

~त्साई हुइ~ अनु : लाल बहादुर इतिहासका नियमहरू असाध्य कडा छन्। संघर्षका संकटमय क्षणहरूमा तिनीहरूले हर किसिमका अवसरवादीहरू तथा गद्दारहरूलाई तिनीहरूको मखुन्डो हटाउन र सक्कली चेहरा उदांग पार्न निर्मम रूपमा बाध्य पार्छन्। मिखाइल अ. सोलोखोभको सम्बन्धमा यस्तै भएको छ। अक्टोबर … Continue reading

Posted in अनूदित निबन्ध | Tagged , | Leave a comment

अनूदित निबन्ध : सांस्कृतिक आन्दोलनमा अवसरवाद

~बदरूद्दीन उमर~ अनु: निनु चापागाई बंगलादेशको अर्थनीति तथा राजनीतिको क्षेत्रमा जुन अनुशासनहीन्ता, अराजकता तथा अवसरवाद आज अति सजिलैगरी देखिने गर्दछ, त्यसको प्रभाव यस देशको संस्कृतिमा पनि पर्याप्त प्रबल छ।यही कारण बाम तथा दक्षिणपन्थी मध्यमवर्गीय बुद्धिजीवी तथा सांस्कृतिक कार्यकर्ताहरूको दृष्टिकोण र … Continue reading

Posted in अनूदित निबन्ध | Tagged , | Leave a comment

अनूदित निबन्ध : आशाको खुशी

~सर सैय्यद अहमद~ अनु : जाकिर हुसैन ए आकाशमा खैरा बादलहरूमाझ चट्याङ परेझैं चम्कने इन्द्रेणी ! ए आकाशका तारागण र तिनका मनमोहक चमक ! ए उच्च पहाडहरूका आकाशसँग कुरा गर्ने कुहिरोले ढाकिएका टाकुराहरू ! ए पहाडका वैभशाली बाटिका ! ए … Continue reading

Posted in अनूदित निबन्ध | Tagged , | Leave a comment