Category Archives: अनूदित कविता

अनूदित कविता / Translated Poem

अनूदित कविता : च्यात्न देऊ मलाई तिम्रो लालमोहर

~बुद्ध सायमी~ अनुवाद: इन्द्र माली आफ्नो बाबुको मृत्युमा प्रफुल्लित हुन म राजकुमार होइन । हो, म असन्तुष्ट धुवाँले भरिएको मेरो कोठासित हो, ममा विद्रोह छ देखेर पनि नदेखे जस्तै गरी गुपचुप बस्ने प्रवृत्तिसित । बलात्कारका पीडा वा लसपसका स्वीकारात्मक चिह्न … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : विवेक–विजय

~डा. महाश्वेता चतुर्वेदी~ म यहाँ बन्दी भए पनि चैतन्य छु यो बन्धनमा अल्झे पनि मुक्त हुनाले धन्य छु । विषको बीउ छर्नेचाहिं अज्ञानी भएर भौंतारिएका छन् आफ्नै संहार गर्नेहरू कसरी हुन सक्छन् धीमान ?

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कविता : उनी यतै कतै छन

~उदय प्रकाश~ अनुवाद : जय कार्की उनी यतै कतै छन उनी कतै गएका छैनन् उनी यतै कतै छन् उनको लागि नरुनु । उनी वालकहरुको टोलीमा रंगीन बुश्शर्ट लगाएका वच्चाहरुको वीचमा हराएका छन् उनी मैलो कट्टु लगाएर फोहोरको थुप्रोबाट

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : समुन्द्र व्यापारीकी स्वास्नी: एक चिट्ठी

~लि बाई~ अनुवाद : पर्बत लावती जतिबेला मेरो कपाल निधारको सिधा पारेर काटिन्थ्यो म फूल चुँड्दै गेटको वरपर खेल्थेँ, तब तिमी बाँसको खुट्टे लाठीमाथि घोडा खेल्दै आयौ आरुबखडासँग खेल्दै तिमी म बसेको ठाउँ वरपर हिँड्यौ नमानी शंका वा घृणा, कलिला … Continue reading

Posted in अनूदित कविता | Tagged , , | Leave a comment

अनूदित कविता : उँचाइ

~अटल बिहारी वाजपेयी~ अनुवाद : टंक कार्की अग्ला हिमचोटीमा रुखहरू हुँदैनन्, बिरुवा उम्रिदैनन्, न हुन्छ घाँसकै खैरियत हुन्छ त खैरियत फगत बरफको जो हुन्छ कफन जस्तै सफेद औ, मृत्यु जस्तै ठण्डा, खेल्ने, हस्सि मजाक गर्ने नदी

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : नशामा लट्ठ होऊ

~चर्लस बाउडेलैर~ अनुवाद : गणेश राई सधैँ नशामा लट्ठ होऊ। यही हो र यो आवश्यक पनि छ। समयको भयावह चक्रले तिम्रो देहलाई धुजाधुजा पारि धर्तिको कुनै निष्पट्ट कालो ओडारमा कोचिदिँदाको पिडा अनुभव नगर्न भएपनि तिमी उन्मक्त रह । के मा … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : आजको रात म लेख्नसक्छु

~पाब्लो नेरूदा~ अनुवाद : पर्बत लावती आजको रात म लेख्नसक्छु सबभन्दा उदास पंक्तिहरू लेख्नु, जस्तो कि, “तारै ताराले भरिएको छ रात र ताराहरू छन् नीला अनि टाढा काँपीरहेका“ रात्री हावा आकाशमा घुम्दछ र गाँउदछ । आजको रात म लेख्नसक्छु सबभन्दा … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : व्यवस्थापन

~कुँवर नारायण~ अनुवाद : गौतम राई हिजो फेरि एक हत्या भयो भयानक परिस्थितिमा । म अस्पताल गएँ वास्तवमा त्यो ठाउँ अस्पताल थिएन । त्यहाँ मेरो डाक्टरसँग भेट भयो तर, त्यो मान्छे डाक्टर थिएन । उसले नर्ससँग केही भन्यो तर, त्यो … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : म र मेरो अस्तित्व

~अभय~ अनुवाद : प्रा.डा.मुकेशकुमार चालिसे म तपाईँको आँकडाको बस्तु होईन, न त तपाईँको भोट बैँक म तपाईँको परियोजना होइन, न त विदेशी अजायवघरको बस्तु न त म बाली भित्र्याउन पर्खिएको बिकुवा आत्मा हुँ, न त तपाईँका सिध्दान्तहरू परिक्षणगर्ने प्रयोगशाला हुँ, … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : स्वतन्त्र सूर्य

~अलेक्सान्द्र प्रोकोफेएभ~ सवै दिशामा सबै गाउंमा मुस्कान, नेत्र वसन्त फुल्दो…… पहाड र खोंच लेक र बेंसी सिरेटो शत्रु सुसाउने छैन ।

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कविता : यौटा ज्यामी इतिहास पढ्छ

~ब्रर्तोल्त ब्रेख्त~ अनुवादक – मनु मन्जिल थेब्स सहरका सातद्वार कसले बनायो ? किताबका पानाहरूभरि त राजाहरूको नाम छ के राजाहरूले नै ती खस्रा, बडे–बडे ढुंगाहरू उचालेर ल्याए ? र वेविलोन जो धेरैपटक नष्ट भयो कसले पटक–पटक निर्माण गरिदियो ? सुनै … Continue reading

Posted in अनूदित कविता | Tagged , | 1 Comment

अनूदित कविता : मेरी वहिनी

~बसिर साखावर्ज~ अनुवाद : जय कार्की बाक्लिएको दूरीसंगै हिमालका पर्खालहरुवाट समुन्द्रको गहिराइवाट गए रात मैले तिमीलाई स्पर्श गरें तिम्रो दुःखलाई सुम्सुम्याएं तिनीहरु मेरै रहेछन् जहाँ शिशुहरुको मुस्कानको अर्थ छैन ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : जीवित लेनिन

~माक्सीम तान्क~ हामी हेर्छौं लेनिनको तस्वीर तर वास्तवमा उनी सजीव भएर उभ्भिन्छन् पित्रृभूमिको रुपमा ! त्यसैले ध्यान दिएर हेर रोटी र नूनमा, इस्पात खाने भट्टीमा, बिजुलीघरका चम्किला बत्तीमा,

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कविता : विडम्बना

~सुशांत सुप्रिय~ अनुवाद : प्रमोद धिताल कति उज्यालो छ फेरि पनि कति अँध्यारो छ कति नदीहरु छन् फेरि पनि कति तिर्खा छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : के तिमीलाई थाहा छ?

~निर्मला पुतुल~ अनुवाद : विक्रम सुब्बा पुरुषहरूको भन्दा स्त्रीहरुको नितान्त एकान्तका बारेमा तिमीलाई थाहा छ? घर, प्रेम र जातिभन्दा अलग एक स्त्रीको आफ्नो जमीनका बारेमा बताउँन सक्छौ? सदियों देखि आफ्नो

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : पुरुषसँग बचेँर रहनु

~वीरेंदर भाटिया~ अनु : सारिका श्री सबै बालिकाहरुलाई निर्देशन छ पुरुषसँग जोगिएर हिंड्नु पुरुषसँग भलाकुशारी नगर्नु उनीहरुको नियतमाथी सदैव शंका गर्नु कुनै पुरुषले तिमीसँग भलाकुशारी गर्ने प्रेम जताउने स्नेहले कपाल सुम्सुमाउने

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : सुख

~बर्तोल्त ब्रेख्त~ अनुवाद : जय कार्की बिहानै झ्यालबाट बाहिर हेर्दाको दृश्य फेरी भेटेको पुरानो किताब उल्लासित मुहार हिउँ, मौसमको परिवर्तन अखबार कुकुर डाइलेक्टिक्स

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : ऊ

~मिरजा गालिब~ अनुवाद: देवेन्द्र राज उपाधयाय ऊसलाई देख्दा – अचानक मेरो अनुहार हँसिलो हुन्छ ऊ भन्ठान्छे –

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : आफुप्रति इर्ष्या हुँदैन

~माक्सीम तान्क~ अनुवाद : विक्रम सुब्बा म ती मानिसहरूलाई चिन्दथेँ जो सबथोक जान्दथे उनीहरू प्रति मलाई इर्ष्या लाग्थ्यो । म ती मानिसहरूलाई चिन्दथेँ जो कहिल्यै गल्ती गर्दैनथे उनीहरू प्रति मलाई इर्ष्या लाग्थ्यो ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : तब उठ

~सुशांत सुप्रिय~ अनुवाद : प्रमोद धिताल जब सारा सूर्य चिसो भैसकेको हुन्छ समयका आँधिहरुले निभाइदिएका छन् सबै दीपहरु तब उठ र जलाऊ एउटा मशाल आसको

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : यो सत्य हो

~सुशांत सुप्रिय~ अनुवाद : प्रमोद धिताल जब म सानो बच्चा थिएँ त्यतिखेर म भित्र एउटा नदी बग्थ्यो जसको पानी सङ्लो सफा र पारदर्शी थियो त्यो नदीमा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित नेवारी कविता : मनूया भाय् मथूम्ह मनू जि !

~अलका मल्ल~ अनुवाद : दीपक तुलाधर मनूत लिसे वने मस:म्ह मनू जि खुसिनाप बा: वने गथे फै रे जि ! मनूतयत हेयेके मस:म्ह मनू जि परिस्थिति नाप ल्वाये गथे फै ले जि !

Posted in अनूदित कविता, नेवारी कविता | Tagged , | Leave a comment

अनूदित कविता : जिन्दगीको च्यादर

~अल्का सिन्हा~ अनुवाद : प्रमोद धिताल जिन्दगी जिएँ मैले यति सावधान भएर जस्तो कि नींदमा पनि रहन्छे सजग

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : ताइशानतिर हेर्दा

~तु फु~ अनुवाद: तिर्थराज वन्त ताइशान किन आज यस्तो विधि बनिरहेछ अलौकिक – हेर यो कसरी उभिरहेछ चि र लु माथि कहिल्यै नघर्टाई हलुका नीलो वैभव आफ्नो ! सुरु-सुरुमा भएर सम्पन्न उत्साह यस्तो, यसको एकातिर घमाइलो अनुहार

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : मित्रता

~तुफु~ आजभोलि यहाँ त्यस्ता धेरै छन् गन्नै नसकिने, बादल अथवा वर्षाजस्तै सजिलैसित बदलिने, के तिमीले ती प्राचीन महापुरुषहरू क्वाँ चुङ र पाओ शुयालाई

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कविता : छोरी मुर्मूको लागी कविता

~निर्मला पुतुल~ अनुवाद : विक्रम सुब्बा उनीहरू तिम्रो सँस्कृतीमा सिकारी चालले तिम्रो आउँनेछन् र आएर तिम्रो नृत्यको प्रशंसा गर्ने छन् तिम्रा आँखाहरूको प्रशंसामा कथाहरु पढनेछन् ती मानिस को हुन् ?

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : छोरी र बाबा

~माल्भिना मात्रोसोभा~ भावानुवाद : जुगल भुर्तेल छोरीको उमेर- पुग्यो तीन वर्ष बाबाको काँधमा बस्न मन पर्छ त्यहाँ माथिबाट आकाश भेटिन्छ तलभन्दा छुट्टै संसार देखिन्छ बाबालाई ऊ हुर्कने विश्वासै छैन पुल्पुलिएकी छ छोरी, अपूर्ण उसको कुनै इच्छा छैन

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : आफ्नै इच्छापत्र

~अमृता प्रीतम~ अनु : सारिका श्री आफ्नो पूरा होसहवासमा लेखिरहेको छु म आज इच्छापत्र आफ्नै ! म मरेपछी, खङ्ग्राल्नु मेरा कोठा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : पहाड़े साथीबाट चिठ्ठी

~विपुल चक्रवर्ती~ अनुवाद : संगीता खेवा यस वर्ष बर्खामा पहाड़ नआउनु होस् यस बर्ष पहाड़ भयङ्कर छ चारैतर्फ खोला र झोड़ाहरू पागल सरह कुदिरहेका छन् र के आश्चर्य तिनीहरूको पक्षबाट रातो रगतको भल बगिरहेको छ। यस बर्ष बर्खामा पहाड़ नआउनु … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : अन्तिम साससम्म

~अल्का सिन्हा~ अनुवाद : प्रमोद धिताल ग्राहकलाई कपडा दिनुभन्दा ठीक पहिलेसम्म कुनै सिलाई कुनै बटन जोडिरहन्छ दर्जी । परीक्षकले पुस्तिका खोस्नुभन्दा पहिलेसम्म

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : चिठी

~हेङचाङ साङ~ अनुवादः कुमुद अधिकारी तिम्रो चिठी गौँथलीझैँ फुर्र उडेर तिम्रो न्यानो घरबाट यहाँ आयो र मेरो हृदयको उचाईमा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : च्यातिएको खल्ती

~सुशांत सुप्रिय~ अनुवाद : प्रमोद धिताल मेरो देशका हरेक मानिससँग छ च्यातिएको खल्ती भनिन्छ सारा खल्तीहरुको

Posted in अनूदित कविता | Tagged , | Leave a comment