Category Archives: हास्य – व्यङ्ग्य

हास्य – व्यङ्ग्य / Satire – Humor – Comedy

व्यङ्ग्य बाल कविता : बोल्ने बानी

~सञ्जय संयोग~ सुशीलजीको तोते बोली सुन्दा मीठो लाग्छ । देउवाजीको लटपटाउँदो बोली नसुनी मन भाग्छ ।।

Posted in बाल कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : नेपाल र नेपाली सिध्याउने यिनै हुन !

~चटयाङ्ग मास्टर~ चुनाबै नगरे पनि आउने यिनै हुन् भोटै खसाले पनि पाउने यिनै हुन् यिनै थिए यिनै छन्, रहने यिनै हुन् नेपाल र नेपाली सिध्याउने यिनै हुन् पञ्चायत न ढल्दा जोगाउने यिनै थिए

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : “स्वर्णमहल ” घोषणा

~लक्ष्मण नेवटिया~ छोरा उफ्रिदै खुसियाली मनाउँदै आयो, सयपत्रीका दुई माला किनेर ल्यायो, एउटा आफूलाई, अर्को मलाई लगायो, घरपरिवार सबैका गालामा रातो अबीर लगाउन भ्यायो। बुबा अब हामी पनि महलवासी भयौं, सुन्नुस एउटा खुसीको ताजा समाचार, सबै गाउँले ले तपाईंको इमान्दारी, … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : चक्करपथ को चक्कर

~लक्ष्मण नेवटिया~ जनता करायो नेताजी भोट लिने बेला हाम्रो घरको लगाउनु भयो, चक्कर माथि चक्कर चक्कर माथी चक्कर अब फेरि यस्तो के भयो दुष्कर? तपाईंलाई चुनाव जिताएर पठाएदेखी त झन लागिराखेको छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : किशुनजीको छाता

~शैलेश भट्टराई~ आमाले अति कचकच गरेपछि म एउटा छाता किन्न बजार गएँ। बजारमा धेरै छाताहरू हेरियो, बुझियो, जाँचियो । कुनैको दाम चर्को। कुनै हेर्दै नकिनुँ जस्तो लाग्ने। कुनै भद्दा। कुनै भने एक जनाको टाउको ओताउन पनि गाह्रो मान्ने छाते टोपी … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : लाइन माने लाइन

~पिँडालु पण्डित~ मैले जानेबुझेसम्म ‘लाइन’ अंग्रेजी शब्द भण्डारबाट नेपाली शब्द भण्डारमा खुलेआम स्वागत गरी भित्र्याइएको शब्द हो । अङ्गे्रजी शब्द भण्डारभित्र रहँदा बस्दा यो शब्दले त्यहाँ के के करामत ग¥यो मलाई थाहा छैन । तर, नेपाली शब्द भण्डारमा भित्रिएपछि भने … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

हास्य कथा : माहिला फुपा

~जयराज भट्टराई~ बिहान माथि पहाडतिरबाट सिरेटो चल्यो । चिसोले सेकिएर नाक–कान–गाला सप्पै लाट्टिए । कान छाम्यो– कानै छैन, नाक छाम्यो– नाकै छैन । यस्तोमा मलाई हर्हरी बाफ चल्ने चामलपिठोको भक्का याद आउँछ । चिसामा तातोभक्का कुपुकुपु खानुको आनन्द म लेख्न … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : निरन्तरताको क्रमभङ्ग

~पिँडालु पण्डित~ उसलाई देख्नेबित्तिकै पहिला त म झसङ्ग भएँ । नहुनु पनि किन ! दुईचार दिनअघि मात्र नाकका दुवै ओडारमुनि जति खाए पनि नअघाउने हन्तकाली मुखको माथितिरका पाखो चउरमा दुवैतिर टत्रै छ्वाली जुँगा देखेको थिएँ । आज आधा भागको जुँगा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : शब्दकोश

~विमल निभा~ हिजोआज शब्दहरुले एउटै अर्थ दिन थालेका छन् उदाहरणका लागि तपाईं संसद्लाई संसद् भन्नोस् अथवा सुपरमार्केट आन्दोलनलाई आन्दोलन भन्नोस् अथवा धोका मनीषीलाई मनीषी भन्नोस् अथवा गँड्यौला संविधानलाई संविधान भन्नोस् अथवा चुटकिला

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य गजल : लिवर हौ तिमी..!!

~हरी गौतम~ मेरो दिल जिगर किड्नी लिवर हौ तिमी..!! थाहै नदीई समाउने ममा, फिवर हौ तिमी…!! विन् तिमी एक-कदम पनी चल्न सक्दीन म मेरो वडि् पार्टलाई चलाउने ट्रिग्रंर हौ तिमी…!!

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कौन बनेगा प्रधानमन्त्री ?

~सन्तोष चिमरिया~ देबी और सज्जनों ! मै अमिताब बच्चन कौन बनेका प्रधानमन्त्रीमे आप सबका स्वागत कर्ता हुं ! आज हटसिटमे नेपालसे प्राईम मिनिस्टर इन वेटिङ श्री प्रचण्ड जि बिराजमान है । कृपया तालिओं से उनका अभिनन्दन करे ……… “बताईए कैसे … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : किनकि म हेडसर

~असीम अज्ञात~ शिक्षकले पढाउनुपर्छ विद्यार्थीले पढ्नुपर्छ मैले पढाउने होइन सबैलाई कराउनुपर्छ किनकि म हेडसर । शिक्षक हो वा विद्यार्थी समयमा आउनुपर्छ म आए पनि हुन्छ नआए पनि हुन्छ किनकि म हेडसर ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : ए नेताज्यू, एकछिन लजाउनुस् यार !

~योगेन पौडेल~ उता दक्षिणी छिमेकी मङ्गलमा पानी खोज्दैछ उत्तरी छिमेकी चन्द्रमामा खानी खोज्दैछ यता हजुरलाई टायर बाल्न पुगेकै छैन रेलिङ्ग भाँच्न पुगेकै छैन हाम्रालागि हामीलाई हामीबाटै मुक्ति दिन पुगेकै छैन ए नेताज्यू, लाठी बिसाउनुस् यार, एकछिन सुस्ताउनुस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : नीरीह राजनीतिक जमात

~दीपक कुमार ज्ञवाली~ मान न सम्मान कस्तो यो जवर्जस्तीको मेहमान । शीर नीहुरिन्छ स्वदेशमा विदेशीको झण्डा झुल्दा । सम्मान गुम्यो नेपालीको स्वदेशमा बिदेशी बस्दा । कुटनीतिक अफिस होईन, होईन त्यो दुतावास । १ देशमा छरपष्ट रहेकाछन् बिस्तावादीका जमात । कस्को … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य गजल : हिड्छौ कुकुर डुलाएर

~सावित्री सिलवाल सापकोटा~ गाई भैंसीको स्याहार गर्ने बेला हिड्छौ कुकुर डुलाएर अहिले रोग लाग्यो भनी कपालभॉंती गर्छौभुडी फुलाएर । दही दुध नखाएर खोज्यौ व्हीस्की बान्डी र रोयलस्टेक बिलासिताले गर्दा रोगले छोयो बस्छौ चक्की खुलाएर ।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : खगेन्द्र दाजु नमर्नूस् प्लिज

~राजेन्द्र थापा~ गत शनिबारको ‘अक्षर’मा खगेन्द्र संग्रौला दाजुले मेरा ‘खेलौना’ खेल्दा पड्केर हो वा हजारौं हजारपाठकले पढिदिएर, पैसा बर्सियो भनेर हो कि आफू मरेको घोषणा गरेकाले म मर्माहत छु। करिब ३८वर्षअघि यौटा उपन्यास लेखेर लेख्न छाडे पनि अहिले खेलौना लेखेर … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : वनतन्त्र

~पिँडालु पण्डित~ मानवबस्तीमा नियमित भइरहेका खैलाबैला, अनेक रङतरङ र उतारचढावका घटनाले उनीहरुमा पनि पलपल चेतना थपिँदो छ । जागरण पलाउँदो छ । प्रत्यक्ष रुपमा भाषा नबुझे पनि मानवीय हाउभाउ, चिच्याहट, भाषणबाजी, नारा, जुलुस, आपसी वैमनस्यता आदि क्रियाकलापको मनोबिज्ञानमार्पmत् उनीहरु आफ्नै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : गजबकी श्रीमती

~दीपक ‘दर्पण’ रावत~ भए पनि नहुने नभए पनि नहुने यो जात ! नपाउँदासम्म तात्तिने पाएपछि मात्तिने । कैले दंग तिन छक्क पार्ने भने कहिले तालुबाट पसिना निकाल्दिने अचम्मको जात । विभिन्न विज्ञहरुका श्रीमतीप्रति विचार भिन्न–भिन्न होलान् तर मलाइ के लाग्छ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : आषाढस्य प्रथम दिवसे

~चन्द्रकान्त आचार्य~ मैले मास्को उत्रेको केही दिनभित्रै पार्कहरुमा, मेटूोमा र बाटोमा पनि युवायुवतीहरु स्वच्छन्दतापूर्वक एक अर्कोको अँगालोमा कँस्एिर चुम्बन गरिरहेका दृश्य देखें । किन यस्तो स्वच्छन्दता ? के यो आवश्यकता हो या अश्लीलता प्रदर्शन गर्ने बाहना हो ? मलाई निर्णय … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : बाख्राले भनेछ, बाख्राले भैँसीको सिङ धान्दैन

~राजमाया पुतवार~ एकादेशमा एउटा बाख्रा थियो । बाख्रा पनि साँचीकै बाख्रा । ऊ बाख्राभन्दा बढी केही होइन, त्यसैले ऊ बाख्रा मात्र थियो । उसलाई बाख्राभन्दा बढी केही हुनु नै थिएन । त्यसकारण पनि ऊ बाख्रा थियो । कुनैबेला ऊ बयलगाडा … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : सबैभन्दा खत्तम म

~आर आर छुछुनर~ मेरो कक्षामा मात्रै होइन, मेरो विद्यालयमा नै सबैभन्दा खत्तम विद्यार्थी भनेर शिक्षकहरूले मेरो प्रशंसा गर्नुहुन्थ्यो । एउटी शिक्षिकाले मेरो कक्षामा क, ख, ग, घ पढाउँदै गर्दा ‘राम्री म’ भनेर विद्यार्थीलाई घोकाउँदा मैले ‘नराम्रो म’ भनेर जोडले चिच्याउँदा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ज्यादै मिलनसार आलु

~दिनेस काफ्ले~ म फेरी आलुको नालिबेली खोज्न चाहिन । एस क साखा सन्तान सात पुस्ता को बारेमा कि त उनै भैरे गलत भैरब आर्यल नै जान्लान कि त भाशाशास्त्री म त एती मात्र जानेको छु कि खादा मा मिठो हेर्दा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : पाठ १. भोलि कण्ठपारेर आउ है !

~चट्याङ मास्टर~ संविधान X १ = संविधान संविधान X २ = अन्तरिम संविधान संविधान X ३ = मस्यौदा नयाँ संविधान संविधान X ४ = सहमतीय नयाँ नेपालको संविधान संविधान X ५ = बहुमतीय गणतान्त्रिक पहिचान सहितको संविधान

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कम्प्युटर आन्दोलन

~चिज कुमार श्रेष्ठ~ ए, कम्प्युटर हिजो तँलाई INSTALL गर्ने म आज मै लाई REMOVE गर्न खोज्ने तँ – म झनक्क रिसाएको बेला तँ फनक्क फन्किन्छ चलाएको बेला तँ VIRUS को लाठी र बुट वनि वर्षछस् तँलाई टिलिक्क परेको टेवलमाथि सजाएर … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : पुच्छर भएको पार्टी

~पिँडालु पण्डित~ उहिले उहिले उस्तै उस्तै छट्टूलाई उत्तिकै तौलेर नाम राख्नुपर्दा घिउबेचुवा र तरबारबेचुवा भनेर बूढापाकाले भत्रे गरेको आफ्नै कानले सुनेको । सुनेको प्रमाण म जुटाउन सक्तिन । बरु मौका परे त्यस्ता बूढाखाडालाई उपस्थित भने गराइदिन सक्छु । यो कुरा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य कविता : एक दर्जन मृत कविहरु

~विमल निभा~ मेरो साथीका लागि मलाई खरिद गर्नु थियो एउटा बुसर्ट एकातिर बाहुला नभएको बुसर्ट जनआन्दोलनताका महेन्द्रको सालिकनेर पुलिसको गोलीले मेरो साथी ढलेको थियो र उसको एउटा हात काट्नुप¥यो त्यसबेलादेखि मेरो साथीलाई अलि भिन्न प्रकारको बुसर्ट चाहिन्छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : भानुभक्त बाजे

~राजमाया पुतवार~ एकादेशमा एउटा बाजे थियो । उसको नाउँ भानुभक्त थियो । लौ भएन, एकादेशमा एउटा भानुभक्त थियो, ऊ बाजे थियो । खै के खै के । भानुभक्तको कथा लेखुं कि बाजेको । उस्तै उस्तै हो नानु भनेझैं पो भयो … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : कुकुरको सपना

~नरनाथ लुईँटेल~ कुकुर महँगो गलैंचा ओछ्याइएको बैठक कोठामा पाउपोस नफुकाली निर्धक्क पस्नुभयो र सबभन्दा बीचको सोफालाई आसन बनाएर गजक्कसँग बस्नुभयो । उहाँको नाकको तीव्र घ्राणशक्तिले बैठक कोठाको सम्पूर्ण वातावरणलाई एकै निमेषमा सुँघिभ्यायो- सब ठीकठाक छ । कोठामा मालिकको उपस्थिति र … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : छाडा गाली

~केदार शर्मा~ मेरा शिष्ट, सभ्य र शालीन पाठक तपाईँ जस्तै म पनि कवितालाई आदर गर्छु अत्यन्त सम्मान गर्छु शब्दशिल्पलाई कवितालाई अपशब्दहरूले बिटुल्याउनु हुन्न वाग्देवीको कृडास्थल हो कविता, फोहोर पार्नु हुन्न तपाईँका सामु मैले मेरो रिस देखाउनु हुन्न मैले त शिष्ट … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : घुमघाम गजब

~लक्की चाैधरी~ राष्ट्रपति मुखर्जीको, घुमघाम गजब । नेपाली स्वागतको, तामझाम गजब । सुरक्षा हो कि सास्ती, बुझ्न सकिएन सर्वसाधारणमा सरकारी, लगाम गजब ।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : भागशान्ति जयनेपाल

~लक्ष्मण लोहनी~ ए, को त्यो ? धत् लाटा त्यो त नेता ! त्यो को नि ? नेतालाई जिताउने जनता । यो चवन्नी कार्यकर्ता यसले चार खण्डको एक खण्ड पाउँछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : भोट कसलाई?

~गोविन्द नेपाल~ यसपटक आफ्नो अर्को नहेरौँ कालो गोरो नहेरौँ अग्लो होचो नहेरौँ दुब्लो मोटो नहेरौँ चुच्चा-थेप्चा नाक नहेरौँ चिम्सा-बाटुला आँखा नहेरौँ मंगोल-आर्य अनुहार नहेरौँ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment