Category Archives: स्‍मृति साहित्य

स्‍मृति साहित्य / Memoirs

संस्मरण : अब त बाँचिन्न होला

~इद्रिस सायल~ आखिर एक दिन म हिंडिहालेँ, औषधी गराउन । मसँगै भिनाजु मैकुशेख पनि जानुभएको थियो । उहाँ विदेशबाट फर्केको मुस्किलले एक साता भएको थियो । भिनाजुलाईं बुवाआमाले नै पठाउनुभएको थियो र पैसा पनि उहाँलाईं नै दिनुभएको थियो, औषधी खर्च … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : क्यान्टोनमेन्टमा दुई दिन

~आस्था के.सी.~ कसलाई भेट्न आएको ? उसको प्रश्नले एक्कासी सपनाबाट ब्युंझिए जस्तै भएँ । सेन्ट्रीपोष्टमा नेपाली सेनाको एउटा सिपाही हातमा वन्दुक लिएर यता र उता गरिहेथ्यो । गेट निर उभिएर अर्को सिपाहीले मलाई केरकार गरिहेथ्यो । मनमनै झनक्कै रिस उठेर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : नैनीतालको हिउँ

~भेषराज रिजाल~ केटौले मस्तिष्कमा अमिट बनेका रहेछन्, छिमेकीले सुनाएका नैनीताल, मसुरी, देहरादून र दिल्ली पुगेका सुन्दर संस्मरणहरू । महेन्द्रनगर पुगेको मौकामा नैनीताल नियाल्ने अभिलाषा बोकेर एउटा भारतीय ट्याक्सी लिएर हानिएथ्यौँ युवराज गुरागाईं, हेम अर्याल र म । ट्याक्सी चालक थियो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : भूकम्प ओछ्याएको भूगोल

~भेषराज रिजाल~ ‘यस्तरी पनि भत्किँदो रहेछ घर’, भूकम्प भोगेदेखि आजपर्यन्त कत्तिचोटी उर्ले होला मनको वह । कसलाई सुनाउनु खोइ मनको वह ? त्यो वह शूल नबनोस् भनेर पोखेँ हूँला मैले– आफूले टेकेका पाइलाहरूसँग, अन्तरकुन्तरका भग्न उद्वेगहरूसँग । बहत्तर सालको असारको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : घर एउटा कविता

~राजव~ तिनताक म राष्ट्रिय वाणिज्य बैंकको बुढानीलकण्ठ शाखामा प्रबन्धक थिएँ । शुक्रबार आधा दिनमात्र चल्ने भएकाले म बैंकको दैनिक कारोबार बन्द गर्ने तरखरमा भएकै बेला ईश्वरबल्लभ दाइको फोन आयो । उहाँले घरमा आउने निम्तो गर्नुभयो, त्यही दिन । किन डाकेको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : एउटी अनुत्तीर्ण सरस्वती

~हरिहर तिमिल्सिना~ ‘यसका आँखा लाटोकोसेरोका जस्ता छन्, ए लाटो !’ पाउरोटीजस्ता पुक्क गाला भएको हेर्दैमा डरलाग्दो एउटा केटो बोल्यो। ‘होइन, हेर् न यसका आँखा बिरालाका जस्ता छन्, ए लोर्के बिरालो !’ अर्को बोल्यो।’होइन होइन यसको टाउकोमा सिङ उम्रिएको रहेछ, ए … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : रारा तालको सौन्दर्य र मुगुको कठिन भूगोल

~विमल पोखरेल~ सिंजा उपत्यकामा स्याउका बगैंचाहरू अनगिन्ती भए पनि सबै बगैंचामा स्याउ फलिसकेका छैनन् । सिंजा हुँदै मुगु जोड्ने बाटो डोजर लगाएर खन्ने काम जारी छ । मुगुतिरबाट पनि खनिएको छ । यही वर्ष मुगु मोटरबाटो पु¥याउने लक्ष्य लिइएको छ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : आँसुले भिजेका पाइलाहरू

~भेषराज रिजाल~ अस्पतालमा कुरुवा बस्न थालेको आठौँदिन पूरा भइसकेको थियो । ती आठदिनले मलाई जीवन र मृत्युको अर्थ सिकाइरहेका थिए । मातृ सघन उपचार कक्षमा राखिएकी जीवन सङ्गिनीको हेरचाहका लागि बाहिरपट्टिको लामखुट्टे लाग्ने चिसो भुईंमा गुडुल्किएर अस्पतालका कहर र पीडाहरूको … Continue reading

Posted in संस्मरण | Tagged | 2 Comments

नियात्रा : हातमा गुराँस मनमा माया

~भेषराज रिजाल~ गोठीकाँडाका रमणीय डाँडाकाँडा हेर्दै सिद्धपाइला पुगेपछि एकछिन रोकिएर हेरेथ्यौँ सुर्खेती सेरोफेरो । समथर सुर्खेत उपत्यका नियाल्दै टिपेथेँ मैले दुईचार थुङ्गा गुराँस । गुराँसको रङ जीवनको रङ जस्तै लाग्छ मलाई । सलक्क परेका हरिया पातसितको गुराँसको थुङ्गो समातेपछि कलम … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : पुरस्कारसँग जोडिँदा

~प्रदीप नेपाल~ लेखनीको थालनी नै पुरस्कार प्राप्तिबाट भएको हुनाले लेख्नु भनेको पुरस्कार पाउनु हो भन्ने ज्ञानचेतना मभित्र हुर्किएकै थियो। गाउँकै सरस्वती मिडिल स्कुलमा पढथेँ म। कथाकार परशु प्रधान हुनुहुन्थ्यो हाम्रो स्कुलको हेड सर। पहिलोपटक तीन क्लासमा पढ्दा हुनुपर्छ, मैले एउटा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ऐना र उमेर

~नम्रता गुरागाईं~ आज फेसबुकमा एउटी साथीले “ रंगीचंगी फुल फुल्दा हिउंजस्तै पग्लिएछु आफनो रुप ऐना हेर्दा अलि चांडो जिन्मिएछु आफनो त जमानामा…॥” भनेर अलिकति पीर पोखीछन साथीहरुलाइ । उनको सोचाइलाइ अलिकति भएपनि सान्त्वना होस ए ममात्र रहेनछु यस्तो सोच्ने अरुपनि … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : गुफापोखरीमा मेन्छ्यामको छायाँ

~एकु घिमिरे~ ‘हटयो सारा हिलो मैलो ‘ भन्ने कविशिरोमणीको कवितालाई पछि पार्दै २०७३ को दसैंको टीकाको दिनदेखि परेको पानी खुरुखुरु तीन दिन परिरह्यो । पानी रहनसाथ जागिर जोगाउन म एक्लै इलामबाट कर्मस्थल चैनपुर्-संखुवासभातिर लागेँ । धरान बास बसेर बिहानको गाडीमा … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : पर्दामा आमा बन्दा

~हरिवंश आचार्य~ सानो छँदा म छिमेककी आमैले बोलेको, कराएको सुनेर बस्थें र त्यसको नक्कल गरेर साथीभाइलाई हँसाउँथें। त्यसको धेरैपछि मदनकृष्ण दाइसँग एउटा दोहोरी गीत बनाउने योजना बन्यो। दोहोरीमा केटा र केटी हुनुपर्नेमा मैले बूढा–बूढी राखौं भनेर प्रस्ताव गरें। मदन दाइले … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : स्मृतिमा दुई परिदृश्य

~शार्दूल भट्टराई~ भण्डार ! रामेछापको एउटा गाउँ । जिरीनाम्चे पैदल यात्राका क्रममा भेटिने विभिन्न रमणीय ठाउँहरूमध्ये एक । पहाडको काखमा भिरालो परेको फराकिलो चउर । चउर छेउछाउमा ससाना घरहरू । लक्ष्य त हाम्रो पहाडको टुप्पोमा रहेको देउराली पुग्ने थियो । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : म रोएको त्यो दिन

~विवशकुमार सेजुवाल~ बार र गते भुसूक्कै बिर्सिएको रहेंछु । आज त्यो दिनलाई सम्झिएर ल्याउँदा मलाई भावनाको पहिरोमा छोपिएको झै अनुभूति हून्छ । जब सेती–महाकालीमा साँस्कृतिक पल्टनहरुको ओइरो थियो त्यतिबेला ती साँस्कृतिक पल्टनहरुसँगै नाच्दै–गाउँदै महाकालीको दोधारा–चाँदनी र सेतीको रामारोशन, बिनायक, छःतारा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ‘फाइभ स्टार जेल’ बाट नेपाल चियाउँदा

~हिरण्य भोजपुरे~ अस्थिर राजनीति र जुनसुकै क्षेत्रमा लथालिंग अवस्था । नेपालको यो हालतदेखि दिक्क भएर यहाँ केही हुन सक्दैन भन्दै विदेश जान खोज्नेहरु धेरै हुन्छन् । त्यसमा पनि युरोप र अमेरिका धेरैको सपनामा हुन्छ । सांगीतिक जोडी हिरण्य भोजपुरे र … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

नियात्रा : दार्जीलिङको दौरा-सुरुवाल

~प्रदीप नेपाल~ तपाईं दार्जीलिङ जानु भा’छ – भनेर कसैले सोध्दा म न गा’छु भनेर जवाफ फर्काउन सक्थे”, न त गा’छैन भनेर नै जवाफ दिन सक्थे” । दार्जीलिङ गा’छैन भनु” भने दर्ुइ-तीनपटक त्यो बाटो म हि”डेको छु । गा’छु भनौ” भने … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : सिन्धुलीगढीको किल्लामाथि

~विमल पोखरेल~ सिन्धुली बजारमा रहेको बसपार्क त्यति गतिलो छैन । ग्वाड्डखोलाको छेउमा धुले र हिले बसपार्क बनाइएको छ । दर्जन जति बस पार्किङ गर्न मिल्ने भए पनि त्यसलाई व्यवस्थित नगर्दा यात्रुहरूले सहज सेवा पाउन सकेका छैनन् । नरपालिकाभित्रैको सार्वजनिक संरचना … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : हिस्सीदार मुहार

~निर्मोही व्यास~ यो २०६८ सालको कार्त्तिक महिना हो । अस्ति भदौको ४ गतेदेखि उमेरको साठीऔँ खुड्किलो उक्लिसकेको छु म । केही दिनअघि प्रज्ञाको सभाकक्षमा आयोजित एउटा साहित्यिक कार्यक्रममा निम्त्याइएर गएको बेला कार्यक्रमको समापनपछि बाहिर लबीमा खाजा खान लाग्दा पहिले अन्त … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सिफलमा छुटेका धर्मबुबा

~विप्लप प्रतीक~ बिछडिएकालाई अचानक भेट्नु वा विगतलाई सम्झनाका मयूर प्वाँखले ओल्टाउँदै-पल्टाउँदै आँखा चिम्लेर अतीतको शयर गर्नुमध्ये कुन आनन्ददायी होला ? यो सवाल मनमा आएका कारण के छ भने यतिखेर दुवै खालका आनन्दका रसायन बग्दा छन्, मेरा तन्तुहरूमा । समयको सुरुङमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : विभ्रमको विहानी

~शार्दूल भट्टराई~ एकाबिहानै चाबहिल चोकमा रमेश विकल उभिइरहनु भएको थियो। अलि ढिलै आउनु हुन्थ्यो, आज यति चाँडै किन आउनु भएछ भन्ने लाग्यो। म सरासर पत्रिका पसलमा गएँ। समाचारहरूबारे सामान्य जानकारी लिने उद्देश्यले कुनै एउटा पत्रिकातिर हात लम्काउँदै थिएँ, पत्रिका टिप्न … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो

~प्रदीप नेपाल~ तिबेला पार्टीले मलाई मेची अञ्चलको जिम्मेवारी दिएर काम सम्हाल्न पठाएको थियो । एउटा अनौठो द्वन्द थियो मुलुकको राजनीतिमा । ०३६ सालको विद्यार्थी आन्दोलनले एकातिर राजनीतिलाई थोरै भए पनि खुकुल्याएको थियो । विद्यार्थी समुदायका गतिविधिहरू धेरै खुल्ला भएका थिए … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मधुपर्कसँगको साइनो

~गोविन्द गिरी प्रेरणा~ मधुपर्कसँग मेरो साइनोको नालीवेली खोतल्ने हो भने ३५ वर्षअघि पुग्नुपर्ने हुन्छ । साँच्चै ३५ वर्ष अघिको त्यस कालखण्डमा पुग्नु भनेको अमला चपाएर पानी पिउनुजस्तै हो । यो स्वाद त्यसैलाई थाहा हुन्छ, जसले यस्तो स्वाद लिएको हुन्छ । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

यात्रा संस्मरण : हात्तीवाङ्-खालीहात नजानोस् !

~भुवनहरि सिग्देल~ मलाई हात्तीवाङ् जाने काम आइलाग्छ जुन बखत म धादिङको जोगीमारामा काम गर्थें । म उभिएको विन्दुबाट हात्तीवाङ् पुग्न मात्रै पाँच-छ घण्टा लाग्छ, म सहरबजारमा बस्ने मानिस भएको कुँज्याइले । काठमाडौँको भीमसेन थानको उकालो चढ्दा स्वाँस्वाँ गर्ने मेरो सङ्कीर्ण … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : देवकुमारी थापा – सम्झनामा देउकी दिदी

~भिम प्रसाद घिमिरे~ छात्रावस्थामा ‘भविष्य निर्माण’ भन्ने कथा पढ्न पर्दा मैले उक्त कथाकी रचयित्री पक्कै पनि शान्ति-प्रिया, विवेकशीला, नम्र, मिलनसार एवं सौन्दर्यप्रेमी हुनुपर्छ भन्ने लख काटेको थिएँ । र अहिले सो लखले उल्टै मेरो नाक काटिदिएको छ । देउकी दी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : अमेरिकामा सगरमाथाभन्दा माथि

~मनु ब्राजाकी~ कसैसित भेट कहिले, कहाँ र कसरी हुन्छ भन्ने कुरा नितान्त संयोग रहेछ । यस्तै संयोगवश हिरण्य भोजपुरे र मेरो भेट संयुक्तराज्य अमेरिकामा भयो । यो संयोग जुर्यो एउटा गजल क्यासेटको विमोचन कार्यक्रमद्वारा, जसका गजलकार र संयोजक हुनुहुन्थ्यो भूपेन्द्र … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

यात्रा संस्मरण : भानुतीर्थको यात्रामा

~निर्मोही व्यास~ २०४८ साल असारको २८ गते। बिहान ६ बजेको समय। सात दिन जति पहिलेको आपसी सल्लाह र निधोअनुसार केशव दाइ (डा. केशव उपाध्याय) र म असार २९ गते भानुजयन्तीको साइत पारेर रम्घादर्शन गर्न जाने आफ्नो वर्षौदेखिको सुकुमार धोको मेट्न … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : आकलझुकल आउने कुराहरू

~माधवलाल कर्माचार्य~ गोविन्दबहादुर मल्ल गोठालेको कुरा गर्दा साहित्यकारको नाताले केही यस्ता कुराहरू पनि छन्- जो आकलझुकल मानसपटलमा आउने गर्छन् । धेरै वर्ष अगाडि साल-मिति याद भएन, एक दिन आर्यघाटबाट घाट लगिराखेका उनका बाजेलाई हेरी फर्कंदै थियौँ । कमलपोखरी काटेपछि मानिसको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : चिसो साँझसम्म साँखुलाई अँगाल्दा

~आस्था के.सी.~ शनिबार बिहानै खाना खाएर निस्कँदै गर्दा दाइकी छोरी मेलिना कराई, ‘शनिबार पनि बिदा नहुने अफिसमा किन काम गर्नुहुन्छ दिदी ?’ शनिबार घुमाउन लैजाउँला भनेर उसलाई अरू दिन फकाउँथे र होमवर्क गराउँथे, स्कूल पु-याउँथेँ । शनिबार पनि झोला बोकेर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : त्यो राति हामी जुकासँगै रमायौँ

~विवशकुमार सेजुवाल~ धेरै लामो समयपछि घर भेटघाटमा जानको लागि बाजुरा जिल्ला डीसीएस क.क्षितिजलाई एउटा सानो पत्र कोरें । मेरो टिमको भाइ गोपाललाई पठाए । त्यो चिठीको उत्तरमा डीसीएस क.क्षितिजले तपाई विदामा जा“दा तपाईको सास्कृतिक टिम बेरोजगार हुन्छ । त्यसैले तपाईको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : एउटा अविस्मरणीय यात्रा

~पुष्पलता आचार्य~ २०६५ साल मङ्सिरको महिना थियो । रम्घा, लमजुङ, न्यौपाने वेसी माइतीघरको आँगनबाटसाँझको बेलामा गहु्रङ्गो मन लिएर म आफ्नो गाडीतर्फ लागें । मन भक्कानिएर आयो । आँखाबाट आँसुका बलिन्द्रधारा बषिर्न थाले । हातगोडा शिथिल हुँदाहुँदै पनि मैले गाडी दु्रत … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : गोठीकाँडा डाँडादेखि काँक्रेबिहारसम्म

~वासुदेव गुरागाईं~ ‘उः त्यो माथि देखिने गोठीकाँडा हो ।’ पूर्णमानजीले मेरो ध्यान आकर्षित गर्दै चोरी औँला ठड्याएर पहाडका शिरतिर सङ्केत गर्नु भयो । गोठीकाँडाका विषयमा कहिल्यै कहीँ केही नसुनेको मान्छेलाई गोठीकाँडा चराचुरुङ्गीको नाउँ हो कि मान्छेको नाउँ ! के थाहा … Continue reading

Posted in नियात्रा | Tagged , | Leave a comment