Category Archives: स्‍मृति साहित्य

स्‍मृति साहित्य / Memoirs

नियात्रा : कालीघाटका कङ्गाल

~डा खगेन शर्मा~ भनिन्छ भ्रमण गर्दा ज्ञान बढ्छ। तर ज्ञानचाहिं परिपरिका भएकाले कुन खाले ज्ञान बढ्छ भन्न गारो । यस्तै एउटा भ्रमणको चाँजो मिलेकाले हामी सपरिवार नै कलकता गएका थियौं। गुवाहाटीबाट सराइघाट एक्सप्रेसमा २६ अगस्त २०१० का दिन दिउँसो १२-४५ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : पूरानो चीन नयाँ पुस्ता

~रामेश श्रेष्ठ~ “रामेशजी, तपाईंलाई चीन भ्रमणको सांस्कृतिक निम्तो छ है, साहित्यिक हुनुको नाताले”, रामबाबु सुवेदी सरको फोन आयो एक बजे राति। “साहित्यिक मात्र होइन सङ्गीतकर्मीलाई पनि निम्तो दिने सोच बनाउनुपर्छ रामबाबुजी”, भन्दै पाँच साथीको नाउँ दिएको थिएँ, केही दिनपछि तीनजनाको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : भूमिगत जीवनका अविस्मरणीय दुईरात

~नरनाथ लुइटेल~ बितेका अनगिन्ती दिनहरू र क्षणहरूमध्ये सबै दिन र क्षणको सम्झना मनमष्तिष्कमा रहिरहँदैन अनि रहिरन साध्ये पनि हुँदैन । बिर्सनै नसकेर बेलाबेला मनमा मडारिदै झलक्क झलक्क झल्का दिने एउटा सानो घटनाबारे म यहाँ छोटो चर्चा गर्न खोजिरहेको छु । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : तालिएको सम्झना वेगिएको मन

~भेषराज रिजाल~ “एकछिन डुलेर आउनुहुन्छ त ?” मनको इच्छा बुझेरै बोल्नुभएथ्यो सहसचिव काशीराज दाहाल । दाहाल सरको पाहुना भएर पोखरास्थित उहाँको निवासमा बसेका थियौँ हामी । “स्वच्छ हावा खाउँन त एकछिन !” सञ्जय अधिकारीको पनि नयाँ अपेक्षा थिएन पोखरासँग । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : मैले भोगेको सुशासन

~कुबेर काका~ देशवासीले अव कुनै आन्दोलन र हडताल गरेर अधिकार खोज्नु पर्दैन । हुकुमी राणा शासन जनताको चाहना अनुसार संघर्ष गरेर हटायौं । कालो पञ्चायतका लागि पनि जनता कै सहयोग लिएर समाप्त गर्न सफल भयौं । देशमा २४० बर्ष जरो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : सुनखानीमा वुद्ध

~विक्रम सुब्बा~ १. सुनखानी पुगेँ:  मेरी नातिनी नुमा (माइलो छोराकी छोरी  जसलाई अरुले “नाओमी” भनेर बोलाउँछन् । यो नाम जापानिज गुरुले दिएको नाम हो ।) र मैले “नूमा” (लिम्बुः राम्री) नाम राखेँ । आजसम्म मेरो (‘ईङवाबा’) परिवारकी सबैभन्दा (उमेरले) सानी । मेरी पहिली नातिनी ।) १ वर्ष पुगेपछि … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

अनुभूति : मनको डायरीबाट

~अम्बर गुरुङ~ प्यारो भाइ, बन्धनयुक्त सरकारी चाकरी (नोकरी) बाट उन्मुक्ति लिएर स्वतन्त्ररूपले सिर्जना गर्ने अठोटले तपाईंको व्यक्तित्वको विशेषता फुकाल्छ । हाम्रो आफ्नै अस्तित्वको निम्ति हामीले धेरैथोक गर्नु छ । अब तपाईंले निर्धक्क केही गर्न सक्नुहुन्छ भन्ने आशा र विश्वासले मलाई … Continue reading

Posted in अनुभूति | Tagged | Leave a comment

नियात्रा : किमको देशमा छछल्किएको आँशु

~अर्जुन थापा~ मान्छेको जिवनमा अनवरत जारी रहेको यात्रामा जे जस्ता घटनाहरुले बिथोले पनि कहिले काँही ऐतिहासिक ठाउँ र मनोरम दृश्यहरुसंग खेल्न पाउदा एउटा बेग्लै आनन्द प्राप्त हुने रहेछ भन्ने कुरा भियतनामको यात्राबाट अनुभव भयो । पढाईको सिलसिलामा जापान रहँदा “किम” … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा: सारनाथमा नेहरु शर्त

~युवराज नयाँघरे~ निकै बसेँ म सारनाथमा ! वाराणसी पुगेपछि प्रायःजसोको बसाइ गङ्गा वरपर भए पनि म सारनाथमा बसेको थिएँ । तिब्बती मन्दिर नजिक बसेको हुनाले यहाँबाट वरपर जतै पनि पुगिन्थ्यो । पर्बल र सानो लामा थिए मेरा साथी । ती … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : तानसेन रमाइलो डाँडा

~रामेश श्रेष्ठ~ ‘केटाकेटीहरूका लागि पाल्पातिर गएर नयाँ सोच सल्लाहकासाथ भावी योजनाहरू तयार पार्ने ।’ बाल साहित्य समाज, काठमाडौँले यही निर्णय गरेछ यसपाला । लामालामा दुइटा बसहरूले पहाड, मधेस छिचोल्दै साँझपख पुर्‍याए तानसेन बजार । कलिलो घाम खेलिरहेथ्यो तानसेन टुँडिखेलमा । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : प्रवासी

~पूर्ण ओली~ ऊ मेरो सबैभन्दा सानो शिष्य । उमेरले छ वर्षको मात्र । मेरो शिक्षण पेशाको अन्तिमतिरको शिष्य पनि ऊ नै भयो र सबैभन्दा छोटो समयको शिक्षार्थी पनि ऊ नै भयो । उसलाई मैले एउटा स्कूलको शिक्षकको नाताले जम्मा चारपाँच … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : म्यानमार यात्राको सम्झना

~अर्जुन थापा~ बैंककबाट बर्मा अर्थात म्यानमारको योङ्गन सिटी मेरो यो वर्षको अन्तिम विदेश भ्रमण थियो । दक्षिण एसियाको पाँच देशको भ्रमण त्यो पनि एक महिनामा गर्ने अठोटका साथ निस्केको थिएँ म । सानै देखि बर्माको बारेमा सुन्दै आएको मैले किन … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : अनुपम पर्यटकीय क्षेत्र हरिनाश र बृहत् साहित्य सम्मेलन

~सदानन्द अभागी~ आमुख– ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले ‘‘ज्याग्दी खोलाको तरङ्ग’’ नामक एउटा स्तरीय पत्रिकाको प्रकाशन गर्दै आएको छ । यसको १२औं पूर्णङ्कको लोकार्पण, ज्याग्दीखोला साहित्य प्रतिष्ठानको पहिलो अधिवेशनको साथै बृहत् हरिनाश साहित्य सम्मेलनमा भागलिन आउने निमन्त्रणा प्रधान सम्पादक देवेन्द्र लम्सालजीबाट … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : वालेनफल्र्समा ३ दिन

~रश्मिला कवाङ ‘रश्मि’~ दिन १ विश्वविद्यालयको पढाइअन्तर्गत जर्मनीको एक ठाउँ ‘वालेनफल्स’ भन्ने ठाउँमा ३ तीनको सेमीनार थियो । वातावरण संरक्षण सम्बन्धी उक्त सेमीनारमा भाग लिने अवसर पाएकोमा खुशी त थिएँ नै । करिब १ बजेतिर वाइरोइथ विश्वविद्यालयबाट हामी २५ जना … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : प्रकृतिको आँगन

~भेषराज रिजाल~ एक्लै हिँड्नुमा पनि बडो आनन्द रहेछ । र त, प्रकृतिसँग सम्वाद गर्दै हिँडिरहन चाहन्छु म युगौँयुग । सम्बत् २०७५ साल भदौ दोस्रोसाता नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयबाट निस्केर छिपेनी टोलतिर सोझिँदा आफैसँग बोलेथेँ म । प्रकृतिको आँगनमा निस्कँदा … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : कविशिरोमणि : लेखनाथ पौड्यालका केही सम्झना

~रोचक घिमिरे~ वर्णमाला खारेर कनीकुथी नेपाली अक्षर पढ्न सक्ने भएपछि आमाले पढ्ने गरेको \’गोरखा शिक्षा तेस्रो पुस्तक\’ मैले पनि पढ्न थालेँ । त्यहाँ छापिएको \’पिँजराको सुगा\’ कविता मेरी आमा लय हालेर पढ्दै मलाई सुनाउने गर्थिन् । त्यसको एउटा पङ्क्ति \’भन्दछ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : एउटा विभाजित सहरको कथा

~जीवा लामिछाने~ सन् २०१६ मार्च २८ । हामी साइप्रसको पाफोस सहरबाट १५० किलोमिटर दूरी पार गरेर राजधानी निकोसिया पुगेका थियौँ । हरेक सहरको आफ्नै मौलिक विशेषता हुन्छ, त्यही मौलिकता हेर्दै हामी रमाइरहेका थियौँ । १० लाख जनसंख्या भएको युरोपियन युनियनमा … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : प्राचीन नगर रोम र अर्को सानो देश

~डा. शान्ति छेत्री~ त्यो धरहरा अब ओझेल भइसक्यो – म भने दिल्लीको कुतुब मिनार, काठमाडौको धरहरा र बनारस हिन्दु विश्वविद्यालयको विश्वनाथ मन्दिरका भव्य उँचाइहरू सम्झनु पुग्छु। झ्यालबाहिर विदेशी हावा, विदेशी दृश्य र मनभित्र स्वदेशी सम्झना सङ्गालेर बससितै दगुरिरहेछु। तमिल सहयात्रीहरू … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : आँखा भरि भरि सम्झनाहरु ….

~धनहाङ्ग सुब्बा~ एक साँझ रोल कल परेडमा सार्जन्ट मेजरले अब हामीहरु चाँडै यो क्याम्प छोडेर सिंगापुर रियर हेड क्वार्टरमा जाँदै छौ, फर्कदै छौ । अहिले देखि नै तयार तयार हुँदै गर्नु भन्ने हुकुम सुनायो । तर यस भन्दा अघि नै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : एट्लान्टिस्मा एक रात

~जीवा लामिछाने~ दुबईका शासकहरूले समुद्र पुरेर बनाएको ‘पाम जुमेरा’ धेरैका लागि एउटा स्वप्ननगर हो। ‘सेभेन स्टार’ भनिने ‘पाम जुमेरा’ को ‘बुर्ज अल अरब’ लाई आठौं आश्चर्य नै मानिन्छ। संसारकै नमूना परियोजना पाम जुमेराका होटल र आवास–अपार्टमेन्टहरूले कसलाई आकर्षित नगर्लान्! शाहरूख … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मुमा र म

~माया ठकुरी~ म सानै छँदा छिमेकी समकालीन बालबालिकाहरू स्कुल गएको देख्दा मलाई पनि सुकिलो लुगा लगाएर, झोलामा किताब, कापी, पाटी, खरी बोकेर उनीहरूसँगै जान मन लाग्थ्यो । मुमालाई ‘मलाई पनि स्कुल पढ्न मन छ । स्कुल पठाइदिनूस् न’ भनेर दिनदिनै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : राप्तीको रुवाइ

~भेषराज रिजाल~ ʽयस्तै तालले पुगिन्छ त गन्तब्यमा ।ʼ गुँडतिर फर्किरहेका चराहरू गोधुलिको धमिलो क्षितिजमा हराउँदैथिए, तब मेरो मनको चरो बोलेथ्यो निसास्सिँदै । उज्यालोमै प्युठान खलङ्गा छोडेर बाग्दुला झरे पनि साँझको अत्यासलाग्दो सन्नाटाले छोइसकेथ्यो हामीलाई । नाइटबस चढेर सुन्दर बिहानीमा गन्तब्य … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : च्यार्खुरीको चुचुरोमा

~प्रतीक ढकाल~ छोबाब ठिलेले भनेका थिए— “पाँच घण्टा भए पुग्छ ।”उनले नै यसो भनेपछि मैले नपत्याउने कुरो पनि आएन । दावा–लाक्पा आइस् अर्थात् ।।।दालाइस’ अर्थात् ।।।छुबिछु’ सम्म हिजै आइसकेको हुनाले मेरालागि पनि यो मार्ग नयाँ थिएन । दालाइस्भन्दा अझ माथिबाट … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : कोलोराडो खोँचमा विष्णु मन्दिर

~सोम खनाल~ सन् २०१२ को जुलाईमा अमेरिकी दुग्ध बिज्ञान संघले आयोजना गर्ने बार्षिक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन एरिजोना राज्यको फिनिक्स सहर जाने भइयो । दुईतर्फी हवाईखर्च र पाँचतारे होटेलमा खाने बस्ने प्रबन्ध विश्वविध्यालयले नै मिलाई दिने, अनि थोरै मात्रै अतिरिक्त … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बिसौनी वल्तिर

~भेषराज रिजाल~ आँखामा बास बसेको खुसीको उज्यालो छहलिने बेला हामीले छोड्दैथियौँ नागी कम्युनिटी लजको आँगन । हाम्रो खुट्टामा लेकाली शीत छोइँदा नागीगाउँ वरपरका पहाडी थुम्कामा लेसारिएको थियो पातलो कुहिरो । रातको झरीमा भिजेको रुखपात र घाँसमा बाँकी नै थियो लेकाली … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : डोल्पा यात्राको संस्मरण

~बासुदेब पोख्रेल~ कर्णाली अञ्चलका ५ जिल्लाहरू मध्ये डोल्पामा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको संगठन थिएन । करिब २ वर्ष पहिले एउटा सम्र्पक स्थापित भएको थियो । त्यही सम्पर्कको माध्यमबाट त्यस जिल्लामा संगठन निर्माण गर्नको लागि हामी प्रयत्नशील थियौँ । यस्तैमा फागुन … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : चिराग तो जलाओ, बडा अन्धेरा है

~अम्बर गुरुङ~ निकै वर्षअगाडि सुनेको यो गजलको अर्थभन्दा पनि मर्म आजको यो निस्सासिँदो अन्धकारमा बुझ्दा मनमा आत्मग्लानि सोच आउँछ र छटपटी हुन्छ । र, सोच्न थाल्छु-किन हामी आवश्यक परेको बेला मात्र अनावश्यक भनेर फालेका कुराहरूको सम्झना गर्दै पछुतो गर्छौं ? … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : बडाको सङ्गत गुवापान

~डा. केदार कर्माचार्य~ २०६१ साल फागुन १० गतेका दिन सुनसरीको धरान-४ बाट ललितपुरको ज्वागल, कुपण्डोल-१० मा सपरिवार बसाइँ सरेर आएपछि र्सवप्रथम मेरा छिमेकी वरिष्ठ उपन्यासकार डायमनशमशेर राणासँग साक्षात्कार गर्न पाउँदा खुसीले मेरो हृदय गद्गद् भएको थियो । प्रथम भेटमा नै उहाँको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : बेजिङमा घुमघाम

~जीवनाथ धमला~ बेजिङमा जम्मा मेरो बसाइ छ दिनको रहृयो । ती दिनमध्ये चार दिनको दिउँसोको समय वर्कसपमा बितिहाल्यो, म’ख्य काम नै त्यही थियो । ती चार दिनका बिहान बेल’का, प’गेको दिन दिउँसोदेखि साँझसम्म र र्फकने दिन २०६३ असार १० गते … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : फज्लु भैया

~अम्बर गुरुङ~ फज्लु भैया भन्ने व्यक्तिलाई मैले उनले लगाएको गुनको एउटा ऋण तिर्न बाँकी छ, जो यो जीवनमा अब सम्भव छैन । किनभने, फज्लु भैया अहिले यो संसारमा छैनन् तर पनि बेलाबेलामा विशेष गरी जबजब म सम्मानित हुन्छु, उनको खुबै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : माइखोला वारि पारि

~रामप्रसाद पन्त~ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा सम्पन्न हुन लागिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०६८ को सन्दर्भमा म इलाममा छु यति खेर । फागुन १६ को बिहानीले स्वागत गरिरहेछ मलाई इलाम बजारमा । अस्ति सम्मेलनको उद्घाटन भयो सभामुख … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : लेकाली धरोहर फलामेडाँडा

~भेषराज रिजाल~ एघार बजिसकेछ लुङ्दीखोलाको किनार समातेर उकालो लाग्दा । लुङ्दीको सुसेली गुञ्जिएको छ पहरो थर्काउँदै, चारदिशा घन्काउँदै । मेरो अनुहारमा बगेको पसिनाको धाराजस्तो लुङ्दीको सुकिलो जलधारामा नजर भिजाउँछु, मन धुन्छु र पयर उचाल्छु । रोपो सरिसकेको खेततिर बगेको कुलोमा … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment