Category Archives: स्‍मृति साहित्य

स्‍मृति साहित्य / Memoirs

नियात्रा : के कोलम्बस नै पहिले अमेरिका पुगेका हुन् ?

~भीम राई~ क्रिष्टोफर कोलम्बसको जन्मस्थल इटालीको दुईहप्ता भ्रमणपछि १२ अक्टुबर २०१७ को दिन हामी लण्डनदेखि जमैका जाँदै थियौ । हामीलाई यात्रामा सदाझैं भाई कृष्ण र बहिनी सानुले साथ दिइरहनुभएको थियो । लण्डनदेखि उडेको साँढे दश घण्टापछि मस्याइला पाराको आवाजमा बिमान … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : उन्मुक्तको त्यो साँझ

~नम्रता भण्डारी~ हरिया पाखापखेरामा आफु रमाउँदै हिडँदाको कल्पनाले मात्र कसको पो मन नलोभियाउँदो होस ।हिडनु, डुल्नु ,घुम्नुको मज्जा नै वेग्लै र अदभुत हुन्छ । गाडीवाट पुरै एकफन्को लगाएर वरपरको सुन्दरता नियालेर रमाउन दिनु भन्दै छोरीहरु जसरी भएपनि भोली घुमेर आनन्द … Continue reading

Posted in नियात्रा | Leave a comment

नियात्राः नेपोलियन बोनापार्टको जन्मथलो पुग्दा

~भीम राई~ हाम्रो दाम्पत्य जीवनको भरयाङ २० वर्षे उकालीमा चढ्दै थियो । तिनै २० औं वैवाहिक वार्षिकोत्सव मनाउनका लागि पानीजहाज यात्रामा जाने ताराले निर्णय गरेपछि, ११ मार्च २००७ मा हामी बार्सोलोना पुगेका थियौं । अर्कोदिन थोम्पसनको एउटा पानीजहाज ‘आइल्याण्ड एस्कयाप’ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : लन्डनको सोहो, हाइगेट र कार्ल मार्क्स

~भीम राई~ जनवरी ९, सन् १८६३ मा विश्वको पहिलो सुरुङ्ग मार्ग लन्डनमा उद्घाटन भएको दिन तीसहजार मानिसहरुले मार्क ब्रुनेलको प्रशंसा गर्दै भूमिगत रेलद्वारा यात्रा गरेका थिए । त्यसको एकसय एचास वर्षपछि हामी तिनै भूमिगत रेलमार्ग हुंदै जनवरी २०१३ मा लेस्टर … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : पर्वतको यात्रा एक विवेचना

~सदानन्त्द अभागी~ पर्वत म जन्मेको र हुर्केको जिल्ला भएकोले पर्वत जानु आउनु मेरो लागि कुनै नौलो थिएन र होइन पनि । यसपटक पनि मलाई पर्वत जानुपर्‍यो । एकातिर कोरोनाको महामारीले गर्दा घर छाडेर हिड्नु त्यति सहज थिएन तापनि हाम्रा चाडपर्व, … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : ईश्वर गाथा

~निर्मल कुमार थापा~ कवि मञ्जुल पछिल्ला नियमित भेटहरूमा सम्झाइ रहनुहुन्थ्यो – “ईश्वर दाइले सम्झनु भएको थियो एकपटक भेटिहाल्नुस् ….” सर्जक सीता पाण्डेले कुनै एउटा कथामा आफ्नो पिताको मृत्यु शोकमा लेख्नु भएको छ – “जीवन सधै व्यस्तताहरूले अल्झाइरह्रयो । केही सभामा … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

संस्मरण : प्रोफेसर पराजुली

~प्रभा कैनी~ कविवर सिद्धिचरण श्रेष्ठका हरफ गुनगुनाउँदै हामीलाई स्वागत गर्न घरको गेटमा आइपुगे उनी। एरिजोना राज्यको पुरानो राजधानी प्रेस्कटमा १० एकड जमिनको फराकिलो बस्तीको बीचतिर अलिअलि उठेको सानो थुम्कीमा बनेको अल्ट्रा मोडर्न घर। घरमा अमेरिकामा प्राप्त हुने कुनै सुविधाको कमी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : हजुरआमाको चिठी

~किशोर नेपाल~ यो वर्षको दशैंमा विनित पनि नआउने भयो, विनिता पनि नआउने भई। दुवै नआएपनि ता आउँछस् कि आउँदैनस्? तेरो बाबा भन्दै थियो, पुनित आउँछ। यसपाला तँ पक्कै आएस्। महाअष्टमीको दिन तेरो वर्तमन गर्नुपर्छ। त्यो दिन लगन जुराउनु पर्दैन। तँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : अफ्रिका महादेशको मेरो भ्रमण

~राज अनुराग~ विश्व मानचित्रमा अध्यारो महादेशको उपनामले परिचित अफ्रिका महादेश हो भनेर बिद्यार्थी जिवनमा सामान्य ज्ञानका हरफहरुमा पढ्दा देखि नै अनेकौ जिज्ञासाहरु मनमा आईरहन्थे । आधुनिक बिकासको आधारमा हेर्दा अध्यारोमा सूचिकृत भए पनि त्यहाँको प्राकृतिक सुन्दरता र सम्पदाको सूचिलाई हेर्ने … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : गुरुको उपहार- सुनौलो बाइबल

~प्रभा कैनी~ अमेरकिामा गर्मीका दिन सुरु भएका थिए। तर, हामीलाई अझै जाडो लागिरहेको थियो। एक-दुई दिनदेखि बल्लबल्ल दिन खुलेर घामको ताप बढ्न लागेको महसुस गरेका थियौँ। तैपनि, नेपालमा जस्तो न्यानो अनुभूति भएको थिएन। छोरा नवीनसँग धेरै अघिदेखि एलिनोर गुरुआमाकहाँ पुर्‍याइदिन … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : गोरखबहादुर सिंह सम्झनाहरू

~अज्ञात~ त्यसो त गत मंगलबार २३ साउन पनि अरू दिनजस्तै सामान्य थियो । बिहान उस्तै–उस्तै र दिउँसो पनि उस्तै–उस्तै । तर, अपराह्न † सबै दिनभन्दा नितान्त फरक भएर आयो । राजधानीस्थित महाराजगन्ज शिक्षण अस्पतालको सघन उपचार कक्षमा अपराह्न ४ बजेतिर चिकित्सकले ‘भेन्टिलेटरमा राखिएका … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

संस्मरण : सम्झनाको तरेलीमा पारिजात दिदि

~शरद प्रधान~ केहि दिन अघि मात्र मेरो झण्डै दुई दशकको पत्रकारिता जीवनमा मैले साक्षात्कार गरी जीवनी लेखेका साहित्यकारहरुको नामावली सोचीरहेको थिएँ । धेरै साहित्यकारहरु त दिवंगत भइसक्नु भएकाले अब को चाँहि बाँचीरहेका होलान् भनेर घोत्लिरहेको थिएँ । रमेस विकल अब … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सम्झनामा एक आत्मीय अग्रज

~नगेन्द्र शर्मा~ म काठमाडौँ आएको मदन उपाध्याय दाइको निम्तोमा रहेछ । त्यो पचास वर्षभन्दाअघिको कुरा हो । मलाई लिन कलकत्तामा रित्तै हवाइजहाज लिएर आउने पाइलट रमेश, उहाँको भाइ त माध्यम मात्र रहेछन् । मलाई भन्डैझन्डै गलहत्याएर ल्याउनु परेको कारण चैँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सिद्धिचरणजीको न्यानो ओभरकोट

~लैनसिंह वाङ्देल~ सन् १९५१ को अप्रिल महिना । कलकत्ताबाट म ‘प्रभात’ नामको मासिक पत्रिका निकाल्ने तयारीमा थिएँ । ‘प्रभात’मा प्रकाशन गर्न एउटा कविता पठाउन मैले कवि सिद्धिचरण श्रेष्ठलाई चिठी लेखेको थिएँ । उनले मेरो अनुरोध सहृदयताका साथ स्विकारे र ‘प्रभात’ शीर्षकमै एउटा कविता … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : धनुषदाइको धोको

~नगेन्द्र शर्मा~ गएसालको मंगसिर १९ गते मंग्लबार मेरो निम्ति अलच्छिना रहेछ । लच्छिन, अलच्छिन भन्नेजस्ता कुरा अन्धबिश्वास हुन् भनिटोपल्ने मेरा धारणा गलत रहेछन् कि जस्तो पनि लाग्यो । किनभने, बहान राम्ररी उठ्न पनि पाएको थिइनं, टिरिर्र फोनको घन्टी बज्यो । … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

यात्रा संस्मरण : गाडी दुघर्टना पछि हाम्रो परिचय भयो ।

~रमेश राई~ १६ अगस्ट, २००५ (३२ श्रावण २०६२) को दिन थियो । म मामा जितसँगै भारतको मेघालय राज्य अन्तर्गत पर्ने जयन्तिया हिलको खेलाडी हाटबाट नेपाल फर्कने क्रममा थिएँ । त्यहाँबाट विहान ७ बजेतिर हामी बाटो लाग्यौँ र बेलुकी आसामको गुवाहाटीबाट … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : लघु संस्मरणमा शंकर दाइ

~नगेन्द्र शर्मा~ अभूतपूर्व लेखनकला, वैचारिक प्रखरता र विभिन्नताका धनी, कथावस्तु विनाका कथाका पनि जन्मदाता । नेपालीमा हाइकुका प्रथम प्रयोक्तासमेत रहेका शंकरदाइ ‘इम्प्रेसनिज्म’ जस्ता नौला साहित्यिक धाराहरूको स्वाद हामीलाई चखाउने प्रथम व्यक्ति पनि थिए । कुरैकुरामा एकदिन मैले उनलाई सोधेको थिएँ, … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ल्हासामा भृकुटीलाई भेट्दा

~रुपा जोशी~ संसारको शायद सबैभन्दा अग्लो ठाउँमा रहेको ल्हासाको पोटाला दरबारको साँघुरो कोठामा एक–एक गरी पंक्तिबद्ध भएर हामी अगाडि बढ्दैथियौं । तस्वीर खिच्न नपाइने त्यहाँ अघि बढ्दै जाँदा गुफा जस्तो ठाउँको कलेजी रंगको भित्तामा लहरै चार–पाँच वटा मूर्ति देखिए । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मेरो गृह गाउँमा

~डा. रामदयाल राकेश~ मेरो गृह (घर), सिसौटिया गा.वि.स. वडा नं. ५ मा अवस्थित छ । यो सर्लाही जिल्लामा पर्दछ जस्को सदरमुकाम मलंगवा हो । मलंगवादेखि ३ कोश पश्चिममा अवस्थित यो गाउँमा अझसम्म बिजुली बत्तीको व्यवस्था छैन । मैले होश सम्हालेको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : जून र दिनकरसँगको दोलखायात्रा

~धीरकुमार श्रेष्ठ~ दशकौँअगाडि आफन्तसँग कुनै कुराले चित्त नबुझेपछि बुबाले परिवारको स्वीकृतिबिना जन्मभूमि छाड्ने निर्णय लिनुभएको थियो । त्यहाँबाट हिँडेपछि जागिरका सिलसिलामा उहाँ मधेस पुग्नुभयो र त्यतै नयाँ घरबार जोड्नुभयो । त्यो चाल पाई मेरी आमा पहाड छाडेर मधेस पुग्नुभयो तर … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : वीरताको इतिहास दर्साउने स्थानबाट

~आविष्कार कला~ घुम्नु आफैमा रमाईलो मात्र होइन , घुम्नु कोठामा बसेर अध्ययन गर्नु भन्दा ज्ञान हासिल गर्ने एउटा महत्वपूर्ण माध्यम पनि हो । घुमाई आफैमा मलाई एक उत्साहजनक कार्य लाग्दछ । मलाई घुमाई बालपनदेखि नै रमाइलो लाग्दथ्यो । जुन दिन … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : अक्षरहरूसितको भेट

~नारायण तिवारी~ गोरखबहादुर सिंहका बारेमा लेख्न बसेको छु । स्मृतिमा चलचित्र भाँति विभिन्न सन्दर्भ, स्थान र घटनाहरू आउँछन् । गोरखबहादुर सिंहको हँसिलो प्रिय अनुहार आउँछ स्मृतिमा । साहित्य यात्रामा लागेका धेरै यात्रीहरू पत्रपत्रिकाहरूमा प्रकाशित रचनाहरूबाट, पुस्तकहरूबाट परिचित भइरहेकै हुन्छन् । … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

नियात्रा : नाङ्गा पहाडका कथा

~दामोदर पुडासैनी ‘किशोर’~ फरक हुनुपर्छ प्रत्येकको पहिचान। बेग्लै परिभाषामा बाँच्दै छन्, रङ्गीन पहाडहरू जिजीविषाका। मैले सानैदेखि देखेँ- पहाडहरू भनेपछि रूखबिरुवाहरू हुन्छन् नै। हरियोपरियो र खेतीपाती हुन्छ नै। सके पोखरी र कुलाहरू होलान्, घाँस-स्याउला गर्नेहरू गीत गाइरहेका होलान्, बाली लगाउने, हुर्काउने … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : भाग् कुइरो भाग् !

~युवराज नयाँघरे~ ‘यस्तो पो स्वागत !’ मैले काँडेमा पुगेपछि कुइरोको अन्धमुष्टि देखेर भनेँ मनमनै । पानीको बिर्बिराइ र कुइराको बाक्लो खातमा काँडेले झुलुक्क मुख देखायो । बीस÷बाइस घर थिए त्यहाँ । घरमा व्यापारका सूचनापाटीमात्र थिए । मलाई त्यस्ता सूचनापाटीले पोखरामै … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : टोपीटाले भेट्न खोल्सी !

~युवराज नयाँघरे~ कर्णाली तरेँ बल्ल आज ! हुम्ला कर्णालीका किनारैकिनार हिँडेको यतिका दिनपछि आज तर्ने मौका मिल्यो । यो नदीका छालले छोएथे । यसका बाछिटाले हिर्काएथे । यसका लहरले हृदय तानेथे । यो नदीका सङ्ला तरङ्गले मलाई डाकेथे । सेतो, सङ्लो खोला । धारिलो र चिसो लहर … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : नायगरा झरना अतृप्त यात्रा

~डा तीर्थबहादुर श्रेष्ठ~ नायगरा झरनाको बाछिटाले निथु्रक्क नभएसम्म अमेरिका यात्राको तिर्सना मेटिँदो रहेनछ। यसपालि कात्तिकमा अमेरिका पुगियो। अमेरिका भनेपछि संयुक्त राज्य अमेरिका मात्र बुझने चलन छ, तर इटालीका भेसपुस्सी अमेरिगोले सन् १४९७ मा पत्ता लगाएको भूय्भाग र क्रिस्टोफर कोलम्बसले १४९८ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : हाम्रो सद्भाव अम्बर दाइप्रति

~रामेश श्रेष्ठ~ म त्यो बेला खोटाङको बुइपामा शिक्षक थिएँ। ट्रान्जिस्टरमा नेपाली गीतहरू सुनिरहन्थें। त्यही बेलादेखि नै गीतसंगीतको माध्यमबाट अम्बर गुरुङ दाइसँग मेरो अप्रत्यक्ष चिनाजानी भयो। शुरूमा दाइको स्वर भारतीय गायक हेमन्तकुमारसँग कताकता मिल्दोजुल्दो लाग्यो मलाई। ‘ ए कान्छा मलाई सुनको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : बमको छर्रा बोकी मरुभूमितिर

~अनुपम ‘नवोदित’~ एउटा सुन्दर सपना बोकेर ‘जनयुद्ध’को बाटोमा हिँडेको पनि वर्षाैं बितेछ । जिन्दगीको किशोरवयमा मुक्ति र मृत्युको शपथ खाएको पनि हिजै जस्तै लाग्छ । ती आँधीमय दिन सम्झिँदा आज पनि हृदयको एउटा कुनामा पिलो झैँ दुख्छ । मानसपटलमा ती दृश्य क्यामेराको रिल … Continue reading

Posted in अनुभूति, संस्मरण | Tagged | Leave a comment

संस्मरण : बद्री सर र किताप सरको नाममा

~अविर खालिङ~ बिहानै उठेर नुहाइसकेको छु म । ह्रदयभरि एउटा व्यक्त गर्न नसकिने खुशी सल्बलाईरहेको छ। मित्र डम्बर थापा (शिक्षक , बिरपाड़ा नेपाली उच्चतर विद्द्यालय) लाई पनि मेरो हतारो खनाइदिएको छु।कुन्नि कस्तो बालकहरूको जस्तो छटपटीले मेरा पलहरू असहनीय भएका छन … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : नाकमा आरूको फुली

~नरनाथ लुइटेल~ मेरो जन्मथलो भोजपुरको सिक्तेल । हाम्रो परिवार वि.सं. २०१९ सालमा भोजपुरबाट मधेस (झापा) बसाइसराई हुँदा म चार वर्षको फुच्चे थिएँ । मधेस झरेपछि ठ्याम्मै पचास वर्षको नेटो काटिसकियो । तर फेरि जन्मथलो भोजपुर पुग्ने अवसर मिलेको छैन । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : हलेसीको ओडारमा लुकेका महादेव

~डा. तारानाथ शर्मा~ हाम्रो मातृभूमिमा विचित तीर्थस्थलहरु अत्यन्त धैर्यसाथ हामीलाई पर्खेर ठाउँठाउँमा बसेका छन्। ती तीर्थस्थलहरु मात्र पुग्न पाइयो भने नेपालको प्राकृतिक सौन्दर्यको अवलोकन त राम्ररी गर्न पाइन्छ पाइन्छ, त्यसका साथै हाम्रा विभिन्न स्थलमा बसेका बन्धुहरुको जनजीवनको पनि निकट परिचयले … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : मदनमणि युगको अवसान

~गोविन्द गिरी प्रेरणा~ ९३ वर्षसम्मको आफ्नो आयुको अधिकांश समय नेपाली वाङ्मयलाई समर्पण गर्ने वरिष्ठ विद्वान साहित्यकार मदनमणि दीक्षितको अवसानसँगै एउटा युगको अवसान भएको छ, मदनमणि युगको । कुनै एउटा व्यक्तिले आफ्नो योग्यता र योगदानले युगको निर्माण गर्नु चानचुने कुरा होइन … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment