Category Archives: स्‍मृति साहित्य

स्‍मृति साहित्य / Memoirs

संस्मरण : स्कुल हडताल अनि सांस्कृतिक क्रान्ति

~जीवन क्षेत्री~ पारिपट्टि बारीको डिलमा हेडसर र टुकनाथ सर देखा पर्नुभयो । मेरो मुटु काँप्यो । म ऊबेला त्यसै पनि काफर थिएँ तर यति सारो मुटुचाहिँ अरू बेला विरलै काँप्थ्यो । सरलाई देख्दा विद्यार्थी डराउनु अनौठो होइन । अझ हातमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : आहा ! ति दिन

~वरुण पोख्रेल~ राम्रोसंग पाक्न नपाएको आटो(मकैको च्याँख्ला)अनि मोहि-दुध तरकारि त कहिलेकाहिँ मुस्किलले भेटिन्थ्यो।बिहानको नौ बजिसकेको हुन्थ्यो। बिहानै उठेर धारामा पानी लिन जाउ पालो कुर~~ अनि गाउँले आइमाइका घरायसि कुरा सुन~~

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मकैबारी लभ

~जोतारे धाइबा~ गर्मीले बाँसका सुकेका पात जसरी लुगा खोलेको थियो । बलौटे सडकमा बाफको रिदममा नाच्न मग्न थियो, नाङ्गै । भित्री मधेसमा पर्ने उदयपुर गर्मी मौसममा घाम उदाउनासाथै तापमा पुरिन्थ्यो । घामले निष्फिक्री डाम्न सक्ने खुला आँगनमा थियो स्कुल । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : सम्झनामा रमेश विकल

~नरेन्द्र रौले~ मंसिर महिनाको मध्यान्ह छ । चिसो मौसम । आरुबारीको रौनक बेग्लै छ । नया बानेश्वरबाट म आरुबारी तर्फ लाग्छ । बाँसका रुखहरु आफ्नै गतिमा हल्लिरहेका छन् । केहि पर हरियो जङ्गल । अब पहिले जस्तै परालले छाएका र … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : बर्खान्तको बेला डेरिडाको सम्झना

~डा. गोविन्दराज भट्टराई~ आज डेरिडाको पहिलो बर्खान्त आउनै लागेको छ । जीवनभरि उच्छेदनको दर्शन र क्रान्तिकारी चिन्तन लिएर हिँडेका डेरिडा अन्तिम दिनहरूमा प्राचीन मूल्य र आदर्शतिर फर्केका थिए । आपसी मेलमिलाप र क्षमाद्वारा विश्वबन्धुत्वको स्थापना गर्न उनी प्रयत्नशील थिए । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : टापु-टापु

~जीवा लामिछाने~ श्यामश्वेत जीवनको पानालाई भ्रमण र मनोरञ्जनले रंगीन तुल्याउन यसपटक नयाँ वर्ष र क्रिसमसको छुट्टीमा म, विन्दिता, अनुराग र अनुकृतले प्रकृतिको सुन्दरतम् देश माल्दिभ्स जाने योजना बनायौँ। त्यसो त माल्दिभ्स रिसयनहरूको निकै लोकप्रिय गन्तव्य पनि हो। क्रिसमस र नववर्षको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : कहाँ गए होलन् ती कवि?

~प्रकाश सायमी~ समय उब्रिएछ भने म तिमीलाई माया गरुँला… यस्तै शीर्षकको कविता पढेर अशेष मल्लले काठमाडौंको मञ्चमा ख्याति कमाएका थिए। कयौं कयौंपटक यो कविता उनले मञ्चमा वाचन गरेका छन्, कयौंपटक रेडियोबाट पनि बजेका छन्। दर्शकको दिल दिमागमा त अझै बजिरहेकै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : जागिर

~जोतारे धाइबा~ काम गरेको वर्ष दिनपछि पत्रिकाका मालिकले एक दिन भने, “तिमीले पत्रकारिता गरेर खाँदैनौ ।” साक्खै छोराको चिन्ता गरेझैँ जुँगे ओठ खुम्च्याउँदै उनले तीतो पोखे । त्यो जँुगाले मलाई सिस्नुले घोचेजस्तै रनक्क पार्‍यो । ढंग पुर्‍याएर लेख्न नजानेको भन्दै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : हुटिट्याउँको आकाश

~यज्ञश~ काग, कोइली र चीलजस्ता केही चरा छन्, जसका कथा प्राय: आइरहन्छन् । लेखकहरू यिनलाई र यिनका विशेषतालाई विम्ब बनाएर कहिले कसैको तारिफ गर्छन् त कहिले कटाक्ष गर्छन् । यो स्मृतिको कथाचाहिँ हुटिट्याउँको हो । हुटिट्याउँको एउटा आफ्नै कथा छ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : चेपाङ गाउँको हरियाली

~मीनराज वसन्त~ असोज ३ गतेको कुरा हो । हामी आफैंले थाहा पाएनौं, खै कुन ढङ्गबाट चेपाङ गाउँ पुग्ने अनपेक्षित योजना बन्यो । केही समयपूर्व चेपाङ जातिका मानिसहरू कस्ता हुन्छन् भन्ने उत्सुकताले नमीठोसँग चिमिटोरहन्थ्यो । सत्य भनूँ, नेपालमा दुर्लभ मानिएका राउटेलाई … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : काठमाडौँको एक दिन, स्मृतिमा दिन दिन

~निराजन प्रभात~ आज कुनै काम थिएन। कतारतर्फको उडान पर्सि मात्रै हुनाले पूरापूर फुर्सद। काठमाडौँ खासै घुमेको छैन। आज काठमाडौँ एक्लैएक्लै घुम्ने रहर पलायो। संयुक्त यातायातको बस चढेर लागें एउटा गन्तव्यहिन यात्रातर्फ। एक्लो यात्रा उपलब्धिमूलक होला/नहोला त्यसको फिकर छैन। मात्र

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : ओझेल परेको भुस्वर्ग

~जय बहादुर घिमिरे~ मैले महिनामा जसरी भए पनि कम्तिमा एउटा सम्म आर्टीकल लेख्न प्रण गरेको छु । त्यसैले विगित २ बर्षदेखि हालसम्म मैले लगभग ४० वटा जति आर्टीकलहरु (लेख, निबन्ध, संस्मरण कथा, कविता, मुक्तक, गीत आदी) लेखेको छु । जीवनको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : बुधबारेमा फ्लप, मंगलबारेमा हिट

~उमा सुवेदी~ कुनै घटना बीस घन्टामा बिर्सिइन्छन्, कुनै बीस दिनमा । कुनै घटना यस्ता जब्बर भइदिन्छन् कि, बीस वर्षपछि पनि ती फर्की फर्की सम्झनामा आउँछन् र च्वास्स घोचेर मर्माहत बनाइदिन्छन् । मेरो हृदयको अन्तरकुन्तरमा पनि त्यस्तो घटना लुकी बसेको छ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : वाणी प्रकाशन र विराटनगर मैले किन छाडे ?

~परशु प्रधान~ वदेशदेखि विदेशसम्मका साहित्यिक साथीहरू वाणी प्रकाशनका सेयरहोल्डर मित्रहरू र सबैले बरोबर सोध्ने प्रश्न यिनै हुन्, ‘तपाईंले वाणी प्रकाशन किन छाड्नुभयो ? तपाईं र वाणी पर्याववाची भइसक्नु भएको थियो । फेरि वाणी पूर्वाञ्चलको जन–एकेडेमी (प्रज्ञापरिषद् सदस्य भइसकेको, राष्ट्रभित्र र … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : जीवन : उत्तरार्धमा पुगेपछि

~राजेन्द्रप्रसाद अर्याल~ तिसौँ वसन्त पनि पार नगर्दै वैधव्य जीवन अँगाल्न बाध्य निरक्षरी मालतीले दुखजिलो गरेर भए पनि एक्लो छोरालाई एस.एल.सि.पछि काठमाडौँमा राखेर एम.ए.समेत गराइन् । गाउँमा उनको मुक्तकण्ठले प्रशंसा भयो । उदाहरणीय बनिन् । छोराले पनि क्रमशः प्रगति गर्दै गयो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : टाइगर नेस्ट उक्लँदा

~रोशन शेरचन~ मैले रेड पान्डा आफ्नो प्यारो वन्यजन्तु बताएपछि भुटानी साथी छिरङिले थप्यो, “त्यसो भए तपाईंलाई आज रेड पान्डा बियर खुवाउँछु।” रेड पान्डा बियरको नाम सुनेर म खुसीले उचालिएँ। उसले सोयस र मलाई थिम्पुको बारमा लिएर गयो। बार मूल सडकबाट … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : भूपि–पारिजातको राल्फा संवाद

~रामेश~ हुलाक प्रशिक्षण केन्द्रको जागिर। सानो कोठाभित्र तीव्र वेगमा टाइप गरिरहेको हुन्छु। निकै बेरपछि टाइप गरेका प्रतिहरू हाकिमज्युको टेबलमा राखिदिएर बबरमहलबाट सुस्तसुस्त पुतलीसडकतिर लाग्छु। पारिजात दिदीले भन्नुभएको थियो, ‘रामेश भोलि तिमी आऊ है। मेरो लेख तिम्रो अक्षरले सारिदेऊ। अनि पत्रिकामा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : रोसीका हजार छाल

~युवराज नयाँघरे~ वैशाखको पहिल्यै दिन थिएँ म रोसी तीरमा ! विचित्र हुन्छ कहिलेकाँही । यदाकदा नसोचेकै कुराको जोरजाम हुन्छ । हठात्मा घुमन्ते भइन्छ, जोहो न सोहो । मेलोमेसोविनै डुलन्ते हुन पुगिन्छ । अपुताली लाभ भनेकै यै होला—अचम्मैले घुमघाम गर्न पुगिन्छ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : कहीँ कतै हराएँ भने म

~प्रकाश सायमी~ हरिभक्त कटुवाल अब छैनन्, उनी बाँचेका भए यो वर्ष ८० का हुन्थे। आँग्लाहरू यस घडीलाई अक्टोजेरियन भन्छन्। उनी अक्टोजेरियनमा हुँदा गाली खाँदै हुन्थे कि ताली, त्योचाहिँ अनुमान गर्न गाह्रो छ। ४२ वर्ष दुई महिनाको जिन्दगी बाँचेर उनी खुदा … Continue reading

Posted in संस्मरण | Leave a comment

संस्मरण : पहिलो मम:

~वरुण पोख्रेल~ सधैंको यौटै रुटिन । ब्यान उठ, आँखा मिच्दै धारामा जाउ, पालो बस, पानी ल्याउ चार पाँच खेप दनादन । चाकामा बाँसा’ सुपिलो (खोइलो) लगाउ, चुइने गाग्री पछाडि धारा लाउँदै । चप्पल भिजेर माटो मिसिएर चिप्लेर उस्तै आपत । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : म्याडम वुको पाककला

~ऋचा भट्टराई~ किताब भेट्दा अमूल्य सम्पत्ति हात परेझैँ हुन्थ्यो मलाई । किताब नयाँ, आकर्षक, चिल्लो पनि हुनु पर्थेन, आफूले पहिला नदेखेको भए भयो । अझ सेकेन्ड ह्याण्ड मार्केटको मोलमोलाइपछि घरमा शरण लिन आइपुगेका पुराना, घाममा सुकेर खुइलिइएका र घुर्मिएका किताब … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

यात्रा संस्मरण : उकाली ओरालीहरुमा

~निशान यात्री~ निशान भाई सुन्यौ ? हजुर भन्नुस दाई ! म सुन्दै त छु हजुरको कुराहरु पोखरा देखि यहाँ सम्म । यो ठाउँलाई सल्यान भन्छ नि भनेर दाइले मलाई जिल्याई दिनु भयो । सल्यान त बुटवल हुँदै पश्चिम गए पछि … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : म्याटिनी सो

~बुद्धिसागर~ रिले दौडको अन्तिम खेलाडीझैँ बेस्मारी दगुरेर रात टीकापुर आइसकेको थियो । घरघरमा बत्ती बलिसकेका थिए । अँध्यारो देख्नेबित्तिकै मेरो सातो गयो । दर्शकहरू फिलिम हल देब्रेतिर बनेको ट्वाइलेटतिर दगुरिरहेका थिए । मानिसको पिसाब फिलिम हलको देब्रेतिरबाट सहर पसिरहेको थियो … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : एउटै किनारमा बिर्जु

~रमण घिमिरे~ जतिखेर शङ्कर लामिछाने ‘मृत्युको गीत वाल्जको धुन’ मा लेखिरहेका थिए। सायद म त्यस बखत बिर्जुको मादलको तालमा नाचिरहेको हुँदो हुँ। नाङ्लो जत्रो रक्तिम सूर्य तराईको अनन्त फाँट हिँडेर गोधूलिको क्षितिजपारिबाट बाईबाई गर्दागर्दै म कुनै डगरमा बिर्जुलाई पछ्याउँदै घर … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : त्यो आँशु अनि म….

~टि. समीर लामा~ हुन त जीन्दगीमा ठुलो सफलताको कमै मात्र अनुभव छ अहिलेसम्म तर असफलताको पीडामा जलेर जिउनु न मर्नुको दोसाँधमा भने धेरै पटक पुगेको तीतो अनुभवको संगालो नै छ मसँग थुप्रै-थुप्रै…।कुनै बेलाको मेरा ती अवस्थाहरु अनि समय र परिस्थितिको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ओ निकारागुआ!

~युयुत्सु आरडी शर्मा~ एउटा चराको उग्र स्वरले मेरो सपना बिथोलिदिएको थियो। लामो चर्को स्वर–सिम्फोनी कुनै मखमली घाँटीको गहबाट कतै निस्कन्थ्यो र फैलिन्थ्यो आधा मिनेटसम्म एकनास। अनि दोहोरिन्थ्यो पटक पटक । मानौं कि, थुपै्र रङहरूको सिसी फुटिरहेको थियो। ‘कहाँ आइपुगेको हुँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : मृत्युबाट भागेर आएको मान्छे

~तीर्थ गुरुङ~ कविलाई बचाउने कवि नै हुन्छन् । भूपिनको यो कुरामा म दुईवटा कुरा पाउँछु, पहिलो कुरा म कवि हुँ तर म स्वयम्लाई कवि मान्न सकिरहेको छैन । कविता नलेखेकै लामो अन्तराल भइसकेको छ र लाग्छ, मेरा कविताहरु त्यति सम्प्रेषणीय … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : हरियो जामा

~सरिता तिवारी~ बाटोको किनारमा लहरै थिए बकाइनाका रूखहरू । र तिनका छेउछेउमा दबदबे र इपिलइपिलका स–साना बोटहरू पनि थिए । ती बोटभन्दा पल्तिर टौवा थियो । टौवा पल्तिर लामो गोठ । गोठपल्तिर अलिकती बारि । बारिको पल्लोछेउमा पानीको कल । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : रातो भाले र नक्कल

~विजय थापा ~ मुखै रसाउने त्यसमा पनि स्थानीय रातो रंगको कुखुराको भालेको मासु l अहिले सम्झना गर्दा पनि मुखै भरि पानी आउछ किनभने विदेशिएको धेरै बर्ष भयो l त्यो सम्झनाले सारै सताउछ र कल्पना मात्र गरि रहेको हुन्छु lअमेरिकामा बसाई … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : साउने गाउँ

~वरुण पोख्रेल~ साउन, बडो रसिलो महिना । चैत देखी खासै हरियो परियो देख्न नपाको गाउँको भान्साले हरियो देख्ने महिना । गर्मी भरी रुक्खेको ज्यानले धित मरुन्जेल भिजेर शरीरका धाँजाहरु पुर्ने महिना । हुन त असार लागे देखी नै बर्षात सँगै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : उधारो भाइटिका

~सागर बस्नेत~ हामि तीनजना दाजुभाई लगालग जन्मेका हौँ । शुरुमा दाजु जन्मिदा स्वाभाविकै परिवारजन खुसि हुनुभयो । ममीले बताए अनुसार बुबाममिले म जन्मिनेबेलामा यो चै छोरी होस् अनि अरु नपाउने भनेर सल्लाह गर्नुभयो । तर म पनि छोरै भएछु । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

यात्रा–संस्मरण : ग्याँसचेम्बरको साँझ

~कृष्ण धराबासी~ जर्मन उत्रिनासाथ जुन जाडोले स्वागत ग¥यो । त्यो त्यति डरलाग्दो थिएन । काठमाडौंमा देखाइएको जस्तो डरलाग्दो थिएन यो तर दिन धुम्म थियो र चिसो सिरेटो चलिरहेको थियो । हामी पृथ्वीको यस्तो अर्काे भागमा उत्रिसकेका थियांै, अब आफू जन्मेको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment