तपाईंले छान्नुभएको विधा : संस्मरण

संस्मरण / Memoirs

संस्मरण : मधुपर्कसित गाँसिएका सम्झनाहरू

~हरि अधिकारी~ साहित्यिक मासिक पत्रिका मधुपर्कसित मेरा मधुरतम् सम्झना गाँसिएका छन् । मेरो साहित्य – लेखन र मधुपर्कको प्रकाशन लगभग एकै समय, एक वर्षको फरकमा प्रारम्भ भएको सुखद संयोग पनि यस प्रसङ्गमा उल्लेखनीय छ । विक्रम संवत् २०२५ सालमा गोरखापत्र संस्थानबाट साहित्यिक पत्रिकाका रूपमा त्यस मासिकको प्रकाशन शुभाम्भ हुनुभन्दा अगाडि नै मेरा केही रचना ज्योत्स्ना, रूपरेखा, गोरखापत्र आदि पत्र-पत्रिकामा छापिइसकेका पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

संस्मरण : भाई छैन, यो पटक तिहार पनि छैन

~क्रान्ति पराजुली~ भाइले फोन गरेको छ तिमीसँग बोल्छ रे । पोहोर सालको तिहारमा ठ्याक्कै भाइटिकाको साइत मै आमाले आफ्नो मोबाइल मलाइदिनु भयो । हेल्लो…। (म) दिदी… । भाइले दिदी भन्नासाथ म भक्कानिएँ ।त्यसपछि एकछिन मेरो आवाज बाहिर निस्किन सकेन ।आमा म बोल्दिन, लु तपाईँ नै बोल्नु । जबर्जस्ती आमाको हातमा मोबाइल थमाएर म आफ्नो कोठामा छिरेँ ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

संस्मरण : रेलमा लम्पट, लबी र सार्त्र

~मनोज बोगटी~ बबाल कविता लेख्दै गरेका र हाइटमा चुलिँदै गरेका कविमित्र निमा शेर्पा 27 जुनमा कालेबुङ आए। कविताकुरामा कफिकप रित्तियो। चिलड्रेन्स अफ गड नामक डोकुमेन्ट्रीले कलात्मकरुपले टिपेको नेपालको आर्यघाटमा जीवन गुजार्नेहरूको पीडाले हामीलाई कसरी हल्लायो, कुराको चुरो थियो। नेपालका राम्रा किताब यता आएपछि भारतीय हुन्छ। किताबको कुरा आउँदा हामी पसलमा थियौं। कृष्ण धरावासीको निबन्धहरू जम्मै, नयनराज पाण्डेको लू र पुण्यप्रसाद पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

संस्मरण : कमैया र कवि

~निभा शाह~ ए! ज्यामीहरु तिम्रा बच्चाहरु भोकले मरुन् या कुपोषणले मरुन् या त तिनका आमाहरु भोकले सुकेर काँटा बनुन् हेर त, मैले यति भन्दा भन्दै भुइँमान्छेहरु चिसो सिरेटोले भकाभक मरे ए! ज्यामीहरु यही त गुलामी हो यही त दासता हो –कवि शेली

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

संस्मरण : महाभोजको महामजा !

~केदार शर्मा~ आफूले व्यग्रतापूर्वक पर्खेको उत्सवका दिनमा को खुसी नहोला ? ‘राष्ट्रिय महाभोज २०६८’ नजिक आउँदै गर्दा म साँच्ची नै उत्साहित थिएँ । पेट हल्का र मन चङ्गा भयो भने भोजको मजा दोब्बर हुन्छ भत्रे थाहा थियो । त्यसैले तीजमा ब्रत लिनुअघि धेरै र मीठोमीठो खाने चलनको ठीक विपरित, महाभोजका एक–दुई दिनअघिदेखि नै हामीले एकदमै हल्का खाना खाएका थियौँ । किनभने त्यस दिन पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

संस्मरण : आत्मदाह छाडेर ‘माधवी’ लेखेँ

~मदनमणि दीक्षित~ जीवनमा मैले के-कस्ता र कति सङ्घर्ष गरेँ बताउन गाह्रो छ । जीवनमा भयङ्कर आँधिबेहरी आओस् रूखपातलाई भूािसम्म निहुराओस् तर त्यो आँधिवेहरी सक्किएर गएपछि सबै घाँसपातलाई बढारेर लगोस् र सबै निहुरिएका तङ्ग्रङ्ग भएर उठुन जीवन बाँच्न निम्ति हो, आनन्द निम्ति हो । संवत् २००२ सालमा आफ्नो कथा ‘आँधी र अवसान’ मा मैले लेखेको थिएँ । जीवन बाँच्न निम्ति, यससित पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : आत्मदाह छाडेर ‘माधवी’ लेखेँ

संस्मरण : थ्री बी, ह्याङओभर र भर्जिनिटी

~मनोज बोगटी~ कवि-गायक अनिल फागोले बिहे नगरेको भए टिनटिनमा थ्री बीले बबाल गर्ने थिएन। यो बबाललाई ऐतिहासिक मान्ने कवि सरण खालिङ जुरुकजुरुक उफ्रिने थिएनन्‌-कवि भूपेन्द्र सुब्बाको टेलिफोनिक ह्याङओभर थियो यो। भर्खर आँखा डाक्टरलाई देखाएर आएको, देब्रे आँखाको नानीमा घाउ बोकेर म सुनिरहेको थिएँ। कविताले मात्छ भनेर कहीँ सुनेको, म त्यसैको ह्याङओभरमा थिएँ भूपेन्द्र जस्तै। अनिल तेलैजा कतिदिन त्यही घटनाले मातिए। पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : थ्री बी, ह्याङओभर र भर्जिनिटी

संस्मरण : बराहक्षेत्रका महिमा गायकहरू

~प्रदीप नेपाल~ हाम्रा नेपालीले असाध्यै धेरै भक्तिभाव राख्ने बदरीनाथधामको यात्रा संस्मरणमा मैले बराहक्षेत्रको महिमाका बारेमा लेखेको थिएँ झण्डै दुई दशक अघि । बदरीनाथ यात्रामा जाँदा मैले थाहा पाएँ – हाम्रा नेपालीहरूमा बदरीनाथप्रति जति भक्तिभाव हुन्छ, त्योभन्दा धेरै भक्तिभाव हुँदोरहेछ बराहक्षेत्रप्रति भारतीय मनहरूमा । बदरीनाथधाम रहेको गढवालमा त बराह भगवानको दर्शन गरेपछि बदरीनाथको दर्शन गर्नै पर्दैन भन्नेसम्मको बोली मैले सुनेँ तर पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : बराहक्षेत्रका महिमा गायकहरू

संस्मरण : अब त बाँचिन्न होला

~इद्रिस सायल~ आखिर एक दिन म हिंडिहालेँ, औषधी गराउन । मसँगै भिनाजु मैकुशेख पनि जानुभएको थियो । उहाँ विदेशबाट फर्केको मुस्किलले एक साता भएको थियो । भिनाजुलाईं बुवाआमाले नै पठाउनुभएको थियो र पैसा पनि उहाँलाईं नै दिनुभएको थियो, औषधी खर्च ! म आफ्नै भुलक्कड बानीका कारण पैसा आफ्नो साथमा लिन मानेको थिइनँ । कारण, बहराइनजस्तो शहरमा पाकेटमाराको बिगबिगि सजिलै देख्न पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : अब त बाँचिन्न होला

संस्मरण : क्यान्टोनमेन्टमा दुई दिन

~आस्था के.सी.~ कसलाई भेट्न आएको ? उसको प्रश्नले एक्कासी सपनाबाट ब्युंझिए जस्तै भएँ । सेन्ट्रीपोष्टमा नेपाली सेनाको एउटा सिपाही हातमा वन्दुक लिएर यता र उता गरिहेथ्यो । गेट निर उभिएर अर्को सिपाहीले मलाई केरकार गरिहेथ्यो । मनमनै झनक्कै रिस उठेर आए पनि विनम्रता पूर्वक विग्रेड कमाण्डर युगान्तलाई भेटन आएको कुरा उसलाई निवेदन गरें ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : क्यान्टोनमेन्टमा दुई दिन

संस्मरण : घर एउटा कविता

~राजव~ तिनताक म राष्ट्रिय वाणिज्य बैंकको बुढानीलकण्ठ शाखामा प्रबन्धक थिएँ । शुक्रबार आधा दिनमात्र चल्ने भएकाले म बैंकको दैनिक कारोबार बन्द गर्ने तरखरमा भएकै बेला ईश्वरबल्लभ दाइको फोन आयो । उहाँले घरमा आउने निम्तो गर्नुभयो, त्यही दिन । किन डाकेको होला ? पिलाउन पो हो कि ? उहाँले एकपटक यसैगरी डाक्नुभएको थियो र हामीले भोड्का पिउँदै तीन घन्टा बिताएका थियौँ पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : घर एउटा कविता

संस्मरण : एउटी अनुत्तीर्ण सरस्वती

~हरिहर तिमिल्सिना~ ‘यसका आँखा लाटोकोसेरोका जस्ता छन्, ए लाटो !’ पाउरोटीजस्ता पुक्क गाला भएको हेर्दैमा डरलाग्दो एउटा केटो बोल्यो। ‘होइन, हेर् न यसका आँखा बिरालाका जस्ता छन्, ए लोर्के बिरालो !’ अर्को बोल्यो।’होइन होइन यसको टाउकोमा सिङ उम्रिएको रहेछ, ए बाख्रा !’ त्यसपछि केके केके। सरस्वती मावि थाकलमाथ भक्तपुरको कक्षा ३ मा छिरेको पहिलो दिन साथीहरूले मेरो दस न्वारान गरे। पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged , | Comments Off on संस्मरण : एउटी अनुत्तीर्ण सरस्वती

संस्मरण : आँसुले भिजेका पाइलाहरू

~भेषराज रिजाल~ अस्पतालमा कुरुवा बस्न थालेको आठौँदिन पूरा भइसकेको थियो । ती आठदिनले मलाई जीवन र मृत्युको अर्थ सिकाइरहेका थिए । मातृ सघन उपचार कक्षमा राखिएकी जीवन सङ्गिनीको हेरचाहका लागि बाहिरपट्टिको लामखुट्टे लाग्ने चिसो भुईंमा गुडुल्किएर अस्पतालका कहर र पीडाहरूको प्रत्यक्ष्यदर्शी भएको थिएँ म । अप्रेशन गरेपछि उनलाई ब्लड र स्लाइन चढाइएको थियो । उनको सुस्केरामिश्रित नबुझिने बोली हरक्षण मेरा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | 1 Comment

संस्मरण : पुरस्कारसँग जोडिँदा

~प्रदीप नेपाल~ लेखनीको थालनी नै पुरस्कार प्राप्तिबाट भएको हुनाले लेख्नु भनेको पुरस्कार पाउनु हो भन्ने ज्ञानचेतना मभित्र हुर्किएकै थियो। गाउँकै सरस्वती मिडिल स्कुलमा पढथेँ म। कथाकार परशु प्रधान हुनुहुन्थ्यो हाम्रो स्कुलको हेड सर। पहिलोपटक तीन क्लासमा पढ्दा हुनुपर्छ, मैले एउटा कविता वाचन गरेको थिएँ, शुक्रबारे कार्यक्रममा। कविताको शीर्षक थियो सुन्दर हिमाल। परशु सरले धाप मार्दै आशीर्वाद दिनुभयो र आठपाने कापी पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : पुरस्कारसँग जोडिँदा

संस्मरण : ऐना र उमेर

~नम्रता गुरागाईं~ आज फेसबुकमा एउटी साथीले “ रंगीचंगी फुल फुल्दा हिउंजस्तै पग्लिएछु आफनो रुप ऐना हेर्दा अलि चांडो जिन्मिएछु आफनो त जमानामा…॥” भनेर अलिकति पीर पोखीछन साथीहरुलाइ । उनको सोचाइलाइ अलिकति भएपनि सान्त्वना होस ए ममात्र रहेनछु यस्तो सोच्ने अरुपनि रहेछन भनेर मैले पनि उनलाइ म त ऐनादेखि भागेको धेरै भैसक्यो त भनेर लेखिदिएं । त्यही बेला अर्कीलाइ पनि काउकुती पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : ऐना र उमेर

संस्मरण : पर्दामा आमा बन्दा

~हरिवंश आचार्य~ सानो छँदा म छिमेककी आमैले बोलेको, कराएको सुनेर बस्थें र त्यसको नक्कल गरेर साथीभाइलाई हँसाउँथें। त्यसको धेरैपछि मदनकृष्ण दाइसँग एउटा दोहोरी गीत बनाउने योजना बन्यो। दोहोरीमा केटा र केटी हुनुपर्नेमा मैले बूढा–बूढी राखौं भनेर प्रस्ताव गरें। मदन दाइले बूढाको स्वरमा गाउनुभयो, मैले बाल्यकालदेखि साँचेर राखेको त्यही छिमेकी आमैको स्वरले गाएँ। पछि सुन्दा गजब लाग्यो। त्यही दोहोरी गीतमा बूढीआमै पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : पर्दामा आमा बन्दा

संस्मरण : स्मृतिमा दुई परिदृश्य

~शार्दूल भट्टराई~ भण्डार ! रामेछापको एउटा गाउँ । जिरीनाम्चे पैदल यात्राका क्रममा भेटिने विभिन्न रमणीय ठाउँहरूमध्ये एक । पहाडको काखमा भिरालो परेको फराकिलो चउर । चउर छेउछाउमा ससाना घरहरू । लक्ष्य त हाम्रो पहाडको टुप्पोमा रहेको देउराली पुग्ने थियो । बिहानको भात त्यहीँ खाने विचार गरेका थियौँ । तर हिँड्न सकिएन । रातोमाटोले लिपिएको सानो घर । सफा आँगन । पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : स्मृतिमा दुई परिदृश्य

संस्मरण : म रोएको त्यो दिन

~विवशकुमार सेजुवाल~ बार र गते भुसूक्कै बिर्सिएको रहेंछु । आज त्यो दिनलाई सम्झिएर ल्याउँदा मलाई भावनाको पहिरोमा छोपिएको झै अनुभूति हून्छ । जब सेती–महाकालीमा साँस्कृतिक पल्टनहरुको ओइरो थियो त्यतिबेला ती साँस्कृतिक पल्टनहरुसँगै नाच्दै–गाउँदै महाकालीको दोधारा–चाँदनी र सेतीको रामारोशन, बिनायक, छःतारा जस्ता ठाँउहरुमा हामीले जनताहरुलाई नयाँ साँस्कृतिक जागरण पैदा गर्न खुट्टाका पैतला खियाउँदै कहिले देउडामा त कहिले छलियामा, कहिले होरीमा त पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : म रोएको त्यो दिन

संस्मरण : ‘फाइभ स्टार जेल’ बाट नेपाल चियाउँदा

~हिरण्य भोजपुरे~ अस्थिर राजनीति र जुनसुकै क्षेत्रमा लथालिंग अवस्था । नेपालको यो हालतदेखि दिक्क भएर यहाँ केही हुन सक्दैन भन्दै विदेश जान खोज्नेहरु धेरै हुन्छन् । त्यसमा पनि युरोप र अमेरिका धेरैको सपनामा हुन्छ । सांगीतिक जोडी हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठको कथा भने फरक छ । पछिल्लो आठ वर्षदेखि अमेरिका बसेर केही महिनाअघि नेपाल फर्किएको यो दम्पती अमेरिकाको बसाइलाई पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged , | Comments Off on संस्मरण : ‘फाइभ स्टार जेल’ बाट नेपाल चियाउँदा

संस्मरण : हिस्सीदार मुहार

~निर्मोही व्यास~ यो २०६८ सालको कार्त्तिक महिना हो । अस्ति भदौको ४ गतेदेखि उमेरको साठीऔँ खुड्किलो उक्लिसकेको छु म । केही दिनअघि प्रज्ञाको सभाकक्षमा आयोजित एउटा साहित्यिक कार्यक्रममा निम्त्याइएर गएको बेला कार्यक्रमको समापनपछि बाहिर लबीमा खाजा खान लाग्दा पहिले अन्त कतै पनि नदेखे-नभेटेकी एउटी सम्मोहक रूप र जीउडालकी किशोरी झुलुक्क देखा परिन् । त्यसरी अचानक उनलाई त्यहाँ देखेपछि एकछिन म पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : हिस्सीदार मुहार

संस्मरण : सिफलमा छुटेका धर्मबुबा

~विप्लप प्रतीक~ बिछडिएकालाई अचानक भेट्नु वा विगतलाई सम्झनाका मयूर प्वाँखले ओल्टाउँदै-पल्टाउँदै आँखा चिम्लेर अतीतको शयर गर्नुमध्ये कुन आनन्ददायी होला ? यो सवाल मनमा आएका कारण के छ भने यतिखेर दुवै खालका आनन्दका रसायन बग्दा छन्, मेरा तन्तुहरूमा । समयको सुरुङमा सम्झनाको सुरेली खेल्दै जाँदा म त्यहाँ पुग्छु, जहाँ बाल्यकालका मधुर स्मृति छन् । केही स्थिर र केही सिनेमाका रलिजस्तै चलायमान पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : सिफलमा छुटेका धर्मबुबा

संस्मरण : विभ्रमको विहानी

~शार्दूल भट्टराई~ एकाबिहानै चाबहिल चोकमा रमेश विकल उभिइरहनु भएको थियो। अलि ढिलै आउनु हुन्थ्यो, आज यति चाँडै किन आउनु भएछ भन्ने लाग्यो। म सरासर पत्रिका पसलमा गएँ। समाचारहरूबारे सामान्य जानकारी लिने उद्देश्यले कुनै एउटा पत्रिकातिर हात लम्काउँदै थिएँ, पत्रिका टिप्न नपाउँदै पसलका मालिक वसन्त रजिालले भने, “दुःखको खबर थाहा पाउनुभयो?” “छैन,” पत्रिका हातमा लिँदै मैले जवाफ दिएँ। “ए ! अहिलेसम्म पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : विभ्रमको विहानी

संस्मरण : नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो

~प्रदीप नेपाल~ तिबेला पार्टीले मलाई मेची अञ्चलको जिम्मेवारी दिएर काम सम्हाल्न पठाएको थियो । एउटा अनौठो द्वन्द थियो मुलुकको राजनीतिमा । ०३६ सालको विद्यार्थी आन्दोलनले एकातिर राजनीतिलाई थोरै भए पनि खुकुल्याएको थियो । विद्यार्थी समुदायका गतिविधिहरू धेरै खुल्ला भएका थिए र राजनीतिक पार्टीहरू पनि साप्ताहिक अखबारहरूमा पार्टीहरूको नाम अघिल्तिर पु. लेखेर आफ्नो अस्तित्व देखाउन सक्ने हैसियतमा पुगेका थिए । पु.नेपाली पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो

संस्मरण : मधुपर्कसँगको साइनो

~गोविन्द गिरी प्रेरणा~ मधुपर्कसँग मेरो साइनोको नालीवेली खोतल्ने हो भने ३५ वर्षअघि पुग्नुपर्ने हुन्छ । साँच्चै ३५ वर्ष अघिको त्यस कालखण्डमा पुग्नु भनेको अमला चपाएर पानी पिउनुजस्तै हो । यो स्वाद त्यसैलाई थाहा हुन्छ, जसले यस्तो स्वाद लिएको हुन्छ । मधुपर्कसँगको साइनो काठमाडौँमा जोडिएको हो, त्यतिवेला म विपन्न परिवारको विपन्न सहर हेटौंडाबाट सम्पन्न र सभ्य राजधानी सहरमा आज्ञाकारी सन्तान र पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : मधुपर्कसँगको साइनो

संस्मरण : देवकुमारी थापा – सम्झनामा देउकी दिदी

~भिम प्रसाद घिमिरे~ छात्रावस्थामा ‘भविष्य निर्माण’ भन्ने कथा पढ्न पर्दा मैले उक्त कथाकी रचयित्री पक्कै पनि शान्ति-प्रिया, विवेकशीला, नम्र, मिलनसार एवं सौन्दर्यप्रेमी हुनुपर्छ भन्ने लख काटेको थिएँ । र अहिले सो लखले उल्टै मेरो नाक काटिदिएको छ । देउकी दी मैले काटेको लखभन्दा पनि धेर स्निग्ध एवं स्वच्छ हुनुहुन्छ भन्ने छनक ‘देव निवास’ मा खुट्टा टेक्नासाथ पाइहालिन्छ- चारैतिर पर्खालिएको कम्पाउण्ड, पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : देवकुमारी थापा – सम्झनामा देउकी दिदी

संस्मरण : अमेरिकामा सगरमाथाभन्दा माथि

~मनु ब्राजाकी~ कसैसित भेट कहिले, कहाँ र कसरी हुन्छ भन्ने कुरा नितान्त संयोग रहेछ । यस्तै संयोगवश हिरण्य भोजपुरे र मेरो भेट संयुक्तराज्य अमेरिकामा भयो । यो संयोग जुर्यो एउटा गजल क्यासेटको विमोचन कार्यक्रमद्वारा, जसका गजलकार र संयोजक हुनुहुन्थ्यो भूपेन्द्र महल । स्थान थियो एउटा नेपाली रेस्टुरेन्ट ‘याक एन्ड यती’, राल्सटन रोड, अरवाढा, कोलोराडो । हिरण्य भोजपुरेलाई मैले लेकाली समूहका पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : अमेरिकामा सगरमाथाभन्दा माथि

संस्मरण : आकलझुकल आउने कुराहरू

~माधवलाल कर्माचार्य~ गोविन्दबहादुर मल्ल गोठालेको कुरा गर्दा साहित्यकारको नाताले केही यस्ता कुराहरू पनि छन्- जो आकलझुकल मानसपटलमा आउने गर्छन् । धेरै वर्ष अगाडि साल-मिति याद भएन, एक दिन आर्यघाटबाट घाट लगिराखेका उनका बाजेलाई हेरी फर्कंदै थियौँ । कमलपोखरी काटेपछि मानिसको विचित्रताको कुरा कोट्याई उनले भने-सिकिस्त भई मर्न नसकी रहेकोलाई भर-पत्यारको मान्छेले अब तिमी मर्दैनौँ बाच्छौँ भनिदियो भने शीघ्रै मर्ने रहेछ पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : आकलझुकल आउने कुराहरू

संस्मरण : चिसो साँझसम्म साँखुलाई अँगाल्दा

~आस्था के.सी.~ शनिबार बिहानै खाना खाएर निस्कँदै गर्दा दाइकी छोरी मेलिना कराई, ‘शनिबार पनि बिदा नहुने अफिसमा किन काम गर्नुहुन्छ दिदी ?’ शनिबार घुमाउन लैजाउँला भनेर उसलाई अरू दिन फकाउँथे र होमवर्क गराउँथे, स्कूल पु-याउँथेँ । शनिबार पनि झोला बोकेर म कस्सिएकी देखेर उसको रिस पोखिइहाल्यो । यता मेरो मन भने नेपालको प्राचीन र ऐतिहासिक सहर साँखुमा रिपोर्टिङका लागि जाने पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : चिसो साँझसम्म साँखुलाई अँगाल्दा

संस्मरण : त्यो राति हामी जुकासँगै रमायौँ

~विवशकुमार सेजुवाल~ धेरै लामो समयपछि घर भेटघाटमा जानको लागि बाजुरा जिल्ला डीसीएस क.क्षितिजलाई एउटा सानो पत्र कोरें । मेरो टिमको भाइ गोपाललाई पठाए । त्यो चिठीको उत्तरमा डीसीएस क.क्षितिजले तपाई विदामा जा“दा तपाईको सास्कृतिक टिम बेरोजगार हुन्छ । त्यसैले तपाईको पुरै टिम लगेर जानू र कालीकोटको जिल्ला पार्टीसग सम्पर्क गरी केही कार्यक्रम गरेर आउनु भनी मलाई निर्देशन प्राप्त भयो । पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : त्यो राति हामी जुकासँगै रमायौँ

संस्मरण : मेरो राल्फाली मञ्जुल !

~गणेश रसिक~ बागबजार सिटीम्याक्सको सभाकक्षा ४ चैत ०७३ । मञ्चको दाहिने भागमा राखिएको ड्यासमा बोल्नका लागि उभिएका छन् सम्मानित व्यक्तित्व । सम्पूर्ण दर्शकका आँखा, कान र मन केन्द्रित छन् तिनै व्यक्तित्वको अनुहारमा । कतिले नाम सुनेका, नदेखेका, कतिले उनको किताब पढेका, नभेटेका । कतिचाहिँ वर्षौंपछि भेट्न र मञ्चमा देख्न पाएकामा खुसी छन् । सभाकक्षमा ठूलो उत्सुकता छ, जिज्ञासा छ । पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : मेरो राल्फाली मञ्जुल !

संस्मरण : नाटकले दिएको सास्ती

~अशेष मल्ल~ जतिबेला म त्रिवि कीर्तिपुरमा एमए पढ्न भर्ना भएको थिएँ, त्यो समय भनेको पञ्चायती राजको उत्कर्ष कालखण्ड थियो । मुलुकमा वाक् स्वतन्त्रता लगभग प्रतिबन्धित अवस्थामा थियो । पञ्चायतको एकतन्त्रीय शासन पद्धतिको सीमाभन्दा बाहिर जानेहरूका लागि अग्नि–परीक्षाको समय थियो, त्यो । म सम्झन्छु, बीपी कोइरालाहरू भारतबाट स्वदेश फर्कंदै थिए । हामी विद्यार्थीहरू उनको स्वागतमा एयरपोर्ट पुग्यौँ । भोलिपल्ट त्रिवि कीर्तिपुरस्थित पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : नाटकले दिएको सास्ती

संस्मरण : देवकोटाद्वारा रचित विश्वसाहित्य ‘शाकुन्तल इपिक’

~मदनमणि दीक्षित~ महाकवि लक्ष्मीप्रसाद देवकोटा साहिँलो छोरो हुनुहुन्थ्यो । उहाँको जेठो दाजु लेखनाथ देवकोटा ‘जिन्सीअड्डा’ भन्ने सरकारी कार्यालयमा काम गर्नुहुन्थ्यो । त्यो अड्डको मुख्य काम नेपालबाट विदेशतिर वस्तुहरूको निकासी र पैठारी गर्ने जिम्मा पाएको थियो । त्यो अड्डाको मुख्य हाकिम अर्थात् आजको भाषामा डाइरेक्टर जनरल प्रधानमन्त्री चन्द्रशमशेरको साहिँलो छोरो केशरशमशेर जङ्गबहादुर राणा थिए तर मैले बाल्यकालमै थाहा पाएअनुसार तिनी कहिल्यै पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : संस्मरण | Tagged | Comments Off on संस्मरण : देवकोटाद्वारा रचित विश्वसाहित्य ‘शाकुन्तल इपिक’