Category Archives: स्रष्टा परिचय

Author biography

Biography : Lil Bahadur Chhetri : A Master Realist

~Yuba Nath Lamsal~ Lil Bahadur Chhetri is a successful novelist in Nepali language, who has been popular for his lucid language, clarity in thoughts and coherent in ideas and presentation. As social, realist and idealist novelist, he does not impose … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : नेपाली रङ्गमन्चको एउटा अथक योद्दा : हरिबहादुर थापा

~गणेश खड्का~ ” आजभोलि दुख्दैन गोडा मैनाकाँडो टेकेपनि रुन्छ मन चिरिन्छ छाती जोडी ढुकुर देखेपनि l “ राष्ट्रकवि माधवप्रसाद घिमिरेकृत बहुचर्चित गीतीनाटक ‘मालती मङ्गले’ मा समाविष्ट यो लोकप्रिय गीत सुन्दा त्यो जमानाको झझल्को आउँछ, जतिबेला नेपाली रङ्गमन्चमा उक्त नाटकको एकछत्र … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : देवकोटा मिल्किएका झिल्का

~डा.शास्त्रदत्त पन्त ~ पाल्पाको सुन्दर श्रीनगर डाँडाको बिचममा ठाडोगल्लीबाट पद्योदय हाइस्कूल जाने बाटोमुनि उहाँको सानो घर थियो । तिनताक त्रिभूवन कलेजको आप्mनो घर थिएन । त्यही बिद्यालयमा बिहान कक्षा संचालन गरिएको थियो । कबि माधबप्रसाद देबकोटाले त्यही कलेजमा नेपाली पढाउनु … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : चूडामणि खनालको खानतलाशी

~शेषराज भट्टराई~ १. परिचय वि.सं. २००९ वैशाख १५ गते तनहूँ जिल्लाको जामुने गा.वि.स. को वडा नं. १, मानहूँ, गुणादीमा पिता पशुपतिनाथ खनाल र आमा खगमाया खनालको कोखबाट जन्मिएका चूडामणि खनालले त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०३२ सालमा मीमांसा दर्शनमा आचार्य र नेपाली … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : रूप-रसिक कवि कटुवाल

~अविनाश श्रेष्ठ~ कवि हरभिक्त कटुवाल २०२४ सालमा झापामा आयोजित द्वितीय राष्ट्रव्यापी साहित्य सम्मेलनमा भाग लिन पहिलोपटक भारत, असमबाट नेपाल आएका थिए । कटुवालको कवितापाठ गर्ने अद्भुत कलाले गर्दा साहित्य सम्मेलनमा आएका साहित्यकारहरूमाझ रातारात उनी चर्चित बन्न पुगे । कवि केदारमान … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : साहित्याकाशका हिरा

~कोमलप्रसाद पोखरेल~ १. परिचय कृष्णबहादुर पराजुली र नर्मदा पराजुलीका पुत्ररत्नका रूपमा झपाको शिवगन्ज ८ मा जन्मिएका हिरा पराजुली (२०१० फागुन १० गते ) को स्थायी वसोवास भानु नगर भद्रपुरमा रहेको पाइन्छ । उनको साहित्यिक नाम चाहिं हिरा आकाश हो । … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : कथाकार जनकऋषि राईको सङ्क्षिप्त परिचय र साहित्यिक योगदान

~विज्ञानकुमार भट्टराई~ जनकऋषि राईको परिचय १ – जन्म र जन्म स्थान आफ्नो जन्मका सम्बन्धमा कथाकार जनकऋषि राई भन्दछन् – म पिता लक्ष्मण र माता निर्मला राईका कोखबाट ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०३३ साल असार १० गतेका दिन पाछा दिखली गोत्री … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : स्वर हराएका भजन शिरोमणी – भक्तराज

~टीका भण्डारी~ जति चोट दिन्छौ देउ मायालु मुटु भित्र साँचेर राख्ने छु जति आँशु दिन्छौ देउ मायालु दुई आँखाबाट झार्नेछु यस्तै मानबिय संवेदनाका गीत गाउने लाखौँका प्रिय गायक हुन् भजन शिरोमणि भक्तराज आचार्य । यो उनकै कालजयी गीत हो जुन … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : एक ‘अराजक’ स्रष्टा दाहाल यज्ञनिधि

~पदम गौतम~ दाहाल यज्ञनिधिलाई यतिबेला एघार वर्षअघि फेरेको मिर्गौलाले फेरि दुःख दिन थालेको छ । औषधि खाइरहनु पर्ने र निकै थोकको परहेजमा रहनुपर्ने यी साहित्यप्रेमीलाई आफ्नो दुःख र पीडाको खासै मतलव छैन । हरेक मौका र सन्दर्भमा लोकतन्त्र र उच्चतम … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : प्रतिभाशाली व्यक्तित्व भुवन (सुव्वा) खरेल

~लता खरेल~ १. सामान्य परिचय वि.सं. २०१५ साल कार्तिक ११ गते पिता नारायण हवज सुव्वा र माता कलावती सुव्वाका कोखवाट वर्माको मेम्यूओमा भुवन सुव्वाको जन्म भएको हो । तत्कालिन परिस्थिति र राजनैतिक अवस्थाका कारण वर्मावाट धेरै नेपालीहरु खेदिइ रहेका थिए … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : जिउन सङ्घर्ष गर्दै नरेश शाक्य

~मोहन दुवाल~ कविताका हरफहरूमार्फत चिनजान भएका कवि नरेश शाक्य। जीवनमा थुप्रै खालका अनुभूतिहरू समेटेर कवि बनेका नरेश शाक्य। अनेकौं खालका दुःखकष्ट भोग्न पाएका कवि नरेश शाक्य। जनताका पक्षमा लाग्दालाग्दै, जनताका पक्षमा लेख्दालेख्दै कवि बनेका नरेश शाक्य। ठक्कर, षड्यन्त्र, जालझेलका अनगिन्ती … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : सहरले खाएको मान्छे विशाल खत्री

~पदम गौतम~ वि.सं. २०६७ वैशाखपछि मैले निकै हप्ता र महिनासम्म पत्रकार विशाल खत्री जोगी भएको खबर धेरैतिरबाट सुनिरहेँ । उसको परिवर्तित जीवनबारे धेरैले फरकफरक धारणा राखे र अझै राखिरहेका पनि छन् । ऊ जोगी बनेर कमन्डलु लिएर हिँड्दै दुई/चार पैसा … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : लामखुट्टेलाई टोकाउनुभन्दा रातभरि कविता लेख्थेँ

~कृष्णराज खनाल~ राष्ट्रकवि माधव घिमिरेको जीवन कठिन सङ्घर्षको कथा हो । ९० वर्षअघि लम्जुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको ८८ वर्ष सङ्घर्षमा बितेको छ । नेपाली काव्य र यसका पाठकलाई कहिल्यै नबिर्सने अद्वितीय र कालजयी छन्दोवद्ध रचना उपहार दिन सफल राष्ट्रकवि अन्ततः … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : “ग्याङ अफ फोर”का राजव

~श्यामल~ जहाँ सरुवा भएर गयो, त्यहीँको समाजमा हराउँछ र लेख्छ। खजुरा बस्यो र लेख्यो ‘जहाँ पिँजडा पनि कैद छ’। अमेरिका गयो र लेख्यो दर्जनौँ कथा र केही उपन्यास, केही कविता। जहाँ गए पनि र जस्तोसुकै समाजमा भए पनि तिनीहरूभित्र पसेर … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : भाषिक कालको विश्लेषणमा डा. तिमल्सिना

~नवराज लम्साल~ डा. मोहन तिमल्सिना संस्कृत भाषाका ज्ञाता, अङ्ग्रेजीका अध्येता र नेपाली भाषासाहित्यका प्राध्यापक हुन् । खरा र नीडरपनाका डा. तिमल्सिनासँग जति मात्रामा व्याकरणगत चेतना र भावगम्भीरताको सूक्ष्म अध्ययन छ, त्यति नै मात्रामा काव्यिक कोमलता र भाषा वैज्ञानिक दक्षता छ … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : रूपचन्द्रसँग एउटा पटमूर्ख 

~अभय श्रेष्ठ~ हामी सानै छँदा पञ्चायती उत्कर्षको त्यो समय ‘थाहा’ आन्दोलनका सूत्रधार रूपचन्द्र विष्टबारे अनेक ‘किंवदन्ती’ सुनिन्थ्यो। जताततै भित्तामा ‘थाहा’ लेखिएको हुन्थ्यो। प्रजातन्त्र पुन:स्थापनापछि बिस्तारै उनी पुरानो किताबको आवरणजस्तै जनताको सम्झनाको पानाबाट च्यातिँदै गए। कुनै दिन मैले अंग्रेजी भाषामा महिला, … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : नाटकमा विविधताको खोजी

~कृष्ण शाह यात्री~ नेपाली नाटकमा पछिल्लो दशकमा देखिएको सक्रिय नाम हो– नन्दलाल आचार्य । उनले नाटकसँगै कविता, कथा र निबन्धमा पनि कलम चलाउँदै आइरहेका छन् । मोफसलमा रही निरन्तर साहित्यसाधना गरिरहेका आचार्यको पहिलो नाटकसङ्ग्रह हो– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : प्रगतिवादी शिविरका प्रतिबद्ध स्रष्टा-विमल निभा

~पुरुषोत्तम सुवेदी~ नेपाली कवितामा राजनीतिक आग्रह राख्दाराख्दै पनि कविताको सम्पूर्ण कला बचाउने एउटा कवि पुस्ता छ र त्यस पुस्तामा कवि विमल निभाको उपस्थिति अग्रपङ्क्तिमा पर्छ । नेपाली राजनीतिको जनवादी सङ्घर्षमा कवि निभाको सिर्जनात्मक उपस्थितिले एउटा छुट्टै महìव राख्छ । उनी … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : सूत्र साहित्यका स्रष्टा अमर त्यागी

~होमनाथ सुबेदी~ सर्वोत्कृष्ट पुस्तक पुरस्कार विजेता, सूत्र साहित्यका स्रष्टा अमर श्रेष्ठ ‘त्यागी’को जन्म भदौ २५, २०२५/१९५२ जनबरी १, मझुवा ओखलढुङ्गा, सगरमाथामा भएको हो । उनको वाल्यकाल र नेपाल आउनु अगाडि उनको ठेगाना कलैया ८, बारा/काठमाडौं, नारायणी अञ्चल थियो । उनी चिट्ठा … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : गतिशीलता, क्रियाशीलता र सक्रियताकै साहित्यिक नाम शान्तिनारायण श्रेष्ठ

~मोहन दुवाल~ ७४ वर्ष नाघेर पनि थाक्न नजानेका साहित्य र समाजसेवामा अविछिन्न मन लगाइरहेका कुश्मा, पर्वतका एकजना कर्मठ साहित्यसेवी तथा साहित्यका खण्डहर हुन् – शान्तिनारायण श्रेष्ठ । गतिशीलता उनको मनभित्रको प्रेम रह्यो, क्रियाशीलता उनको तनभित्रको पन भयो, सक्रियता उनले सोचेको … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : ध्रुव थापाका कविता र गीत

~होमनाथ सुबेदी~ परिचय: ध्रुव थापाको जन्म १०२६ जेस्ठ १५ गतेको दिन इटहरीमा भएको हो।  हाल : २००२ देखि अमेरिकाको सन् फ्रान्सिस्कोमा आफ्नै रेस्टुरेन्ट व्यवसाय गर्दे हाम्रो समाज वेब पत्रिका संचालन गरिरहेका छन्।  अंग्रेजी तथा भूगोल मा स्नातकोत्तर (एम ए ) नेपालको इटहरी स्थित त्रिभुवन … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : काव्यशिल्पीमा अजेय : कवि अजम्बरध्वज खाती

~खोमा तरामु मगर~ नेपाली वाङ्मय क्षेत्रमा ‘बोल्ड’ उपस्थिति सहित सिर्जनाकर्ममा साधनारत कवि एवं गीतकार हुन्– अजम्बरध्वज खाती । कविता एवं गीत लेखनमा उनी नीजि विशेषताले परिचित छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेका अनुसार उनी ‘पहाडी सौन्दर्य’ का कवि एवं गीतकार हुन् । … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : स्मृति विम्बमा कवि कैलाश भण्डारी

~प्रद्मुम्न जोशी~ पशुपतिको देवपत्तनमा वि.सं. २०१६ मङ्सिर १९ गते जन्मनु भएका कवि कैलाश भण्डारीले नेपाली साहित्य र साहित्यिक पत्रकारिताको क्षेत्रमा दिनु भएको योगदान अविस्मरणीय रहेको छ । जीवनको अन्तिम घडीसम्म पनि कवि भण्डारीले नेपाली साहित्य र साहित्यिक पत्रकारिताको विकासमा एकसाथ … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : विद्वान् प्रगतिवादी समालोचक गोविन्ददेव भट्ट

~सन्त गाहा मगर~ हृदयघातबाट २५ असोज २०६८ मा काठमाडौंमा निधन भएका गोविन्ददेव भट्ट माक्र्सवादी दर्शनका गिनेचुनेका विद्वान् र नेपाली साहित्यमा प्रगतिवादी धारका स्वनामधन्य समालोचक थिए । केवलपुरे किसान, डोरबहादुर बिष्ट, जनकप्रसाद हुमागाईं, श्यामप्रसाद शर्मा, कुलमानसिं भण्डारी आदिसँग सधैँ निकट रहेका … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : किसानका कवि केवलपुरे किसान

~सन्त गाहा मगर~ उनी किसानका कवि थिए । कृषिप्रधान नेपालमा भोकभोकै रहेर अहोरात्र परिश्रम गरिरहने किसानमा समर्पित उनका कविता र गीतले तिनलाई क्रान्तिका लागि उक्साउँथे । वामपन्थी साहित्यकार तथा नेता मोदनाथ प्रश्रित उनलाई ‘व्यक्तिगत सम्पत्ति र जागिरको मोह नभएका सर्जक’का रूपमा … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : गोविन्द वर्तमान

~राजव~ गोविन्द अधिकारी ‘गोविन्द वर्तमान’ (२ चैत २०१७ – ५ कात्तिक २०६९) भएको खाली सोख र फेसनको कुरा थिएन। यो नामबाट नेपाली साहित्यमा सार्थक हस्तक्षेप गर्नुथियो, उनलाई। उनको काव्यकर्म कवि हुने सोखबाट मात्र प्रेरित थिएन। निरंकुश राजनीति र त्यसले सिर्जना … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : साहित्य, जागिर, समाजसेवा र अतित

~सुनिता लामा~ विद्यालयको पढाई शुरु गर्ने उमेरमा रोगले ग्रस्त बनाएपछि चार पाँच वर्षको अन्जान बालक पीडित त हुने नै भयो त्यसमाथि घर परिवारको अन्धविश्वासका कारण नौ वर्षको उमेरसम्म उनले पीडाबाट मुक्ति पाउन सकेनन्। चार वर्षसम्म गाउँकै धामी झाँक्रीबाट झारफुक गराउँदा … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : अनि केर्छन् पुनः लेख्छन्, कठैबरा बिचरा भूपि शेरचन !

~श्यामल~ भूपी शेरचन भन्थे- मैले आफैंलाई उछिन्न सकिनँ भने किन लेख्ने ? आधुनिक नेपाली कविताका सर्वाधिक लोकपि्रय कविका रूपमा भूपि शेरचन ज्युँदै छन् । उनी राणाशासनको रापले पोलेको नेपालमा जन्मे, पैसा र सामानको लेनदेनलाई नै जीवनको मूल मार्ग बनाउने थकाली … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट

~टीका भण्डारी~ ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ , यो देशको मुहार फेर्नलाई उठ‘ ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो, जीवनदेखि हारेर बस्छु नभन, जीवनदेखि थाकेर मर्छु नभन’ (स्वर संगीत रामेश), (मनभित्र के छ ठुली किन बोल्दिनौ (गुलाम अलीको स्वर), आँधी–बताससँग जुधेर, धेरै … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : उनै स्वरसम्राट्को सम्झना

~टीका भण्डारी~ एउटा साथीको साथले कति फरक पार्दछ जिन्दगीमा…स्वरसम्राट् नारायणगोपाललाई नेपाली संगीतप्रेमीहरूले स्मृतिमा सजाउन थालेको पनि २५ वर्ष पुगिसकेछ कति छिट्टै । उनै कालजयी श्रष्टा नारायणगोपालको स्मरणमा उनकै जीवनसँग जोडिएका महŒवपूर्ण घटना, सुखदुःखका क्षण, अविस्मरणीय र रोचक जीवनपल, उनका जीवनका … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : उकाली ओरालीहरूमा तारादेवी

~टीका भण्डारी~ उकाली ओरालीहरूमा भन्ज्याङ् अनि चौतारीहरूमा जहाँ जहाँ जान्छौ तिमी म पाइला गनी पछ्याइरहन्छु गायिका तारादेवीको सर्वाधिक लोकप्रिय गीत हो, यो । यस्ता सयौं गीत गाएकी छन् तारादेवीले, रेडियो नेपालमा । उनले गाएका बहुचर्चित गीतहरू नारायणगोपालसँग युगल ‘ए कान्छा ठट्टैमा यो … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : नेपाली संगीतका एक कालजयी गायक -पन्नाकाजी

~टीका भण्डारी~ तिरिरी मुरली बज्यो बनैमा ,बनैमा लौ माया नमारे कस्को यो सम्झना मेरो मनैमा ,मनैमा लौ माया नमारे #. किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ (पुरानो मेलोडी ) # लोलाएका ती तिम्रा (पुरानो मेलोडी ) ‪# ‎हामीलाई‬ छाडी … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment