Category Archives: कार्यपत्र

कार्यपत्र : खेली गीत र रोइला गीतका भिन्नता

~तुलसी प्रवास~ १. पृष्ठभूमि खेली गीत र रोइला गीत नेपाली लोक गीतका भिन्न भिन्न प्रकार हुन् । यी गीतहरूको व्युत्पत्ति, परिभाषा, संरचना, लय/छन्द, गायन स्थल, गायन अवसर, गाउने जाति आदिमा धेरै नै भिन्नता पाइन्छ । लोकमा गएर अनुसन्धान गरिएका तथ्यहरूले … Continue reading

Posted in कार्यपत्र | Tagged , , , | Leave a comment

कार्यपत्र : समकालीन नेपाली कथामा सांस्कृतिक चेतना

~पुरूषोत्तम सुवेदी~ सार नेपाली आख्यानका कथा, नाटक र उपन्यासमा नेपाली संस्कृतिका अनेक पक्षहरूको रचनात्मक आरोपण गरिएको छ । भाषा, भेषभुषा, खाना, गीतसङ्गीत र नृत्य र पेशाका अनेक भँगालामा बाँडिएको नेपाली समाज यही विविधताबाट शक्ति प्राप्त गरेर राष्ट्रिय मूलधारमा हेलिएको छ … Continue reading

Posted in कार्यपत्र | Tagged , , , , | Leave a comment

कार्यपत्र : साठीको दशकमा नेपाली उपान्यास : एक सिंहावलोकन

~महेश पौड्याल~ सबैभन्दा सुलभ र प्रजातान्त्रिक साहित्यक विधा भएकै कारणले उपन्यासले पाठकसँग सम्वन्ध स्थापित गर्नुपर्छ । आवरण, सकारात्मक समीक्षकबाट उद्धृत गरिएका हरफ जस्ता अनेक प्रकारका बाह्य प्रभावहरूले यस सम्बन्धलाई सहज या कुण्ठित तुल्याएको पनि हुनसक्छ । तथापि, उपन्यासले संसारमा आफ्नो … Continue reading

Posted in कार्यपत्र | Tagged , , , , | Leave a comment

कार्यपत्र : आधुुनिक नेपाली लघुकथामा दार्शनिक चेतना

~पुुष्करराज भट्ट~ १.१ विषय परिचय आधुुनिक नेपाली लघुकथाले आधुनिक कथातत्वले परिपूूर्ण भएका, क्षीण कथानक, सिमित परिवेश एवम् पात्र भएका नेपाली भाषामा लेखिएका लघु आख्यानात्मक रचनालाई बोध गर्दछ । दर्शनले जीवन जगतमा उत्पन्न चेतनालाई विवेचना एवम् विश्लेषण गर्ने कार्य गर्दछ । … Continue reading

Posted in कार्यपत्र | Tagged , , , , | Leave a comment

कार्यपत्र : समसामयिक नेपाली लघुकथा लेखनको स्थिति र चुनौती

~कुमारप्रसाद कोइराला~ १. विषय प्रवेश साहित्यलाई काव्य, नाटक, आख्यान र निबन्ध गरी चार विधामा वर्गीकरण गरिन्छ । आख्यानभित्र उपन्यास, लघुउपन्यास, कथा र लघुकथा पर्दछन् । त्यसैले लघुकथा आख्यानको उपविधा हो । यो कथाभन्दा सानो हुन्छ ।   कम्तीमा एउटा लक्ष्यमा … Continue reading

Posted in कार्यपत्र | Tagged , , , , | Leave a comment

कार्यपत्र :  नेपाली कथामा समाजवादी यथार्थवाद : प्रभाव र विकास

~डा.प्रा. गोपिन्द्र पौडेल~ १. विषयारम्भ नेपाली कथामा समाजवादी यथार्थवादी सिर्जन विधिको प्रयोग २००७ सालको राजनीतिक घटना पश्चात् भएको हो । नेपाली कथामा समाजवादी यथार्थवादी चिन्तन सिर्जनको प्रयोग तथा यसको विकास क्रममा देखिएका मोडहरुको बारेमा विवादित विषय प्रसङगहरु पनि हुनाले आवश्यक … Continue reading

Posted in कार्यपत्र | Tagged , , , , | Leave a comment

कार्यपत्र : नेपालमा बज्जिका भाषा : साहित्य र भविष्य

~सञ्जय साह ‘मित्र’~ मुख्यरूपमा भारत, बिहारका केही जिल्लाको प्रमुख भाषाको रूपमा रहेको बज्जिका नेपालका केही जिल्लाहरूमा समेत लोकजीवनको मुख्य भाषाको रूपमा रहेको छ । नेपालमा बज्जिका भाषाको भौगोलिक सीमाक्षेत्रबारे मतैक्य पाइन्न । कतै बारादेखि महोत्तरीसम्म त कतै बारादेखि सर्लाहीसम्म बज्जिका … Continue reading

Posted in कार्यपत्र | Tagged , , , , | Leave a comment

कार्यपत्र : नेपाली प्रगतिवादी नाटकः परम्परा, विकास र सम्भावना

~रमेशप्रसाद भट्टराई~ प्रगतिवादी नेपाली नाटकको विकास २००१ मा प्रकाशित “गंगालालको चिता” एकांकी संग्रहपछि प्रगतिवादी नेपाली नाटकको लेखनमा लामो समयसम्म शिथिलता आएको देखिन्छ । २००७ सालको परिवर्तनले ल्याएको उत्साह लामो समयसम्म रहन सकेन । दिल्ली सम्झौतालाई धोका मान्दै आन्दोलनलाई अगाडि बढाउने … Continue reading

Posted in कार्यपत्र | Tagged , , , , | Leave a comment

कार्यपत्र : समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिहरू

~कुमारप्रसाद कोइराला~ विषय प्रवेश समकालीन भनेको एउटै समयको वा उही समयको वा अहिलेको, भरखरैको, तत्कालैको हो । यसलाई समसामयिक पनि भनिन्छ । समकालीन वा समसामयिक उपन्यास भनेको अहिलेको वा भरखरै प्रकाशित भएको उपन्यास भनेको हो । समकालीन वा अहिले भनेर … Continue reading

Posted in कार्यपत्र | Tagged , , , , | Leave a comment

कार्यपत्र : २०६० को दशकमा नेपाली कथा

~घनश्याम घिमिरे~ सारसङ्क्षेप             (प्रस्तुत “वि.सं. २०६० को दशकमा नेपाली कथा” शीर्षकको कार्यपत्र २०६० सालदेखि २०६९ सालसम्म प्रकाशनमा रहेका नेपाली कथामा केन्द्रित छ । कथाको सामान्य परिचय र नेपाली कथाको इतिहासका बारे सङ्केत गरी नेपाली … Continue reading

Posted in कार्यपत्र | Tagged , , , , | Leave a comment

कार्यपत्र : समकालीन नेपाली नारीकथाकार र कथा लेखन प्रवृत्ति

~लक्ष्मी उप्रेती~ विषय प्रवेश : कथा सुन्ने र भन्ने परम्परा पुरानै भएता पनि स्वतन्त्र रुपले नेपालमा कथाको इतिहास १९ औं शताब्दीदेखि मात्र आरम्भ भएको पाइन्छ । कथा साहित्यमा समय र सहभागीताका दृष्टिले पुरुषका तुलनामा नारी अलि पछि र संख्यामा केही … Continue reading

Posted in कार्यपत्र | Tagged , , , , | Leave a comment

कार्यपत्र : डायस्पोरा र नेपाली साहित्यको विश्वव्यापीकरण

~डा. खगेन्द्रप्रसाद लुइटेल~ यतिखेर नेपालीमा डायस्पोरिक साहित्य÷आप्रवासी साहित्य, प्रवासी साहित्य, परदेशी साहित्य, लाहुरे साहित्य आदि अनेक नाम प्रचलनमा रहेका देखिन्छन् । यीमध्ये नेपालीमा डायस्पोरा शब्दको चर्चा निकै भएको पाइए पनि यसको सैद्धान्तिक स्वरूपबारे त्यति धेरै चर्चा गरिएको छैन । यस … Continue reading

Posted in कार्यपत्र | Tagged , , , , | Leave a comment

कार्यपत्र : समकालीन नेपाली गजल २०६८को संछिप्त विवेचना

~सदानन्द अभागी~ परिचय समकालीन नेपाली गजलको सम्पादन बरिष्ठ गजलकार, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष, हाम्रो मझेरी, पुष्पाञ्जलि, गजलविम्ब, गजलदीप, गजलयात्रा (१) गजलयात्रा (२), गजलगङ्गा, समयका स्वरहरूका सम्पादनकर्ता पुष्प अधिकारी अञ्जलिबाट भएको हो। बास्तबमा नेपाली गजलको इतिहासलाई केलाउने हो भने मोतीराम … Continue reading

Posted in कार्यपत्र | Tagged , , , , | Leave a comment

खोजपत्र : नेपाली नाटकमा महिलालेखन

~लीला लुइटेल~ नेपाली साहित्यमा अन्य विधाका तुलनामा नाटकको लेखन कमै भएको पाइन्छ । यस क्षेत्रमा महिलाको सक्रियता निकै कम देखिए पनि निराशै हुनुपर्ने स्थिति चाहिँ छैन । हालसम्म प्राप्त जानकारीअनुसार नेपाली एकाङ्की नाटकमा महिलाको प्रवेश राधिका रायाको ‘जीवनको इच्छा’ (भारती, … Continue reading

Posted in कार्यपत्र | Tagged , , , | Leave a comment