Category Archives: बाल साहित्य

बाल साहित्य / Children’s Literary Work

बाल गजल : मलाई अलिकति धैर्य

~प्रेम बिनोद नन्दन~ मलाई अलिकति धैर्य र जाँगर देऊ आमा खहरेको भेल होइन, सघन, सागर देऊ आमा यी बलिया पाखुरी र फराकिला छातीहरु यी हत्केलाभरी उत्साहको, संसार देऊ आमा

Posted in बाल गजल | Tagged | Leave a comment

बाल गजल : किन हुन्छौ टाढा तिमी

~बालकृष्ण लम्साल~ किन हुन्छौ टाढा तिमी मन तिम्रो दुखाए कि? भन्नु पर्ने कुरा हरु तिमी सँग लुकाए कि? तिम्रो खुशी तिम्रो हासो मेरो पनि चाह होनि। कुनै गल्ती मैले गरि शिर तिम्रो झुकाए कि?

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-कथा : सुनथानको भूत

~नवराज पोखरेल “पाखेली”~ “सबै साथि हरु त्यो सुनथानको भूत ले के के काम लगायो पढ्न पनि लगायो भन्छन ! म त एक्लै स्कुल जान्न आमा !” निकेशले आमालाई स्कुल नजाने कुरा बतायो ! “कँहा भूत हुनु सुनथानमा त्यहा त देउता … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

प्राचिन आइरिस लोक बाल कथा : सेतो भूत

~विनय कसजु~ “ट्वाक, ट्वाक, ट्वाक” लगातारको आवाजले कान्छाको निँद खुल्यो । बारी गोड्दागोड्दै कान्लाको हरियो नरम घाँसमाथि ऊ निदाएको थियो । उसले आँखा मिच्दै वरपर हेर्यो । कतै लहाँचेले रुखको हाँगा खोपेर गुँड बनाउन लागेको हो कि भनेर रुखमाथि हेर्यो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : लोभ

~उद्धव उपाध्याय~ कुनै समुद्रको किनारमा माझीहरू ससाना झुपडी बनाएर जीवन बिताइरहेका थिए । उनीहरूको जीविका समुद्रको माछा पक्रेर सहरमा बेचेर चल्थ्यो । उनीहरूको मुख्य खाना पनि समुद्रमा पाइने माछा र अन्य जीवहरू नै हुन् । ती सबै गरिब हुन्छन् । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : साहसी बाजे

~प्रेम तिवारी~ कुनै गाउँमा मुक्तिनाथ शर्मा नाम गरेका पण्डित बस्दथे । उनी पण्डित मात्र नभएर त्यस क्षेत्रका नाम कमाएका ज्योतिष र झारफुक गर्ने मानिस पनि थिए । उनले गर्ने गरेको काम भनेको पण्डित्याइँ, ज्योतिष, झारफुक र खेतीपाती थियो । गाउँलेहरू … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : दशैँको लुगा

~सुधा रिसाल शर्मा~ “भोलि त घटस्थापना, भोलिदेखि हाम्रो स्कूल बन्द छ” राम र नीरा कराउँदै थिए । रामले भन्यो -“आमा ! आमा ! भोलि हामी नयाँ लुगा किन्न जाने है- तपाईंको पनि भोलि अफिस छुट्टी छ हैन -” त्यत्तिकैमा नीरा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कविता : आकाशकी रानी

~देवेन्द्रप्रसाद उप्रेती~ आकाशमा जून लागे कति रमाइलो घाम लागे आकाशमा कति घमाइलो एउटा आँखा राजा बने अर्को आँखा रानी अप्सरा पो हौ कि तिमी देख्छु सानीसानी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : फूलजस्तो जीवन

~देवेन्द्रप्रसाद उप्रेती~ देश हाम्रो फूलबारी फूलका थुङ्गा हामी फूलजस्तै बास्ना छरे हामी बन्छौं नामी माटो, मल, जल भए पूmल हुन्छ सुखी अन्न, पानी नपाएमा हामी हुन्छौं दु:खी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : सानीसानी नानी

~देवेन्द्रप्रसाद उप्रेती~ उनी केटा म केटी सबै बराबर पढीलेखी जान्छौं घर हामी सरासर मन्दिररुपी पाठशालालार्इ सधैं पूजा गर अज्ञानलाइ हटार्इ तिमी सधैं ज्ञान भर ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कथा : समयको सन्देश

~सुशीला प्रधानाङ्ग~ भीमबहादुरको परिवार विजयपुर गाउँमा बसोबास गथ्र्यो । उसको परिवारको पेशा कपडा सिलाउने हो । तीज, दशैं, तिहारजस्ता चार्डपर्वहरूमा उसको घरमा नयाँ कपडा सिलाउनेको भीड लाग्थ्यो । भीमे र उसको बाले कल चलाउने गर्थे । आमा, दिदी र दुई … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कविता : हाम्रो घरको परेवा

~श्रीहरि फुँयाल~ हाम्रो घरको परेवा उड्छ भुर्र भुर्र गुँडबाट गर्छ कैले माकुर घुर्र घुर्र ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कबिता : हाम्री छोरी

~नारायण तिवारी~ छोरी हाम्री सा¥है राम्री मानूँ एउटा फूल हो तिमी रोए सृष्टि रुन्छ भन्दै यो त भूल भो आकाशको परी हौ कि घरकी हाम्री छोरी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : भानुको सुवास

~कृष्ण बाउसे~ तनहुँ जिल्ला रम्घा गाम हाम्रो भानु जन्मेको ठाम । कविता रच्ने गरे काम भयो उनको ठूलो नाम ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : भुन्टे र बल

~सन्जोग ठकुरी~ खेलिरहेको भुन्टे एक्कासि करायो फकाउदै आमाले सोध्नुहुँदा रुदै भन्यो– बल हरायो । खाटमुनि पनि खोजियो दराजभित्र पनि भुन्टे अत्तालिन थाल्यो लौ, बल छैन कहीं पनि ।

Posted in बाल कविता | Tagged | Leave a comment

अमेरिकी बाल-लोककथा : रिप भान विंकल

अमेरिकाको क्याट्सकिल पहाडको फेँदीमा एउटा गाउँ थियो । त्यो गाउँमा रिप भान विंकल नाम भएको एक जना मानिस बस्थे । उनी निक्कै सोझा थिए । आफ्ना छिमेकीहरूलाई सघाउन उनी सँधै अघि सर्थे । साँच्चै भन्ने हो भने उनी आफ्नो काम … Continue reading

Posted in बाल कथा, लोक कथा | Leave a comment

बाल-कथा : श्यामको यात्रा र परी

~प्रज्ञा सुवेदी~ धेरै पहिलेको कुरा हो । एउटा गाउँमा श्याम नाम गरेको बालक हुन्छ । उसको विद्यालय त्यसबेला गर्मी बिदा दिएकाले बन्द थियो । त्यसैले उसकी आमाले उसलाई मामाघर पठाउने निधो गरिन् । बाटो निकै लामो थियो । त्यसबेला मोटरको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : मनु र गाईको उपयोगिता

~अन्जु लामा~ एकादेशमा एउटा सानो गाउँ थियो । त्यस गाउँमा गाई पाल्ने कम निकै राम्रो मानिन्थ्यो । ठूला-ठूला जमिनदारहरुले पनि गोरु भन्दा गाईलाई धेरै मान्यता दिन्थे । गाईलाई लक्ष्मीको रुपमा लिइन्थ्यो । तर मनु नाम गरेको केटोलाई यसको बारेमा केही … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : बाख्रीको जुक्ति र भालुको मूर्ख्याइं

~इनु श्रेष्ठ~ एकादेशमा एउटी बाख्री थिई । त्यो बाख्री निकै बुढो थिई तर फूर्तिलो थिई । त्यस बाख्री भ्रमण गर्न धेरै नै रुचाउँथी । एकदिन त्यो बाख्री घुम्न जाने लक्ष्य लिएर पूर्वतिर गई । हिँड्दा-हिँड्दै त्यो बाख्री एउटा घना जङ्गलमा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : परिश्रमको फल मिठो हुन्छ

~किशोर कुइँकेल~ कुनै एक देशमा एकजना मूर्तिकार बस्दथे । उनी गरिब थिए । गरिब भए पनि उनले एकदम लगनशील भएर कडा परिश्रम गरी धेरै मूर्तिहरु बनाए । तर उनको कलालाई कसैले बुझ्देन थे र उल्टै तिरस्कार र हँस्सी गर्दथे । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : गाउँ दिने कथा

~लक्ष्मीप्रसाद देवकोटा~ हौदा चढ्यो घोडामाथि हौदामाथि हात्ती चञ्चलेको राजालाई यस्तो भयो पात्ती ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल हास्य एकाङ्की : पिण्डको परिणाम

~लक्ष्मण गाम्नागे~ (बाल हास्य एकाङ्की) पात्र : छोरो, छोरी, बाबु, आमा, हजुरबा,पुरोहित, केटाकेटीहरू ४–५ जना छोरो छोरी र केटाकेटीहरू ८ देखि १०,१२ बर्षसम्मका, भोजमा लगाउने पहिरनमा बाबु ४०,४५ बर्षको ,सुटेड बुटेड, धनीमानी जस्तो लाग्ने आमा ३५,४० बर्ष, साधारण धोती सारीमा … Continue reading

Posted in बाल एकाङ्की, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

वाल कथा : फुच्चे सम्पादक

~केशु बिरही~ भाइवहिनीहरु हो, तिमीहरुले नेपालका पचहत्तर जिल्ला मद्ये तेह्रथुम जिल्लको नाम त सुनेकै हौला । तेह्रथुम पूर्वी पहाडी जिल्ला अन्तरगतको कोशी अञ्चलमा पर्ने एउटा जिल्ला हो । केही साल अघिको कुरो हो कुनै गाउँको एउटा सानो परिवारमा कुशल नाम … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : चिडियाघर

~विवश पोखरेल~ यसपालीको शनिबार- गयौँ चिडियाघर गाडी चढी जाँदा त्यति रैन रै’ छ पर । बाघ दाइले हाम्लाई देखी गर्‍यो ङ्यार्रङुर्र भालु दाइ सुतेकोथ्यो गर्दै घुर्रघुर्र ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : गरिबी

~निष्ठा तिवारी~ गरिबको समुहमा एक पटक छिरि मात्र हेर गरिबीसंग जीवन विताएर मात्रै अनुभब गर नियालेर सोच हरेक पाईला पाईलाहरुलाई पाइन्छ त्यहां केबल दु:ख र पिडाका रुपहरुलाई । सडकको पेटीमा खाली पेट बसी आसुँ बगाउ सकि नसकि भारी बोकी खुट्टा, … Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

गाई

~शिवगोपाल रिसाल~ गाई हाम्रो पशुधन, गोठको शोभा गाई गाईजस्तो अरू छैन गाउँघरलाई गाई पाल्ने देश हाम्रो गाईलाई मान्छ वर्षैपिच्छे तिहारमा गाईको पूजा हुन्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : रमाइलो धर्ती

~कृष्णप्रसाद पराजुली~ हराभरा धर्ती राम्रो, नीलो आकाश राम्रो घाम राम्रो, दिन राम्रो, जून पनि राम्रो धर्तीभरि रमाइला कुरा धेरै हुन्छन् पहाड, मैदान, खोलानाला, वनपाखा हुन्छन्

Posted in बाल कविता | Tagged | Leave a comment

बिहानीको गीत

~गणेश ‘विषम’~ चिरबिर गर्छ गौँथली हाम्रै घर आँगनमा फुरफुर गर्छ पुतली हाम्रै फूलबारीमा हाम्रा राम्रा वनचरी बिहानी पो डाक है आजभन्दा भोलि झन् अझ राम्रो पार है

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : कानाकाना कुर्र

~दैवज्ञराज न्यौपाने~ कानाकाना कुर्र नानी दौड्यो खुर्र चरी उड्यो भुर्र कानाकाना कुर्र

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बिचरी चरी

~कवी शिरोमणी लेखनाथ पौड्याल~ वर्षा याम एक दिन ठुलो पानी पर्‍यो काला-काला बादलुले सेता गेडी झार्‍यो

Posted in बाल कविता | Tagged | Leave a comment

मेरो सानो खरायो

~कल्पना प्रधान~ मेरो सानो खरायो आज कता हरायो। हिजो सँगै खेलेथ्यौँ घर भित्रै भुलेथ्यौँ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : कमिलाको ताँती

~राष्ट्रकवी माधवप्रसाद घिमिरे~ हेर हेर साथी हो कमिलाको ताँती यो दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो एउटा साथी आएर दिन्छ केको खबर

Posted in बाल कविता | Tagged | Leave a comment