Category Archives: बाल साहित्य

बाल साहित्य / Children’s Literary Work

बाल कविता : मीठो सेल रोटी

~रञ्जुश्री पराजुली~ दसैं सकिई तिहार आयो रमाइलो भयो चारैतिर वरिपरि झिलीमिली भयो माला राम्रा मखमली गाँस्ने बेला आयो अनरसा र सेलरोटी पाक्ने बेला आयो चामल पीठो गाईघ्यू बन्दोबस्त भयो सेल मीठो पार्न भनी सख्खर चिनी आयो

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : सानो डाक्टर

~ललिता ‘दोषी’~ नन्दप्रसादले आँखाबाट झरेको आँसुलाई पुछे । लामो श्वास फेरेर मनोवाद गरे, ‘हे प्रभु बूढीलाई जस्तै मलाई चाँडै लैजाऊ । म सबैको बोझ भएँ । जति धामीझाँक्री देखाउँदा पनि केही सीप लागेन । रोग जस्ताको तस्तै छ, घरखेत सिद्धिने … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल नाटक : पर्दाभित्र

~अशेष मल्ल~ उद्घोषकः अब हाम्रो नाटक सुरु हुन्छ । सबैजना हल्ला नगरी बस्नुहोला । सुरु हुन्छ नाटक । यो नाटकको शीर्षक हामीले राख्न भ्याएमा छैनौँ । किनभने नाटक लेख्दा लेख्दै यस नाटकका नाटककार जरुरी कामले गाउँ जान पर्‍यो । गाउँमा … Continue reading

Posted in बाल नाटक | Tagged | Leave a comment

बाल गीत : चुँ चुँ गर्दै कुनोतिर मुसो करायो

~रञ्जुश्री पराजुली ~ चुँ चुँ गर्दै कुनोतिर मुसो करायो बिरालोको म्याउँले कता लघार्यो आँगनीमा हाऊ हाऊ गर्दै पाङ्ग्रे भुक्यो चर्को घाममा सुकाएको टोपी सुक्यो ।। प्रातः काले सिरसिर बतास मनै रमाइलो भित्र बाहिर चारैतिर धेरै घमाइलो

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कथा : चकलेटको परिणाम

~मीना बज्राचार्य~ रामदेवी र रामदासको विवाह भएको पाँच वर्षपछि बल्ल एउटा छोराको जन्म भयो । त्यसकारण, उनीहरू साह्रै खुसी भए । आफ्नो प्राणभन्दा प्यारो सन्तानलाई उनीहरू दुवैले अति माया गरी हुर्काउन थाले । उनीहरूले आफ्नो छोराको नाम राज राखे । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : चरी

~ललिता ‘दोषी’~ चिरविर, चिरविर गर्दै गाउँछे चरी आँगनीमा चारा टिप्दा छर्छे विस्कुन कहिले कुनाकुनीमा । भुर्र यता, भुर्र उता गर्दै नाच्छे चरी सधैँजसो लिइजान्छे चारा चुच्चाभरि ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बालअधिकार

~खुश्बु जयसवाल~ सबै भन्छन् बालअधिकार आयो खै त्यो अधिकार कसले पायो ? म जस्तै बालक मागिरहेछन् सडकको माझ खुल्ला आकाशमा बिताउँछन् उनीहरु रात हाम्रो आवाज यहाँ कसले सुन्ने ?

Posted in बाल कविता | Tagged | Leave a comment

बाल गीत : बालक तारा

~सुभाषचन्द्र भण्डारी~ बालक तारा टिलपिल गर्छौँ मातृभूमिका सन्तति हौँ उन्नति पथको सपना देख्यौँ मङ्गल ग्रहमा वास बस्यौँ फुल्नु छ कोमल हृदय बगैँचा छर्नु छ शान्ति–सुवास शक्ति उचाल्ने साहस देओस् पुर्खाको इतिहास

Posted in बाल गीत | Tagged | Leave a comment

अनूदित बाल कविता : बाल प्रश्न ?

~गिजुभाइ बधेका~ म खेलूँ कहाँ ? म उफ्रूँ कहाँ ? म गाऊँ कहाँ ? म बोलूँ कहाँ ? कुरा गर्छु, आमालाई झर्को लाग्छ

Posted in अनूदित कविता, बाल कविता | Tagged | Leave a comment

बाल कविता : आशै आशा

~भगवती पौडेल~ बोकेर हिंडेको छु सबै आशै आशा छैनन् मनमा केही निराशा जीवन सँधै नै कहाँ हुन्छ धुम्म लागेर घाम पनि होला छङ् ढुङ्गाहरूको अक्करमा थिएँ ठोक्किएर नै भए पनि जिएँ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : यस्तो सँधै किन हुन्छ ?

~कार्तिकेय घिमिरे ~ नमस्ते म आशा हुँ । अहिले म काठमाडौंको एउटा विद्यालयमा कक्षा सातमा पढ्छु । मेरो विद्यालय एकदमै रमाइलो छ । चौरमा थरीथरीका फूल फुलेका छन् । सर मिसले पनि मलाई एकदमै माया गर्नुहुन्छ । मेरो कक्षाका साथीहरु … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : देऊ पढ्न ध्यान है

~अरुणबहादुर खत्री “नदी”~ साना साना नानी हो पढ्ने धेरै गरे है धेरै धेरै पढेर बुद्धिमानी बने है । आफूभन्दा ठूलालाई गर्नुपर्छ मान है सानासाना विद्यार्थीले

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : राम्री नानी

~रञ्जुश्री पराजुली~ आज नानी कता जान्छे बुबुमाम सबै आफैं खान्छे भोलि नानी अलि ठूली हुन्छे पुस्तक च्यापी पढ्न जान्छे । हाम्रो सानी नानी धेरै ज्ञानी झगडा नगरी पढ्न जाने

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : असल बाटो देखाउने छोरी

~अज्ञात~ एक ठाउँमा कमला नाम गरेकी एउटी पढेलेखेकी शिक्षित महिला थिइन् । उनका दर्ुइ सन्तान थिए – छोरी सुनीता र छोरा सुरेश । सुनीता दस वर्षी थिई । ऊ चार कक्षामा पढ्थी । उसको दाइ सुरेश चार कक्षामा पढ्थ्यो । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल गीत : पहाडकी नानी

~महेश पौड्याल~ पहाडकी नानी, क्या राम्रो बानी, नहाँसी नबोल्ने हिउँ गोरो जिउमा, चौबन्दी चोली, क्या राम्रो सुहाउने । सलल बग्ने कोसीको पानी आँखामा झलझली, हिमाली हावा श्वासमा तिम्रो, गाउँदछ सुसेली ।

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कविता : पहिला गुरु

~उर्मिला पन्त पाण्डे~ बाबा आमा नै तिम्रा पहिला गुरु हुन् लड्ला पड्ला भनी चिन्तित भएका कसरी हुर्काउँ, बढाउँ र पढाउँ भनी लात्ताले तिमीले नजानेर उनलाई हाने पनि

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : तीन साँढेहरु र स्याल

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा तीनवटा साँढेबीच एक आपसमा मित्रता थियो । तीनै साँढेहरू एक अर्कासित कहिल्यै पनि छुट्टिदैनथे । वनका कलिला घाँसपात तथा स्याउला मिलीजुली चर्थे, खान्थे । स्वच्छन्द घुमाइ र प्रशस्त खवाइका कारण तङ्ग्रिएर ती साँढे बेला–कुबेला कराएर वनका … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : मेरो पाङ्ग्रेलाई कस्तो छ आमा ?

~रमेश विकल~ आलोकले एक दिन स्कुलबाट घर आउँदा एउटा सानो छाउरो लिएर आयो । उसको मनमा धुकचुक थियो । भुस्याहा छाउरो बोकेर आयो भनेर आमाबाले केही भन्नुहुने पो हो कि ! गाली पो गर्नुहुने हो कि ? तर आमाबाले त्यस्तो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल एकाङ्की : नाम तिम्रो काम हाम्रो

~नन्दलाल आचार्य~ पात्रहरू छात्रहरू : नवीन, नरेश र निमेष छात्राहरू : आयुषी, आभा र प्रिन्सिपल (शिक्षक अनुपस्थित कक्षाकोठा । अघिल्ला डेक्सबेन्चहरू भाँचिएका छन् । अटेसमटेस भएर विद्यार्थीहरू पछिल्ला डेक्सबेन्चमा बसेका छन् । कक्षामा अरू खाली डेक्सबेन्च भए पनि रित्ता छन् … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल कविता : काखमा रमाएको

~अनुकुल प्रकाश~ सपनीबिच निदरीको काखमा रमाएको, सानी नानी लाग्यो ज्ञानी हेर्दा नीदाएको!! निधारमा गाजलटीका रै’छ लगाएको, चिटिक्कको नाना हेर झनै सुहाएको!!

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : ढड्डु मुसाको बकबक

~विनय कसजू~ कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउथेँः–“राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : धरहरा चढ्दाको मज्जा

~कार्तिकेय घिमिरे~ आहा ! आज धरहरा घुम्न जान पाइने भो, मनीषा मनमनै दङ्ग पर्दै एक्लै कराइन् । एकछिन पछि उनी फुर्कंदै नाचेझै गर्न थालिन् । उनी दङ्ग परेको देखेर कीर्तिपुर बालगृहका अरू सबै साथीहरू पनि खुसीले गद्गद् भए । एक … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : मृगका कुरा

~ललिता दोषी~ जङ्गलमा बस्छौँ हामी त्यही हाम्रो घर दुःख नदेऊ हामीलाई लाग्छ धेरै डर बाघ, भालु, सिंहका छन् ठूला–ठूला दारा शिकार खेली मार्न खोज्छन्

Posted in बाल कविता | Tagged | 1 Comment

बाल एकाङ्की : कैद आवाज

~महेश पौड्याल~ पात्रहरू प्रिन्सिपल विप्लव कक्षा ५ को एक विद्यार्थी विष्णु नेपाली भाषा शिक्षक शशी उनका आठ वार्षे छोरो आकाश शशिको सुसारे केटो स्थान : प्रिन्सिपलको कोठा स्कुल लागेको बेला हो । त्यस स्कुलमा भर्खरै मात्र कक्षा ५ मा भर्ना … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल कविता : देशप्रेम

~अरुणबहादुर खत्री “नदी”~ प्यारो लाग्छ हामीलाई आफू जन्मेको यो देश थरीथरीका छन् यहाँ आफ्नै भाषा र भेष । गौतम बुद्ध जस्ता शान्तिका अग्रदूत जन्मे यही देशमा गोर्खालीमा वीरता झल्किन्छ यही राष्ट्रिय भेषमा ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल एकाङ्की : मुक्तिको बाटो रोज

~रन्जु ‘मार्ग’~ पात्र परिचय – गीता : डेरामा बसेकी एक नारी हरि : गीता बसेको घर मालिकको घरमा काम गर्न राखेको एक बालक । दृश्य : छिंडिको सानो अँध्यारो कोठामा १०-११ वर्षको बालक हरि रोइरहेको आवाज आउँछ । गीता हरिलाई … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल कथा : सबै बराबर

~प्रभा भट्टराई~ रक्षा स्कुल जाँदै थिइन्, अचानक बाटोमा अगाडिको ढुङ्गामा ठेस लागेर लडिन् । मनले कड्केर आँखालाई गाली गर्‍यो- “धत् आँखा ! राम्ररी हेरिदिनु पर्दैन ? हेर बिचरी रक्षा कसरी लडिन् ।” आँखाले पनि आँखा मर्काउँदै मनलाई उल्टै हपार्‍यो- “मैले … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बार्बी डल

~मीना बज्राचार्य~ सदिक्षा र क्रिष्मा बार्बी डलसित खेलिरहेका थिए । त्यतिनै बेला सुबिर एक्कासी आएर तिनीहरुको हातबाट बार्बी डल खोसेर लगे । त्यसपछि दुबैजनाले सुबिरलाई लखेटे । तर ऊ घोडाजस्तो तेजले दौड्न सक्ने भएकोले उनीहरुले भेट्टाउन सकेनन् । क्रिष्माको सबभन्दा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कस्तो बिर्सिएको ?

~नीलम कार्की निहारिका~ सुरज छ बर्ष पुरा भएर सात बर्षमा हिडी रहेको छ | अप्रिल २१ उसको जन्मदिन हो | त्यसैल्रे सबै लाई भन्दै हिड्छ ‘थाहा छ मेरो बर्थ डे (जन्म दिन ) आउन लाग्यो | अर्को महिना हो | … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : कसरी चिन्ने कोही छैन शहरमा

~राजकुमार पुन~ कसरी चिन्ने कोही छैन शहरमा नौ महिना नपुगी अबैधरुपमा फ्याकिएछु नहरमा कसरी बाँचें, कसरी हुर्कें थाहा छैन मलाई पीडाको रापमा बाँचिरहेछु यो मुटु जलाई पुलको मुनि बस्दछु म त्यही मेरो बास हो

Posted in बाल कविता | Tagged | Leave a comment

बाल गीत : आ-उँछ इन्द्रेनी

~एकु घिमिरे~ घाम सँगै पानी पर्दा आ-उँछ इन्द्रेनी हामीलाई मोहनी पो लाउँछ इन्द्रेनी । बैगुनको रङ हुन्छ सबैभन्दा पैले नीर हुन्छ त्यसपछी तिहार सम्झें मैले नीलो आकाश जस्तै रङ तेस्रो खापमा

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कथा : म माफ माग्छु

~महेश भट्टराई~ हाम्रो जीवनका हरेक दिन कुनै न कुनै घटना घटिरहेकै हुन्छन् । यस्ता घटना कुनै रमाइला र कुनै नरमाइला हुन्छन् । घटना रमाइलो वा नरमाइलो जस्तो सुकै भए पनि हामीले चाहेमा त्यसबाट कुनै न कुनै शिक्षा लिन सकिने रहेछ … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment