Category Archives: बाल साहित्य

बाल साहित्य / Children’s Literary Work

बाल एकाङ्की : साथी ! मेरो पाँच रुपियाँ, तिम्रा लागि

~कार्तिकेय घिमिरे~ स्थान – एउटा घरको बैठक कोठा समय – दिउँसो पात्रहरु आमा : ३५ वर्षकी अधबैंसे । छोरी : ११ वर्षकी । (पर्दा खुलेपछि रङ्गमञ्चमा एउटा घरकोे बैठक कोठाको दृष्य देखिन्छ । घरमा कुनै चलहपहल देखिँदैन । बैठक कोठामा … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल कथा : लोभको परिणाम

~रमेश पटेल~ एउटा गाउँमा एकजना मध्यमवर्गीय किसान बस्दथ्यो । किसानका तीनजना छोराहरू थिए । छोराहरू यौवनावस्थामा पुगिसकेका थिए । किसानले आफू बुढेसकाल लागेपछि जेठो छोराको विवाह गरिदिएको थियो । किसानसँग एक बिघा जति खेत थियो तर घडेरी सानो थियो । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : सानी चरी

~निर्मला अवस्थी~ फूर्र फूर्र उड्दै आउँछन् दुइटा साना चरी मेरो घरको दलानमा बस्छन् डेरा गरी एक्लै होइन दुबै मिली घुर्‍‌र्यान बटुलेर बनाउंछौं गुंड भन्छन् मेरै कोठा निर। जीवन साथी होलान् दुबै मिली काम गर्छन् घुर्‍‍र्यान सबै फालि दिए फेरि खोजि … Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : मिहिनेती बिकास

~मीना बज्राचार्य~ विकास ज्यादै ज्ञानी र जेहेन्दार विद्यार्थी हुन् । उनी जहिले पनि पढाइमा प्रथम हुन्छन् । विकास मिलनसार पनि छन् । सबै साथीलाई सहयोग गर्ने उनको राम्रो बानी छ । विकासले साथीभाइलाई मात्र होइन पशुपंक्षीलाई पनि उत्तिकै माया गर्छन् … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : घण्टावाल ऊँटको कथा

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा उज्वलक नाम गरेको सिकर्मी बस्दथ्यो । जति काम गर्दा पनि पर्याप्त आम्दनी नहुने भएकोले दरिद्रताले उसको घरमा स्थायीरूपमा वास गरिसकेको थियो । आफ्नो यो दुदर्शा देखेर ऊ खिन्न भएर सोच्दथ्यो–यस नगरका प्रत्येक मानिसले आफ्नो–आफ्नो काम गरेर … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कथा : राम र श्याम दुबै बेस्सरी रोए

~कार्तिकेय घिमिरे~ रामले श्यामको गालामा चड्याम्म हिर्कायो । सबै साथीहरू अचम्म मान्दै हेर्न थाले । बिहानको समय थियो । सबै विद्यार्थीहरू लाइन लागेर प्रार्थना गीत गाउने तरखरमा थिए । अचानक यस्तो दृश्य देख्नुपर्दा एकछिन सबैजना अलमलमा परे । ‘ल अब … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सडक र विद्यार्थी

~रञ्जुश्री पराजुली~ रीता चार कक्षामा पढ्दथी । उसको स्कुल घर नजिकै भएकोले हिडेरै जान्थी । घर नजिकै भएका सबै केटाकेटी हिँडेरै स्कुल जान्थे । उनीहरुलाई स्कुलमा गुरुमाले अनि घरमा अभिभावकले “चारै तिर हेरेर मात्र बाटो काट्नु है” भनेका थिए । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : नाक

~सुधा रिसाल शर्मा~ रमा धेरैबेर आफ्नो अनुहार ऐनामा हेर्ने गर्थिन् । उसको यो बानी देखेर घरका सबै जना वाक्क भएका थिए । रमाकी आमा त सधैँ ऐना रमाले नभेट्टाउने ठाउँमा लगेर लुकाउँथिन् । रमा भने ऐना जसरी भएपनि खोज्थिन् । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : धर्म बुद्धि र पाप बुद्धि

~उमाशङ्कर द्विवेदी~ कुनै शहरमा धर्म बुद्धि र पाप बुद्धि नाम गरेका दुई मित्रहरू बस्दथे । त्यसमध्ये पाप बुद्धिले एकदिन मनमा विचार गर्‍यो– “म मूर्ख तथा दरिद्र छु । अत: यस धर्म बुद्धिको साथमा लागेर विदेश जानुपर्छ तथा त्यसको प्रभावले धनापार्जन … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल गीत : सानैदेखि हाम्रो मन

~प्रभा भट्टराई~ सानैदेखि हाम्रो मन भाँच्न नखोज हामीलाई पैसासँग साट्न नखोज चाँहिदैन सुन चाँदी सम्पत्तीको धारो हामीलाई पैसाभन्दा बाबाआमा प्यारो । न्यानो काख छुटाएर किन पार्छौ पाखा

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कथा : विनोद सर

~मीना बज्राचार्य~ विनोद ज्यादै मेहनती केटा थियो। ऊ सहरदेखि धेरै टाढाको गाउँमा बस्दथ्यो। त्यस गाउँ निकै दुर्गम स्थानमा थियो। त्यहाँ यातायात तथा बाटोघाटोको त के कुरा खोला तर्न पुलको पनि व्यवस्था थिएन। स्कुल पनि धेरै टाढा थियो। त्यहाँ पनि निम्न … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : उँट, स्याल र काग

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा मदोत्कट नामक सिंह बस्दथ्यो। बाघ, काग तथा स्याल तीनजना उसका सहायक थिए। एक दिन आफ्नो झुन्डबाट छुट्टिएको कथनक नामक एक्लो उँट देखा पर्‍यो। त्यस उँटलाई देखेर सिंह छक्क पर्‍यो। सिंहले आफ्ना सहायकहरूलाई बोलाएर भन्यो–हेर त, यो … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कविता : पर्खंदैन समय

~रामेश्वर राउत ‘मातृदास’~ लौरो टेक्ने बूढाले थर्थर गोडा कमाए, यताउति हेरेर रूखका जरा समाए । पढ्ने लेख्ने बेलामा गुच्चा हान्थे ठेलामा अहिले आँसु झारेर रून्छन् कठै हेलाँमा ।

Posted in बाल कविता | Tagged | Leave a comment

पौराणिक बाल कथा : वल्मीकोदरस्थसर्प

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा देवशक्ति नाम गरेका राजा बस्दथ्ये । उनको छोराको भुँडीमा एउटा सर्प बस्दथ्यो । उदरस्थ त्यस सर्पको कारणले त्यो राजकुमार दिन प्रतिदिन दुब्लाउँदै गएर क्षीण हुँदै गइरहेका थिए । असल असल वैद्यहरूको शास्त्रीय विधिको उपचार तथा औषधिले … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कथा : तिम्रो चौकी भत्काइदिन्छु

~कार्तिकेय घिमिरे~ “गे रामजनम” – रामजनमकी आमा झिजिया चिच्याउदै कराई। उसको आवाज सुन्नासाथ सबै केटाकेटी सतर्क भए। उनीहरू हतार-हतार किनारामा निस्किएर कट्टु गन्जी लगाउँदै घरतिर दौडिए। रामजनम डराउँदै-डराउँदै आमा छेउमा गएर उभियो। मोटी थाक्सी गजधम्म शरीर भएकी उसकी आमा देख्दै … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बीरबलकी छोरी र बाघको दूध !

~अज्ञात~ अकबर बादशाहको दरवारमा बीरबलको प्रवेश भएपछि अरु सभासदस्यहरुको महत्व नै घट्न थालेको थियो । अकबर बादशाहले बीरबललाई अरु सभासदस्यहरुलाई भन्दा बढी चाहन्थे र विश्वास गर्थे । साथै उनी बीरबलको सम्मान पनि गर्थे । अकबर बादशाहको दरवारमा एउटा हिन्दूले यति … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : डाँफे चरी

~रञ्जुश्री पराजुली~ डाँफे चरी भन्छन् जसलाई त्यो हो पंक्षीराजा रमाउँदै बस्छन् डाँफे हिमाली क्षेत्रमाझ दुई खुट्टा दुई आँखा दुई कान यिनका रङ्चङ्गी सप्तरङ्गी प्वाँखे लुगा यिनका । प्वाँखे रङ्गी यिनका लुगा औधी राम्रा हुन्छन् हिउँ पर्दा जाडो हुँदा बाक्ला प्वाँखले … Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : चाकु

~सुधा रिसाल शर्मा~ माघे संक्रान्ति आउन केही दिन मात्र बाँकी थियो । सख्खरको मगमग बास्नाले सुरी बिरालोको मन नै थामिएन । ऊ लुसुक्क बूढी बज्यैको भान्छा कोठामा पस्यो । वरिपरि हे¥यो । काँहाबाट यस्तरी मीठो बास्ना चलेको होला भन्दै खोज्न … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल गीत : माटो कति राम्रो ?

~दैवज्ञराज न्यौपाने~ सुन राम्रो, चाँदी राम्रो, मोती झनै राम्रो सबैभन्दा राम्रो धर्ती माटो कति राम्रो ? सुन दिन्न खान मलाई चाँदी खान दिन्न तिर्खा लाग्दा प्यँनु हुन्न मोती खान हुन्न किन चाहियो बाबा, मलाई ? लोभ लाग्ने बानी

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कथा : गलैँचाबाट फर्किएपछिको खुशी

~रामकुमार एलन~ म¥याङकोट गाउँका दुई बालक पराङ र कुन्साङ घरबाट भागेर काठमाडौं गए । उनीहरु गाउँकै स्कुलमा कक्षा ४ र ५ मा पढ्दै थिए । एकदिन गाउँमा आएका नयाँ मानिसले उनीहरुलाई फकाए । गाउँमा प्राथमिक तहको पढाईपछि थप पढ्न विद्यालय … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

पौराणिक बाल कथा : हात्तीको झुन्ड र खरायोको बथान

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा चतुर्दन्त नाम गरेको हात्ती आफ्नो परिवारका साथ झुन्डमा बस्दथ्यो । त्यस वनमा लामो समयसम्म खडेरी परेको हुनाले सम्पूर्ण पोखरी, झील, खाल्डाखुल्डी तथा पानीका अन्य मुहानहरू सुकेर गए । यस्तो विकट अवस्थामा हात्तीका ससाना बच्चाहरू पिउने पानी … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कविता : फूलबारी

~मीना बज्राचार्य~ मेरो सानो फूलबारी नजिकै छ घरबारी फूलहरू छन् थरीथरी फूलका रंग कति थरी पुतली र भमराहरू

Posted in बाल कविता | Tagged | Leave a comment

पौराणिक बाल कथा : बिकाल राक्षस र बाँदर

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा भद्रसेन नाम गरेका एउटा राजा बस्दथे । उनकी रत्नवती नाम गरेकी सम्पूर्ण लक्षणले युक्त एउटी सुन्दरी कन्या थिइन्, जसलाई एउटा राक्षसले हरण गर्न चाहन्थ्यो । रात्रिको समयमा त्यो राक्षस राजकुमारीको खोपीमा पसेर नानाथरी उत्पात मचाउँथ्यो तर … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कविता : राम्रो खरायो

~ललिता ‘दोषी’~ सानो-सानो सेतो-सेतो राम्रो खरायो मैले आऊ भनेको त परै हरायो खुर्र यता, खुर्र उता आमा छोडी जान्छ दुबो घाँस जे पाए नि कुटुकुटु खान्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : तिमी कति ज्ञानी

~विनोद रोका~ आमा बाबा भन्नु हृुन्छ तिमी कति ज्ञानी । सानैदेखि बसाउदै छौ राम्रा राम्रा बानी ।। बिहानै उठी सफा भई ताजा खाजा खान्छु । स्कुलमा खान पनि घरबाटै लान्छु ।।।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : आहा ! हाम्रो नेपाल

~सहिर प्रजापति~ बिहानीको त्यो उषाको किरणझै रंगीन नेपाल हिमालको अथक बग्ने पानीझै शीतल छ नेपाल घामपानी र कुहिरोमा रम्ने मयुरझै छ नेपाल सयौ जातजातिले भरिएको आहा कति राम्रो छ हाम्रो नेपाल । हिमाल, पहाड अनि तराईलाई अगालेको नेपाल

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : मेरी सानी बहिनी

~कार्तिकेय घिमिरे~ जाँच सकिएकाले मेरो मन फुरुंग भएको छ । आज बिहान मैले ड्राइभर अंकललाई आँगनको कुनामा टोलाएर रुँदै बसेको देखेँ । सोधेँ, ‘अंकल, किन रुनुभएको ?’ उनी भुइँतिर हेरेर टोलाउन थाले, केही बोलेनन् । फेरि सोधेँ, ‘भन्नुुुस् न, तपाईंलाईं … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सन्तोष

~महेश पौड्याल~ सन्तोष दुई कक्षा पास गरेर तीनमा पुग्नुलाई ठूलै समाचार मानियो । ऊ कक्षामा निकै कमजोर मानिएको विद्यार्थी थियो । बुवाआमा सधैँ स्कुलमा आएर गुनासो गरिरहन्थे । उसको पढाइमा खासै सुधार नभएकोमा सबै चिन्तित् थिए । स्वस्थ सन्तोष, जिउ … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : हे असारे मासको भेल

~निलन कुमार थेच्वमि~ वर्षौं दिनको प्रतीक्षा पछि आएको भेल । सब किसान दाजुभाइको सुखमय मेल ।। मिलिकन रोपाइगर्ने खेत खेतमा अचेल । स्वागत छ तिमीलाई यहाँ असारे भेल ।।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : नेपाली हामी

~बाबुराम पन्थी ‘गुल्मेली’~ प्यारो छ मेरो नेपाल हिमाल छ शान गजुर नाच्दछ डाँफे हिमाल तराईमा नाच्छन् मयुर पश्चिम देउडा बज्दछ घन्किन्छ पूर्व सेलोले गुन्जिने मैथली तराई

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : भगवान् ! के यही हो त बालअधिकार ?

~प्रतिभा केसी~ ‘ए ! राम (राम झल्यास्स व्युझियो ) उठ बाबु घाम आँखामा पर्ने बेलासम्म सुत्नुहुन्छ ?’ निधार सुमसुम्याउदै मालिक्नीले भनिन् । राम तर्सियो, सपना नै पो हो कि भनेर उसले आफूलाई चिमोट्यो । उठ है बाबु, म तिमीलाई दूध … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल नाटक : बाल अधिकार

~एकु घिमिरे~ एउटा कक्षाको दृष्य । केटाकेटीहरू हल्ला गरिरहेका । यत्तिकैमा शिक्षकको प्रवेश । विद्यार्थी -(सबैजना एकसाथ उठेर) गुड आफ्टरनून  सर । शिक्षक – (हातको लौरो बेन्चमा आक्रोशित हुदै बजाउँदै ) के को गुड आफ्टरनून  ? एकछिन अघि हल्ला गर्ने बाँदर तिमीहरू नै हैन … Continue reading

Posted in बाल नाटक | Tagged | Leave a comment