Category Archives: बाल कविता

बाल कविता; Children’s poem

बाल कविता : बाबाको घुराइ

~डा. लेख निरौला~ बाबा नघुर्नू किन घुर्नुभा’को आवाज त्यस्तो किन गर्नुभा’को सुनेर मेरो मन काँप्छ बाबा डराउँदै बस्छु लुकेर, बाबा ! ।। ‘जु’ हेर्न जाँदा किन सिक्नु’भाको बाघै छिरेझैँ किन गर्नुभा’को कस्तो डराएँ जब घुर्नुहुन्छ त्यो रात निद्रा सब चोर्नुहुन्छ … Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

छन्द बाल कविता : गाउँले जीवन – ७

~डा. लेख निरौला~ मुखमा पानी रसायो आहा ! देखेर ऐँसेलु ती झाडीभित्र पाकेका हेरूँ झपक्कै ऐँसेलु । झन् भित्रभित्र टलक्क राम्रा पोटिला झुप्पा छन् कसरी खाऊँ काँडाले घोच्ला नखाऊँ कहाँ झन् ।।

Posted in छन्द कविता, बाल कविता | Tagged | Leave a comment

वाल कविता : पानी

~प्रवेष पौडेल~ धारो देख्दा पानी खोन्छु आखा तानी तानी बाबा मलाई भन्दिनुन खोई धारामा पानी के को दुलो यहाबाट खै के झर्छ कैले जति जान्न खोज्दा पनि थाह पाइन मैले ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : आफ्नो देश

~कोईराला सूर्यकिरण~ आफ्नो देश छाती भरि आँखा भरी भरी राखी रहुँ जस्तो लाग्छ मुटु भरी भरी श्रम अनि सृजनाले देश भर्नु पर्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : बालक

~होमनाथ पाठक~ बालक हामी चाहन्छौ सुसज्जित हनु विज्ञानले मृत दर्शन नसिकाऊ ज्ञान देओस् पा्रकृतिक ध्यानले राजारानीका दन्त्यकथा परिर्वतनसगँ ै जानु पर्छ समाज हाम्रो बदलिँदै छ गन्तव्य समाजवाद बन्नु पर्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : छोरी

~होमनाथ पाठक~ भृकुटी र सीता जस्तै म नेपालकी छोरी नेपाली राष्ट्रियता मेरो छातीभरि विश्वमा सगरमाथाको माया मैले छर्नु पर्छ गौतम बुद्धको पदचाप मैले बन्नु पर्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : बादल

~होमनाथ पाठक~ कहिले बन्ने हात्ती घोडा, कहिले बन्ने रूख लहराउँछौ जताततै कति ठुलो मुख गर्जिन्छौ मेघ बनी, बनी दिन्छौ वर्षा उफ्रिन्छौं बालकहरू, हामी हुन्छौ हर्ष

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : आकाशकी रानी

~देवेन्द्रप्रसाद उप्रेती~ आकाशमा जून लागे कति रमाइलो घाम लागे आकाशमा कति घमाइलो एउटा आँखा राजा बने अर्को आँखा रानी अप्सरा पो हौ कि तिमी देख्छु सानीसानी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : फूलजस्तो जीवन

~देवेन्द्रप्रसाद उप्रेती~ देश हाम्रो फूलबारी फूलका थुङ्गा हामी फूलजस्तै बास्ना छरे हामी बन्छौं नामी माटो, मल, जल भए पूmल हुन्छ सुखी अन्न, पानी नपाएमा हामी हुन्छौं दु:खी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : सानीसानी नानी

~देवेन्द्रप्रसाद उप्रेती~ उनी केटा म केटी सबै बराबर पढीलेखी जान्छौं घर हामी सरासर मन्दिररुपी पाठशालालार्इ सधैं पूजा गर अज्ञानलाइ हटार्इ तिमी सधैं ज्ञान भर ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : हाम्रो घरको परेवा

~श्रीहरि फुँयाल~ हाम्रो घरको परेवा उड्छ भुर्र भुर्र गुँडबाट गर्छ कैले माकुर घुर्र घुर्र ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कबिता : हाम्री छोरी

~नारायण तिवारी~ छोरी हाम्री सा¥है राम्री मानूँ एउटा फूल हो तिमी रोए सृष्टि रुन्छ भन्दै यो त भूल भो आकाशको परी हौ कि घरकी हाम्री छोरी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : भानुको सुवास

~कृष्ण बाउसे~ तनहुँ जिल्ला रम्घा गाम हाम्रो भानु जन्मेको ठाम । कविता रच्ने गरे काम भयो उनको ठूलो नाम ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : भुन्टे र बल

~सन्जोग ठकुरी~ खेलिरहेको भुन्टे एक्कासि करायो फकाउदै आमाले सोध्नुहुँदा रुदै भन्यो– बल हरायो । खाटमुनि पनि खोजियो दराजभित्र पनि भुन्टे अत्तालिन थाल्यो लौ, बल छैन कहीं पनि ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : गाउँ दिने कथा

~लक्ष्मीप्रसाद देवकोटा~ हौदा चढ्यो घोडामाथि हौदामाथि हात्ती चञ्चलेको राजालाई यस्तो भयो पात्ती ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : चिडियाघर

~विवश पोखरेल~ यसपालीको शनिबार- गयौँ चिडियाघर गाडी चढी जाँदा त्यति रैन रै’ छ पर । बाघ दाइले हाम्लाई देखी गर्‍यो ङ्यार्रङुर्र भालु दाइ सुतेकोथ्यो गर्दै घुर्रघुर्र ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : गरिबी

~निष्ठा तिवारी~ गरिबको समुहमा एक पटक छिरि मात्र हेर गरिबीसंग जीवन विताएर मात्रै अनुभब गर नियालेर सोच हरेक पाईला पाईलाहरुलाई पाइन्छ त्यहां केबल दु:ख र पिडाका रुपहरुलाई । सडकको पेटीमा खाली पेट बसी आसुँ बगाउ सकि नसकि भारी बोकी खुट्टा, … Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

गाई

~शिवगोपाल रिसाल~ गाई हाम्रो पशुधन, गोठको शोभा गाई गाईजस्तो अरू छैन गाउँघरलाई गाई पाल्ने देश हाम्रो गाईलाई मान्छ वर्षैपिच्छे तिहारमा गाईको पूजा हुन्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : रमाइलो धर्ती

~कृष्णप्रसाद पराजुली~ हराभरा धर्ती राम्रो, नीलो आकाश राम्रो घाम राम्रो, दिन राम्रो, जून पनि राम्रो धर्तीभरि रमाइला कुरा धेरै हुन्छन् पहाड, मैदान, खोलानाला, वनपाखा हुन्छन्

Posted in बाल कविता | Tagged | Leave a comment

बिहानीको गीत

~गणेश ‘विषम’~ चिरबिर गर्छ गौँथली हाम्रै घर आँगनमा फुरफुर गर्छ पुतली हाम्रै फूलबारीमा हाम्रा राम्रा वनचरी बिहानी पो डाक है आजभन्दा भोलि झन् अझ राम्रो पार है

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : कानाकाना कुर्र

~दैवज्ञराज न्यौपाने~ कानाकाना कुर्र नानी दौड्यो खुर्र चरी उड्यो भुर्र कानाकाना कुर्र

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बिचरी चरी

~कवी शिरोमणी लेखनाथ पौड्याल~ वर्षा याम एक दिन ठुलो पानी पर्‍यो काला-काला बादलुले सेता गेडी झार्‍यो

Posted in बाल कविता | Tagged | Leave a comment

मेरो सानो खरायो

~कल्पना प्रधान~ मेरो सानो खरायो आज कता हरायो। हिजो सँगै खेलेथ्यौँ घर भित्रै भुलेथ्यौँ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : कमिलाको ताँती

~राष्ट्रकवी माधवप्रसाद घिमिरे~ हेर हेर साथी हो कमिलाको ताँती यो दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो एउटा साथी आएर दिन्छ केको खबर

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : टालाटुली बटुली

~राष्ट्रकवी माधवप्रसाद घिमिरे~ टालाटुली बटुली – टालाटुली बटुली कति राम्री पुतली

Posted in बाल कविता | Tagged | Leave a comment