Category Archives: बाल कविता

बाल कविता; Children’s poem

बाल कविता : आहा ! हाम्रो नेपाल

~सहिर प्रजापति~ बिहानीको त्यो उषाको किरणझै रंगीन नेपाल हिमालको अथक बग्ने पानीझै शीतल छ नेपाल घामपानी र कुहिरोमा रम्ने मयुरझै छ नेपाल सयौ जातजातिले भरिएको आहा कति राम्रो छ हाम्रो नेपाल । हिमाल, पहाड अनि तराईलाई अगालेको नेपाल

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : हे असारे मासको भेल

~निलन कुमार थेच्वमि~ वर्षौं दिनको प्रतीक्षा पछि आएको भेल । सब किसान दाजुभाइको सुखमय मेल ।। मिलिकन रोपाइगर्ने खेत खेतमा अचेल । स्वागत छ तिमीलाई यहाँ असारे भेल ।।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : नेपाली हामी

~बाबुराम पन्थी ‘गुल्मेली’~ प्यारो छ मेरो नेपाल हिमाल छ शान गजुर नाच्दछ डाँफे हिमाल तराईमा नाच्छन् मयुर पश्चिम देउडा बज्दछ घन्किन्छ पूर्व सेलोले गुन्जिने मैथली तराई

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : मीठो सेल रोटी

~रञ्जुश्री पराजुली~ दसैं सकिई तिहार आयो रमाइलो भयो चारैतिर वरिपरि झिलीमिली भयो माला राम्रा मखमली गाँस्ने बेला आयो अनरसा र सेलरोटी पाक्ने बेला आयो चामल पीठो गाईघ्यू बन्दोबस्त भयो सेल मीठो पार्न भनी सख्खर चिनी आयो

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : चरी

~ललिता ‘दोषी’~ चिरविर, चिरविर गर्दै गाउँछे चरी आँगनीमा चारा टिप्दा छर्छे विस्कुन कहिले कुनाकुनीमा । भुर्र यता, भुर्र उता गर्दै नाच्छे चरी सधैँजसो लिइजान्छे चारा चुच्चाभरि ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बालअधिकार

~खुश्बु जयसवाल~ सबै भन्छन् बालअधिकार आयो खै त्यो अधिकार कसले पायो ? म जस्तै बालक मागिरहेछन् सडकको माझ खुल्ला आकाशमा बिताउँछन् उनीहरु रात हाम्रो आवाज यहाँ कसले सुन्ने ?

Posted in बाल कविता | Tagged | Leave a comment

अनूदित बाल कविता : बाल प्रश्न ?

~गिजुभाइ बधेका~ म खेलूँ कहाँ ? म उफ्रूँ कहाँ ? म गाऊँ कहाँ ? म बोलूँ कहाँ ? कुरा गर्छु, आमालाई झर्को लाग्छ

Posted in अनूदित कविता, बाल कविता | Tagged | Leave a comment

बाल कविता : आशै आशा

~भगवती पौडेल~ बोकेर हिंडेको छु सबै आशै आशा छैनन् मनमा केही निराशा जीवन सँधै नै कहाँ हुन्छ धुम्म लागेर घाम पनि होला छङ् ढुङ्गाहरूको अक्करमा थिएँ ठोक्किएर नै भए पनि जिएँ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : देऊ पढ्न ध्यान है

~अरुणबहादुर खत्री “नदी”~ साना साना नानी हो पढ्ने धेरै गरे है धेरै धेरै पढेर बुद्धिमानी बने है । आफूभन्दा ठूलालाई गर्नुपर्छ मान है सानासाना विद्यार्थीले

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : राम्री नानी

~रञ्जुश्री पराजुली~ आज नानी कता जान्छे बुबुमाम सबै आफैं खान्छे भोलि नानी अलि ठूली हुन्छे पुस्तक च्यापी पढ्न जान्छे । हाम्रो सानी नानी धेरै ज्ञानी झगडा नगरी पढ्न जाने

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : पहिला गुरु

~उर्मिला पन्त पाण्डे~ बाबा आमा नै तिम्रा पहिला गुरु हुन् लड्ला पड्ला भनी चिन्तित भएका कसरी हुर्काउँ, बढाउँ र पढाउँ भनी लात्ताले तिमीले नजानेर उनलाई हाने पनि

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : काखमा रमाएको

~अनुकुल प्रकाश~ सपनीबिच निदरीको काखमा रमाएको, सानी नानी लाग्यो ज्ञानी हेर्दा नीदाएको!! निधारमा गाजलटीका रै’छ लगाएको, चिटिक्कको नाना हेर झनै सुहाएको!!

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : मृगका कुरा

~ललिता दोषी~ जङ्गलमा बस्छौँ हामी त्यही हाम्रो घर दुःख नदेऊ हामीलाई लाग्छ धेरै डर बाघ, भालु, सिंहका छन् ठूला–ठूला दारा शिकार खेली मार्न खोज्छन्

Posted in बाल कविता | Tagged | 1 Comment

बाल कविता : देशप्रेम

~अरुणबहादुर खत्री “नदी”~ प्यारो लाग्छ हामीलाई आफू जन्मेको यो देश थरीथरीका छन् यहाँ आफ्नै भाषा र भेष । गौतम बुद्ध जस्ता शान्तिका अग्रदूत जन्मे यही देशमा गोर्खालीमा वीरता झल्किन्छ यही राष्ट्रिय भेषमा ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : कसरी चिन्ने कोही छैन शहरमा

~राजकुमार पुन~ कसरी चिन्ने कोही छैन शहरमा नौ महिना नपुगी अबैधरुपमा फ्याकिएछु नहरमा कसरी बाँचें, कसरी हुर्कें थाहा छैन मलाई पीडाको रापमा बाँचिरहेछु यो मुटु जलाई पुलको मुनि बस्दछु म त्यही मेरो बास हो

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : भित्री आँखा

~ललिता दोषी~ सेतो लौरी हातमा छ पीठमा ठूलो झोला छामछाम छुमछुम गर्दै आइन् नेत्रहीन नीरा छैनन् उनी नपढेका छैनन् बेरोजगारी आफ्नो लागि कमाउँछिन्

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : झिमझिम गर्ने सानी पुतली

~रश्मी ‘असफल’~ कस्ती राम्री झिमझिम गर्ने सानी पुतली मेरो पनि भए हुन्थ्यो नानी पुतली मेरा बाबा कहाँ कहाँ आमा कताकता कसले किनीदेला मलाई ज्ञानी पुतली

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : गुजी पाएँ !

~बूँद राना~ अँधेरीमा गुजी हुन्छ भन्नुहुन्थ्यो बज्यैले के हो गुजी ? कस्तो हुन्छ ? नदेखेको मैले आज फेरि भन्नु भयो सम्झाउँदै राती ‘आँटीमाथि गुजी छ त्यहाँ नजानू है नाति !’

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बाल लोकले

~रामेश्वर राउत ‘मातृदास’~ केटाकेटी मिलेर हान्न थाले मटेङ्ग्रा बगैँचाका फूललाई लात्ती हान्छन् फटेङ्ग्रा फूल रोप्ने मालीको मीठो मुस्कान बालीमा सबको हित चित्तले

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : भाइ

~विनोद न्यौपाने~ सानो भाइ मेरो अब ठूलो भएछ ताते ताते गरी गरी हिड्न थालेछ । सक्ने जति सबै सामान बोकी बोकी हिँड्छ गुन गुन गर्देै हिँड्छ, के के भन्छ भन्छ । मुसे दाँत देखाई देखाई, घरि घरि हाँस्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : हाम्री छोरी

~दिव्या बज्राचार्य~ नीलो ज्याकेटमा सजिएकी छोरी रातो रीवन बाटीएकी छोरी आँखामा गाजल लेपिएकी छोरी ओठ फुटेपनि त्यत्तिकै राम्री छोरी सेतो फ्रक औधी सुहाएकी कालो जुत्ता टल्केको लगाएकी भर्खर नाक आफै धोएकी स्कूल जान्छु भनी चाँडै टम्सेकी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : जन्मभूमि

~योगीता भट्टराई~ मेरो जन्म भूमि नेपाल शान्तिपूर्ण देश हो दौरा सुरुवाल ढाका टोपी यो देशको भेष हो कृषि प्रधान देश हाम्रो सुन्दर शान्त नेपाल आफ्नै काम आफ्नै शान सुन्दर शान्त विशाल

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : घाम

~सौगात न्यौपाने~ उजेलीलाई साथै ल्यााउने कति राम्रो घाम घामसित शुरु हुन्छ हाम्रो पनि काम विद्यार्थीले पढ्ने लेख्ने

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : आमा

~सृष्टि अधिकारी~ आमाको ममताको लेखा छैन आमा भन्दा ठूलो इश्वर होइन आमा हाँस्दा दिशा खुल्छ हृदय भित्र ईश्वर डुल्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : पानी

~खिमानन्द पोखरेल~ मेरो सानी छोरी पिऊ, पानी घुटु घुटु पिउँदा पानी हर्रर जिउ सर्रर मुटु मुटु यसै गरी पानी पिउने गर्नुपर्छ जान जसले दिन्छ राम्रो अर्ति उसैलाई मान ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : मधेश मेरो जान हो ।

~ज्ञानेन्द्र कुमार यादव~ मधेश मेरो जान हो, मधेश मेरो आन हो । मधेशको माग लिएर आउछु,यहि मेरो शान होे –२ मधेशमा पहिला थियो धेरै राम्रो व्यवहार अहिले मधेश भएको छ, धेरै बेकार –२

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : उनको हाँसो

~श्रेष्ठ सत्य~ तीन महिना हुन आँटेको थियो, राती काम गर्न थालेको । शुरुका दिनहरुमा त रातभर जागा रहन कठिन कठिन महशूस भए तापनि पछिल्ला समयहरुमा त्यो सहज लाग्न थालेको थियो । मैले राति काम गर्न थालेको केही समय पछि नै … Continue reading

Posted in नेपाली कथा, बाल कविता | Tagged | Leave a comment

बाल कविता : विद्यार्थी तिमी

~देवेन्द्र अर्याल ‘आँसु’~ फूलको शोभा फूलबारीमा, विद्यार्थीको पाठशालामा । ज्ञानको दिव्य ज्योति छर्ने, विद्यार्थी नै संसारमा । ठूलो मान्छे मात्र होइन,

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : हामी साना नानीले

~गौतम ‘उदय’~ धेरै माया गर्नु हुन्छ, मम्मी अनि ड्याडीले सधै ज्ञानी बन्नु पर्छ, हामी साना नानीले नानीहरु भएको, घरै रमाइलो बनाउँछौं परिवारको, मनै रमाइलो । हामीहरु स्कूल जाँदा, मम्मी घरमा बस्नु हुन्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बालअधिकार

~प्रभातप्रकाश तिमल्सिना~ बेलायती फोटो पत्रकार एग्लाइन्टाइन जेबले विश्वमा पहिलोपटक बाल अधिकार चिनाइन् यही बाल अधिकारको बाटोमा हामीलाई प्रेरित गरी उत्साह भरेर हिँडाइन् । सन् १९८९ नोभेम्बर २० मा बनाए बाल अधिकार महासन्धि सबै मिली जम्मा अनि तयार भयो बाल अधिकारका … Continue reading

Posted in बाल कविता | Tagged | 1 Comment

बाल कविता : हाँस र प्रकृति

~सुरज काफ्ले~ मेरो घरको छेउमा छ सानो पोखरी । भित्र कमल वरिपरि सुन्दर सुनखरी ।। बँगैचमा फूलहरु रमाइला फूल्छन् । लुकमारी खेलीखेली हाँसहरु डुल्छन् ।। टाटेपाटे हाँस खेल्छन् सेता हाँस पनि तिनै हाँस खेलाउँछु मज्जा लिन्छु अनि ।। दुईटा हाँसको … Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : इस्कुल जान्छु टम् टम् टम्

~युद्धप्रसाद मिश्र~ उठ्छु, पढ्छु कपडा फेर्छु सफा सुघर भई ऐना हेर्छु टफिनसाथको झोला भिर्छु स्कुल जान्छु टम् टम् टम् थोरै खोल्छु, धेरै पढ्छु पाठ नबिर्सि अघि अघि बढ्छु नभइ छाड्दिन म पनि फस्ट कोभन्दा को छ र कम

Posted in बाल कविता | Tagged | Leave a comment