Category Archives: बाल कथा

बाल कथा;children’s story

पौराणिक बाल कथा : हात्तीको झुन्ड र खरायोको बथान

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा चतुर्दन्त नाम गरेको हात्ती आफ्नो परिवारका साथ झुन्डमा बस्दथ्यो । त्यस वनमा लामो समयसम्म खडेरी परेको हुनाले सम्पूर्ण पोखरी, झील, खाल्डाखुल्डी तथा पानीका अन्य मुहानहरू सुकेर गए । यस्तो विकट अवस्थामा हात्तीका ससाना बच्चाहरू पिउने पानी … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

पौराणिक बाल कथा : बिकाल राक्षस र बाँदर

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा भद्रसेन नाम गरेका एउटा राजा बस्दथे । उनकी रत्नवती नाम गरेकी सम्पूर्ण लक्षणले युक्त एउटी सुन्दरी कन्या थिइन्, जसलाई एउटा राक्षसले हरण गर्न चाहन्थ्यो । रात्रिको समयमा त्यो राक्षस राजकुमारीको खोपीमा पसेर नानाथरी उत्पात मचाउँथ्यो तर … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

बाल कथा : मेरी सानी बहिनी

~कार्तिकेय घिमिरे~ जाँच सकिएकाले मेरो मन फुरुंग भएको छ । आज बिहान मैले ड्राइभर अंकललाई आँगनको कुनामा टोलाएर रुँदै बसेको देखेँ । सोधेँ, ‘अंकल, किन रुनुभएको ?’ उनी भुइँतिर हेरेर टोलाउन थाले, केही बोलेनन् । फेरि सोधेँ, ‘भन्नुुुस् न, तपाईंलाईं … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सन्तोष

~महेश पौड्याल~ सन्तोष दुई कक्षा पास गरेर तीनमा पुग्नुलाई ठूलै समाचार मानियो । ऊ कक्षामा निकै कमजोर मानिएको विद्यार्थी थियो । बुवाआमा सधैँ स्कुलमा आएर गुनासो गरिरहन्थे । उसको पढाइमा खासै सुधार नभएकोमा सबै चिन्तित् थिए । स्वस्थ सन्तोष, जिउ … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : भगवान् ! के यही हो त बालअधिकार ?

~प्रतिभा केसी~ ‘ए ! राम (राम झल्यास्स व्युझियो ) उठ बाबु घाम आँखामा पर्ने बेलासम्म सुत्नुहुन्छ ?’ निधार सुमसुम्याउदै मालिक्नीले भनिन् । राम तर्सियो, सपना नै पो हो कि भनेर उसले आफूलाई चिमोट्यो । उठ है बाबु, म तिमीलाई दूध … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सानो डाक्टर

~ललिता ‘दोषी’~ नन्दप्रसादले आँखाबाट झरेको आँसुलाई पुछे । लामो श्वास फेरेर मनोवाद गरे, ‘हे प्रभु बूढीलाई जस्तै मलाई चाँडै लैजाऊ । म सबैको बोझ भएँ । जति धामीझाँक्री देखाउँदा पनि केही सीप लागेन । रोग जस्ताको तस्तै छ, घरखेत सिद्धिने … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : चकलेटको परिणाम

~मीना बज्राचार्य~ रामदेवी र रामदासको विवाह भएको पाँच वर्षपछि बल्ल एउटा छोराको जन्म भयो । त्यसकारण, उनीहरू साह्रै खुसी भए । आफ्नो प्राणभन्दा प्यारो सन्तानलाई उनीहरू दुवैले अति माया गरी हुर्काउन थाले । उनीहरूले आफ्नो छोराको नाम राज राखे । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : यस्तो सँधै किन हुन्छ ?

~कार्तिकेय घिमिरे ~ नमस्ते म आशा हुँ । अहिले म काठमाडौंको एउटा विद्यालयमा कक्षा सातमा पढ्छु । मेरो विद्यालय एकदमै रमाइलो छ । चौरमा थरीथरीका फूल फुलेका छन् । सर मिसले पनि मलाई एकदमै माया गर्नुहुन्छ । मेरो कक्षाका साथीहरु … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : असल बाटो देखाउने छोरी

~अज्ञात~ एक ठाउँमा कमला नाम गरेकी एउटी पढेलेखेकी शिक्षित महिला थिइन् । उनका दर्ुइ सन्तान थिए – छोरी सुनीता र छोरा सुरेश । सुनीता दस वर्षी थिई । ऊ चार कक्षामा पढ्थी । उसको दाइ सुरेश चार कक्षामा पढ्थ्यो । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : तीन साँढेहरु र स्याल

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा तीनवटा साँढेबीच एक आपसमा मित्रता थियो । तीनै साँढेहरू एक अर्कासित कहिल्यै पनि छुट्टिदैनथे । वनका कलिला घाँसपात तथा स्याउला मिलीजुली चर्थे, खान्थे । स्वच्छन्द घुमाइ र प्रशस्त खवाइका कारण तङ्ग्रिएर ती साँढे बेला–कुबेला कराएर वनका … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : मेरो पाङ्ग्रेलाई कस्तो छ आमा ?

~रमेश विकल~ आलोकले एक दिन स्कुलबाट घर आउँदा एउटा सानो छाउरो लिएर आयो । उसको मनमा धुकचुक थियो । भुस्याहा छाउरो बोकेर आयो भनेर आमाबाले केही भन्नुहुने पो हो कि ! गाली पो गर्नुहुने हो कि ? तर आमाबाले त्यस्तो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : ढड्डु मुसाको बकबक

~विनय कसजू~ कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउथेँः–“राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : धरहरा चढ्दाको मज्जा

~कार्तिकेय घिमिरे~ आहा ! आज धरहरा घुम्न जान पाइने भो, मनीषा मनमनै दङ्ग पर्दै एक्लै कराइन् । एकछिन पछि उनी फुर्कंदै नाचेझै गर्न थालिन् । उनी दङ्ग परेको देखेर कीर्तिपुर बालगृहका अरू सबै साथीहरू पनि खुसीले गद्गद् भए । एक … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सबै बराबर

~प्रभा भट्टराई~ रक्षा स्कुल जाँदै थिइन्, अचानक बाटोमा अगाडिको ढुङ्गामा ठेस लागेर लडिन् । मनले कड्केर आँखालाई गाली गर्‍यो- “धत् आँखा ! राम्ररी हेरिदिनु पर्दैन ? हेर बिचरी रक्षा कसरी लडिन् ।” आँखाले पनि आँखा मर्काउँदै मनलाई उल्टै हपार्‍यो- “मैले … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बार्बी डल

~मीना बज्राचार्य~ सदिक्षा र क्रिष्मा बार्बी डलसित खेलिरहेका थिए । त्यतिनै बेला सुबिर एक्कासी आएर तिनीहरुको हातबाट बार्बी डल खोसेर लगे । त्यसपछि दुबैजनाले सुबिरलाई लखेटे । तर ऊ घोडाजस्तो तेजले दौड्न सक्ने भएकोले उनीहरुले भेट्टाउन सकेनन् । क्रिष्माको सबभन्दा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कस्तो बिर्सिएको ?

~नीलम कार्की निहारिका~ सुरज छ बर्ष पुरा भएर सात बर्षमा हिडी रहेको छ | अप्रिल २१ उसको जन्मदिन हो | त्यसैल्रे सबै लाई भन्दै हिड्छ ‘थाहा छ मेरो बर्थ डे (जन्म दिन ) आउन लाग्यो | अर्को महिना हो | … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : म माफ माग्छु

~महेश भट्टराई~ हाम्रो जीवनका हरेक दिन कुनै न कुनै घटना घटिरहेकै हुन्छन् । यस्ता घटना कुनै रमाइला र कुनै नरमाइला हुन्छन् । घटना रमाइलो वा नरमाइलो जस्तो सुकै भए पनि हामीले चाहेमा त्यसबाट कुनै न कुनै शिक्षा लिन सकिने रहेछ … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कल्पनाको भविष्य

~खिमानन्द पोखरेल~ कल्पना सानी थिई । सानी भएकै कारण उसका बाबु आमाले कल्पनालाई धेरै माया गर्दथे । सानैदेखि उ ज्ञानी र गम्भीर स्वभावकी थिई । कल्पनाको राम्रो बानीदेखि बाबु आमा पनि खुसी देखिन्थे । त्यसैलेे सानै उमेरमै उसलाई एउटा राम्रो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सलगमको सहर घुम्ने रहर

~गङ्गा कर्माचार्य पौडेल~ रामचाकोबारीमा मुला, काउली, बन्दागोबी, भ्यान्टा जस्ता थुप्रै तरकारीहरु लटरम्मै फलेका थिए । ती मध्ये पहिला काउली टिपेर उनले खर्पनमा राखी सहरतिर बेच्न लगे । अर्को दिन, बन्दा गोबी भ्यान्टा मात्र लगे । त्यो देखेर सलगमले मुलासँग भन्यो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : असल साथी

~रमा अधिकारी ‘कादम्बरी’~ अनिषा, विनिताको असल साथी थिई । उनीहरू एउटै कक्षामा पढ्दथे । घर पनि सँगसँगै जस्तो थियो । अनिषा सरल, मृदुभाषी, लगनशील र सहयोगी थिई । विनिता छुच्चो स्वभावकी थिई । अनिषा विनिताको दुःख-सुखमा साथ दिन्थी । विनिताको गृहकार्यमा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : लक्ष्य

~राजा पुनियानी~ टिङटिङटिङटिङटिङटिङटिङ।।। एउटा बूढो हातले समाएको काठको मार्तोलले लामो ठोक्यो जलप उप्किसकेको घण्टीलाई। घण्टीको आवाज स्वात्त बिलिनसाथ डल्लै वातावरणलाई छुट्टी पाउनुको आनन्दको नित्य हल्लाले सुमुद्री ढेउले जस्तै निल्छ। ब्याग भिरिसकेपछि गेटबाहिर कुद्दै कराउँदै निस्किए दुवै। यसरी नै सधैं दुवै … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : किताब रोयो

~श्रेष्ठ समनश्री~ सधैँझै १० बजे स्कुलको घण्टी लाग्यो। विद्यार्थीहरु आ–आनो कक्षाको लाईनमा आएर प्रार्थनामा बसे। सबै आइसक्दा पनि सञ्जय भने त्यहाँ उपस्थित भएको थिएन। कक्षा ६ का उसका साथीहरुले सधैँ जस्तै आज पनि ‘सञ्जय कता गएछ?’ भन्दै खासखुस गरे । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : देशभक्त छोरा

~रमा अधिकारी ‘कादम्बरी’~ आकाश उमेरमा सानो छ तर ठूला मान्छे भन्दा पनि असल र ज्ञानी छ । घर, टोल, छरछिमेक र स्कुलमा ऊ अनुशासित बालकको नमूना बनेको छ । शिक्षक-शिक्षिका लगनशील विद्यार्थीको उदाहरण दिनुपरे आकाशलाई नै छान्छन् । स्कुलमा त आकाश … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बसाइँ सर्ने चटारो

~रञ्जुश्री पराजुली ~ मिर्मिरे सूर्यको किरणसँगै चराचुरुंगी पनि मानव समुदायजस्तो चल्मलाउन थाल्छन्। उनीहरूलाई पनि बिहानीको चटारोले व्यस्त बनाउँछ। मान्छे शुभप्रभात भनेर एकआपसमा आदरसत्कार व्यक्त गर्दै नौलो बिहानीलाई स्वागत गर्छन्। समय भएपछि आआफ्ना कार्यक्षेत्रतिर क्रियाशील हुन्छन्। घरबाहिर पनि चराचुरुंगीको संसारमा त्यस्तै … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल लोककथा : जे माग्यो त्यही दिने बाकस

सङ्कलक–डाँडाघरे दाजु भाइ बैनी हो ! अहिले तिमीहरुसँग टिभी छ, कम्प्युटर छ, स्मार्ट फोन जस्ता थुप्रै कुराहरु छन् । तर हामी केटाकेटी छँदा हामीलाई टिभी, कम्प्युटर, मोबायल भनेको हुन्छ भन्नेसम्म पनि थाहा थिएन । त्यतिखेर रेडियोसम्म गाउँघरमा फाट्टफुट्ट पाईन्थ्यो । … Continue reading

Posted in बाल कथा, लोक कथा | Leave a comment

बाल कथा : पल्लोघरमा जन्मदिन

~रमा अधिकारी  ‘कादम्बरी”~ “काकी, के गर्नुभा’को ?” “काकी, तपाई कति काम गर्नुहुन्छ है ?” “काकी, म पनि सघाऊँ तपाईंलाई” “काकी, आज स्कुलमा मैले हजुरजस्तै अर्को काकी देखेको नि !” “काकी, के गर्नुभा’को ?”

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : डस्टर उड्यो

~कार्तिकेय घिमिरे ~ मध्यान्हको समय थियो । चर्को घाम लागिरहेको थियो । कक्षा ४ का विद्यार्थीहरु कक्षा कोठाभित्र खुबै हल्ला गरिरहेका थिए । हा–हा हु–हु गर्दै उनीहरु कक्षा थर्काउँदै कराइरहेका थिए । ट्वाङ्ट्वाङ् घन्टी लाग्यो । कृष्ण सर कक्षा कोठाभित्र … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : दुइटी आमा

~ललिता ‘दोषी’~ कात्तिकको महिना, समय त्यस्तै बिहानको एघार जति बजेको हुँदो हो । अमेरिकी नागरिक लरेन गेटमा उभिरहेकी थिइन् । आठनौ वर्षकी बालिका हातमा सानो प्लास्टिकको झोला बोकेर उनीतिर नै दौडदै आइन् । लरेनले उनलाई तलदेखि माथिसम्म हेरिन् । उनको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : हनुमानले सूर्य निले

~कार्तिकेय घिमिरे~ एउटा रमाइलो जङ्गल थियो । त्यहाँ एक दिन एउटा बाँदरले चिटिक्क परेको बच्चा जन्मायो । बच्चा अचम्मको थियो । जन्मेको केही छिनमै ऊ आकासमा उड्न थाल्यो । ऊ निकै फुर्तिलो थियो । रूखको एउटा हाँगाबाट अर्को हाँगामा उफ्रन्थ्यो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : किन खानुपर्छ खाना ?

~मुक्तिनाथ शर्मा~ असीम डाक्टर अङ्कलसँग भेट्न पाएपछि रमाउँछन् । सानो हुँदा असीम डा. अङ्कलको घाँटीमा बसेर कान समाउँथे र डा. अङ्कललाई चाडै दौडाउन भन्थे । असीमले भनेको मान्नुहुन्थ्यो डा. अङ्कल पनि । असीम त्यसो गर्न पाउँदा मजा मानेर खितितिती हाँस्थे … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : छेपारोको चेत मुसादाईले खोल्यो

~दिपक कुमार खड्का~ धेरै वर्ष अगाडीको कुरा हो । हेर्दा मोटो, अनुहार चुच्चो परेको अनपढ एउटा भ्यागुता थियो । ऊ खेल्न भनेपछि पछि जमेको फोहोर पानी पोखरीमा उफ्री–उफ्री ट्वार–ट्वार गरि कराउदै खेल्थ्यो । खैं उसले रमाएर गित गाएको पो हो … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : मुखियाबाको बखान

~पूजा हमाल~ कुनै एउटा गाउँमा एक दाजु र बहिनी एक-आपसमा साह्रै मिलेर बस्थे । उनी दुइको मेलमिलाप देखेर गाउँलेहरू सब छक्क पर्थे । कुनै कुनैले त झिजो मानी डाहा समेत गर्थे भने कतिपय उनीहरूसँग खुशी पनि थिए । उनीहरूका बुबा-आमा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment