तपाईंले छान्नुभएको विधा : बाल साहित्य

बाल साहित्य / Children’s Literary Work

बाल कविता : सानी मेरी नानी

~दीपक कुमार ज्ञवाली~ छम् छम् गर्दै आईन् सानी मेरी नानी तोते बोली बोल्दै सोध्छीन् आमा लोरी गाऊ‘ने मेरी सानी नानी लोरी सुन्दा रमाऊने हे हे मेरी नानी तिमी कति ज्ञानी

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कविता | Tagged , , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

बाल कथा : दसैँ

~कार्तिकेय घिमिरे ~ “हाम्रो घरमा त दसैँ पनि आएन । खै हाम्रो त बाबा नै घर आउनुभएन । कस्तो नरमाइलो भयो हगि दादा ?” आफ्नी फूलजस्ती बहिनीको बोली सुनेर मनेश झसङ्ग हुन्छ । ऊ एक तमाससँग बहिनीको अनुहारमा हेरिरहन्छ । बहिनीको त्यो अबोध अनुहारमा दुःख देखेर उसको मन कटक्क खान्छ । ऊ बहिनीको टाउको सुमसुम्याउँदै भन्छ – “नानू हाम्रो बाबा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

बाल गीत : ऐना हेर्दा सानो भाइ

~रञ्जुश्री पराजुली ~ ऐना हेर्दा सानो भाइ आँखा झिम्क्याउँछ आफू जस्तै अर्को देख्दा ताज्जुप भई हेर्छ । जिब्रो देखाई हात हल्लाई जिस्क्याउँदै खेल्छ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल गीत | Tagged , , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

बाल कथा : ताली

~कार्तिकेय घिमिरे~ रमेशले पुरस्कार पाउँदा सबैले ताली बजाएको सुवासले हेरिरहेको थियो । उसलाई त्यतिबेला खल्लो लागिरहेको थियो । उसले मनमनै सोच्यो – “मैले खेल्न सक्ने खेल पनि भइदिएको भए, मैले पनि यसरी नै पुरस्कार पाउँथे होला ।” यिनै कुरा सोच्दासोच्दै उसको मन कटक्क खायो । उसले अँध्यारो अनुहार लगाएर आˆनो वैशाखीमा हेर्‍यो । “म किन लङ्गडो भएँ हुँला, मलाई भगवान्ले पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

बाल कथा : रमाइलो चाड फागु

~रञ्जुश्री पराजुली~ शंकरलाई फागु पूर्णिमा कहिले आउँला र साथीहरुसँग फागु खेलौंला भन्ने हतार लागिरहेको थियो । उसलाई यो चाड धेरै रमाइलो लाग्छ । यसपाली फागु खेल्न भनेर उसले पैसा पनि जोगाएर राखेको छ । भोलि फागु पूर्णिमा भएकोले ऊ आफ्नो मिल्ने साथी उमेशसँग आफूहरु यो पर्व कसरी मनाउने” भन्ने सल्लाह गर्न स्कुलबाट आए पछि उसको घर जान्छ । उमेशका बुबा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : रमाइलो चाड फागु

बाल कविता : प्रकृतिको वेदना

~अजयप्रसाद चौधरी~ धेरै माया र स्नेहले मैले बनाएको थिए मानिस जातिलाई आफ्नो मनको फूल तर अहिले मलाई नै चोट पुर्‍याउने किन गर्दैछन् त तिनीहरु भूल आफूलाई जीवन बनाई बनाएका थिए

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कविता | Tagged , , | Comments Off on बाल कविता : प्रकृतिको वेदना

बाल एकाङ्की : साथी ! मेरो पाँच रुपियाँ, तिम्रा लागि

~कार्तिकेय घिमिरे~ स्थान – एउटा घरको बैठक कोठा समय – दिउँसो पात्रहरु आमा : ३५ वर्षकी अधबैंसे । छोरी : ११ वर्षकी । (पर्दा खुलेपछि रङ्गमञ्चमा एउटा घरकोे बैठक कोठाको दृष्य देखिन्छ । घरमा कुनै चलहपहल देखिँदैन । बैठक कोठामा आमा पुराना लुगा बोराको थुप्रो छेउमा बसेर ती लुगा पट्याउँदै बोरामा हालिरहेकी हुन्छिन् । त्यसैबेला एउटी ११ वर्षकी छोरीको आगमन पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल एकाङ्की | Tagged , , | Comments Off on बाल एकाङ्की : साथी ! मेरो पाँच रुपियाँ, तिम्रा लागि

बाल कथा : लोभको परिणाम

~रमेश पटेल~ एउटा गाउँमा एकजना मध्यमवर्गीय किसान बस्दथ्यो । किसानका तीनजना छोराहरू थिए । छोराहरू यौवनावस्थामा पुगिसकेका थिए । किसानले आफू बुढेसकाल लागेपछि जेठो छोराको विवाह गरिदिएको थियो । किसानसँग एक बिघा जति खेत थियो तर घडेरी सानो थियो । त्यसैमा तीन कोठाको एउटा घर बनाएको थियो । तीन कोठाको उक्त घरको एउटा कोठा जीर्ण अवस्थामा पुगिसकेको थियो । बिस्तारै पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : लोभको परिणाम

बाल कविता : सानी चरी

~निर्मला अवस्थी~ फूर्र फूर्र उड्दै आउँछन् दुइटा साना चरी मेरो घरको दलानमा बस्छन् डेरा गरी एक्लै होइन दुबै मिली घुर्‍‌र्यान बटुलेर बनाउंछौं गुंड भन्छन् मेरै कोठा निर। जीवन साथी होलान् दुबै मिली काम गर्छन् घुर्‍‍र्यान सबै फालि दिए फेरि खोजि ल्याउँछन् जति पटक धपाए नि फर्की आउँछन् फेरी

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कविता | Tagged , , | Comments Off on बाल कविता : सानी चरी

बाल कथा : मिहिनेती बिकास

~मीना बज्राचार्य~ विकास ज्यादै ज्ञानी र जेहेन्दार विद्यार्थी हुन् । उनी जहिले पनि पढाइमा प्रथम हुन्छन् । विकास मिलनसार पनि छन् । सबै साथीलाई सहयोग गर्ने उनको राम्रो बानी छ । विकासले साथीभाइलाई मात्र होइन पशुपंक्षीलाई पनि उत्तिकै माया गर्छन् । विकासको घरमा कुकुर, बाख्रा, गाई, बिरालो, परेवा, सुगा थिए । ती सबैलाई विकासले औधी माया गर्थ्यो । एकदिन विकासको पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : मिहिनेती बिकास

पौराणिक बाल कथा : घण्टावाल ऊँटको कथा

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा उज्वलक नाम गरेको सिकर्मी बस्दथ्यो । जति काम गर्दा पनि पर्याप्त आम्दनी नहुने भएकोले दरिद्रताले उसको घरमा स्थायीरूपमा वास गरिसकेको थियो । आफ्नो यो दुदर्शा देखेर ऊ खिन्न भएर सोच्दथ्यो–यस नगरका प्रत्येक मानिसले आफ्नो–आफ्नो काम गरेर राम्रो आम्दानी गरेर सुख सयलका साथ जीवन बिताइरहेको छ तर मैले गर्ने कामबाट कुनै खास लाभ नहुने भएकोले मैले यो पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा, पौराणिक कथा | Tagged , , , | Comments Off on पौराणिक बाल कथा : घण्टावाल ऊँटको कथा

बाल कथा : राम र श्याम दुबै बेस्सरी रोए

~कार्तिकेय घिमिरे~ रामले श्यामको गालामा चड्याम्म हिर्कायो । सबै साथीहरू अचम्म मान्दै हेर्न थाले । बिहानको समय थियो । सबै विद्यार्थीहरू लाइन लागेर प्रार्थना गीत गाउने तरखरमा थिए । अचानक यस्तो दृश्य देख्नुपर्दा एकछिन सबैजना अलमलमा परे । ‘ल अब घमासान झगडा पर्ने भयो ।’ रोजनले रामेशलाई खुसुक्क भन्यो । रामेशले उसलाई चुप लाग भनेर इसारा गर्‍यो । श्याम झापड पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : राम र श्याम दुबै बेस्सरी रोए

बाल कथा : सडक र विद्यार्थी

~रञ्जुश्री पराजुली~ रीता चार कक्षामा पढ्दथी । उसको स्कुल घर नजिकै भएकोले हिडेरै जान्थी । घर नजिकै भएका सबै केटाकेटी हिँडेरै स्कुल जान्थे । उनीहरुलाई स्कुलमा गुरुमाले अनि घरमा अभिभावकले “चारै तिर हेरेर मात्र बाटो काट्नु है” भनेका थिए । त्यसैले स्कुल नजिकै पुगेपछि जेब्राक्रसिङ्गबाट होशियारीकासाथ बाटो काट्दथे । रीतालाई बाबाले जेब्राक्रसिङ्गवारे सबैथोक बताएका थिए । “जेब्राक्रसिङ्ग भनेको बाटो काट्ने पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : सडक र विद्यार्थी

बाल कथा : नाक

~सुधा रिसाल शर्मा~ रमा धेरैबेर आफ्नो अनुहार ऐनामा हेर्ने गर्थिन् । उसको यो बानी देखेर घरका सबै जना वाक्क भएका थिए । रमाकी आमा त सधैँ ऐना रमाले नभेट्टाउने ठाउँमा लगेर लुकाउँथिन् । रमा भने ऐना जसरी भएपनि खोज्थिन् । रमाको यो रमा धेरैबेर आफ्नो अनुहार ऐनामा हेर्ने गर्थिन् । उसको यो बानी देखेर घरका सबै जना वाक्क भएका थिए पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : नाक

पौराणिक बाल कथा : धर्म बुद्धि र पाप बुद्धि

~उमाशङ्कर द्विवेदी~ कुनै शहरमा धर्म बुद्धि र पाप बुद्धि नाम गरेका दुई मित्रहरू बस्दथे । त्यसमध्ये पाप बुद्धिले एकदिन मनमा विचार गर्‍यो– “म मूर्ख तथा दरिद्र छु । अत: यस धर्म बुद्धिको साथमा लागेर विदेश जानुपर्छ तथा त्यसको प्रभावले धनापार्जन गर्नुपर्दछ । अन्तमा त्यसको कमाइलाई पनि ठगेर जीवन सुखी बनाउनु पर्दछ ।” यति कुरा मनमा विचार गरेर अर्को दिन ऊ पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा, पौराणिक कथा | Tagged , , , | Comments Off on पौराणिक बाल कथा : धर्म बुद्धि र पाप बुद्धि

बाल गीत : सानैदेखि हाम्रो मन

~प्रभा भट्टराई~ सानैदेखि हाम्रो मन भाँच्न नखोज हामीलाई पैसासँग साट्न नखोज चाँहिदैन सुन चाँदी सम्पत्तीको धारो हामीलाई पैसाभन्दा बाबाआमा प्यारो । न्यानो काख छुटाएर किन पार्छौ पाखा

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल गीत | Tagged , , | Comments Off on बाल गीत : सानैदेखि हाम्रो मन

बाल कथा : विनोद सर

~मीना बज्राचार्य~ विनोद ज्यादै मेहनती केटा थियो। ऊ सहरदेखि धेरै टाढाको गाउँमा बस्दथ्यो। त्यस गाउँ निकै दुर्गम स्थानमा थियो। त्यहाँ यातायात तथा बाटोघाटोको त के कुरा खोला तर्न पुलको पनि व्यवस्था थिएन। स्कुल पनि धेरै टाढा थियो। त्यहाँ पनि निम्न माध्यमिक स्तरसम्मको मात्र पढाइ हुन्थ्यो। त्योभन्दा माथि पढ्न सहरमा जानुको विकल्प थिएन। विनोद धेरै पढ्न चाहन्थ्यो। त्यसैले ऊ उच्च शिक्षा पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : विनोद सर

पौराणिक बाल कथा : उँट, स्याल र काग

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा मदोत्कट नामक सिंह बस्दथ्यो। बाघ, काग तथा स्याल तीनजना उसका सहायक थिए। एक दिन आफ्नो झुन्डबाट छुट्टिएको कथनक नामक एक्लो उँट देखा पर्‍यो। त्यस उँटलाई देखेर सिंह छक्क पर्‍यो। सिंहले आफ्ना सहायकहरूलाई बोलाएर भन्यो–हेर त, यो कस्तो अनौठो जीव देखा पर्‍यो ? गएर पत्ता लगाऊ यो ग्राम्य पशु हो अथवा वन्यप्राणी हो। सिंहको कुरा सुनेर कागले पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा, पौराणिक कथा | Tagged , , , | Comments Off on पौराणिक बाल कथा : उँट, स्याल र काग

बाल कविता : पर्खंदैन समय

~रामेश्वर राउत ‘मातृदास’~ लौरो टेक्ने बूढाले थर्थर गोडा कमाए, यताउति हेरेर रूखका जरा समाए । पढ्ने लेख्ने बेलामा गुच्चा हान्थे ठेलामा अहिले आँसु झारेर रून्छन् कठै हेलाँमा ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कविता | Tagged , , | Comments Off on बाल कविता : पर्खंदैन समय

पौराणिक बाल कथा : वल्मीकोदरस्थसर्प

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा देवशक्ति नाम गरेका राजा बस्दथ्ये । उनको छोराको भुँडीमा एउटा सर्प बस्दथ्यो । उदरस्थ त्यस सर्पको कारणले त्यो राजकुमार दिन प्रतिदिन दुब्लाउँदै गएर क्षीण हुँदै गइरहेका थिए । असल असल वैद्यहरूको शास्त्रीय विधिको उपचार तथा औषधिले पनि नछोएर राजकुमार स्वस्थ्य हुन सकिरहेका थिएनन् । अन्त्यमा राजकुमार आफ्नो जीवनबाट निराश भएर विरक्त भई आफ्नो राज्य स्वेच्छाले त्याग पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा, पौराणिक कथा | Tagged , , , | Comments Off on पौराणिक बाल कथा : वल्मीकोदरस्थसर्प

बाल कथा : तिम्रो चौकी भत्काइदिन्छु

~कार्तिकेय घिमिरे~ “गे रामजनम” – रामजनमकी आमा झिजिया चिच्याउदै कराई। उसको आवाज सुन्नासाथ सबै केटाकेटी सतर्क भए। उनीहरू हतार-हतार किनारामा निस्किएर कट्टु गन्जी लगाउँदै घरतिर दौडिए। रामजनम डराउँदै-डराउँदै आमा छेउमा गएर उभियो। मोटी थाक्सी गजधम्म शरीर भएकी उसकी आमा देख्दै डरलाग्दी थिई। ठूला ठूला आँखा, मोटा-मोटा हात। रामजनमको हात च्याप्प समात्दै जुरूक्क उचालेर उसकी आमाले उसलाई भान्सामा लगेर पछारी। रामजनम पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : तिम्रो चौकी भत्काइदिन्छु

बाल कथा : बीरबलकी छोरी र बाघको दूध !

~अज्ञात~ अकबर बादशाहको दरवारमा बीरबलको प्रवेश भएपछि अरु सभासदस्यहरुको महत्व नै घट्न थालेको थियो । अकबर बादशाहले बीरबललाई अरु सभासदस्यहरुलाई भन्दा बढी चाहन्थे र विश्वास गर्थे । साथै उनी बीरबलको सम्मान पनि गर्थे । अकबर बादशाहको दरवारमा एउटा हिन्दूले यति ठूलो स्थान पाएको कुरा अरु सभासदस्यहरुलाई मनपरेको थिएन । उनीहरु कसरी बीरबललाई पन्छाएर आफूहरु अगाडि आउने भन्ने कुरामा चिन्तित थिए पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : बीरबलकी छोरी र बाघको दूध !

बाल कविता : डाँफे चरी

~रञ्जुश्री पराजुली~ डाँफे चरी भन्छन् जसलाई त्यो हो पंक्षीराजा रमाउँदै बस्छन् डाँफे हिमाली क्षेत्रमाझ दुई खुट्टा दुई आँखा दुई कान यिनका रङ्चङ्गी सप्तरङ्गी प्वाँखे लुगा यिनका । प्वाँखे रङ्गी यिनका लुगा औधी राम्रा हुन्छन् हिउँ पर्दा जाडो हुँदा बाक्ला प्वाँखले ढाक्छन् यिनलाई देख्दा पर्यटक ज्यादै खुशी हुन्छन्

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कविता | Tagged , , | Comments Off on बाल कविता : डाँफे चरी

बाल कथा : चाकु

~सुधा रिसाल शर्मा~ माघे संक्रान्ति आउन केही दिन मात्र बाँकी थियो । सख्खरको मगमग बास्नाले सुरी बिरालोको मन नै थामिएन । ऊ लुसुक्क बूढी बज्यैको भान्छा कोठामा पस्यो । वरिपरि हे¥यो । काँहाबाट यस्तरी मीठो बास्ना चलेको होला भन्दै खोज्न थाल्यो । त्यत्तिकैमा उसले एउटा ठूलो थालमा केही कुरा देख्यो । ऊ बिस्तारै थाल नजिक गयो । हात थालमा हाल्यो पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : चाकु

बाल गीत : माटो कति राम्रो ?

~दैवज्ञराज न्यौपाने~ सुन राम्रो, चाँदी राम्रो, मोती झनै राम्रो सबैभन्दा राम्रो धर्ती माटो कति राम्रो ? सुन दिन्न खान मलाई चाँदी खान दिन्न तिर्खा लाग्दा प्यँनु हुन्न मोती खान हुन्न किन चाहियो बाबा, मलाई ? लोभ लाग्ने बानी

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल गीत | Tagged , , | Comments Off on बाल गीत : माटो कति राम्रो ?

बाल कथा : गलैँचाबाट फर्किएपछिको खुशी

~रामकुमार एलन~ म¥याङकोट गाउँका दुई बालक पराङ र कुन्साङ घरबाट भागेर काठमाडौं गए । उनीहरु गाउँकै स्कुलमा कक्षा ४ र ५ मा पढ्दै थिए । एकदिन गाउँमा आएका नयाँ मानिसले उनीहरुलाई फकाए । गाउँमा प्राथमिक तहको पढाईपछि थप पढ्न विद्यालय थिएन । आमाबाबुले पढाउन सक्ने अवस्था थिएन । त्यसैले तिमीहरु गोठालो लाग्ने र खेतिपातीमा लाग्ने त हो नि भनेर उनीले पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा | Tagged , , | Comments Off on बाल कथा : गलैँचाबाट फर्किएपछिको खुशी

पौराणिक बाल कथा : हात्तीको झुन्ड र खरायोको बथान

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा चतुर्दन्त नाम गरेको हात्ती आफ्नो परिवारका साथ झुन्डमा बस्दथ्यो । त्यस वनमा लामो समयसम्म खडेरी परेको हुनाले सम्पूर्ण पोखरी, झील, खाल्डाखुल्डी तथा पानीका अन्य मुहानहरू सुकेर गए । यस्तो विकट अवस्थामा हात्तीका ससाना बच्चाहरू पिउने पानी नपाई तिर्खाले मरणसन्न हुन थाले तथा कतिपय साना बच्चाहरू त मरे पनि । यो अवस्था देखेर एक दिन झुन्डका जम्मै पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा, पौराणिक कथा | Tagged , , , | Comments Off on पौराणिक बाल कथा : हात्तीको झुन्ड र खरायोको बथान

बाल कविता : फूलबारी

~मीना बज्राचार्य~ मेरो सानो फूलबारी नजिकै छ घरबारी फूलहरू छन् थरीथरी फूलका रंग कति थरी पुतली र भमराहरू

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कविता | Tagged , , | Comments Off on बाल कविता : फूलबारी

पौराणिक बाल कथा : बिकाल राक्षस र बाँदर

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा भद्रसेन नाम गरेका एउटा राजा बस्दथे । उनकी रत्नवती नाम गरेकी सम्पूर्ण लक्षणले युक्त एउटी सुन्दरी कन्या थिइन्, जसलाई एउटा राक्षसले हरण गर्न चाहन्थ्यो । रात्रिको समयमा त्यो राक्षस राजकुमारीको खोपीमा पसेर नानाथरी उत्पात मचाउँथ्यो तर तन्त्रमन्त्रद्वारा रक्षित रहेकी कन्यालाई राक्षसले आफूखुशी हरण गर्न सकिरहेको थिएन । राजकुमारीले त्यस राक्षसलाई प्रत्यक्षरूपले हेर्न नसके पनि खोपीमा राक्षसको पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कथा, पौराणिक कथा | Tagged , , , | Comments Off on पौराणिक बाल कथा : बिकाल राक्षस र बाँदर

बाल कविता : राम्रो खरायो

~ललिता ‘दोषी’~ सानो-सानो सेतो-सेतो राम्रो खरायो मैले आऊ भनेको त परै हरायो खुर्र यता, खुर्र उता आमा छोडी जान्छ दुबो घाँस जे पाए नि कुटुकुटु खान्छ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कविता | Tagged , , | Comments Off on बाल कविता : राम्रो खरायो

बाल कविता : तिमी कति ज्ञानी

~विनोद रोका~ आमा बाबा भन्नु हृुन्छ तिमी कति ज्ञानी । सानैदेखि बसाउदै छौ राम्रा राम्रा बानी ।। बिहानै उठी सफा भई ताजा खाजा खान्छु । स्कुलमा खान पनि घरबाटै लान्छु ।।।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कविता | Tagged , , | Comments Off on बाल कविता : तिमी कति ज्ञानी

बाल कविता : आहा ! हाम्रो नेपाल

~सहिर प्रजापति~ बिहानीको त्यो उषाको किरणझै रंगीन नेपाल हिमालको अथक बग्ने पानीझै शीतल छ नेपाल घामपानी र कुहिरोमा रम्ने मयुरझै छ नेपाल सयौ जातजातिले भरिएको आहा कति राम्रो छ हाम्रो नेपाल । हिमाल, पहाड अनि तराईलाई अगालेको नेपाल

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : बाल कविता | Tagged , , | Comments Off on बाल कविता : आहा ! हाम्रो नेपाल