Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : अपरिचित

~सविना सिन्धु~ एउटी महिला पार्कमा भेटिन्थिन् । पहेँलो लुगा लगाएकी हुँदा मैले उनलाई साधुु सन्त हुन कि भन्ने अनुमान लगाएकी थिएँ । तर मेरो अनुमान पटक्कै मिलेन । “उनी फूलहरु पो बटुल्न आएकी हुन् कि ?”, मलाई शङ्का लाग्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पानीमुनिको जून

~महेश पौड्याल~ आज बुद्धपूर्णिमा । हरेक वर्षझैँ विजय हिँड्यो बुद्धको मन्दिर वरिपरिको सन्ध्याकालिन रौनक हेर्न । उसलाई धार्मिक आस्थाभन्दा पनि त्यहाँको रमणीयतामा चासो थियो । स्वर्णिम मन्दिर, चारैतिर फूलको महक, आउने–जानेहरूको घुँइँचो, र मन्दिर छेउको तलाउ ! त्यो तलाउ, जसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : First लभ

~शिशिर पराजुली~ भाग १ गित बजिरहेको गाडीमा मा म चढे । मलाइ सामाखुशी उत्रिनु थियो त्यसैले ढोका छेवैको सिटमा बसेँ । सिटमा बस्ने बित्तिकै मैले कोहि बोलेको सुनें। “दाइ यो अशक्त सिट हो” सहचालक बोल्यो । आखिर म पनि त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जनावर र मान्छे

~विनय कसजू~ रातभरि जंगलमा डडाङडुडुङको भयो । आकासबाट पनि आगोका पर्रर्ााुटे । विस्फोट, आगोको मुस्लो, धुवाँले जंगलका जीवहरु भयभीत भएर आआफ्नो वासस्थानमा लुकेर बसे । बिहानपख बाघ, चितुवा, स्याल, ब्वाँसो आदि मांसाहारी जानवरहरु मानिसको आलो रगतको गन्ध थाहा पाएपछि ओडारभित्र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चेतनाको बिजाङ्कुरण

~रुपिन्द्र प्रभावी ‘कटु’~ संसदीय निर्वाचनमा भक्तबहादुुरलाई जिताउनका लागि के मात्रै गरेनौं र ! भैंसी काटेर गाउँलेलाई भोज खुवाइएन कि ! दलले दिएको पैसा गाउँलेलाई बाँडिएन कि ! त्यतिमात्र कहाँ हो र ! मतदानकेन्द्र पूरै कब्जा गरेर विपक्षीलाई भोट हाल्नै दिइएन, हामीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कथा लेख्न गाह्रो छ

~पारिजात~ एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु–बर्ष७, पूर्णाँक २२ उत्साह को एउटा कथा पढ्न बाँकीछ –मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर कथा पढ्न थाल्छु । यसै पनि नाउँ चलेको लेखक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समध

~मुना चौधरी~ मुसनी गरिब परिवारकी छोरी थिइन्।  उनले भर्खरै १७ वर्षमा पाइला टेकेकी थिइन्। उनका  बाआमा गाउँको गिरहतको खेतमा मेलापात गरेर जीवन निर्वाह गरिरहेका थिए। गाउँलेले उनका बाआमालाई मुसनीको बिहे कहिले गर्ने भनेर सोधिसकेका थिए। बाआमा राम्रो घर र बेहुला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको आत्मा

~प्रभा पोखरेल ‘स्वेशा’~ उ चुपचाप उठेर हिडि। बढुवाको लागि कत्रो लुछाचुढि चलिरहेको थियो यो कार्यलयमा, कत्ति राजनिति अनि कति जिउजकार, पुकार गरिरहेकाथिए सबैजना आ-आफ्नो तौरतरिकाले, बुताले भ्याएसम्म। केहि महिनादेखि काम सकिएको घन्टौ यहि बसेर थप काम गरि-गरि देखाउनेहरुको पनि लाम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कति राम्री गरिमा !

~किशोर नेपाल~ रेष्टुरामा साथीहरुसंग रमाइ रहेको रामेश अचानक ठूलो स्वरमा एउटा पुरानो हिन्दी गीत गाउन थाल्यो – क्या हुआ, तेरा वादा! उसको गायन सुनेर साथीहरु रमाएनन। गीतको नाममा कहिल्यै ग सम्म पनि उच्चारण नगर्ने रामेश आज एकाएक किन गाउन थाल्यो? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विकास मंचमा कन्यादान

~विनय कसजू~ स्वस्थानीमा कुमारजी आज्ञा गर्नुहुन्छ, “हे अगस्त्य मुनि ! जुनजस्ती सतीदेवीलाई कन्यादानमा माग्न जाँदा दक्षप्रजापतिले नाना तरहले अपमान गरेर फर्काएपछि शिव साह्रै दुखी भए र विष्णुकहाँ गै भने, “हे विष्णु, मेरो अझसम्म घरजम भएको छैन । जसरी भए पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : समय–अन्तर

~आन्विका गिरी~ “ठिक पर्यो खुचिङ्ग, खुव केटी भएर साइकल चलाउने भा’की यस्ताको त हातखुट्टा नै ठनक्क हुनुपर्ने। यसको चाला सार्है निको छैन, सार्है उत्ताउलो भा’की छे। हेरन कपाल कटाइ, मुसाको पुच्छर जत्रो पनि छैन, लुगा हेर हेर, यत्ति ढाडे भएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुरेफिस्टा

~मालिकराम ‘वियोगी’~ त्यसबेला ऊ सानै थियो । गोठालाबाट आएपछि यसो खोलाखाली चराको गुँड खोज्ने गथ्र्यो, ऊ । त्यसबेला चराको एउटामात्र गुँड भेटाउनु पनि साथीहरुको छेउमा शान र रवाफको कुरो थियो । एउटाभन्दा बढी चराको गुँड भेटाउनु र अझ बच्चासहितको गुँड … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठै !

~रुपिन्द्र प्रभावी ‘कटु’~ “सबैका छोराहरू कमाउने भए, हाम्रो त ……!” बुबा आज पनि कराइराख्नु भएको छ । पढेपछि जागिर खानेैपर्छ भन्ने मानसिकताबाट ग्रसित हुनुहुन्छ –मेरा आमाबुबा । हुन पनि हाम्रो पारिवारिक अवस्था जग्गाजमिन भए पनि दुःख गर्नुपर्ने नै छ । बुबाआमाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनी

~प्रभा पोखरेल ‘स्वेशा’~ र ऋषीमुनिहरुको आश्रम, वरीपरी ठुला–ठुला बृछ्यहरुले घेरेको, दायातीरबाट कतै छङछङ त कतै शान्त हुदै बगेको …कोशि, कोशिको किनार, डुङ्गामा वारीपारी तर्ने मानिशहरुको प्रतिछ्यारत माझिदाइहरु। अनि त्यै किनारमा ढुङ्गा बटुल्दै बालुवा थुपार्दै बालापनमा रमाइरहेका साना नानीबाबुहरु। कोशिको किनारबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुवार

कुरा सुनेर छेदिलाल चौकीबाट उठे । उनले खाटमुनि हेरे । त्यहाँ एउटा कमन्डुल थियो । त्यसमा हिजो रातिकै पानी थियो । उनले कमन्डुल चौकी मुनिबाट झिके । पैठीमा टेक्दै तल ओर्लिए । तल ओर्लिने वेलामा पैठी हल्लिँदै कुइकुइ बोलिरहेको थियो । दोहमलाबाट झरेर उनी पम्प गए । तीन–चारपटक पम्प पेल्दै पानी हाल्दै फाल्दै कमन्डुल धोए । कमन्डुलभरि पानी भरेर ल्याए । पानो चौकीमा बसिरहेकी थिइन् । छेदिलाल पानोको हातमा कमन्डुल थमाए । पानो कमन्डुलको डन्डी समातेर पानी खान थालिन् । उनले पानी खाँदा घटघट बोलिरहेको थियो । उनले पानी खाएर कमन्डुल चौकीमुनि राखिन् । छेदिलाल चौकीमा पल्टे । पानो छेदिलालको छेउमा भित्तापट्टि पल्टिन् । छे Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मिथक लोक कथा : लोभले लिन्छ ज्यान

~धनप्रसाद सुवेदी ‘श्रमिक’~ आमाले पस्किएर दिएको खानेकुराले तोरेम्पालाई चित्त बुझ्दैनथ्यो । ऊ आफै पन्यु लिएर पस्किन अघि सथ्र्यो । मिठो मसिनो पाकेका बेला त झन् उसलाई आफै नपस्की हुँदै नहुने । मासु पकाएर बेलामा आफैँले छानेका दुई चार चोक्टा भागमा … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : मूलघाट

~रजित ओझा~ “बा, हेर त कत्रो माछा मारें !” बर्खायाममा कतैबाट मर्नलाई माछो पनि मूलघाट आइपुगेछ, सन्तेको छोराको हातबाट पासो लाग्न । हुन त उसको नाम सन्तराम अनि छोराको नाम प्रकाश तर कथाभरि म सन्ते नै भनेर लेख्नेछु । हेपाहा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिलेकिया

~श्याम साह~ भन्सारमा पोस्टिङ भएको दोस्रो दिन नै सशस्त्र प्रहरीको हवल्दारले उसको सामान र साइकल दुबै खोसेर मेरो अगाडि ल्याएको थियो । तलबाट माथिसम्म नियालेँ । गहुँगोरो वर्णको भए पनि घामले डढेर निकै कालो देखिन्थ्यो । दुब्लो यति थियो कि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भाग्यमानी जनावरहरु

~विनय कसजू~ चितवन राष्ट्रिय निकुंजबाट जंगलपत्र दैनिककोे सम्वाददाताले जंगलपत्रको कार्यालयमा समाचार पठायो । सिंहले एउटा हात्ती, एउटा बाघ, पाँच वटा गैँडा र केही मृग मारेको खबर रहेछ । समाचारसँग केही फोटो पनि थिए । जैविविक विविधता जोगाउने, खास गरी वन्यजन्तुको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पथ ग्रहण

~डा. विदुर चालिसे~ बल्लबल्ल चिठ्ठा परेकाहरूका अनुहारमा हेरिरहन्थेँ । चिठ्ठा बेचिरहेका तालुकदारहरूसँग दयाकाे भाव पनि देख्दिनथेँ । अाैसत सामर्थ्यका मानिसहरूलाई फुर्सद थिएन । जाेडजम्मा भएका भीडमा उभिएकाे मरन्च्यासे करायाे । –“गुटबन्दी मुर्दावाद !” चर्काे प्रचारवाजीमा नारा चलिरहेकाे क्षण सबै अल … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रामप्रसादको जुक्ति

~गोरखबहादुर सिंह~ “ल, तेरो निर्णय !” हाकिम रामप्रसादले पत्रको विषय पढ्नेबित्तिकै परिपत्रलाई कच्याककुचुक पारेर टोकरीमा फाले । उक्त परिपत्रमा मितव्ययिता र वातावरण-प्रदूषणका कारण सार्वजनिक बिदाका दिनमा सरकारी गाडी चलाउन नपाइने मन्त्रिपरिषद्को निर्णय थियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

मनोन्यास : राजनीति र आत्माको मुल्य

~हस्त गौतम मृदुल~ म आफैले गाउदै छु त्यो जीवनको गीत जुन संगीत बिना बजी रहेछ। तर मनमा पटक्कै सान्ती छैन। भबिस्यको त्यो सूदुर पहाडमा कर्मका साना ढुगांहरु बोक्दै उकालिदै छु। दुखका बोक्राहरु उम्काउदै म बाँचीरहेको छु। हरेक सम्बेदनशिल तत्वलाइ प्रकृतिले … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : दृश्यान्तर

~महेश पौड्याल~ उनलाई मैले लोकन्थलीका कुना काप्चा र गल्लीहरूमा धेरै पल्ट देखिसकेको थिए । लोकन्थली कुनै ठूलो सहर हैन । यो भर्खरै विकासको आलोक पाउन लागेको गाउँ नै हो । तर अर्निको राजमार्गको दुवैतिर बाक्लो आवासक्षेत्रमा फैलिएकोले कुना, काप्चा र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बशिर

~दिलिप पौड्याल~ कालो बर्ण, भेडाको ऊन जस्तै घुम्रियको कपाल, अग्लो कद, पातलो सरिर, मौरिले टोकेर सुन्यको जस्तो ओठ। चिसो र स्थिर आँखा। अनुहार सधै निराश कालो बादलले छोपेजस्तो। उसलाइ देखेपछि मन कस्तो कस्तो भयो। अलिकति डर। अलिकति निरासा। “ हेलो! … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : प्रमिश

~शिशिर पराजुली~ बर्सौ पुरानो देखिको मेरो माया अनि केहि समयको हाम्रो माया, ति दिन याद आउँदै थिए । जीवनमा पहिलो पटक कसैको मायामा परेको थिए म अनि त्यो माया सबै भन्दा प्रिय थियो । समय यस्तो थियो कि मेरा अरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : श्रद्धाञ्जली

~जीतबहादुर कटुवाल~ सिमलको रुखमा चराको कल्याङमल्याङसँगै वसन्तीको निद्रा खुल्यो । सँगै सुतेकी छोरी मस्तसँग निदाइरहेकी थिई । ठ्याक्कै बाबुकै अनुहार लिएर जन्मेकी छे । अब त छोरी पनि ठूली भई । लोग्नेको घर जाने दिन पनि धेरै छैन । उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माया

~प्रभा पोखरेल ‘स्वेशा’~ उ होस्टेलको झ्यालबाट बाहिर हेरिरहेकी छ। सिमसिम पानी, यो ऋतु अनि बहिरका बेमौसमी फुलहरु, हल्का चिसो-चिसोले आनन्दको अनुभुति दिइरहेछ, उ आफैंलाइ अङ्गालो मार्छे अनि आखा चिम्म गर्दै एकहुल मानिशहरु बसिरहेको चियापसललाइ हेर्छे। आ..मान्छेका मगजै तातनेगरी चर्केको घाम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राक्षस

~अल्पविराम~ हिजो आज मेरो पांच वर्षको नाती मसंग सुत्न मन पराउन थालेको छ / नाती मसंग सुत्न थालेदेखि मैले पनि छुट्टै खालको आनन्दानुभूति गर्न थालेकी छु / मेरो श्रीमानको देहावसान पछि छोरा बुहारी र नाती भए पनि मलाई एकाकिपनको अनुभूति … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अन्याय

~अर्जुन थापा~ राहत बाँडी रहेको छ भन्ने थाहा पाएर चाँडो चाँडो त्यतैतिर दौडिन्छ ऊ । “दाई यो पटक त जसरी पनि राहत मिलाईदिनु पर्‍यो ।” दुई हात जोड्दै भन्छ ऊ । “ल्याईस् त नागरिकता अनि मिलाईदिनु मैले तँलाई राहत ?” … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : घोडा

~विमला तुम्खेवा~ “घरमा लोग्नेमान्छे छ भन्नु मात्रै आडभरोसा केही छैन, आएदेखि बजारको बजार”, रिकुटेनीको चर्को स्वर घर बाहिरै निस्कियो । भगवतीप्रसाद टुप्लुक्क देखा परे, “हि र केजक र वा अयक्मै ? रिकुटे हो र पेगा ?” ‘दाजु सेवारो, जैले–तैले गाउँघर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एकादेशकी सुजिमा

~दिल थापा~ उसको स्वर चिन्न सकिन । धेरै वर्षपछि सुनेर होला । एकदम नौलो मान्छेको जस्तो लाग्यो । एकछिन त हेलो मात्र भनेर फोनलाई कानमा टाँसि रहे। उसले पनि हेलो भन्दा अर्का बोली निकाल्न सकिन्न । मलाई आजकाल धेरै बोल्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मखुन्डी

~प्रयास लामा~ “ओई त्यो केटीले त हामीलाई हेरिरहेको जस्तो छ हेर त।” कुईनोले मलाई कोट्टाउँदै टासीँले भन्यो। “आ छोडन भाई, स्वाट्ट पारी हालन् घर जानु ढिलो भैसक्यो।” सम्झाउने सुरमा त्यसलाई भन्दै थिए तर मेरो आखाँ भने त्यसले देखाए तिर नै … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment