Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : रणमाया

~प्रयास लामा~ “आज साझँपख सडकै सडक पर सम्म हिडेर पनि आउनु पर्यो र यसो ठुलो छोरालाई पनि फोन गर्नु पर्यो।” त्यस दिन रणमायाले बाहिर बरण्डामा घाम तापि रहेको प्रणयलाई चिया दिदै भनेको थियो। शहरमा किराया घर लिएर बसेको रणमायाको कान्छा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आइडिया

~गोरखबहादुर सिंह~ “बिग्रिएको दुई महिना भइसक्यो धाराको एउटा टुटी पनि फेर्न सकिएन । दिउँसो क्याम्पस, साँझ बिहान ट्युसन एउटा शनिबार केके मात्रै गर्नु ?” आँगन छेउको धाराबाट छताछुल्ल पानी बग्दै गरेको देखेपछि क्याम्पस जान निस्केका हिराकाजी एक्लै भुनभुनाए। “ठूल्बाबु!” उनले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पश्चाताप

~सोनु कुमार सुनार~ हरियालाल गाउँको पुंजीवाल मानिस थियो गाउँमा सबैभन्दा उसको सम्पति बढि थियो उसका दुइवटा छोराहरु गलेन्द्र र खलेन्द्र थिए । उसले आफ्नो छोराहरुलाइ कुनै पनि प्रकारको अभावको महशुस हुन दिएको थिएन । उनिहरु पनि बाबुको प्रशस्त सम्पतिमा रमाइ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोक

~हरिप्रसाद भण्डारी~ उसको खाली पेटमा दुईचार घुट्की रक्सी परेपछि माथि टाउकादेखि नै उसको शरीर झम्झमाउन सुरु ग¥यो । रक्सीको नसासँगै उसको मन पनि तरङ्गिदै गइरहेको थियो र ऊ भावुक हुँदै गइरहेकी थिई । उसको अगाडि रहेको गिलासबाहेक अर्को साथी कोही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिकित्सकको बाबु

~भीम राई~ ‘मम्मी ! बाई बाइ !’ थरथर काप्दै उसको मुखबाट निस्केको एउटा अस्पष्ट शब्द हावाको गतिसँगै उडिरहेको थियो । शब्दले राम्ररि पुर्णबिराम लिन नपाउदै आफ्नो प्यारी मम्मीलाई गर्ल्याम्मै अङ्गालो हाल्यो । पाँचसेकेण्ड जति अङ्गालोमा बाँधियो, त्यसपछि छुट्टि हाल्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानुमाया

~दिलिप पौड्याल~ “दैबको लिला हो भाई। कसैले टारेर टर्दैन। यस्तो होला भन्ने कल्ले जानो र ! जानी यहि बसे पनि गएकै छन्। सबैले आ-आफ्नो पिठो खानी हैच। धेरै सुर्ता नलिनुस”, धनेले लालबहादुरको हात समाउदै भन्यो। दुबैजना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बाहिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : लेखन

~रवीन्द्र तिमसेना~ “माननीयज्यू यस पटकको लेखन पुरस्कार मलाई दिलाइदिनुपर्‍यो,” चन्द्रमानको कुरा सुनेर माननीयले आँखीभौं खुम्च्याए । “तपाईं माननीय भएको वेला यति त गर्नैपर्‍यो नि,” माननीयले बोल्न नपाउँदै चन्द्रमानले हक जमाउन खोज्दै थपिहाल्यो । “लेखन पुरस्कार नै पाउने गरी तपाईंले के … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : किष्णे

~प्रयास लामा~ किष्णे त्यसको सबैले बोलाउने डाक नाम । शीतकालीन बिदा सकेर बिध्यालयहरू पुनः खोलिने तरखरमा छ। त्यसलाई भने बिध्यालय चाडोँ खोलियोस र नयाँ कक्षामा जाउँ जस्तो भईसकेको हो। पुरानो सेकेण्ड हेण्ड किताबमा नयाँ खोल हाल्यो त्यसले र डोरेमोनको नक्शा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो जात्रा, अनि त्यो जात्रा

~बिक्रम भक्त जोशी म बस्ती बाहिर बस्थेँ । तर केही समय भो, बसाईँ सरेको । अहिले म शहर भित्रको पुरानो बस्तीमा बस्न आएको छु । इन्द्रचोकबाट आकाश भैरव मन्दिरलाई देब्रे पारेर उत्तरतिर लागे भेडासिङ पुगिन्छ । त्यहाँबाट देब्रे मोडेर पश्चिमतिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समुद्र, अरक् र अरूणी

~मधुवन पौडेल~ समुद्र ! मलाई समुद्र भन्नासाथ केटाकेटीदेखि नै निकै मन पथ्र्यो र समुद्रका कुरा चाखले सुन्न मन लाग्थ्यो । त्यो समयमा आफुले समुद्र देख्न पाउने कुरा पनि भएन ! एकाध पल्ट आमाले कान पाक्दा समुद्रको फीँज भनेर एउटा केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेरे ढक

~छेवाङ योञ्जन~ ‘‘जानेहरू बितेर गई त हाले, अब सरापेर के नै पो हुन्छ र?” बुद्धिमानकी श्रीमतीले तनाउपूर्ण भावमा भन्दै थिइन्, ‘‘भए पो भेटिन्थ्यो। हुँदै नभएको चिज कसरी भेट्ने?” बुद्धिमानले भएभरको सामानहरू खोतलेर घरै भताभुङ्ग बनाइसकेका थिए। ताकमा भएका नानीहरूका खाता-किताब … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यसपछि फुलेन गोदावरी

~महेश पौड्याल~ हाम्रा घरमा कुनै पनि चाड विषेशमा अनिवार्यतः उपस्थित रहने पाहुनामध्ये एक थियो पुङ्गिन । हामीले दिवङ्गत भतिजाको स्मृतिमा गोदावरीको एक बगैंचा बनाउँदैगरेका बखत पनि ऊ हामीसँगै थियो । जब त्यो सम्पूर्ण बगैंचा पहिलोपल्ट फुलर आफ्नो कुमारी वैंशको वसन्तमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ आयाम

~मधुश्री~ “आमा मेरो जरुरी वैठकमा जानु छ । महिला अधिकारबादी र हाम्रो महिला संगठनको सहकार्यमा धेरै काम गर्नु छ । त्यसैको सुरुवात हो आज । बेलुका अलि ढिलो हुन्छ कि घर आईपुग्न । उहँलाई पनि मैँले भनेको छु ।” दिब्या … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सनक

~मनीषा गौचन~ हो, म उसको हत्या गर्ने निर्णयमा पुगेको छु । यसका कारणहरू निम्न छन्,  उसका आँखा उसका आँखाले आक्रमण गरेको पहिलो दिन, पूर्वमा घाम पहेँलो पहेँलो भएर उदाउँदै थियो । अस्पतालको क्याबिन नम्बर २०८ मा म मेरी बिरामी आमाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रानी

~शिशिर पराजुली~ भाग-१ आकाशले भरखरै घुम्टो खोलेको छ । क्षितिज बाट पनि भरखरै वास्ना ओर्लेको छ । म एकैछिन अघि गोधुलीको यात्रामा निस्किएको थिएँ । अहिले साँझ छिप्पिदै जाँदा म आफ्नो कोठामा फर्किसकेको छु । म गोधुलीको यात्रा बाट फर्कँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यसपछि उसले काफ्कालाई भन्यो 

~राजव~ कतैबाट उसलाई फ्र्यान्ज काफ्काले हेरिरहेको रहेछ । ऊ भिसा काउन्टरको क्लर्कको कुरो सुन्दै थियो । अमेरिकी भिसाको लागि यो उसको सातौँ प्रयास थियो । काउन्सलरको क्लर्कले उसलाई पहिले जे सुनाएको हो त्यही सुनाइरहेको थियो, ‘तपाईं अमेरिका जानुपर्ने कुनै कारण देखिएन, सरी ।’ ‘घुम्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संयोगान्त

~अश्रु सिन्धुलीय~ १. सामान्य बेलामा जस्तो छैन उनको चालढाल। अनुहारमा चमक छ र हिँडाइमा फुर्ती पनि। लुगा पनि विहेमा लगाउने जस्तो चमकदार र विशेष लगाएको पाएँ। अनि छोरी पनि सँगै छन्। उनकै छोरी भनेर त अनुमान मात्र गर्ने हो किनभने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विज्ञान

~डा. विदुर चालिसे~ परीक्षाकाे सङ्घारमा पुस्तकका पाना पल्टाइरहेका बेहाेसी दुई छात्राहरूमा किताबी ज्ञानभन्दा मनाेगत लेपनमा वरिपरि घुमिरहेका दृश्यहरू झल्किरहन्थे । उनीहरूमा एक अापसी रूपमा रहेका खास लज्जा भन्ने कुरा काेठाका वरिपरि सकिएका थिए ।उनीहरू मनमाैजी पाराले बाेलिरहन्थे । सुन्ने काेही … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कोरोनाका छाप

~राजव~ डेभिडको छाया आफ्नो घरको लनअगाडि ठिंग उभिएको छ । कुनै बतासले उसलाई यहाँ भर्खर ल्याएर छाडेको थियो । मध्याह्न सुरु हुने वेला छ । हिमआँधी र कठ्यांग्रिने दिनका डिप्रेसिभ चिसो महिनाहरू बितिसकेका छन् । ढल्दो मे महिनाको दिन हो । मन रमाउने दिनहरू सुरु भएका छन् । आकाशको रंगमा कुनै दखल छैन । धर्तीमा घामले पूरै विस्तार पाएको छ । म्यापल, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : महत्वाका‌ंक्षा : विनाशको प्रतीक

~कृष्ण धरावासी~ हाम्रो तिर्खा मेट्नका लागि हैन, नत्र त पानीले घाँटी भिजेपछि तृप्ति भई जाने थियो ; हाम्रो खोजी प्राप्तिका लागि हैन, नत्र त प्राप्तिपछि विराम चिह्न देखिने थियो। त्यसो भए केका लागि त हाम्रो खोजी र तिर्खाहरू ? सायद … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

नैतिक लोक कथा : कौवा र मयूर

~सङ्कलन : अज्ञात~ जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा … Continue reading

Posted in नैतिक कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : डिङ्गो

~विजयकुमार महर्जन~ रामदास उनका बाबुसँग १८ वर्षको उमेरमा काठमाडौं पहिलो पटक गएका थिए चप्पल लगाएर । साधारण किसानको छोरा एस.एल.सी. पास हुनासाथ उनका बाबुले उनी सानै छँदा काठमाडौं डुलाउन लग्छु भन्ने प्रतिज्ञा गरेका थिए सोही अनुरुप उनी काठमाडौं आउन पाएका हुन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुग्री जुलुस

~नवीन विभास~ दाङ । २०७२ भदौ । ‘छोट्का तँ !’ ‘अँ ।’ ‘काँ जान लागिस् ?’ ‘भुरान ।’ ‘भुरान !’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विध्वंस शहरको विधवा

~टंक वनेम~ पाल्म रुखहरुको पातमा बसेर बथानमा उड्ने चराहरु चिर्बिराई रहेका थिए। सन १९८० सालको सेप्टेम्बर महिना हुनु पर्छ। एक बिहान खवर पत्रिका पढेर हुक्काको सर्को गुडगुडाउँदै मेरो बाबा सादकारी साद कड्कनु भयो। दाजु भाई र एउटै धर्ममा सदाशयता नहुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्टारडम

~प्रकाश लामिछाने~ प्रलाद स्कुलले जीवनमा पढाईमा उस्तो तगडा विद्यार्थी त थिएन तैपनि उ कक्षाका डेढसय विद्यार्थीहरुसंग तुलना गर्दा एकसय भन्दा माथि नै गनिन्थ्यो होला । तर उसको पहिचान भने पढन्ता विद्यार्थी भन्दा पनि नेतृत्व र ‘एक्स्ट्रा करिकुलर एक्टिभिटी’ नै थियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती लोक कथा : धामी ठूलो की बोक्सी ?

~सङ्कलन : राजेश राई~ किराँतीहरु धेरै पहिले टुनामुना, जाँदु, जप, तन्त्रमन्त्रमा आदिमा पोख्त थिए । जो टुनामुना, तन्त्रमन्त्र गर्न सक्थ्यो त्यस्ता मान्छेहरुको समाजमा प्रतिष्ठा र ख्याति हुन्थ्यो । उसलाई समाजमा ठुलावडा भनिन्थ्यो । त्यस्तै पारु नाम गरेको एकजना युवक पनि … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : बुद्धिमान ठग

~भूवन तामाङ~ मोर्गन एक मध्यमवर्गीय परिवारमा जन्मेको थियो । ऊ किशोरकालमै टुहुरो भएको थियो । उसले उच्चतहसम्मको शिक्षा हासिल गरे पनि बाबु आमाले जोडिदिएका जमिनमा अन्न र फलपूmल उब्जाएर जीवनयापन गर्दथ्यो । टुहुरा भएकाले उसको मनमा के–के तर्कनाहरु खेल्दथे । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम भेट

~शिशिर पराजुली~ फोन राख्ने बित्तिकै म सरासर तयार भएँ । नाकाबन्दीको बेला थियो त्यसैले बाइकमा पेट्रोल थिएन । एक हप्ता अगाडी दिन भरि लाइन बसेर बल्ल बल्ल एक लिटर तेल हाल्न पाएको थिएँ । त्यो तेल पनि हिजो सक्कियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : निरन्तरता

~गोरखबहादुर सिंह~ योजना छनोटमा परेका विद्यालयलाई भाग्यमानी नै भन्नर्ुपर्छ- विद्यालय राम्रा र सुविधायुक्त महिला शौचालय सुसम्पन्न बने । हुन त योजनाको नामाकरण गरिँदा ‘शौचालय निर्माण योजना’ उपयुक्त र पर्याप्त छ भन्ने विचार नआएको होइन तर महिला विकास पक्षधर दातालाई रसिलो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पलायन

~गोपाल अश्क~ उसले आफ्नो जेठो छोराको बिहेमा सारा सम्पत्ति खर्चने योजना बनायो । घरको पहिलो बिहे धुमधामले गर्ने रहर थियो । पत्नी शशिकलाले त विरोध गरेकी हुन् । तर उसले पत्नीको कुरै सुनेन । उसलाई थाहा थियो, कान्छो छोरोको बिहे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : जीवनसङ्गीनीलाई पत्र

~कृष्ण सेन ‘इच्छुक’~ प्रिय तक्मा सप्रेम असिम सम्झना । अस्ति फोनमा कुराकानी भएपछि खुसी र दुःख दुवैलाग्यो । खुसी यस निम्ति कि लामो समयपछि फोनका माध्यमबाट कुराकानी भयो र भेटघाटको अभवलाई बिर्साइदियो । साथै दुःख भनूँ वा चिन्ता किन लाग्यो … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : अन्तिम इच्छा

~मालिकराम ‘वियोगी’~ धनसेर या चौँतीस मामा र हस्तबहादुर या हस्ते भान्जा गोर्खा भिलेज बस्छन् । उनीहरू नेपालबाट आएदेखि यहीँ बस्दैछन् । एक तले घर छ । सामान्य तरिकाले बारेर कोठाहरू बनाइएका छन् । उनीहरूको साथमा अरु पनि बस्छन् । दुःखले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment