Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

निबन्ध : आफ्नै मानसिक भुमरीहरूको इतिहास

~राजव~ आख्यानको समानान्तर, नाटकको समानान्तर, निबन्धको समानान्तर, संस्मृतिको समानान्तर म कविता पनि लेखिरहन्छु । कविता मेरो सर्जनमनको उग्र बाध्यता हो । बाध्यताको यो लतबाट छुटाउने अहिलेसम्म मेरा लागि कुनै रिह्याव अर्थात् उपचार केन्द्र बनेको छैन । कविताको यो लतले मलाई कथा, उपन्यास, … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : चिसो चिता

~नविन ध्यार~ भिरालो जमिन , भिरमै अडिएको छाप्रो घर र घर भित्र एक जीवन । रगत चुसिएको, पसिना बेचिएको, हासो खोसिएको एक निर्य जीवन । यहि जीवनको पर्तिमुर्ती थियो; श्रीराम बहादुर । गाउलेहरुले उसलाइ श्रीरामे भन्ने गर्थे । गाउमा कसैको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : रिभल्भर

~पुरूषोत्तम ढुङ्गेल~ म एउटा गीतकार प्लस कवि हुँ । हैन यसो भनूँ साथीहरूले कभि कभि कवि कवि पुकार्दा पुकार्दा गरेर साँच्चिकै कवि भएँ कि भन्ने भ्रमात्मक अनुभूतिको अनुभवी हुँ । जे होस् सामाजिक् संजालमा म यहि कारण यस्सो कविताजस्तै केहि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आस्था

~राजेन्द्र सङ्ग्रौला~ विर्तामोडको मुख्य चोक अग्ला र चिल्ला घरहरूले घेरिएको थियो । तर अलिपर खोलाका छेउतिर भने अत्याधिक फोहोर थियो । त्यो फोहोर बाटोमा मान्छे ओहोर–दोहोर गर्न निकै गाह्रो मान्थे । त्यही बाटो पर खोलाका डिलमा एउटा अस्थायी घर थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : खोल

~खेमराज पोखरेल~ म सम्झिरहेको छु, उनी मेरी गर्ल फ्रेण्ड थिइन् त्यो ताका । त्यो दिनको सम्झना आइरहेछ । हामी दुवै यस्तै गधा पच्चीसे हुँदा हौं । हामी दुवै नगरकोटको  होटल सनराइजमा थियौं । त्यो दिन म उनीसँग बेस्सरी पग्लेको थिएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मासग्रेभ

~राजव~ हामी एकसाथ सत्र जना मरेका थियौं । सत्रै जना आइसियुमा थियौं । सबैको नाक, मुख, घाँटीमा भेन्टिलेटरबाट निस्किएको स्वास नली र पाइपहरू जोडिएको थियो । दस दिन हामी आइसियुमा संघर्षरत रहृयौं । र, हिजो एघारौं दिनमा हाम्रो संघर्ष सफल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो घुम्तीपछि

~मिङ लिवाङ~ बाघपुल नाघेर सेवकेश्वरी काली मन्दिरमा गाडी पुग्दा मनभित्र कतै कटक्क बिझायो। सडकमा जाम लागेर गाडीको ताँत लागेको छ। आज आइतवार……दर्शनको निम्ति सिलगडीबाट आएका श्रद्धालुहरुको गाडी र घुइँचोले सडक जाम भएकोरहेछ। “सिलगडीकाहरुले यो ठाउँ पनि बिस्तार-बिस्तार आफ्नो बनाईछाड्यो… मन्दिरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपूर्व रमाइलो एउटा तिहार

~जीवन क्षेत्री~ औंशी हिजै थियो तर अन्धकार आज पनि उत्तिकै थियो । ब्यारेकमा आज महिनौंपछि पहिलो पटक स्यालको रक्सी आइपुगेको थियो । बाहिरबाटै झिकाएको मृगको सुकुटीसित त्यो रक्सी खाएर मेजर रणसिंह शमशेर जबरा सुतेको थियो तर निद्रा आउने नामै लिइरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गुरुङ लोककथा : वोम्लु

~सङ्कलन : छम गुरुङ~ उहिले शिकार जुगमा, यो संसारमा मरेको र जिम्दो मान्छे सँगै एकै बाटो हिँड्थे, शिकार खेल्थे, सुत्थे पनि सँगै। को मरेको को जिम्दो फरक छुटिँदैनथे, मृत्युको खासै अर्थ थिएन। साप्ता र सिप्ताबीच ङेँनढुक (बिहेकुटुम्ब) हुन्थ्यो। साप्ता ढुङ्गाबाट … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

व्यङ्गय : छिप्पेको प्रेमकथा

~कृष्ण शर्मा सुमु~ अब हेर्नू न, प्रेम कथा त हजुरले ईतिहास देखि वा भगवानको पालामा पनि अवस्य सुनु भयो, कथामा पक्का पनि। फेरि आजकलको झरी च्याउ जस्तो प्रेम कथा पनि नाला,मैदान,खोलातिर,पुल पुलिया,गार्डन् ,आदिमा देख्नु भयो वा कुनै फिल्ममा अवस्य हेर्नू … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : नाता

~मोहन अधिकारी~ “दुख दिन्न बाटुली दुख दिन्न ! मैले भनिहालें नि ! तिम्रा यी दुई छोराले मलाई कहिल्यै झडकेलो बाबु भनेर सोच्ने नै छैनन्।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मध्यरातको कथा

~सुरञ्जन घिमिरे~ उसको शरीरमा बेग्लै कामुकता थियो र ओठमा अर्कै मादकता । लाग्छ, ऊ कुनै अर्कै ग्रहकी युवती हो । तर उसबारे यस्तो कल्पनातीत विचार राख्नु आफैंमा मुर्खता हुन जाला । यस्तो विचारले उसको श्रृङ्गारीक प्रभावबाट म प्रभावित हुन नसकुँला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : लाप्चा पुरोहित

~सङ्कलक: इमानसिंह चेम्जोङ~ भगवानकाे काम सृष्टिमा मात्रै सीमित हुन सकेन । उनलाई सृष्टि गर्नुका साथै आफ्नो सृष्टिको सुरक्षाका लागि अरुअरु काम काम गर्ने गरुरत पनि पर्यो । यसका सम्बन्धमा रुचिकर कथा पाइन्छ । सुरुमा आकाश, पृथ्वी, समुद्र, सूर्य, चन्द्रमा, तारा, … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : आगो र पानी

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ सृष्टिको प्रारम्भिक कालमा सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाङले पृथ्वीका सम्पूर्ण प्राणीहरूका भलाइका लागि आगो र पानीको सृष्टि गरे । एक दिन आगो र पानीका बातचितमा तँ ठूलो कि म ठूलो भन्ने कुरामा ठूलो झगडा भयो । आगोले पानीलाई … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

किराँती दन्त्यकथा : धाननाचको उत्पत्ति

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ प्राचीनकालमा लिम्बू किरातीहरू जङ्गलमा फलफूल तथा कन्दमूल खोजेर पशुपन्छीको सिकार गरेर आफ्नो जीविका चलाउने गर्दथे । खेतीपाती गर्न नजानेको हुनाले उनीहरूलाई अन्नका बारेमा केही पनि थाहा थिएन । सधैँ जङ्गलमा फलफूल तथा कन्दमूल खोज्न जानुपर्ने र सिकार … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : परदेशी वर

~धर्म सापकोटा राजु~ खासमा विनोदमा जम्माजम्मी दुईटा कुराहरू मात्र मैले खोजेजस्ता भेटाएकी थिएँ । तर यिनै दुईटा कुराहरू नै मैले उसलाई मन पराउनका लागि पर्याप्त भए । पहिलो कुरा ऊ र उसका सम्पूर्ण परिवार विदेशमा बस्थे, दोस्रो उनीहरू, हामीहरू र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पूँजी

~डा. पुष्करराज भट्ट~ ऊ कामबाट फर्केर कोठामा के फर्केको थियो, घरबाट फोन आयो, “मलाई त कोरोना लागेको छ, छिट्टै घर आउनुहोस् ।” श्रीमतीको फोन आएसँगै ऊ अत्यन्त आतियो । भोलिपल्ट बिहान काम गर्ने ठाउँको कम्पनीको मेनेजरसँग विदा माग्यो। ”अहिले विदा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : साइनो

~दुर्गा कार्की~ लमजुङ तुर्लुङकोट ….. सररर हावा चल्यो लाँकुरीको बोट ….. पिंढीको थाममा झुण्डिएको रेडियोमा बीमाकुमारी दुराको सुरिलो स्वर बाटोसम्मै सुनियो । तगारो खुल्लै थियो । घाम तापिरहेका बाख्राका पाठा मदेखि तर्सिएर बुर्कुसी मार्दै आमा भएतिर गए । गोठको माउ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिक्रीमा एउटा खाट

~महेन्द्र महक~ तपाइँ विवाहित हो वा अविवाहित? विवाहित हो भने यस कथाको मार्मिक अन्त्य अन्तर्बोध गर्न सहज हुनेछ। खैर, पूँजीवादले बजारमा उपलब्ध गराएका ‘विवाह’का विकल्पहरुको स्वर्गीय अनुभव गर्नुभएको छ भने यो कथाको गहिराई नाप्न सक्नुहुन्छ। पाठक महोदय! तपाइँ विवाहित हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : थुक

~कृष्ण बजगाईं~ उसलाई एक हुल मानिसले खुब पिटे । उसलाई पिट्ने र मूकदर्शक भएर रमिता हेर्नेबाहेक त्यहाँ तेस्रो पक्षको उपस्थिति थिएन । पिटाइले ऊ घाइते भएको थियो । उसलाई अस्पतला लैजानु पर्दथ्यो । तर त्यस हिंसक हुलले उसलाई गाउँको प्रहरी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लोक नैतिक कथा : कालिदास र सरस्वती

~सङ्कलन : अज्ञात~ कालिदास एकपटक भ्रमणको क्रममा एउटा गाउँमा पुगे । उनी एकदमै तिर्खाएका थिए । एउटा घरको ढोकामा पुगेर उनले पानी मागे । ढोका उभिएकी एक युवती र ज्ञान हासिल गरेर चर्चित भइसकेका कालिदासको बीच रोचक संवाद भयो । … Continue reading

Posted in नैतिक कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : बार्दलीको एउटा अनुहार

~महेश पौड्याल~ अरु बिसौनीमा दुई मिनेट रोक्ने बस ओखारपौवामा दस मिनटभन्दा पनि बढी रोकिन्थ्यो । यात्रुहरू ओर्लने र चढ्ने काम सकिएपछि पनि चालक गाडी कुदाउने सुर नै गर्दैनथ्यो । नयाँ नयाँ भएको हुनाले सहचालक चालकसँग खासै कुरा गर्दैनथ्यो । ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कुसंस्कारप्रति आभार

~धीरेन्द्र प्रेमर्षि~ आज अचानक मलाई मेरो संस्कारप्रति गर्व हुन थालेको छ। हिजोका दिनमा हाल मैले मिल्काइसकेका कतिपय संस्कारहरूमा कु जोड्ने गरेका मेरा शुभचिन्तकहरूको मथिंगलमा कान्छो छोरोलाई अह्राएर सू गराइदिन मन लागेको छ। त्यस्ता थुप्रै संस्कार, जसलाई मैले साथीहरूको लहैलहैमा लागेर … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : ओसिस

~नव सापकोटा~ कला गोष्टीमा रमेशले केही दिनअघि आफूले पढेको अङ्ग्रेजी लेखकको एउटा मरुभूमिको निकै राम्रो कथा राम्ररी वर्णन गऱ्यो। श्रोताहरूमध्ये मनोजले साह्रै चाख लिएर सुनेको थियो। अन्तमा उसले त्यस कला वर्णनमाथि केही जिज्ञासा पनि राखेको थियो। यथार्थमा त्यस कथाले उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आडम्बर

~आन्विका गिरी~ पात्र परिचय: १. लिंग – महिला उमेर – पच्चिस वर्ष शिक्षा – स्नातकोत्तर पेशा – विध्यार्थी पहिरन – साधारण आधुनिक पहिरन पाइन्ट र टि-सर्ट कपाल छोटो, रंग गोरो, स्वाभिमानी विचारधारा नाम थाहा नभएपनि हुन्छ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसानघाट

~सन्जु बजगाईं~ समयमै हरेक काम गर्न सकियोस् भनेर कोठैपिच्छे घडी राखेकी छु घरमा। संसारलाई समय तोकिदिने गि्रनविचसँग खेलवाड गर्न मनाही छ, यो बेलायती सहरमा। त्यसैले हतारिँदै तयार भएर बस चढ्यौँ, आमाछोरी। बस उही पुरानै बाटो भएर गुड्न थाल्यो। जुलाई र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रधानमन्त्रीले जुँगा ट्रिम गर्नुभयो

~कुमार नगरकोटी~ वसन्तपुर दरबार स्क्वायर । प्रातः बेला थियो । घाम उदाइसकेको थिएन । दरबारक्षेत्रको एक भागमा एउटा पलङ थियो । पलङछेवै कमोड थियो । कमोड छेवै बाथ–टब थियो । बाथ–टब छेवै यामानको पित्तले गाग्री थियो । गाग्रीछेवै ड्रेसिङ टेबल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : माइन सेबोटेज

~नन्दलाल आचार्य~ ‘ए जामुनजी, हडबड नगरौँ । गडबड हुन्छ । माथिको आदेश पखौँ । अनि, जे गर्नुपर्छ, गराँैला ।’ श्यामजीको चेतावनीलाई वेवास्था गर्दै भनेको थिएँ, ‘माथिको आदेशले त हामी बिग्रियौँ, भत्कियौँ । टाउकामा कात्रो बोकेर हिँडेपछि जनताको काम गर्ने हो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : गने यसरी गणबहादुर बन्यो

~लक्ष्मीप्रसाद देवकोटा~ यस बर्ष खडेरी परेको थियो । आकाश दाता छ । धार्मिक जनता स्वर्गको भरमा अडेको छ । माथि देवताको महफिलमा कुन्नि के खित्रिक्क पर्न गयो । शायद कुनै क्रान्तिकारी दानवले खरो वचन बोल्यो होला । देवताहरूले नागहरूलाई इशारा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुराँस

~सुरेन उप्रेती~ आज गुराँसको जन्म दिन । गुराँसले पच्चिसौं वसन्त पूरा गरेर छविसौ वसन्तमा प्रवेश गरेको दिन । उनी नामजस्तै सुन्दर छिन् । उनलाई कुनै कृत्रिम लालीको जरुरत पर्दैन । उनका गालामा गुराँसको रंग फक्रिएको छ। उनका निर्दोष आँखाहरूले हरिणका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बूढो वरको रुख

~सुरेन उप्रेती~ हेर पीपल ! तिमी र म यो चौतारीमा बसेको पनि युगौं भए जस्तो लाग्छ । ती प्रेमप्रसादका हजुरबाले बाआमाका नाममा चौतारी बनाएका थिए । मानिसहरू उकालीओराली गर्दा थाकेपछि  वरपीपलको छहारीमा बसेर सुस्ताउन पाउनेछन् र आशीर्वाद दिने छन्। त्यही … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सबै खाइदिन्थे

~सदानन्द अभागी~ नानीमैयाँ उमेरले सत्तरी काटेकी छन् । उनको श्रीमान वितेको करिब दशबर्ष भै सकेका छन् । एउटा छोरा थियो त्यो पनि दुर्घटनामा परेर मर्‍यो । घरको नाममा एउट सानो झोपडी नानी मैयाको श्रीमानले तयार पारेर छोडेको थियो । शरिरमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment