Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : डमी

~कृष्ण ढुङ्गेल~ जागिरमा मनोजको पहिलो दिन । काम हार्डवेयर पसलमा पाएको छ, तीनकुनेमा । त्यही पनि टाढाका नाता पर्ने एकजना दाइले खोज्देको । ती दूरका दाइले चाहेका भए मनोजलाई आफ्नै अफिसमा काम दिन सक्थे । वा, राम्रै ठाउँमा काम लगाइदिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परालकाे आगाे

~गुरुप्रसाद मैनाली~ (स्थान: चामेको घरको आँगन। छेउमा जूठेल्ना र अर्कोपट्टी भैंसीको गोठ छ। समय साँझ पख। चामे खेतमा काम गरेर लखतरान भई धुस्रे-फुस्रे भएर कोदालो भितामा सिउरिएपछि टोपीले निधारको पसीना पुछदै पिढ़ी टुसुक्क बसेर तमाखू बेह्रेर सल्काउंदै स्वास्नीलाई कराउंछ।) चामे: … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : हिमालय पर्वत कसरी बन्यो ?

~सङ्कलक: इमानसिंह चेम्जोङ~ सृष्टिको सुरुमा पृथ्वी थिएन अरे । पानी मात्र थियो अरे । अनि भगवानले पोरोमियोम्फमीलाई पृथ्वीको सृजना गर्ने शक्ति प्रदान गरी भगवान्को चित्त बुझ्दो पृथ्वी बनाउनू भनी आदेश दिए अरे । पोरोमियोम्फामीले आफ्नो शक्तिद्वारा पानीको फेदमा मुसेखा सेखानानामक … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : मट्ठु

~खेमराज पोखरेल~ म सम्झिरहेको छु त्यो निकै वर्षअघिको दिन । ती दिनमा म बाबाजी भएर घुमन्ते जीवन यापन गर्दै थिएँ । म बाबाजी बन्नुमा पनि एउटा कथा थियो । एउटा व्यथा थियो ।कुरा के भने त्यो वर्ष मैले इतिहासमा एमए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माहुरी, फूल र मान्छे

~आनन्द पौड्याल~ एउटा घनघोर जंगलमा माहुरीको ठूलो घार हुन्छ । हजारौ माहुरीहरु त्यस घारमा बस्छन् । माहुरीका विभिन्न जात हुन्छन् । विभिन्न भौगोलिक अवस्थिति अनुसारका फूलमा सुगन्ध तथा अन्य प्रकारको भिन्नता हुन्छ । तिनीहरु पनि विभिन्न जात जातिका ठूला साना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमाक्षा

~अज्ञात~ उसले सान्त्वनाका भावुक शब्दजाल ओछ्यायो- “उसको सोचाइ आफैँमा गलत थिएन, ऊ आफ्नो ठाउँमा ठीक छे ।” अरूणिमाप्रति उसको सान्त्वनाको चाङ थपिँदै थियो- “हो ! वास्तवमा ऊ ठीक छ । उसको सोचाइ पनि विल्कुलै सही छ तर मैले त्यसतर्फतत्काल केही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा हराएको गन्तव्य

~शिशिर पराजुली~ भाग : १ “तिमी आखिर यस्तो किन छौ ?” “तिम्रो मुटु अरुको भन्दा फरक किन छ ?” “यस्तो पापी सन्सारमा तिमी कसरी अरुको मुहारमा हाँसो ल्याउन खोज्ने बन्यौ ?” उ यस्तै बर्बाराउँथी मेरो अङ्गलोमा बाँधिएर सिद्धपोखरीको छेउमा बस्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : प्रार्थना

~हरिप्रसाद भण्डारी~ ऊ समाजसेवी थियो । आफ्नो भन्दा पनि दुनियाँको भलो चिताउँथ्यो । कसरी दुनियाँमा शान्ति कायम हुन्छ र मानिसहरू चिरकालसम्म सुखले बाँच्न पाउँछन् भन्ने चिन्ता गथ्र्यो । बिहान सबेरै उठ्यो, नुवाइ–धुवाइ गरी सफा लुगा लगायो र मन्दिरअगाडि गएर प्रार्थना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मायाकाे डोरी

~भावाना लुँईटेल ~ आईतबारको दिन । अङ्ग्रेजीमा ‘सनडे’ । ‘सनडे’ भएकाले नै होला घमाइलो थियो। भएकी मिल्ने साथी पनि उसको पुर्ख्यौली घर गएकी थिई। कोरोनालेगर्दा बजारमा निस्कन पनि डर थियो सेनिटाईजर हातमा नदली हुँदै नहुने । आमा र म बजार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : सेतेसँग म

~गोपाल विरही~ (१) मर्नुअघि, जब ऊ सबैलाई छाडेर जानका लागि छट्पट्–छट्पट् गरिरहेको थियो, मेरा मनमा एउटा कुरा आयो अचानक । म डाक्टर भएको भए उसलाई बचाउने थिएँ । वास्तवमा ऊ जतिबेला आफ्नो प्राणत्याग गर्ने अवस्थामा आइपुगेको थियो, मलाई डाक्टरहरु निकै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साक्षात अनुभूति

~दीपक कुमार ज्ञवाली~ साक्षात अनुभूतिले देश र समाजको चित्रण गर्दैन भन्नु आफुले आफैलाई ढाँटे सरह हुनेछ । एकदिन बिहानको समयमा मेरो समिपमा एउटा परेवा आएर घुँर घुँर घुँर गर्दै आबाज निकाल्यो । स्वाभाबीकरुपमा मेरो दिमागमा यसले चारा मागेको होला भन्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुनासो

~कृष्ण धरावासी~ बिहानी प्रभातको पहिलो झुल्कोले नै हिमश्रृङ्खलामा एक अनुपमता दर्शाइरहेको थियो । डाँफे पनि त्यो अलौकिक दृश्यमा अनुपम आनन्दको अनुभव गर्दै नाचिरहेको थियो । साथै आजको यो महान दिनको सूचना लोकलाई दिइरहेको थियो । ऊजस्तै अलिक तलतल हरिया वनभरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दबाव

~लक्ष्मी गाइजू~ २०७७ सालको एसइईको नतिजा प्रकाशन हुनेबित्तिकै दिपेशलाई बधाई र शुभकामना दिने जमातको ओइरो लाग्यो । दिपेश पनि निकै खुसी भयो, किनभने जिन्दगीमा कहिले नपाएको नतिजा उसले एसइईमा पाएको थियो । ‘ए’ आएको खुसीयालीमा ऊ छरछिमेक, इष्टमित्र, आफन्त सबैलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : साहित्यकार स्वर्गीय श्रीमती कमला आँशुका कृतिहरू

~अज्ञात~ सेतो गुलाफ-कथासंग्रह सन् 1995-मा प्रकाशित सन् 1970 कै दशकमा विभिन्न पत्र-पत्रिकामा उनका विभिन्न लेख, लघु कथा आदि प्रकाशित हुँदै आएको भए पनि पुस्तकाकारमा हिमगिरि प्रकाशन, गान्तोकबाट सन् 1995-मा उनको पहिलो कृति कथा संग्रह सेतो गुलाफ प्रकाशित भएको थियो। यो … Continue reading

Posted in नेपाली कथा, लेख | Tagged , | Leave a comment

किराँती लोककथा : वालिङहाङ

~सङ्कलक: शिवकुमार श्रेष्ठ~ अहिले माझकिरात हतुवा गढीमा बसेर एक प्रतापी किराती राजा शासन गर्दथे । उनको नाम वालिङहाङ थियो । उनले रैतीको मदतबाट हतुवामा ठूलो बनाएका थिए । उनले अरूण, दूधकोशी र हिमाल साँध कायम गरी शान्तिपूर्वक रैतिलाई सुखभोग गराएका … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : मान्छे हराएको सूचना

~खेम बतास~ ताराले खलो झाडिरहेकी धौलीलाई भनेकी थिइ, ‘धौली अब त ठुली भैगै, आफ्ना हड्म्मो कहिल्यै हेरेको छई ।’ एकान्तमा उसले पुरै शरिर हेरेकी थिइ । तर इजाले भनेको चाहि के हो बुझेकी भने थिइन । अर्कोदिन, ताराले फेरि भनेकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रमा

~भवानी भिक्षु~ कुनै नराम्रो काम भएको थिएन । मस्तिष्कविज्ञान र शरीरविज्ञानले त भन्छन् ‘बिलकुल स्वभाविक’ अगाडिको कुरा म जान्दिनँ । ‘रमा’ सम्मानित बाबुकी, सम्पन्न र मर्यादाशील कुल– परिवारकी छोरी । पढेकी, लेखेकी, गृहकार्यमा निपुण । उमेर बीस, बिहा भएको थिएन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नक्कली नक्कलपुर

~कृष्ण बजगाईं~ राज्यको यात्रा होला भनेर उसले सोचेकै थिएन । हिँड्दै जाँदा कहिले नसुनेको नक्कलपुर पुगेको थियो । नक्कलपुरको नक्कली रूप देखेर क्षणभरमै मोहित भयो । उसका चंचल आँखा र उत्सुक गोडाले संयक्त रूपमा नक्कलपुर चहारे ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बर्थडे

~सुरेन उप्रेती~ नभेम्वर महिना लाग्न नपाउँदै जाडो बढेर रुखका पातहरू सबै झर्छन् । सबै पातहरू झर्ने भएकाले नै यो सिजनलाई फल भनेको होला । शान्ति मन मनै गुनगुनाउँछे । क्यानडाको राजधानी भएर पनि यो अटोवामा एउटा पनि मेट्रो छैन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जन्मदिवसमा तागामत चिन्तन

~मिङ लिवाङ~ आफ्नो सयौं जन्मदिन मनाएको केही दिनपछिको घटना हो यो । त्रासदी के भयो भने मैले राजनीतिक दाउपेच र नर्क साहित्य अकादमीमा आफ्नो लबी चलाएर अनि रुवाबासी गरेर जान-पहिचानको फाइदा उठाएर बलजफ्ती साहित्यमा किरातेश्वर पुरस्कार हत्याएपछि नर्कमा निकै खैला-बैला … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अनुसूया

~माधव सयपत्री~ म होटेलभित्र छिर्दा त्यसले आफ्नो अनुहारको आँखामुनिको भाग निलो सलले छोपेकी थिई । आँखैले त्यो युवती ग्राहकसित कुरा गर्थी । आवाज निकाल्दिनथी । सोचेँ ‘अचम्मकी यो युवती साहुनी होली कि कामदार ?’ होटेलवाल्नी ऊ नै रहिछे । ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तामाङ लोक कथा : बुद्व र कुखुरा

~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~ भगवान बुद्व धर्म-ज्ञानको प्रचारमा देश-देशावर पुगेर विभिन्न उपदेश दिनुहुन्थ्यो । यसरी धेरै गाउँ-ठाउँ परिभ्रमण गर्दै दिन बिताउँदै आउनुभएको थियो । यसै क्रममा जीवनको उत्तरार्द्वतिर बुद्वका खुट्टामा कुष्ठरोगको घाउ आयो । घाउले गर्दा धर्मदेशना … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : शहरको मान्छे

~नेकी धनेन्द्र~ क्षितिज मात्र देखिने गरि वसाइ सरेपछि पहाडहरुको रमाइलो अनि मिठो स्वच्छ हावा पानीको वातावरणलाई कसरी अनुभुत गर्न सकिन्थ्यो र ? झन त शहर कस्तो पापी हुन्छ त्यसमाथि पनि खान लाउन नपाएर यहाँ पुगेका मान्छेको गति कस्तो हुदो हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : फूलको उत्पत्ति

~सङ्कलक: इमानसिंह चेम्जोङ~ अघि संसारको सृष्टि भइसकेपछि क्रमश : भीर, पहरा, डाँडाकाँडा, पहाडपर्वत तथा नदीखोलाहरू पनि बग्दै गए । पोरोमियोम्फनी महादेवलाई त्यत्तिले पनि साह्रै सुनसान लाग्यो । तिनले पृथ्वीलाई गुञ्जायमान बनाउने इच्छाले समुद्रको खस्रो बालुवा जम्मा गरेर आफ्नो महाशक्तिद्वारा सानो, … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : टुकीफूल

~अन्वेश राई थुलुङ्ग~ छुट्टिदै गर्दा हल्लिरहेको हात । माथिसम्म उठेर उमंगपूर्वक । अनि ती हल्लिरहेका आत्मिय हात मेरो मनको बगरसम्म पानीका शीतल छालजसरी भिजाइरहेका थिए । अनि त्यहि हातको सीधा मुनि थियो गुराँस फुलेजस्तो मुस्कान बोकेका ओठहरू । यदि जिन्दगी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सिट्ठी

~दुर्गा कार्की~ झम्के साँझमा सीमा डेरामा आइपुग्दा घरबेटीले भित्रबाट गेटमा साँचो झुुन्ड्याइसकेका थिए । वरपर केही झ्यालबाट आएको प्रेसरकुकरको तिखो सिट्ठीले परिवेशको चकमन्नता आभास गराउँथ्यो । पर कतै घ्यारर्र सटर तानेको आवाज पनि सुनिँदै थियो । सधैँको भीडग्रस्त र अस्तव्यस्त काठमाडौं त्रस्त र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रारा र चन्दन

~बखतबहादुर थापा~ २०४६ सालको बहुदल घोषणापछि राजनीतिक पार्टीहरूको राजकाज सुरु भयो । प्रायः राजनीतिज्ञहरू आफ्नो सङ्घर्षको बदलामा राजसी सुखभोगमा लिप्त भए । सायद भागबन्डा नमिलेको हुनसक्छ, तर केही राजनीतिज्ञहरूले आफ्नो लक्ष्य देश बनाउनु र जनताको जीवन स्तर उकास्नु हो भनेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : तिजको घोडा

~खेमराज पोखरेल~ तिजको दर खाने दिन थियो । नित्यानन्द कलेजको पिउन गिरी सकेर ६ बजे बेलुका घरमा टुप्लुक्क आइपुगे । उनकी श्रीमती दिलमाया अस्पतालबाट स्विपरको काम सकेर केही क्षण पहिले आएकी थिइन् । हुन त तीज एक महिना पहिलेदेखि टोल, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : स्वतन्त्रता

~धर्म सापकोटा राजु~ राती १० बजेसम्म पनि छोरा घर नफर्केपछि कमलालाई मनमा भित्र डर लाग्न थाल्यो । डराउदै लोग्नेलाई भनि -“हेर्नुस न दश बजिसक्यो छोरा अझै आएन । कहॉं गएहोला आज यतिबेलासम्म ?” “ह्या तिमी पनि के नचाहिने कुरा गर्या … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य : चिप्ले

~कृष्ण शर्मा सुमु~ हुन त चिप्लो भन्ने बितिकै हजुरलाई खोलामा लेउ लागेको वा लडेको याद आयो होला। नभा बेसरी सब्जीमा तेल हालेर सब्जी नि बिग्रेको चिप्लो तेलको खाना आहा ..sss आजकल कुरा नगर्नु सब्सिडी नपसे पनि घर घरमा ग्यास नभएको … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : कब्रस्तान

~गोपाल विरही~ आज खैरे पनि अचानक विरामी प¥यो । बिहानदेखि अहिले भर्खरसम्म त ऊ राम्रै वा स्वस्थजस्तो नै देखिएको थियो । तर, यताबाट उता र उताबाट यता उठबस गरिरहेको छ अहिले ऊ । उसले आफू पनि सेतेजस्तै रोगबाट ग्रस्त रहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुश्मा

~महेश पौड्याल~ सहरको स्कुल गाउँको जस्तो हुँदो रहेनछ । गाउँमा शिक्षकमाथि खासै औँला उठ्दैनन् । सहरमा त सबै अभिभावकहरू पनि पढालिखा र सचेत हुँदा रहेछन् । मात्रा रड्कियो कि आइपुगिहाल्छन् गुनासो गर्न । आफू त गाउँले मान्छे, सहरका यति धेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment