Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

निबन्ध : उज्यालोतिर

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ पूर्व : सूर्योदय उज्यालोको प्राप्ति । पश्चिम : सूर्यास्त अन्धकारमा पतन । पूर्व हुनु र पश्चिम हुनु बीचको भेद नै यस्तो छ कि प्रत्येक चेतनशील व्यक्ति पूर्वतिर अभिमुख हुन उत्पे्रित भइहाल्छ । जीवनलाई जगतका असल पक्षहरुले सुवासित … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : उ डक्टर म चाँही लाहुरे

~सोनु कुमार सुनार~ हतेरी आज स्कुल जान अलि ढिलो भए जस्तो छ । नौ बजेर ४५ अहो स्कुलमा दशबजे पुग्नु छ । आज त फेरी स्कुलमा शुक्रवारिय कार्यक्रम पनि हुन्छ साथिहरु सँग कार्यक्रममा भागलिने बारे सल्लाह गर्नु पर्ने कस्तो खेल्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रसव गराउने ड्राइभर

~सुरेन उप्रेती~ विदेश जान भनेपछि के नै होला भनेर आइयो, आखिर भनेर रहिमले खुइय गर्यो । लामो सास तान्यो । उसका अनुहारमा नैराश्यका ज्वारभाटाहरू आन्ध्रमहासागरका छालहरूझैं दौडिरहेका देखिन्थे । उसले क्यानडा आउनुअघि क्यानडाबारे देखेका सपनाहरू सुनाउन थाल्यो । ऊ आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : उत्तेजित घेरा

~पुषकर लोहनी~ डरलाग्दो एउटा आवाज कोठाभित्र घुसेपछि आत्तिएर म बिउँझेँ । ओछयानसँगैको टेबुलल्याम्प बालेर ढोकातिर जान खोज्दा पिसाबले ढाडिएको मेरो शरीरभित्रको अङ्ग ज्यादै नै कडा रुपमा बाहिर निस्कन खोजेको थियो । आफ्नो कोठाको ढोका खोलेर म ट्वाइलेटभित्र पसेँ । पिसाबले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : महँगीको हत्या

~कृष्ण बजगाईं~ महँगीको हत्यापछि सनसनी मच्चियो । टिभी च्यानलहरूले ब्रेकिङ न्युज दिन थाले । तर, महँगीको हत्या कसले गरयो भनेर समाचारमा भनिएको थिएन । महँगीपीडितहरू खानलाउन अलिक सजिलो हुने भो भन्दै त्यस हत्याको तारिफ गर्दै थिए । तर, एकछिनमै टिभीमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ई–भिक्षा

~कृष्ण बजगाईं~ करीब बीस वर्षपछि पहिलोपटक नेपाल फर्केको एक एनआरएन सुटकेस र ब्याग होटलमा राखेर पशुपतिनाथको मन्दिर पुग्यो । पशुपतिनाथ मन्दिरमा पासपोर्ट देखाएको केही महिनामै विदेश जाने भिसा लागेकाले भगवान् शिवप्रति उसको ठूलो श्रद्धा र विश्वास थियो । उसले मन्दिर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

यौनकथा : लोग्ने

~कमला सरूप~ ‘सिरुपाते जोवनजस्तो मायाँ नमार’ रेडियोबाट लगातार घन्किएको यो आवाज मन पर्न थालेको छ । उसै त मायाँप्रीतिका कुरा गर्न घरमा त्यति सहज वातावरण भने हुँदैन । धार्मिक गानामा मस्त हजुरबुबाका अगाडि मायाँप्रीतिका कुरा गर्दा त घर नै उचाल्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : नारी

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ शक्तिको पूजा अर्चना गर्ने हाम्रो प्रचलन छ । तर शक्ति अर्थात् नारीको जति नै पूजा गरिएतापनि नमिठो कुरा के छभने अहिले हाम्रो समाजमा नारीहरुको स्थिति सन्तोषजनक छैन । यो लुकाउने र छोपछाप पार्ने कुरो होइनकि यहाँ वर्षेनी … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : युग चाहन्छ एक चाणक्य

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ एक विशाल साम्राज्यको संस्थापक सर्वशक्तिमान् व्यक्तित्व भएरपनि ‘पर्णकुटी’को बास र सत्तामोहबाट पूर्णतया मुक्त ! उनको एक इशारामा संसारका सब ऐश-आराम वैभव भौतिक सुख हाजिर हुने भएतापनि ती सबलाई त्याग्न सक्ने उनको जीवनचरित देख्दा आश्चर्य लाग्छकि यस्तापनि थिए … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : अभियुक्त संघ

~कृष्ण बजगाईं~ अदालतमा अभियुक्तका बारेमा बहस चलिरहेको थियो । अभियुक्तलाई निर्दोष सावित गर्न उनका वकिल गतिलो तर्क प्रस्तुत गर्न सकिरहेका थिएनन् । नामुद र चर्चित वकिल भए पनि मुद्दाको प्रकृति र अभियुक्तविरुद्ध उपलब्ध प्रमाणले गर्दा बहसमा उनी प्रतिरक्षात्मक स्थितिमा पुगेका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चिसो जून

~खेमराज पोखरेल~ पाँच वर्ष प्रेम गरेर भागी बिहे गरेका थियौँ हामीले । उनी तल्लो जातकी भएकाले भाग्नु मात्र होइन आसाम भासिनु परेको थियो हामीले । आसाममा पनि हामीले जात लुकाउनु परेको थियो । हामी गरिव थियौँ । समस्या यति थियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुरक्षा

~खेमराज पोखरेल~ मेरो घरमा चोरी भयो । आफ्नो भुइँतले कम्पाउन्ड नघेरिएको घरलाई देखाउँदै श्रीमतीले भनिन्– ‘हाम्रो घर पनि दयारामको जस्तो भएको भए सुरक्षित हुन्थ्यो ।’ मसँग उपाय थिएन । चुप लागेर सुनिरहेँ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गाडीघर

~खेमराज पोखरेल~ ऊ तेस्रो पुस्ताको नेपाली हो रहेछ अमेरिकामा । मैले भेट्दा ऊ यस्तै ४५ वर्षको हुँदो हो । मैले उसलाई सोधेँ– ‘नाम के हो तपाईँको ?’ उसले छोटो उत्तर दियो– ‘डायमन पउकर्याल’

Posted in लघुकथा | Tagged | Leave a comment

यौनकथा : पाइप

~भवानी भिक्षु~ “ आदिमानव र आदि–मानवीको सृष्टि भएदेखि नै संयम र स्वैरिताका निबन्धन पनि आविष्कृत भएका हुन् । तपाईँको प्रश्न भने राम्ररी बुझन सकिएन । थाहा पाउन चाहनुभएको कुरा अलिक प्रस्ट पार्नुस्न ।” युवकलाई हच्कनै पर्यो । सामुन्ने  बसेकी नारीसित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सुलेमानी र चाइना भाइरस

~चोपनारायण बन्जाडे~ “साम्राज्यवादीहरू खासगरी अमेरिकन साम्राज्यवादले संसारलाई चुसिरहेको छ । नेपाल जस्ता तेस्रो मुलुकहरूलाई कहिल्यै उठ्न दिदैनन् । यिनीहरू भाषिक, धार्मिक, साँस्कृतिक, आर्थिकरुपले अधीनमा पारिरहन्छन् । भारतीय विस्तारवाद, अमेरिकन साम्राज्यवाद र घरेलुु सामन्तवाद हाम्रा प्रमुख दुश्मन हुन् । यिनका विरुद्ध … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ठूलाको संगत

~चोपनारायण बन्जाडे~ पम्फाले आफ्नो हैसियत नभए पनि दुखजिलो गरेर छोरालाई बोर्डिङ स्कुलमा पढ्न पठाईन् । आफ्ना दिदिबहिनीको आफ्नोभन्दा हुनेखानेमा बिहे भएकोले उनीहरूको कत्रो ठूलो सान छ ।  त्यसैले पटकपटक छोरा राजेशलाई “छोरा संगत त ठूलैको गर्नुपर्छ है, मेरो संगतले गर्दा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सबैभन्दा ठूला डाक्टर

~चोपनारायण बन्जाडे~ पारेश्वर साहुका चार भाइ छोराहरूमध्ये तीन भाइ सहर पसे । समयमै सहर पसेका हुनाले प्रशस्तै सम्पत्ति जोडे पनि । धनपैसाले किन्न नसक्ने के छ र अहिले ! धन,पद, प्रतिष्ठाको रजगजमा डुबेका थिए तीनै भाइ । नपुग्दो केही थिएन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लमहि र दमाई चरो

~टंक वनेम~ दमाई चरो,भरियाका लस्कर,सुरिलो सिमलको रुख अनि तल…तल …मैवाखोला सुसाइ रहेको अव्यक्त वेदना …… जब कञ्चनजङ्घा हिमालको काखमा रातो सूर्य तिरमिराउन थाले पछि लाली पोखिएको बिहानीसँग दमाई चरोले एक प्रकारको वैराङ्ग लाग्दो स्वरमा चिरबिराउन थाल्थ्यो । भरियाका लस्करहरु पञ्चमी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : घोर्ले

~पोषण पाण्डे~ रजस्वलाबाट चोखिने चौथो दिन । रजस्वालावतीको फुकुवा दिन । नुहाइवरी सकेपछि शरीरका अङ्ग अङ्ग स्निग्धि, मुलायम र कामवासनाको चहचह चापल्य । तल, बारीको पर्खालमा चारदिनसम्म लगाइएका लुगाहरू धोईवरी सुकाएका हुन्छन् । चोलो, फरिया, पेटिकोट । साधनाको चिल्लो चम्किलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हरिदत्त

~विश्वेश्वरप्रसाद कोइराला~ हरिदत्त मेरो सहपाठी थियो । त्यसको चेहरा उसिनेको आलु जस्तो रक्तहीन थियो । तर गालाको सबभन्दा उठेको स्थानमा दुईचार चायाका दाग थिए । त्यसको अनुहारमा डन्डीफोरले जति उपद्रव गर्न सक्थे, गरेर गएका थिए । त्यसो हुनाले त्यसको अनुहारभरि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चाताप

~वेद प्रसाद कंडेल ‘युबराज’~ दिउँसो साथीहरूसँग घरबाट बाहिर निस्केको राजिव घर फर्किंदा झमक्क भइसकेको थियो । घरमा राजिवलाई आमाले खाना कुरेर बसिरहेकी थिइन् । राजिवलाई त्यति खाना खाने मन त थिएन तर आफूले नखाए आमाले पनि खाना नखाने हुँदा मन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : किराती भाषाको गडबडी

~सङ्कलक: इमानसिंह चेम्जोङ~ सुरुमा किरातीहरू देव–वंशी भनिन्थे । उनीहरूको एक भाषा थियो । किराती भाषालाई देव भाषा भनिन्थ्यो । बस्तारहँदा किरात वंश निकै फैलियो । उनीहरूका नेताले जनगणना गर्नुपर्दछ भनेर सबैलाई प्रत्येकले एकएकवटा ढुङ्गा ल्याउनू भन्ने आदेश दिए । प्रत्येक … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

लघुकथा : कसको दोष ?

~खेमराज पोखरेल~ ग्रेटर अस्टिन सोसाइटीले गरेको कार्यक्रममा राधासँग चिनाजानी भयो । विदेशको ठाउँमा साँच्चि हामी दाजुबहिनीको साइनोले सम्बोधित भयौँ । नेपाली समाज कन्डापछाडि उनलाई वाइफाले भन्ने गर्थे । मैले एकदिन राधालाई उनका बारेमा सोधेँ ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मुर्दाहरू जागौं

~राजव~ ह्वाइट हाउसको मध्यरात्रीको जुलुसमा आजबाट म पनि भाग लिँदै छु । मेरो खुसी बतासमा छचल्किँदै छ  । एक महिनासम्म म अस्पतालमा थुनिएको थिएँ । आजबाट मुक्त भएँ । मेरो अपराध थियो बारमा पस्नु ।बारमा म पेस्तोल लिएर पसेको थिइन । न त्यहाँ कसैलाई  मुक्का नै मारेको थिएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : साउँकोभन्दा ब्याजको माया

~चोपनारायण बन्जाडे~ मनीरामले चित्त नबुझेको कुरामा झट्टै कुरा उठाई हाल्थे  । अझ कहिलेकाहीँ त अप्रासंगिक कुरा उठाएर हाँस्यपात्र पनि बन्थे । तर पनि कुनै प्रवाह गर्दैनथे । यस्तै हठी र हक्की स्वभावले उनलाई क्रान्तिकारी भनिने पार्टीको नजीक पुर्यायो । क्रान्तिकारी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कट्टु हराएको देशमा

~डा. मधुसूदन गिरी~ ‘चपला अबलाहरू एक सुरमा/गुनकेशरीको फूल ली शिरमा ।’ उहिले भानुभक्त बाजेले मुक्त कण्ठले आरती उतारेकी आराध्या अलकापुरी, आज आएर या मानको विशेषण महा लगाएकी महानगरी, मेरी प्यारी सपनाकी रानी अमरावतीको रूप र लावण्यको बयान सुनेका दिनदेखि यस … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : एन्टी-एजीङ् क्रीम

~चोपनारायण बन्जाडे~ अम्बिकाको सौर्न्दर्यमा कोही पनि तटस्थ बस्न सक्दैनन् – धेरैले ईर्ष्या गर्छन् त केहीले प्रशंसा । सौर्न्दर्यताकै दवावले हो उनले १५ बर्षमा नै बिहे गर्नु परेको । उनलाई थाहा थियो, मेकअप बिनानै उनको सौर्न्दर्य खुल्छ । त्यसैले त उनी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

याैनकथा : ज्वरो

~सीता पाण्डे~ ‘मम्मी, आज जाने भन्या होइन ?’ऊ दौडिँदै छेउमा आउँछे र पढ्दै गरेको मेरो हातको पत्रिका थुत्छे । अनि मेरा औँलाहरु समाउँदै तान्न थाल्छे । उसको भर्खर आज जाँच सकिएको छ । ऊ खुसी र चञ्चल देखिन्छे । धेरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : त्यो स्वास्नी मान्छे हाँसिदिन्छे

~दौलतविक्रम विष्ट~ हिलो माटोको लेपले माछालाई भुंग्रोभित्र घुसार्दै जान्छु म । त्यो माछा बाफिन धेरैबेर लाग्दैन । केहीछिनपछि भान्सा तयार भइहाल्छ । अनि, म त्यो स्वास्नीमान्छे र किमरिखलाई खुवाउन त्यसैगरी तम्सेको छु, जसरी केटाकेटी छँदा आफ्ना साथीहरुलाई पोल्टाको मकै-भटमास खुवाउन … Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : डमी

~कृष्ण ढुङ्गेल~ जागिरमा मनोजको पहिलो दिन । काम हार्डवेयर पसलमा पाएको छ, तीनकुनेमा । त्यही पनि टाढाका नाता पर्ने एकजना दाइले खोज्देको । ती दूरका दाइले चाहेका भए मनोजलाई आफ्नै अफिसमा काम दिन सक्थे । वा, राम्रै ठाउँमा काम लगाइदिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परालकाे आगाे

~गुरुप्रसाद मैनाली~ (स्थान: चामेको घरको आँगन। छेउमा जूठेल्ना र अर्कोपट्टी भैंसीको गोठ छ। समय साँझ पख। चामे खेतमा काम गरेर लखतरान भई धुस्रे-फुस्रे भएर कोदालो भितामा सिउरिएपछि टोपीले निधारको पसीना पुछदै पिढ़ी टुसुक्क बसेर तमाखू बेह्रेर सल्काउंदै स्वास्नीलाई कराउंछ।) चामे: … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

किराँती दन्त्यकथा : हिमालय पर्वत कसरी बन्यो ?

~सङ्कलक: इमानसिंह चेम्जोङ~ सृष्टिको सुरुमा पृथ्वी थिएन अरे । पानी मात्र थियो अरे । अनि भगवानले पोरोमियोम्फमीलाई पृथ्वीको सृजना गर्ने शक्ति प्रदान गरी भगवान्को चित्त बुझ्दो पृथ्वी बनाउनू भनी आदेश दिए अरे । पोरोमियोम्फामीले आफ्नो शक्तिद्वारा पानीको फेदमा मुसेखा सेखानानामक … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment