तपाईंले छान्नुभएको विधा : नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : एउटा अनौठो भेट

~विश्वराज अधिकारी~ मैले उनको दुवै हात समाते। मेरो त्यस्तो व्यवहारबाट उनले असजिलो नमानेकोले ती दुवै हातलाई मैले मेरो गालासम्म पुर्याए। फेरि कुनै विरोध भएन। म अलि बढी नै उत्साहित भए। मैले मेरो दाहिने हात उनको कांधमा राखे। उनको काँधमाथि राखेको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : अब कहिले शहर जान्न

~विश्वराज अधिकारी~ ‘अँ हँ, म त कहिले अब शहरतिर जान्न, बरु यै गाउँमा जिवन बिताउँछु। यै चिया पसलमा, यसरी नै चिया बेचेर। कति आनन्द आउँछ यो बाटो हिँडेर शहर पस्नेहरु र शहरबाट गाउँ झर्नेहरुको कुरा सुन्न, यो चिया पसलमा बसेर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : नेता मोहन प्रसादले देखे डरलाग्दो सपना

~विश्वराज अधिकारी~ भगवानको अप्रत्यासित आगमन बाट प्रसन्न हुँदै तर अलि डराएर नेता मोहन प्रसादले भने ‘प्रभु, मेरो घरमा बडो कृपा गरि पाल्नु भयो, म धन्य भए, हजूर यसरी आउनु होला भनी मैले कहिले चिताएको पनि थिन। नेताको कुरा सुनेर भगवानले … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : आज गीता आउँदै छिन

~विश्वराज अधिकारी~ श्याम दाइ कहाँ म साँझमा पुगेको थिए। हुन त फोनमा कुरा गर्दा वहाँले भन्नु भएको थियो ‘सानो भाइ, मिल्छ भने दिउँसो नै आउन, है। शनिवार त के फुर्सत नै होला नि, अफिस हुने त कुरै भएन, होइन त? … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : सुहागरातको समाप्ति

~विमलेन्द्र मिश्र~ दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक अर्काबीच दही खुवाउनुपर्ने । दुलाहा पक्ष र दुलहीपक्षका बीच जुहारी नै चल्ने, रमाइलोनै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : असल पुरुष

~बिमलेन्द्र मिश्र ~ सत्या वरदानसँग निकै नै आकषिर्त भइसकेकी थिइन् । वरदानकोप ढाइ र सादापनले सत्याको मन खिचेको थियो । जसको कारणल मित्रता पनि झाँगिदै थियो । लाइबे्ररीमा बसेर घण्टौँसम्म यिनीहरू अध्ययन गर्थे । एकदिन सुत्याले वरदानलाई भनिन् । सत्याः म … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : संक्रमण काल

~ भाउपन्थी ~ यो तस्बिरमा जुन मान्छे देखिइरहेको छ, यद्यपि त्यो तस्बिर यहाँ छाप्न सकिएन, त्यो मरिसकेको छ । गोपाल त्यो तस्बिर खल्तीमा राखेर हिँड्छ र उसको यो बानी भइसकेको छ, कहिलेदेखि हो त्यो भन्न सकिन्न, तर मैले उसलाई भेटेदेखि, चिनेदेखि भनौँ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : स्वतन्त्रता

~भागीरथी श्रेष्ठ~ सुजनसँग बिहे हुने पक्कापक्की भएपछि सोचेँ, म जीवनको महत्त्वपुर्ण र पुर्ण आयामतिर अवतरति हुँदैछु । नयाँ फूलझैँ फक्रिएर नयाँ फूलबारीमा फुल्न जाँदैछु नितान्त नयाँ सुवास लिएर । इन्गेजमेन्ट भएको चौथो दिन सुजन मकहाँ आउँदै थिए, उनी आउने खबर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : विकास

~बखतबहादुर थापा~ प्रकृतिले मान्छेलाई जति लोभ्याउँछ, मान्छेले मान्छेलाई त्यति नै तर्साउँछ । नागबेली डाँडाहरूमा ढकमक्क फुलेका फुलहरू, वन्यजन्तुको लुकामारी, चराचुरुङ्गीको चहचह स्वर, झरनाको मोहक सुसेली । कति सुरभ्य प्रकृति ! यो हाम्रो प्रकृतिको अतिरञ्जित गुणगान हैन । प्राकृतिक

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : उद्धार

~बाबुराम खपाङ्गी~ विनाशकारी भूकम्पको सुरुवातसँगै म बेहोश भएँ । होश खुल्दा कम्मरमुनिको पूरै भाग पर्खालले किचेको अबस्थामा मैले आफूलाई पाएँ । ठूलो कोलाहल मच्चिरहेको थियो । घरहरू एउटै पनि सद्दे थिएनन् । लाशहरू यत्रतत्र छरिएका थिए । जीवित मान्छेहरू अनियन्त्रित … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

क्यामेरा म्यान

~बबिता बस्नेत~ चकमन्न रातको मौनतालाई चिर्दै श्रीमतीले प्रश्न गरी, “अहिले म यति राती घर आएर तपाईंजस्तै टोलाएर बसेकी भए, तपाईं के भन्नुहुन्थ्यो – के अर्थ लगाउनुहुन्थ्यो -,” प्रश्नले ऊ झसङ्ग भयो । “केही होइन, भोलि बिहान चा“डै हि“ड्नु छ, कार्यक्रमस्थलको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

राजकुमारी सम्पदा

~बबिता बस्नेत~ बगैंचामा लास… लौ न, बगैंचामा स्वास्नीमान्छेको लास… एकाएक माली चिच्याएपछि दरबारभरि सनसनी फैलियो। अनुहार घोप्टो परेकोले तत्काल चिन्न कसैले सकेन। मानिसहरू जम्मा हुँदै गएपछि भीडबाट कसैले भन्यो― सम्पदा सरकार! लौन सरकारलाई के भयो?

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

हाम्रो आन्दोलन जारी छ ……!

~बबिता बस्नेत~ ऊ… त्यही हो उसको घर तर अहिले घरमा मान्छे छन् कि छैनन् म यसै भन्न सक्दिनँ । एक अधवैँशेले बाँसको झ्याङनेरीबाट हातले इसारा गर्दै एउटा फुसको छानो भएको सानो झुपडी देखाइदिएपछि जेठ महिनाको त्यो मध्यगर्मीमा पसिना पुछ्दै हामी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

क्षतिपूर्ति

~बबिता बस्नेत~ “हामी देशमा आमूल परिवर्तन ल्याउन चाहन्छौं, नयाँ नेपाल बनाउनबाट हामीलाई कसैले रोक्न सक्दैन।” कमरेडको मुस्कानले भरिपूर्ण मुहार देखेपछि ऊ हतारहतार टेलिभिजन बन्द गर्दै बत्ती निभाएर ‘छ्यानमा पल्टी र व्यङ्ग्यको शैलीमा कमरेडको बोली दोहोर्‍याई― परिवर्तन!

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : विघटित सपना

~आत्माराम शर्मा~ उसले बलिन्द्रधारा आँसु झार्यो । धेरैको मुखबाट मैले सुनेको थिएँ- ‘मनको पीडा पखाल्न मानिसलाई रून दिनुपर्छ । मनमा थेगि्रएर रहेका वेदना र उकुसमुकुस आँसुले पखाल्छ । आफ्नो आँसुले आफ्नै पीडालाई पखालेपछि मान्छेको मन हलुङ्गो हुन्छ ।’

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : तथास्तु

~अशेष मल्ल~ रातको बाह्र बजेको थियो । कोठामा म थिए स्वास्नी थिई ।बिरामी र सोचिरहेको थिए अप्रेसनका लागि जुटाउनु पर्ने पाच लाख रुपिया कहाबाट ल्याउने ।एकाएक प्रकट भए भगवान् कोठामा । झस्किए । के भयो । के यो सत्य त … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

तीन बिम्बहरु

~अजय दिक्षित ~ “ठूलोकान्छा, यसपालि त सतबीज छर्न पशुपतिनाथ लगिदे न है !” हजुरआमाले दोस्रोपटक नातिलाई पुकारिन् । हजुरआमाले कुरो गरेको बुझेपछि मोबाइल बन्द गर्दै ठूलोकान्छाले सोध्यो, “के भन्या आमा ?” “सतबीज छर्न लग्दे भन्या !” “ए भइहाल्छ नि, अघिल्लो दिन … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

खडे संसद

~ अच्युरमन अधिकारी ~ खडे सांसद झगडे सांसद निकै नै बहादुर हुँ भन्दछ ऊ । उसलाई त न आश नत्रास । यसभन्दा अघि पनि उसलाई मन्त्रीपदमा लान कसैले मानेन । खुबी छैन त्यस व्यक्तिको, त्यति मात्र होइन सोमत पनि छैन । … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : अकल्पनिय निमन्त्रणा

~आचार्य प्रभा~ सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन् “यो परेवाको मासु चाख त मेरी श्रीमतिले बडो मीठो गरि पकाएकि छिन् । ”

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

कथा : आमा बन्न नसक्नुको पिडा

~आचार्य प्रभा~ सीमा एक्लै कोठामा झोक्र्याएर बसिरहेकी थिई। अनायस अर्को कोठाको हाँसो र कोलाहलले झस्किइ अनि जुरुक्क उठेर नियाली । उसको लोग्ने छोराछोरीहरूसँग बच्चा झैँ जिस्किएर खेलिरहेका थिए। मानौ ऊ पनि दस, बाह्र बर्षको बालक हो र ऊ आफ्नो सन्तुष्टी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : स्वार्थी चाहाना

~आचार्य प्रभा~ कान्छी छोरीको विवाह हुन नसकेकोमा उनी असाध्यै चिन्तित थिइन् । हुन पनि त हो, उमेर पुगिसक्दा समेत कुनै केटोले फर्केर नहेर्नु, माग्नसम्म न आउनु कुनै पनि आमाको लागि चिन्ताको बिषय नै बन्छ । एकदिन उनी दलानमा बसेर छोरीसँग … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : दुखेको रात

~अभिमन्यु निरवी~ पहाडको बाटो, हिँड्दाहिँड्दै झ्मक्क भयो। आकाशमा जून पनि खुलिसकेको थिएन। चिसो हावासँगै झयाउँकिरीको एकोहोरो आवाजले वातावरण गुञ्जायमान थियो। निकै उकालो चढिसकेपछि पर एउटा गाउँ देखियो। सन्तुष्टिको लामो सास फेरेर म त्यतैतिर हिँडें। गाउँ नजिकै पुग्दा विस्तारै मानिसहरूको आवाज

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : साँघु

~अभिमन्यु निरवी~ विवाहको दिन ऊ निराश देखिएकी थिई । गरगहना, रातो सारी, झिलमिल सितारा जडिएको घुम्टो ओढेर पनि ऊ खुलेकी थिइन । के के नपुगे जस्तो, कताकता के बिगि्रए जस्तो विवाहको वातावरण खल्लो खल्लो थियो उसको लागि । मनमा केवल … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : वहाँ कुन अफिसको?

~पदम भण्डारी~ यात्राको क्रममा एकदिन जीप रिजर्भ गरेर नेपालगञ्ज देखि सुर्खेतको यात्रा आरम्भ गरें । कोहलपुर पुगेपछि एकजना सभासदले फोन गरे । संयोगनै मान्नुपर्छ सभासद महोदय पनि सुर्खेत जानको कोहलपुरमै रहेछन् । हामीले एउटै जीपमा यात्रा गऱ्यौं । मैले पनि … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

कथा : चर्या तिन आमाका

~राशि पाण्डे~ एक उनी गत तिन महिनादेखि थलापरेकी थिइन् । जिउ सुकेर हाड छाला मात्र थियो । तर आँखा चहकिला रबोली प्रस्ट । माघकोे महिना, औँसीको चिसो रात । आकाशमा डम्म बादल लागेर पानी पर्लापर्ला जस्तोमौसम । वास्तवमा उनी मृत्युशय्यामा थिइन् । उनी आफ्नो विगतमा पुगिन्

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : दिल्लीकट लाहुरे

~राशि पाण्डे~ होटलमा खाना खाइरहेकी छु । एउटा लामो फल्याकमा दुईतिरबाट काठको किल्लाले अड््याएर टेबुल जस्तोबनाइएको छ । टुकीको मधुरो उज्यालामा मानिसका अनुहारहरू धूमिल देखिएका छन् । साझाको चामलह्वास्स गन्हाउँछ । म नरुचाइ नरुचाइ पेटसम्म भर्ने जुक्ति गरिरहेकी हुन्छु  । कोठाभरि सल्लाको धुवाँ,रक्सीको गन्ध र गफका चोक्टाहरू सगबगाइरहेका छन् ।

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : बलात्कारी वटवृक्ष

~राशि पाण्डे~ धेरै दिनपछि षोडशी माइत जान हिँडेकी थिई । लोग्ने लाहुर गएको पनि छ वर्ष भइसकेको थियो । घरमासासूससुरा बाहेक अरू कोही थिएनन् । मध्यान्हको करिब दुई बजेको होला ? ठाडो उकालो । उनलाई थकाइलाग्यो । ऊ सुस्ताउन लागी ।  चौतारीमा बसेर, बिसाउन लागी । झ््याम्म परेको बरको रूख । हाँगाबाट निस्केका वायवीय जराहरू हात्तीका सुँढ समान यतायता झुलिरहेका। सरर्र बतास चल्यो । उसको भित्रसम्म शीतलताले छायो ।

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : सिङ्गथाजी

~राशि पाण्डे~ अनि नीमा चरचरी बाझ्न लागी । फोहर फोहर शब्दले सराप्न थाली । धेरै दिनदेखि गुम्स्याएरराखेको रिस आज पोखियो । उसका पीडाहरू, आक्रोशहरू गाली भएर निस्किन लागे । मिङमरले होटलमा चासो लिन छाडिसकेको थियो । ऊ दिनभरि रक्सीमा टिल्ल … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : आइमाई गिद्ध

~राशि पाण्डे~ सम्पूर्ण व्यथालाई अाँखामा समेटेर प्रसववेदनाले भैँसी उठबस गरिरहेको छ । केटाकेटीहरू भैँसीलाईचारैतिरबाट घेरेर रमिता हेरिरहेका छन् । घरभरि खुसी छाएको छ । के ब्याउने हो ? घरधनीबुढी कुँडो पकाउँदै गुनिरहेकी छिन् । पाडो पाई भने त के काम … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : देउकी

~राशि पाण्डे~ हिँडाइको क्रममा जब तपाईंं कुनै अक्करको चुचुरोमा पुगेर एकछिन सुस्ताउँदै आफूले हिँडेकापाइतालाका डोबहरू पछ््याउनु हुन्छ, आफ्नो वरपरका दृश्यहरूमा विहङ्गम दृष्टिपात गर्नुहुन्छ । कहालीलागेर आउँछ, अत्यास लागेर आउँछ, त्यस्तो बाटो कसरी हिँड्न सकियो होला ? पाइलाका गोरेटाहरूमाउकाली ओह्राली आइ नै रहन्छन्, भिर टाकुरा, फाँटहरू परी नै रहन्छन्, तर जीवनको गोरेटामा त उकालीमात्र छ, चढाइ मात्र छ । गन्तव्य कहाँ छ ? थाहा छैन, केवल अनिश्चित दिशातर्फ हिँड्नु छ, मात्र हिँड्नु ।हामी सबै व्यस्त छौँ अदृश्य टाकुराको चढाइमा, क्षितिजमा धुमलिएको बिन्दुतिर ……..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : आनी

~राशि पाण्डे~ – ताशी देलेह१ ? –  खे राङ कुसुडेपो यिन पे२, खोलापारिबाट ठुलो आवाजमा मानिसहरू कराइरहेका थिए । – ल्या यिन ३ !” खोलावारिबाट रुन्चे जवाफ आइरहेको थियो । “खेला छेपा–गी४, ल्होछारको बेला तातोपानीमा लाग्ने परम्परागत जात्रामा विशेषरूपमा आनी, … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

नैतिक कथा : बोल्ने कला

~दिलिप आचार्य ~ बोल्न जान्ने तर के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एकजना महाशयले आफ्नो घरमा रात्रि भोजको आयोजना गरेका रहेछन्। तर भोज शुरु हुने बेला सम्म पनि सबै पाहुनहरु उपस्थित भईसकेका रहेनछन् । ५० जना पाहुनाहरु आउनु पर्नेमा जम्मा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नैतिक कथा | | प्रतिकृया छोड्नुहोस्