Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : सलाम

~बिपुल सिजापती~ बाहिर भीषण गोलाबारी हुँदै थियो । “ओस्कर रोमियो…… ओस्कर रोमियो….सेरा नाइन कलिङ्ग…ओभर ।” रेडियो सेटमा कल गर्ने जवानको मुख सुकि सकेको थियो । अर्को तर्फबाट कुनै जवाफ आइरहेको थियो । दसौँ पटक उसले रेडियो सेटको फ्रिक्वेन्सी बदल्यो र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साँझ, सुबाश र सपनाहरु

~प्रतिमा पौडेल~ ” तुम इतन जो मुस्कुरा रहे हो….. क्या गम है जिस्को छुपा रहे हो….” मीराले म तिर हेर्दै मुस्कुराउदै बेसुरे गीत गाइ। “तँलाई म गमको भाँडो जस्तो लाग्छ कि के हो हँ?” मैले उसैलाई सोधें। “हो गमको भाँडो … Continue reading

Posted in नेपाली कथा | Leave a comment

कथा : रातो सर्ट

~अस्मिता न्यौपाने~ घर फर्केको तेस्रो दिन आज । यात्राको थकान मेटिएकै थिएन । सोचेँ ‘ब्यागको सबै लुगा दराजमा मिलाएर राख्नु पर्यो ।’ दराज सफा गरेर ब्याग खोलेँ । लुगा मिलाउन थालेँ । एक्कासि बितेका दिनका सम्झनाहरु दिमागमा बादलझैँ मडारिन थाले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रेड भ्यालेन्टाइन

~दीपेन्द्र दोङ तामाङ~ सँधै झैं आज पनि प्रेम व्यूँझिदा विहानको झण्डै साँढे सात बजिसकेको थियो । पूर्वपट्टि फर्केको झ्यालबाट छिरेको घामको प्रकाशले व्युँझाइ दिएर मात्रै हो,नत्र अझै केही समय निन्द्रामै रहने योजना थियो उसको । हुन पनि हो करिब नौ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हाँस्य निबन्ध : जुम्रा एक अनुभूति

~नम्रता गुरागाईं~ जुम्रा सुन्ने वित्तिकै कपाल भुत्ल्याउन मन लाग्दैन ? त्यसलाइ संझिदामात्रपनि दाह्रा किट्न मन लाग्दैन? सायद हामी कोहीपनि जुम्राको बारेमा अनभिज्ञ छैनौ होला छौं त ? हामी सबैलाइ त्यसले कुनै न कुनै उमेरमा सताएको पक्कैपनि होला तर जुम्रो कति … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : क्षितिज पारिको सपना

~शेखर ढुंगेल~ बीरबहादुर आफ्नो छिमेकी घनश्याम पण्डितको दुखान्त निधनले रन्थनिएका छन् । टलपलाएका गहभरिका आशुलाइ उनले रोक्न खोजे पनि सकेन त र र खसी रह्यो खसी रह्यो । जबसम्म मित्र घनश्याम माडसापको पार्थिक शरीरको सम्पूर्ण भाग धुवा बनेर आकासमा बिलाएंन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमिल आग्रह

~गीता पन्थ~ एकदिन फेरि एक्कासी खै कसरी हो तिम्रो फोन आयो, पन्ध्र वर्षसम्म जुन घाउ मैले सकी-नसकी सहेकी थिएँ, त्यो घाउ अझ दुखाउनको लागि झन ठूलो भएको महसुस मले गरें । वास्तवमा म तिम्रो स्वर फेरी सुन्नका लागि तयार थिइन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथी

~शिव प्रकाश~ ‘शत्रुको पहिलो रुप साथी हो !’ पिउँदा पिउँदै अनायास उसले यो वाक्य निकाली । मैले कुरा बुझिन र सोधेँ- ‘कसरी ?’ ‘जब मान्छे तिमीसँग बोल्छ, मान्छेलाई तिमी अलिकति चिन्छौ, थोरै परिचित हुन्छौ । त्यही मान्छे जब तिमीसँग चल्छ,

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भिँडभित्रको एउटा दिन

~रजित ओझा~ मेरो कोठाको पंखालाई फेरि मैले पुलुक्क हेरेँ उ अनन्त गतिमा घुम्दै नै थीयो । उ गल्दैन जवसम्म उसको मालिकले उसलाई अराउँछ जवसम्म उ धर्म निभाउन सक्छ उसले आफ्नो धर्म निभाउँछ । उ कर्तव्य बाट टाढिँदैन , उ सँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुमारी

~विपुल सिजापति~ “हे एमद, दोज्दी ओभदे (ए एमद, यता आऊ) ।” बोस्नियन आमिर्को विशेष लडाकु दस्ता चर्नि लाबुदोभि (कालो राजहाँस) मुख्यालय परिसरभित्र छिर्ने बित्तिकै एमदलाई कसैले बोलायो । एमदले आवाज आएतिर फकिर्एर हेर्यो, रिसेप्सन नजिकै तारिक हातमा एउटा खाम लिएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मा उज्यालो माग्दै थियो

~रजित ओझा~ “कति हेर्छस् त्यहि मोरीको फोटो ,यसो उसो गर्यो पर्स निकाल्यो त्यहि फोटो हेरि हाल्यो । यतिन्जेल सम्म त परिवार नियोजन नगरेकी भए चारवटा छोराछोरीकी आमा भइ सकी होली ।” गेट पारीको बङ्करमा ड्युटिमा बसेको हर्केले मैले पर्स झिकेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा आशा !

~राजिव घिमिरे~ त्यो कुनै नौलो शनिबार थिएन । आशा सधै जसो बिहानको नुहाई धुवाई सकेर चोक पुगिन् , पिपलमा पानी चढाउन । लामिछाने दिदी र शान्ता भाउजु पनि संगै पुगिसक्नु भएको थियो । आशा पिपलमा पानी चढाउँदै घुमिन् । शायद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना, उकालो र आस्था

~बबी श्रेष्ठ~ फिल्ड अनुगमनको कार्यक्रमले चाइनाको ग्वाङ्सी (दक्षिण भाग) प्रान्तमा दुइ हप्ता देखि ब्यस्त थें। कामभन्दा बढी यात्रा थ्यो। हरेक दिन म, दोभासे “ली” र ड्राइबर “झाङ” कार्यक्रम भएको शहरमा पुग्थ्यौं, त्यहाँ दिनभरीको मीटिङ पछि फेरो अर्को “साइट” जाँदा त्यस्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सपथ

~शिव प्रकाश~ एक कान दुई कान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा । गाउँको स्कूलको एउटा साधरण मास्टर राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको । अहिले के छैन उनीसँग ! श्रीमतिका नाउँमा आलिसानको बङ्गला । सालासालीसम्मका नाउँमा जताततै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मरिछे विचरी

~सञ्जयकुमार श्रेष्ठ~ “जा तँ, भर्खर निस्किएर जा…… मलाई तेरो मुख हेर्न पनि मन छैन….. जा… जहाँ जाने हो त्यहीँ गएर बस् वा मर् … अब मेरो नजिक कहिल्यै मुख देखाउन नआइजा…” यसरी बलमान उनलाई लछारपछार गर्दै थियो । बलेको आगोमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाइला रोकिए

~सञ्जयकुमार श्रेष्ठ~ नेपालमा केही गर्न नसके पनि विदेश गएर केही कमाएर सुखसँग बसांैला भन्ने रहर बोकी विदेश गएको थिएँ । आकाशको तारा सुलुल्ल बगेझैं समय बगेछ । समय बित्न के बेर लाग्दो रहेछ र ? ५ वर्ष पछि आज नेपाल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धोकेवाज प्रेमी

~दिपक जुग्जाली~ फुलमाया गाँउले परिवेशमा बस्थिन् । उनी ३२ गुण त नभनौँ २८ गुणले चाँही भरिपूर्ण थिइन् । झ्याप्पै हेर्दा सबैको नजरमा पर्ने, मन लोभिदोँ जिउडाल मिलेको कम्मर, त्यसमा अझै उनको जवानीले गर्दा होला गाला पनि त्यस्तै आकर्षित गर्ने खालको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जाडो

~अन्जान मानव~ “अंकललाई नमस्ते गर्नु पर्दैन ?” -आमाले छोरालाई हप्काउँछिन् । “कस्तो जाडो छ ।” -दुबै हात गोजीमा राखेको छोरा खिसिक्क हाँस्दै भन्छ । “के भन्छ यो ? जाडो भयो भनेर खल्तीमा राखेको हात झिक्न गाह्रोले नमस्ते नै

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समय

~मुक्ति पौडेल~ दश कक्षाको टेस्टमा फेल भएपछि दरबाङ्ग बजार चाहारेर लाहुरेको भारी बोक्नु मेरो दैनिकी थियो । लाहुरेको भारी नपाएको बेला चितवनतिरबाट आएका राता कुखुरा बोकेर गाँउगाँउ डुलेर बेच्नु वाध्यता जस्तै थियो । रातो कुखुरा हेर्दा लोकल जस्तै देखिने मासु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुद्ध अल्मलिए

~सुजन बैरागी~ म त्यस ठाउँमा पहिला पनि पुगेको थिँए, तर धेरै पहिला । त्यतिबेला त्यो एउटा सुन्दर संसार थियो । त्यो प्रसंशनिय थियो । त्यहाँको नदीनाला, हावापानी, वनजंगल अनि त्यहाँका सहयोगी निःस्वार्थी मानिस, आहा ! कति राम्रो थियो कति असल … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिडम्बना

~लीलानाथ असन्तोषी~ “हेलो ……….” “हजूर ……..” “को हो ? हर्के बोलेको हो ?” “हजुर म बोल्दैछु ।” “मेनपावरबाट बोल्दैछु ।” “सर नमस्कार ! मेरो भिसा लाग्यो ?” “अँ ! तिम्रो भिसा लाग्यो, एक हप्ताभित्र पैसाको व्यवस्था गरेर आउ ।” “हुन्छ, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : शैयामा छाडेको जीवन

~सुजन बैरागी~ “सिस्टर प्लीज मलाई पानी दिनुस् न । आ ऽ ऽ ऽ ए सिस्टर सि…..स्…ट..” “आयूष… आयूष के भो ?” “डक्टर.. डक्टर बेड नं. १०४ को पेसेन्ट फेरी बेहोश ।” “अक्सिजन तयार गर । सिस्टर रिपोर्ट देखाउनुस् त ओ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पञ्च बलि

~गोविन्द के. सी.~ हरेक बर्ष देवी थानमा लप्टन काइँलाले पञ्च बलि चढाउने । त्यो पञ्च बलिको प्रतिक्षा सबैलाई हुन्थ्यो । रमितेलाई रमिता, गरीबलाई भोजन र पुजारीलाई मनग्य दक्षिणा । जब लगातार दुई बर्षसम्म लप्टन काइँलाले पञ्च बलि चढाएनन् तब सबैजना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : विदेशीएकी चेली

~रामकृष्ण पौडेल ‘अनयास’~ (विदेशीएकी चेलीको जिवनमा आधारित सत्य कथा ) (पात्रको नाम परिबर्तन ) उ नारायणीको पानी जस्तै पबित्र थिई । तर पनि धमिलो आफै हुदैन कि त चलाईदिनुपर्छ कि त भेलनै आउनु पर्छ तर बुझ्दै नबुझि ती आबोध अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक लाखको सम्बन्ध

~सुमन सुस्केरा~ उ हराएको त्यो क्षण अस्ती जस्तो लाग्छ । एकलाख उसको श्रीमानले उसको हातमा अस्ती थमाई दिएको जस्तो लाग्छ । उसको आँखाभरी आँसु टिल्पिलाएका थिए । उ कताकती हराई रहेकी थिई । उसको आँखा मलिन थिए । हेराईमा उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धामी र बोक्सी

~अन्जान मानव~ एकजना धामी कुनै बिरामीलाई फुकफाक गर्न पल्लो गाउँ जाँदै थियो । अचानक उसले कोही कराइरहेको आवाज सुन्यो । सुनसान र जंगलको बाटो, आवाज आएकोतिर हेर्यो । त्यहाँ एकजना महिला लडिरहेकी थिईन । उनको शरीर भरि घाउ थियो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समावेशी सहभागिता

~लीलानाथ असन्तोषी~ रानीवनका व्यवस्था अन्य वनको भन्दा भिन्दै थियो । त्यहाँ वनका राजा सिंहको आदेश र निर्देशन सबै जनावरहरूले पालना गर्दथे । राजा सिंहले पनि सबै जनावरहरूले मनोभावना बुझेर कामको जिम्मेवारी तोक्दथे । जुन सबै जनावरलाई मञ्जुर हुन्थ्यो । कामको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : विदेश जाने निर्णय

~सञ्जयकुमार श्रेष्ठ~ ओभरसीज मेन पावर कम्पनीबाट फोन आयो – “विर्खबहादुर, तिम्रो भिसा लाग्यो …. एक लाख पैंतिस हजार रुपैयाँ लिएर….. एक हप्ता भित्र काठमाण्डौ आर्इपुग्नु …. दोश्रो हप्ता उड्‍्नुपर्छ …… तिमी नआउने भए…. त्यो भिसामा अर्कै मान्छे जान्छ ।” “हवस, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोककथा : आमाको माया

~हिरामोती जुग्जाली~ पहाडको फेदमा एउटा सानो गोठ थियो । त्यही सानो गोठमा विदुर र उसको बा-आमा बस्थे । उनीहरूको धेरै गाइ, भैंसीहरू थियो । विदुर धेरै सानो थियो उसको बा र आमा गाइ-भैँसीलाइ घाँस काट्‍न र वस्तुभाउहरू चराउन दिनहुँ जंगल … Continue reading

Posted in नेपाली कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : सुन्तलीको तिहार

~छक्कु उदासी~ आफ्नो घरको आगनमा तिहारे फूल कोपिला बन्दै जति मुस्कुराउन थाल्थ्यो उति सुन्तलीको खुसी पनि मुस्कुराईरहेको थियो । किनकिआफ्नो मुटुको टुक्रा जस्तै भाइ परदेशबाट फर्की आउँने ब्याकुल प्रतिक्षामा थिई । प्रत्यक बर्ष भाइको बाटो हेर्दा हेर्दा सुन्तली थाकेकी थिई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : गंगामाया

~रामप्रसाद दाहाल~ गंगामायाले फड्को परे झैं आएर थ्याच्च भैंमा मेरो अगाडि बस्दै भनी – “सानोबाबु , त्यसो गरI दिनु चैं भएन ।” मधेसको घरमा यदाकदा मात्र बस्ने भएकोले म त्यहाँको चालचलन, परिस्थिति र बोलीचाली पनि त्यति प्रस्ट बुझ्दिनथें तर गंगामायाका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अंशबण्डा

~रामप्रसाद दाहाल~ गंगालालले बाहिरबाट आएर अगेनोको छेउमा बस्दै आगो फुक्दै गरेकी स्वास्नीलाई भन्यो – “तैले सुनिस् हैन बुढाले ‘बिहे गर्छु’ भनेको कुरा ? ” धनमायाले जाडोले नाकको टुप्पोमा अएको पानी मजेत्रोले पुछ्दै भनी – “सुनें त्यो त तर बुढाले आँटे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment