Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : तरंग

~कात्यायन~ – “म तरंगको खोजी गर्दैछु |” – ऊ चिच्याउँदै हिंडिरहेको थियो | निर्जीव मानिसहरू अट्टहास गरिरहेका थिए | – निर्झरलाई गएर छुन्छ | तरंग विद्यमान नै थियो | – शान्त तलाउमा जान्छ र सानो पतिंगर बिस्तारै खसाल्छ | ज्वारभाटा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भाग्यदाता

~रन्जु ‘मार्ग’~ साँझ पर्न लागि सकेको थियो |दिनभरी हिडेर खुट्टाहरु दु:खीसकेपनि मन भने थाकेको थिएन उसको |झनै , तल पानी बगीरहेको पुल माथिबाट हिड्न पाउँदा ऊ निकै उत्साहित भै ‘रहेकी थिई |ऊ कहिले पुलको बारबाट तल हेर्थी त कहिले बाबु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : धन अभियान

~कृष्ण शाह यात्री~ ‘गैंडा बचाऊ अभियान’का संयोजक धनबहादुरले गैंडाको महत्व दर्शाउँदै गैंडाको संरक्षण गर्ने काममा दिनरात खटियो । गैंडा मारिने क्रम त रोकिएन । तर ‘गैंडा बचाऊ अभियान’को बैंक खातामा करोडौं रकम

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नयाँ जीबन

~सजना गुरुङ~ चारैतिर क्रिश्मसको रमझम ! सलोम मण्डलीको गेटबाट भित्र प्रवेश गर्नासाथ मेरा नयन चारैतिर घुम्न सुरु हुन्छ ! सबै आ आफ्नो जीवनसाथी सँग कति हाँसीखुशी देख्दै थिएँ तर म लोग्ने भएरै पनि लोग्नेको मायाबाट सधै वञ्चित ! निसन्देह ; … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : डिल्ली थामी

~रामचन्द्र खतिवडा~ डिल्ली थामीले मलाई विगत सुनाउँदै भने– “हामी सिन्धुपाल्चोकको विकट गाउँमा बस्छौँ । हाम्रा पुर्खाको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पिस्करमा रगतको खोलो बग्यो । हामीले छयालीसमा होस्, या बैसठ्ठी–त्रिसठ्ठी सालको आन्दोलनमा निरङ्कुश शासनसत्ताको विरुद्धमा आन्दोलन ग¥यौँ । खै आजसम्म … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जागिर

~प्रेम के निडर~ ब्याचलर पास भएदेखि ऊ जागिरको खोजीमा थियो। उसले नघुमेको र नसोधेको अफिस नरहेको जस्तो भइसकेको थियो उसलाई। उसका धेरैजसो साथीहरू जागिर खाएर घरजम गरेर बसिसके। उ आफूले केही गर्न नसकेकोमा साथीहरूसामु लज्जित र दुःखी हुन्थ्यो र बेचैन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : उसको बुबा

~त्रिचन्द्र ‘प्रतीक्षा’~ “के भयो राजु ! किन रुदैछौं ?” “आज बिहान बिहानै बुबाले आमालाई धेरै पिट्नुभयो ।” “किन ?” “आज महिनाको १ गते, आमाले बुबासँग रासन किन्नको लागि पैसा मागेकी

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गल्ती

~सजना गुरुङ~ मनमा अचानक साथीको घर जाने इच्छा जन्मियो | निकै नियन्त्रण गर्न खोजे तर सकिन र लागे गन्तव्य तिर | हिड्दा हिड्दै बाटोमा सर्प देखे | यस्तो अनौठो सर्प देखेकी थिइन मैले आज सम्म | सर्प हरुमा पनि पृथक … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गणतन्त्र

~रामचन्द्र खतिवडा~ बिर्खरामले २०६२–६३ को आन्दोलनमा जोडतोडले सहभागिता जनाए । जनताहरू निरङ्कुश शाही सत्तालाई याँकेर देशमा गणतन्त्र ल्याउनुपर्छ भनेर आन्दोलनमा होमिएका थिए । बेरोजगार बिर्खराम पनि गणतन्त्रपछि त हामीले पनि जागिर पाउँला, सुखको जीवन बिताउँला भन्दै आन्दोलनको मोर्चामा सहभागी भए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सर्किनीको धारो

~जीवन दहाल ‘पीडित’~ टण्टलापुर घामले र्याक र्याक पारिरहेका बेलामा उकालाका फेदीमै निकै ठूलो खाने पानीको ट्याङकी देखियो । चारतिर बाटो छुट्टिने चौबाटोमा लगभग तीन हजार गाग्री पानी अटाउने सिमेण्टको पक्की पानी ट्याङकीमा जोर–जोरै धारा हालिएका त थिए तर धाराका टुटीमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रहस्य

~जयन्ती ‘स्पन्दन’~ टिङ…टिङ… एकाबिहानै मूल गेटको घण्टी बज्यो। उनी नित्यकर्म सकेर भान्छातिर च्याउँदै थिइन्। “ओहो ! को होला यति बिहानै” कल्पदै ढोका खोल्न पुगिन्। “भाउजु नमस्कार है ! बिजयादशमीको उपलक्ष्यमा गणतान्त्रिक शुभकामना पनि।” उसले मुस्कान छोड्दै अभिवादन गर्‍यो। “ओहो ! … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : मानसिक रोग

~धीरकुमार श्रेष्ठ~ नेपालप्रसाद बिरामीले इन्तु न चिन्तु भएको धेरै वर्ष भयो। उसलाई डाक्टरहरूकामा लगेर स्वास्थ्य परीक्षण गर्न लगाइयो। परीक्षणमा कुनै रोग नदेखिएकोले उसलाई पूर्ण स्वस्थ घोषणा गरियो। तर उनी तङ्ग्रिनुको सट्टा झन्झन् दब्लाउँदै गए।

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : किरन्टोकी

~कात्यायन~ – हामी पशुपतिनाथको पूर्वपट्टि बटर-फ्लाईको बेन्चमा बसेर दिन घटाइरहेका थियौं | आर्य-घाटमा जलाइएका लासका गन्ध भनौं या दूर्गंध, अरूहरूले झैं मैले पनि महसुस गरिरहेको थिएँ | – मृत्यूको वास्तविकताले कतै घोचे जस्तो पनि भइरहेथ्यो | चिताले कतै मेरै शरीर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : भाग् बूढी भाग !!

~रमेश खकुरेल~ यौटा स्यालले कतै खसेको यौटा रद्दी कागत भेटेछ । उसले स्यालनीलाई भनेछ– “बुझिस् बूढी, मैले यो लालमोहर भेटें । अब हामीले जसका बारीमा पसेर उखु जत्ति खाए पनि हुन्छ । “स्यालनीले नपत्याउने कुरै भएन । उनीहरू मजासित जसको … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : तथाकथित

~रन्जु ‘मार्ग’~ धेरै वर्ष पछि उनीहरुको भेट भएको थियो |उनीहरु दुवै स्कूल पढदाका साथीहरु थिए |उनीहरुको जीवनमा धेरै परिबर्तनहरु भैसकेको थियो | +’तपाईको बारेमा सुनेको थिएँ |सुनेर मन चिरा चिरा भएको थियो |’-उसले सहानुभूति दिदै भन्यो | उसले आँखा रसिलो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : स्तर बढेको

~सुशीला देउजा~ लामो समयपछि विदेशबाट आएका रमेश गाउँ पुगे । चारैतिर हेर्दै रमाइलो मानी उनी घरतिर जाँदै थिए । खलोमा धान त्यतिकै थुपारिएको थियो । धान उठाउने त्यहाँ कोही थिएनन । धेरै जसो घरमा ताल्चा मारिएको थिएन । आँगनमा झेका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दिग्भ्रम

~डा. रविन्द्र समीर~ ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नयाँ वर्ष र खुसी

~डा. कपिलदेव लामिछाने~ केही युवा–युवतीहरू बडो उमङ्गका साथ नयाँ वर्ष मनाउँदै थिए । पुरानो साल बाई–बाई !! नयाँ साल हाई–हाई !! भन्दै थिए । हरेकका मुखमा झुन्डिएको थियो – नयाँ साल ! नयाँ वर्ष ! तिनको बोलीवचन, हाउभाउ, लबाइ–खवाइमा उत्साह … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : छाडा साँढेहरू

~शारदा पौडेल~ बिहानै बिहानै दौडनु स्वास्थ्यको लागि लाभदायक हुने भन्ठानेर म कहिले धापासीदेखि सामाखुसीसम्म त कहिले बसुन्धरा हुँदै टिचिङ हस्पिटलको परिसर वरिपरि राउन्ड मारेर आउँथेँ । एकदिनको कुरो म आफ्नै गतिमा पानीपोखरीबाट तल लाग्दै थिएँ, एक जना बुबा समानको व्यक्ति … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बाघका बाच्ने जिजिविशाहरु

~सन्जीव बंकिम~ त्यस रात बाघहरु सुतेनन डमरु झन चिन्तित भए । बाघका बाच्ने जिजिबिशा हरु ले बाघ लाई कसैलाई पनि न खाइ दिन हार्दिक हार्दिक अपिल गरेका थिए । यो अनुनय बिनय सहित निर्णय उनिहरु ले बाघ हरु लाई पठाएका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मदमत्ता

~विजयराज शर्मा ~ म मोटर चलाइरहेको थिएँ। रेडियोमा कुनै लेखिकाको अन्तर्वार्ता आइरहेको थियो। लेखिकाको एउटा कुराले मेरो ध्यान तान्यो। उनी भन्दै थिइन्: “मानिसको सुन्दरतम रूप कुनै अनभिज्ञलाई देखाउने हो भने, यसलाई अझ प्रस्ट पारौं, कल्पना गरौं कुनै ग्रहमा एउटा नवप्राणी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पहिलो प्रेम

~कविन्द्र अज्ञात~ रत्‍नपार्कबाट लगनखेल जाने टेम्पोमा चढेको थियो ऊ। बसपार्कमा एक युवती चढिन् टेम्पोका सहयात्री बनी। उनको ठ्याक्कै सामुन्ने बसेकी थिइन् उनी। काली काली हिस्सी परेकी। लाम्चो अनुहार। न तडकभडक न सामान्य। उनलाई लाग्यो विश्व सुन्दरी के सुन्दरी। नजर चोरी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पूर्ण मानव

~रन्जु ‘मार्ग’~ +सुर्य भन्दापनि धेरै माथि के छ ? -ताराहरु | + सुर्य भन्दापनि धेरै ठुला के छन् ? – ताराहरु |

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सपनाको राजकुमार

~देवेन्द्र अर्याल ‘आँसु’~ ऊ जहिले पनि राजकुमारसित हाँसखेल गरेको सपना देख्थी । यसो निद्रा लागेर पल्टियो कि राजकुमारको सपना नै देख्थी । सपनामा उसको राजकुमार यसलाई भेट्न आइहाल्थ्यो । ऊ बारम्बार त्यही सपना देखेको आफ्ना साथीसङ्गीलाई भन्ने गर्दथी । एक … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मीठो चिया

~प्रेम के. ‘निडर’~ अफिसमा हाजिर भएदेखि हाकिम आफ्नो काममा व्यस्त भए। कोठाबाहिर कारिन्दाहरू पनि व्यस्त नै थिए। छलफल गर्नुपर्ने भएर कारिन्दा कृष्णलाई हाकिमले भित्र बोलाए। कृृष्ण कोठाभित्र पस्यो। धेरैबेरको छलफलपछि दुवैजना अनौपचारिक गफमा लागे। दुईजनाको हँसीठट्टा भइरह्यो। ‘चिया खाआंै है, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : काउछो

~निरा शर्मा~ रातको १२.२० भएको छ । मोबाइलमा घण्टी बज्यो । आमाको नम्बर देखेँ । यति राति फोन ? त्यो आमाको फोन आउने समय थिएन । म डराएँ । मनले काटीकुटी सबै गरिसक्यो … सँधै त आमालाई मेरो समयको असाध्यै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हेल्चेक्रयाइँ

~ईशा शाह~ ‘मुग्धा ! किचनबाट फर्किदा तातो पानी लिएर आऊ है ।’ आयुषले भन्यो । ‘किन चाहियो हजुरलाई तातो पानी ? अघिपछि रुघाखोकी लाग्दा तातो पानी पिउनुभन्दा स्वाद हुन्न भन्ने मान्छे हजुर, आज किन तातो पानी ल्याउन भन्दै हुनुहुन्छ हजुर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : होटेलको साइनबोर्ड

~राजु क्षत्री “अपुरो”~ उसलाई नोकरी गर्नुभन्दा व्यापार गर्ने भित्री इच्छा थियो । तर, कुन व्यापार गर्ने भन्ने निर्णय लिन सकिरहेको थिएन । सर्वेक्षण गर्दा एउटा सहरको केन्द्रबिन्दु मानिने ठाउँमा होटेल चल्न सक्ने सम्भावना देख्यो । उसले आफ्नो झिटीझ्याम्टो धितो राखेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अरुलाई यो अर्ति

~अरुणबहादुर खत्री “नदी”~ रेडियो नेपालबाट प्रशारण गरिने विभिन्न कार्यक्रमहरुको नियमित श्रोता खड्गबहादुर एकदिन रेडियो नेपालको कार्यालय परिवेशभित्र रेडियो नेपालमा प्रशारणको लागि आफ्नो रचना पुर्‍याउन जाँदा एउटा कर्मचारीले आफ्नो खल्तीबाट सुर्ती झिकेर मुखमा हालको देख्दा खड्गबहादुर अचम्ममा पर्‍यो र उसले भन्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कोठे मुसहर

~रामचन्द्र खतिवडा~ तराईं नेपालको उर्वरभूमि हो । तराई क्षेत्रको सप्तरीमा मुसहर जातिहरू प्रशस्त छन् । यिनीहरू सयौँ वर्ष अघिदेखि बसोबास गरिरहेका नेपालका जनजाति हुन् । सप्तरीको उर्वरभूमि फाँडेर बसेका उनीहरू पहिले त्यस भूमिका मालिक थिए, अहिले सुकुमवासी भएका छन् ।

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : तन्द्रामा अमेरिका

~धीरकुमार श्रेष्ठ~ जीवनमा एकपटक मात्र भए पनि अमेरिका पुग्ने सपना धेरैले सोचेका हुदा रहेछन् । नभए प्रत्येक वर्ष डी.भी. खुल्दा साइबर क्याफेमा फारम भर्नेको झर्को लाग्ने लर्को नलाग्नुपर्ने हो । अग्घोर राष्ट्रवादीदेखि अन्तराष्ट्रवादी सम्म यस दौडमा बुर्कुसी मारेर कुदिरहेछन् । … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : मृत्युको घण्टी

~हरिप्रसाद भण्डारी~ जङ्गलमा एउटा उद्दण्ड सिंह बस्थ्यो। “म यो वनको राजा हुँ, मेरो आदेश सबैले पालना गर्नुपर्छ। उसको आदेश कडा हुन्थ्यो। जनावरहरूको जथाभावी हत्या गर्नु उसको शोखको विषय थियो। कसको कुन बेला काल आउने हो, कुनै ठेगान थिएन। यसले गर्दा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment