Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : अन्तत

~यकिना अगाध~ ‘चाडबाड आयो ।’ घरका सबै पाल्तु जनावरहरुलाई खुकुराले बास्दै सचेत गरायो । ‘ए है !’ कान ठाठाडा पार्दै राँगा भैसीले चनाखा देखाए । ‘आ जे होला होला… ।’ भवितव्य भइ नहाल्लान भन्ने मुडमा बोका बाख्राहरु देखिए ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : राष्ट्रिय चिन्ता

~आर.सी. रिजाल~ यस साउनको अविरल वर्षाले आफ्नो जिल्लामा केकति क्षति भयो, सोबारे बुझ्न म मेरा मित्र इन्जिनियर देशभक्त शर्माकहाँ पुगेँ। फरासिलो स्वभावका धनी मित्र कोठाभित्र दारीसमेत नखौरी जिङरिङ्ग परेको देख्दा बाढीपहिराले राष्ट्रिय सम्पत्ति नोक्सान पु-याएको कारण चिन्ताले सताएको हो भन्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घाइते

~टीका सुवेदी~ दृश्य एक     सहरको अफिस जाने समय। व्यस्त सडकमा एउटा दुर्घटना हुन्छ। मोटरसाइकल-चालक एउटा युवक र ठक्कर लागेकी एउटी युवती दुवै अत्यन्त नराम्रोसँग घाइते हुन्छन्। हल्लाखल्ला मच्चिन्छ, भीड जम्मा हुन्छ। पुलिसहरू आउँछन्, घटनाको जायजा लिन्छन् र दुवै घाइतेहरूलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लीला

~यकिना अगाध~ नयाँ अफिसमा सरुवा हुनासाथै हाकिमले अफिस सिङगार्यो । रंगरोगन, पुराना फर्निचर तथा सामानहरुको मर्मत सम्भार र नयाँ खरिद गरायो । बगैंचामा विभिन्न प्रजातिका फूलका नयाँ नयाँ गमलाहरु थपे । कसैले उच्च ओहदामा उजुरी हाल्यो । जाँचबुझ

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : न्यायमूर्ति

~हेमबहादुर गन्धर्व~ “न्यायमूर्ति ढल्यो–न्यायमूर्ति ढल्यो” भन्दै शहरको बीचमा कोलाहल र कौतुहल मच्चिरहेको थियो । न्यायमूर्ति ढलेको हल्ला एकै छिनमा चैतको डढेलो जस्तै शहरका गल्ली गल्ली, चोकचोक हुँदै देशभरी फैलियो । न्यायमूर्ति ढलेको हल्ला सुनेर आश्चर्य चकित मान्दै गाउँदेखि शहरसम्मका हुलका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विद्या प्रभाव

~यकिना अगाध~ विवाह समारोह चल्दैथियो । उसकी श्रीमति उभिइ उभिइ आफन्तजनहरुसँग हाँसो ठट्टा गर्दैथिइन् । एक्कासी रुख ढलेझैं भुँइमा गल्र्याम्मा ढलिन् र मरिन् । आफन्तगण सबैले भन्यो कि यस गाउँको मान्छेको मरण आजसम्म यसरी भएको देखिएको छैन । पक्कै कुनै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : महत्त्वपूर्ण सम्पत्ति

~शर्मिला खडका दाहाल~ उनले आफ्नी आमा पालेकी थिइन्। चार भाइ छोरा कसैसँग अटाउन सकेकी थिइनन् उनकी आमा। कुनै समय उनकी आमाको विचार यसरी सार्वजनिक भएको थियो -‘मैले किन अंश भाग लिनु र? सबै छोराहरूले बाँडून्। म एउटी आमालाई कुनै न … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ईनार

~कात्यायन~ – “के भएको होला यस्तो !” – “खै: के भयो र हजुरबुवा ?” – “चारैतिरबाट यस्तै समाचार पनि आइरहेछन् |” – “कस्तो समाचार’र हजुरबुवा ?” – “ईनारहरू खन्दा खै: कस्तो फोहोर मात्र निस्किरहेछन्’रे !.. राता-सेता-हरिया-पहेंला लेदाहरू !”

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विवशता

~त्रिचन्द्र ‘प्रतीक्षा’~ ऊ सार्‍है थाकिसकेको थियो, आफ्नो बेरोजगारीसँग । बिहानदेखि काम खोज्दाखोज्दै साँझ भोक आक्रोशमा परिवर्तित भयो । केही गर्ने विचारले ऊ टुकुचानेर एउटा अँध्यारो गल्लीमा बस्यो । आधाी रातपछि एउटा आकृति छिटोछिटो हिँड्दै गरेको देखियो । ऊ सजग भयो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रोटी

~यकिना अगाध~ सुकुम्बासी बस्तीमा जेनतेन जीवन गुजारिरहेको तिनको लोग्ने बितेपछि एक छोरोको जिम्मेवार तिनकै काधमा आइपर्यो । तिनी नजिकका बजार जान्थिन्, इटा, सिमेन्ट, बालुवा, तरकारी जेजेको भारी पायो त्यही त्यही बोक्थिन् । दिनभरीको ज्यालामजदुरीबाट आएको रकमले छोरा र आफूलाई एकगासको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : बाघसत्ता र बिरालो

~हेमबहादुर गन्धर्व~ कुनै एउटा जंगलमा चार वटा ठूला बाघहरू बस्दथे । बाघहरूबीचको स्वभाव, रंग र आकारमा भने फरक फरक थिए । बाघहरू कहिले मिलेर बस्दथ्यो भने कहिले लड्दथे । ती आपसमा लडिरहने बाघहरूले शक्ति सन्तुलनलाई कायम राख्ने यस्तो षडयन्त्रकारी गोप्य … Continue reading

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : कारे हजुरहरू

~हिरण्य भोजपुरे~ मेरो सालोको एउटा ‘पार्टी प्यालेस’ छ । नाम के रे भने ‘कमण्डलु’ । मलाई अचम्म लाग्छ त्यसले किन त्यो नाम राखेको हो ! माग्नका लागि त्यसले ‘प्यालेस’ खोलेको हो र ? कुबुद्धि… ! बूढाले मलाई कुबुद्धि भन्यो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विनाशकाले बुद्धि

~यकिना अगाध~ उहिले रावण नामक राजाले लंका भन्ने देशमा राज्य गर्दथ्यो । आफूले राजगर्न थालेपछि जनता आफ्नो पक्षमा नआउलान् भन्ने डरले उसले देशवासीसंग तीन वाचा गर्यो । पहिलो वाचा थियो– आफ्नो देशबासीलाई सिधै स्वर्ग पुग्ने भर्याङ हालिदिने । दोस्रो वाचा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : डर

~यकिना अगाध~ सर्पले टोक्ने बित्तिकै उ बेहोस भएका कारण घरका मान्छेहरुले हतार हतार सर्पदंश उपचार केन्द्रमा पुर्यायो । केही समयको उपचारपछि निको भयो र घर फर्कियो । केही महिनापछि घरको पींडिमा बसेर सबैजना गफिरहेका थिए । त्यहीबेला अलिपर एउटा ठूलो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आश्वासन

~कृष्ण बजगाईं~ “लौन यसका बाबुलाई बेपत्ता बनाए । आमा पोइल गई । यसो सरसहयोग गर्नु पयो ।” दयालु दाताहरुले आफ्ना नानीहरुको गाँस काटेर यथासक्य सहयोग गरे । केही दिनपछि उसका छोराछोरीले राम्रा लुगा लगाएर स्कूल गएको देखियो । ० ० … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पुरस्कार

~यकिना अगाध~ बिरालोले सानो स्वरमा म्याउ म्याउ गर्यो र मालिकको वरीपरि घुम्यो । मालिकको खुट्टामा गएर पुच्छर ठाडो पार्दै जिउ दलेर लाडे पल्टियो । मालिकमा दयाभाव जाग्यो । उसले बिरालोको खाने भाडोमा दुध हालिदिदैं भन्यो– ‘ला ला मोरो घिच ! … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रचना

~कात्यायन~ – ‘थाहा छ छोरी मूर्ख कालिदास कसरी महाकवि कालिदास भए ?’ – ‘थाहा छ मामु |’ – ‘थाहा छ छोरा कसरी व्याधा रत्नाकर संस्कृतका आदिकवि बाल्मीकि भए ?’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गधा

~यकिना अगाध~ कारखाना मालिकले आफ्नो एकजना मजदुरलाई गाली गर्दे हकार्यो– ‘साला ! गधा । तेरो बुद्धि छैन ?’ ढाडमा भारी बोकिरहेको मजदुर मालिकको गाली नसकिन्जेल केहीक्षण त्यही ठाउमा मेशिनझैं यन्त्रवत उभिइरह्यो । भारी बोकेर यही बाटो भएर आइरहेको एउटा गधाले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सालिक

~हरिप्रसाद भण्डारी~ पुरानो सामन्ती सत्ता ढालेपछि आन्दोलनकारी जनताले चौबाटोको बीचमा रहेका पुराना शासकका सालिकहरू पनि ढाल्न सुरु गरे । नायकले आफूसँग भएका सबै हतियारहरू सालिकमाथि प्रहार गर्न आदेश जारी ग¥यो । सालिकहरू ढालिए । सडकमा लम्पसार परेका सालिकहरूलाई टुक्राटुक्रा पार्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित लघुकथा : देवता

~यकिना अगाध~ यसपाली बर्खामा अरु बेलाभन्दा धेरै ठूलो पानी पर्यो । ठाउँ ठाउँमा पहिरो गएको र मान्छेहरु बगाएको समाचारहरु सुनिन थाले । यस गाउँका पूजारी बाजे यी खबरहरु सुनेर साह्रै डराए । यो बर्खा सकुशल टार्नका लागि उनी रातदिन भगवान … Continue reading

Posted in अनूदित लघुकथा, लघुकथा | Tagged | Leave a comment

लघुकथा : बेला न कुबेला ‘बजि नयला’

~हिरण्य भोजपुरे~ — प्याराडाइज कोलोनीमा अचम्म–अचम्म हुन्छ । — के भो भाइ ? — आज हजुरको घरतिर हेरेको,

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दलित दिवस

~हरिप्रसाद भण्डारी~ जङ्गल जान लागेको धनबहादुरलाई सबैले रोके र पहिलेदेखि तयार पारिराखेको मञ्चमा लगेर बसाले । धनबहादरले हतारमा नाम्लो थन्काउन र खुर्पेटो फुकाल्न पनि भ्याएन । अफ्ठ्यारो मानीमानी नाम्लो र खुर्पेटोसँगै

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : परिवेश

~कात्यायन~ – ‘बाबा’ ! – ‘अँ भन ! – ‘ती मंचमा आसिनहरू को को हुन् ?’ – ‘कुनै पार्टीका नेता-अधक्षहरू वा मन्त्री-प्रधानमन्त्रीहरू वा सभामुख वा राष्ट्र-पति यस्तै-यस्तै हुन् बाबु |’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कागलाई बेल

~यकिना अगाध~ देशमा गणतन्त्र आयो । सबैतिर खुशी र उमंगको दीपावली भयो । सबैजना भन्न थाले– अब दुःख हरण भयो, सुखको दिन आयो । केही समयपछि चुनावको घोषणा गरियो । प्रतिस्पर्धीहरु गाउ गाउ पस्यो । पहिला रावण आयो र सीता … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : काष्ठ-मण्डप

~कात्यायन~ काठै-काठले निर्माण भएको विशाल काष्ठ-मण्डप आफूलाई दुर्गन्धित भएको महसुस गर्छ र बागमतीमा गएर स्नान गर्छ | उसले बिर्सिएको थिएन कि कुनै बेला जनताबाट तिरस्कृत र दूषितहरू आफूलाई स्वच्छ-छवि र योग्य प्रमाणित गर्न दौरा-सुरुवालमा सु-सज्जित भएर नारायणहिटीमा स्नान गर्न लम्पसार … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हिङ ब्यापारीको टालो

~यकिना अगाध~ नेपाल भन्ने देशमा हिङको ठूलो माग थियो । दुःखको कुरो, जहा जहा हिङको माग हुन्थ्यो त्यहा त्यहा हिङको उत्पादन हुदैनथ्यो । एकजना रायमाझी नाम गरेको चलाख ब्यापारीले नक्कली हिङ बनाएर बजार परीक्षण गर्ने निधो गर्यो । उसले नक्कली … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पधौरे

~हिरण्य भोजपुरे~ आयो पाध, गयो पाध पाधका निम्ति केको बात… ! यो मूल मन्त्र जप्तैजप्तै म हुर्किएँ । म बढेँ । बालकालमा मैले पाधेको मलाई सम्झना छैन । तन्नेरी हुँदा त्यस्ता पाध कति पाधिए होलान् कति ! अस्ट्रेलिया तालिममा

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भाग्य परीक्षण

~योगेन पौडेल~ पशुपति परिसरबाट पूर्वतिर बागमती मनग्गे ठोस लिएर बग्दै गरेको हेर्दैथिएँ। नदीबाट पशुपति मन्दिर चढ्ने सिँढी छेउको सानो मन्दिरमा पशुपति परिसरबाटै मान्छेहरु सिक्का फ्याँक्दै थिए, आ-आफ्नो भाग्य जाँच गर्दै थिए। सोह्र-सत्र बर्ष जति लागेकी नातिनी र पैंसठी- सत्तरी जति … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रिप (RIP)

~कात्यायन~ – मिस्टर ह्यारि र मिसेस् ज्वाय परदेश पलायन भएका केही वर्ष बितिसकेको थियो | अर्थात श्री हरिप्रसाद सेमिनारमा र श्रीमती जयादेवी विद्यार्थीको रुपमा केही महिना बिरायर गएका थिए | – तीन महिने नातिनी र डेढ वर्षे नातिहरूको प्रगती विवरणहरू … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आश्चर्य

~यकिना अगाध~ यता आज शहीद दिवश । सालिकलाई मर्मत–सम्भार गरी चिटिक्क पारियो । बिहानै सेनाका टुकुडीले सलामी चढायो र राष्ट्रप्रमुखले माल्यार्पण गरी उनको महान बलिदानको प्रशंसा गर्यो । लगतै स्वागत भिडमा मिसिएका विपक्षी दलका

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गाडधन

~हिरण्य भोजपुरे~ म मरेँ । हुन पनि म मरँे । म मरेको मैले मलाई हेरिरहेँ ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : खली

~रत्न प्रजापति~ ऊ सहरको एउटा नाउँ चलेको क्याबिन रेष्टुराँभित्र थियो । ऊसित उसको सेवाको लागि थिई एउटी सो¥हसत्र वर्षकी राम्री केटी । केटीको असाध्यै लोभलाग्दो छाती देखेर ऊ निकै लोभियो । त्यो असाध्यै लोभलाग्दो छाती देखेर उसले आफूलाई थाम्नै सकेन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment