Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : पञ्च बलि

~गोविन्द के. सी.~ हरेक बर्ष देवी थानमा लप्टन काइँलाले पञ्च बलि चढाउने । त्यो पञ्च बलिको प्रतिक्षा सबैलाई हुन्थ्यो । रमितेलाई रमिता, गरीबलाई भोजन र पुजारीलाई मनग्य दक्षिणा । जब लगातार दुई बर्षसम्म लप्टन काइँलाले पञ्च बलि चढाएनन् तब सबैजना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : धामी र बोक्सी

~अन्जान मानव~ एकजना धामी कुनै बिरामीलाई फुकफाक गर्न पल्लो गाउँ जाँदै थियो । अचानक उसले कोही कराइरहेको आवाज सुन्यो । सुनसान र जंगलको बाटो, आवाज आएकोतिर हेर्यो । त्यहाँ एकजना महिला लडिरहेकी थिईन । उनको शरीर भरि घाउ थियो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समावेशी सहभागिता

~लीलानाथ असन्तोषी~ रानीवनका व्यवस्था अन्य वनको भन्दा भिन्दै थियो । त्यहाँ वनका राजा सिंहको आदेश र निर्देशन सबै जनावरहरूले पालना गर्दथे । राजा सिंहले पनि सबै जनावरहरूले मनोभावना बुझेर कामको जिम्मेवारी तोक्दथे । जुन सबै जनावरलाई मञ्जुर हुन्थ्यो । कामको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुन्तलीको तिहार

~छक्कु उदासी~ आफ्नो घरको आगनमा तिहारे फूल कोपिला बन्दै जति मुस्कुराउन थाल्थ्यो उति सुन्तलीको खुसी पनि मुस्कुराईरहेको थियो । किनकिआफ्नो मुटुको टुक्रा जस्तै भाइ परदेशबाट फर्की आउँने ब्याकुल प्रतिक्षामा थिई । प्रत्यक बर्ष भाइको बाटो हेर्दा हेर्दा सुन्तली थाकेकी थिई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाचार

~गीता थापा ‘दोषी’~ उसले अघाउञ्जेल पढी।तर नोकरी पाइन। व्यापार व्यवसाय गर्न आर्थिक अवस्था कमजोर थियो। बैंकबाट ऋण काढ्न बैंकलाई देखाउने जेथो केही थिएन। रैपनि योग्ताको प्रमाणपत्र झोलामा बोकेर नोकरी खोज्ने कामलाई निरन्तरता दिइरही। योग्यता अनुसारको काम नपाइए पनि होटेलमा

Posted in लघुकथा | Tagged | Leave a comment

लघु-कथा : लोग्ने मान्छे

~सीता सुब्बा~ हाम्रो बिहे भएको झण्डै पाँच बर्षनाघिसकेको थियो । मबाट कुनै सन्तान नभएपछि त्यो घरबाट म अतिनै अपहेलित भैसकेकी थिएँ । सासुआमाको हातबाट कति मेरा केशका टुक्राहरू चुँडिए अनि लोग्नबाट समेत तीखा बाँडरूपी अप्रिय बचनहरू प्रहार हुन्थे कति । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एउटा फूलको अवसान

~रूद्र सुब्बा~ नजिकैको बुकि फूल टिपेर किरणले अरूणिमाको चुल्ठोमा घुसार्दै भन्दै थियो, “अरूणिमा, मेरो खुशीहरू भित्र तिमी, मेरो मनका तरङ्गहरूमा सँधै सँधै तिमी । तिमी विनाको जीवन एउटा नकोरिएको सादा कागज जस्तै हुनेछ ।” त्यसपछि अरूणिमाले पनि सुष्क हाँसो र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बीरे सुन माया सम्झना

~बोगीराम गोर्खा भण्डारी~ बीरे छुट्टी आयो, सम्झना सित विहेपनी भयो, नयाँ नौलो गृरस्थी संसारको थालनी। सम्झनाको भित्रिमनमा आफ्ना दौंतरीहरू भन्दा धेरै सुनचाँदीले टलक्कै हुने चाहनाको बिरूवा बिस्तारै बोट हुन थालेछ। बीरेले पुगिसरी आएको सुनका गहना दिएकै भएपनि सम्झनाको धोको भने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मागका सूचिहरु

~सुबिसुधा आचार्य~ दश बजेर दश मिनेट जाँदा भित्रन्छे ऊ कोठामा । छोरा-छोरी पल्याङ्ग पुल्टुङ्ग सुतेका छन् सोफामा । लामो हाई काड्दै ऊ पनि बस्छे कुर्सीमा । लथालिङ्ग छ कोठाको अवस्था । टिभी अन, ल्यापटप अन, टेबल र भुइँभरि छरिएका किताब-कापी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : स्वप्नग्राम

~किशोर पहाडी~ गाई चराइरहेका वीरमान अचानक टोलाउन थाले । घाँस काटिरहेकी मगर्नी बुढीका हातहरू टक्क रोकिए । खोपी खेलिरहेका चङ्खे, चाउरे, घैँटे र मनेहरू खेल्न छोडेर एक-अर्कालाई हेर्न थाले । जगत् साहू जुरुक्क उठे । पसलबाहिर आए । मकै भुट्दै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चुनाव

~आर आर चौलागाईं~ त्यो क्याम्पसमा त्यस सङ्गठनले कहिल्यै जितेन । तर यसपालि पार्टीलाई त्यहाँ नजिती भएकै थिएन । पार्टीको चुनाव जित्ने रणनीति अनुसार एउटी युवती चुनावमा खट्ने भई । झन्डैझन्डै बत्तीस लक्षणले युक्त धपक्क बलेकी युवतीको क्याम्पसमा प्रवेश भयो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : म के गरु ?

~लिला रिजाल (सुवेदी)~ आकाश पनि रिसाए झैं गरेर कानको जाली नै फुट्ने गरी गर्जदै थियो घरि घाम लाग्दै थियो त घरि सिमसिम पानी परिरहेको थियो । पाल टाँगेर आँगनमा तुलसाको मठ छेउ हरिशरण काकाको लास लडिराखेको छ । श्रद्दान्जली दिन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : छोराछोरी ठुला भए

~लीला रिजाल~ म सानै छंदा छिमेकमा एकजना साँइली काकी बस्थिन | म सधै जसो उनका घरमा खेल्न जान्थें । त्यो बेलामा उनीहरुको रवाफनै बेग्लै थियो | जहिले पनि गाउलेले सुन्ने गरी ‘ए दिपक, गोमा, मासुभात खान आइज, खिर खान आइज,मिठाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अन्तिम बेन्चको छेऊ

~अनुप जोशी~ अंग्रेजी कक्षा सम्झने वित्तिकै पनि मेरो मनमा बारुद विष्पोट हुन्थ्यो । शरीरका नसाभरी यौटा भयपूर्ण खवर संचारित हुन थाल्थ्यो । जब हिटलर जस्ता अंग्रेजी शिक्षकले कक्षा प्रवेश गर्थे ; म आफ्ना सम्पूर्ण वाह्य गतिबिधिहरुलाई सन्तुलित प्रस्तुत गर्न यत्नरत … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनौठो जाँगर

~खगेन्द्र पन्धाक लिम्बू~ बैंककको मध्य-ब्यस्त सडकमा एकजना मगन्ते आज पर्यन्त छ l नहरमाथिको पूलसडकको पेटीमा बिहानै देखि ठूलो सर्टभित्र दुवै हात लुकाएर मुखले टोकरी च्याप्दै दुईचार पैसा कमाउने उनको पेशा अचम्मको छ l

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पछुतो

~विश्वराज अधिकारी~ ‘वहाँले एउटा पलंग किनेर ल्याउनु भएको थियो। त्यो पलंग किनेर ल्याउनु भएको दिन, दिन भरि मैले केवल झगडा गरेर बिताएँ, ‘मसँग सल्लाह नै नगरेर किन पलंग किनेको’ भनेर। हरेक वर्ष, दसैंको समयमा, वहाँलाई घुम्न जान मन लाग्थ्यो, खास … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अवस्था

~धीरेन्द्र मल्ल~ – नेमप्लेट टाँगिएको थियो डा. नेपाल। उसले नेमप्लेट हेर्‍यो। मुन्टो हल्लायो। त्यसपछि ढोकामा दबाब दियो। ढोका उघ्रियो। भित्र पस्यो। सँगैको कोठामा ढोका खुल्ला थियो। त्यहाँ उसले एउटा व्यक्ति निमग्न भई बसिरहेको देख्यो। त्यस व्यक्तिको ध्यान आफूतिर आकर्षित गर्न … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समयले कोल्टो फेरेपछि

~डा. ऋषि बस्ताकोटी~ त्यतिखेर देशको शासनसत्ता उहाँकै हातमा थियो । अधिकारको खोजी गर्नेहरू, स्वतन्त्रताको माग गर्नेहरू सबैसबैलाई सरकारले खूव दमन गर्यो । सैयौ शहीद भए, हजारौं कैद भए। मुलुक एक हिसावले राक्षसी राजमा बदलियो। आखिर अँध्यारोले उज्यालोलाई कति दिन पो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हाकिम

~चूडा निर्भीक~ उसको शरिर मोटो थियो । भुँडी उछिट्टिएर भुईँ हेर्न नमिल्ने भएकोले हिँड्न पनि उसलाई मुश्किल पर्थ्यो । ऊ अतिसारको व्यथाले एकदिन अपर्झट मर्यो । उसको त्यो उछिट्टिएको पेटमा के रहेछ भनि हेर्ने उत्सुकता सबैलाई भयो । मानिसहरूले पोष्टमार्टम … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आज हाकिम फेरियो

~चूडा निर्भीक~ आज फेरि उसको हाकिम फेरियो । पुरानो हाकिम हुँदा उसले प्रशस्त फाईदा लुट्यो । कहिले साथीहरूको कुरा लगायो । कहिले फाईल लुकाएर कार्यालयका कार्यक्रमहरू फर्जी रुपमै सम्पन्न गरायो । यस कार्यको लागि हाकिमको पुरा समर्थन प्राप्त गरेकै हो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : टिकट

~रमेशमोहन अधिकारी~ एकजना स्वाभिमानी युवक बेरोजगारीले असाध्यै पिरोलिएको थियो । सकेसम्म त उसले आफ्नो मर्का आफन्तहरू समक्ष राख्न चाहेको थिएन । तर जागिर कहीँ नभेटेपछि ऊ आफ्ना मामानेर गयो । उसका मामा सत्ताको नजिक त छँदै थिए र शक्तिशाली पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आँखा

~रमेशमोहन अधिकारी~ ‘के कम्प्लेन हो, तपाईँको ?’ एक सरकारी अस्पतालका डाक्टर आफ्नो रोगदेखि आत्तिएको रोगीलाई हल्का तरिकाले प्रश्न गर्दछन् । ‘मेरो कानमा केही समयदेखि रातो देखिएको छ । दुख्तैन पनि र चिलाउँदैन पनि । पहिलेभन्दा फैलिएको पनि थाहा छैन

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घोषणापत्र

~कृष्ण बजगाईं~ कोट, पाईण्ट, र्सट तथा टाइमा ठाँटिएका क्रान्तिकारी नेता पाँचतारे होटेलको सभा कक्षमा चुनावी घोषणापत्र सुनाउँदै थिए । -दश वर्षा हाम्रो वाषिर्क आय तीनहजार अमेरिकी डलर पुर्‍याउनेछौं । -देश निर्माणका महत्वपूर्ण आयोजनाहरुमा विदेशी लगानी भित्र्याउनेछौं ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शुभचिन्तकहरु

~जगदिश घिमिरे~ उ शुभचिन्तकहरुको बथानले घेरिएको हुन्छ, जसरी सङ्लो खोलाको माछा जालको गोटिले घेरिएको हुन्छ, जसरी कैदी पर्खाल र नेल ले घेरिएको हुन्छ, जसरी देश साँध सिमाना ले घेरिएको हुन्छ । उ यसकारण बाँचेको थियो, कि कुनै शुभचिन्तकले उसलाई मर्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अकल्पनीय निमन्त्रणा

~आचार्य प्रभा~ सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन् “यो परेवाको मासु चाख त मेरी श्रीमतिले बडो मी� ो गरि पकाएकि छिन् । ” सरोज अनायास … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हामी किन मौन छौँ ?

~डा. कविताराम श्रेष्ठ~ बुईङ्गलमा पसेको चोरलाई मैले हाँक दिएँ – ‘झरिहाल तेरो खैरियत छैन ।” त्यसले अनुहार देखायो । निडर अनाक्रमक र दृढ । एउटा हातमा भएको प्लाष्टिकको जर्किन झड्कादैैै्र त्यसले आवाज निकाल्यो – छत्ल्याङ्गु…।छत्ल्याङ्ग…॥छत्ल्याङ्ग…॥ अर्काे हातले लाईटर बाल्यो- चर्याक्क … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लिफ्ट

~कृष्ण बजगाईं~ कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आशा

~कृष्ण बजगाईं~ उनको आवाज सुन्न चाह्यो उसले । “गोपी कृष्ण कहो” जसरी नै उनी फरर… बोल्न थालिन । शरिरको नाप नक्सा हेर्न चाह्यो उसले । उनी लजाउँदै सामुन्ने आईन । उसले आधा छोपिएको घुम्टो उघार्यो आँखैले र अधरको मुस्कान खोज्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनास्था

~कृष्ण बजगाईं~ आफ्नो पुस्तैनी पेशा संकटमा पर्न लागेकोले मन्दिरका पुजारीहरु चिन्तित बने । सामूहिक समस्याको रुपमा देखिएको त्यो संकट निवारणका लागि ठूलो भेलाको आयोजना गरियो । धर्मप्रति मानिसहरुको घट्दो आस्था बढ्दो महंगीमा उही बर्षौदेखिको यथावत दान-दक्षिणा र भेटी मठ-मन्दिरको जीर्ण … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुतेको मन

~बासु श्रेष्ठ~ जैसन नुनीको टेबलमा गएर जिस्किरहेको म अक्सर देख्ने गर्थेँ । नुनीको भर्खर ब्रेकअप भएको थियो । जैसनकोपनि गर्लफ्रेण्ड थिएन । नुनीसँग मैले उसको ब्रेकअपको बारेमा सोध्दा भनेकी थिई । ‘उ मलाई कतै जान दिन चाहँदैन 70-480 exam 070-411 … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु-कथा : धोका भयो माफी पाउँ

~राम अधिकारी~ परदेश आउँदा गाँस र बास दिएका खगेन्द्रले डेरा छोड्नेभन्दा निरज निकै टोलाएको छ । उसकी बुढी समेत एकतमास देखिन्छे । सँगै एक वर्षसम्म एउटै परिवार भएर बसेका तीनजना कुनै आफन्ती थिएनन् । मात्र नेपालीको साइनो थियो । हेर्दाहेर्दै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गोटी

~श्री ओम श्रेष्ठ ‘रोदन’~ देशमा अनुमानभन्दा धेरै अनुपातमा जनसङ्ख्या बढेको तथ्याङ्क राष्ट्रिय योजना आयोगले निकालेपछि सरकारले जनता नियोजन गर्ने नीति पारित गर्‍यो । जसमध्ये आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने अर्थात् ढिलो विवाह गर्ने र एक दम्पतीले एक सन्तति मात्र जन्माउन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment