Category Archives: लघुकथा

लघुकथा / Micro Story

लघुकथा : समयको गति

~डा. रवीन्द्र समीर~ ‘छोरा ! तिमीले आफूलाई किन लागूपदार्थको सुईले घोच्दै छौ ? थाहा छ बाबु ! तिमीलाई टाउको दुखे मलाई ज्वरो आउँछ, तिमीलाई काँडाले घोचे मलाई घाउ हुन्छ…। बुढेसकालको एउटै सहारा तिमी, तिमी असल बन्नुपर्छ बाबु !’ उसको ओठे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नेपाल नर्क

~विदुर दर्नाल~ एक दिन एउटा मानिस मरेर नर्कमा पुगेछ । जब उ नर्कको पहिलो गेट छिर्यो एउटा ठुलो रुखको फेदमा टाँसेको टिनको बोर्डमा उसको आँखा पर्‍यो । त्यहाँ लेखिएको थियो “नर्कमा पाल्नुहुने सबै मनुष्य जाति लाई जुनसुकै देशको नर्कमा प्रवेश … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विमोचन

~कृष्ण बजगाईं~ कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नयाँ सुट

~कृष्ण बजगाईं~ पियनले नयाँ टाई लगाएर आएपछि कार्यालयमा तुरुन्तै खासखुस सुरु भईहाल्यो- “पियनले टाई त्यो पनि नयाँ !” त्यो कुरो सेलाउन नपाउँदै खरदारले पियनको टाईसँग मिल्ने नयाँ सर्ट लगाएको देख्दा कुरो उनी तिर बढ्यो । लौ, गर्मीमा स्टोरकिपरलाई नयाँ कोटमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जीवनः सन्त्रास

~यादव खरेल~ घोडा हिनहिनाएको आवाजले उ त्रसित हुन्छ र पछाडि फर्केर हेर्छ। कालेा कपडाले अनुहार ढाकेको, हातमा कोर्रा लीएर अरबी घोडामा सवार एक जना अजङ्गको मानिसले उसलाई लखेटिरहेको छ। मरुभूमिको तप्त समथर मैदानमा ऊ बेतोडले भागिरहेको छ, मुक्तीका लागि, ज्यान … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : टाउको पचासलाखको

~डा. कविताराम श्रेष्ठ~ ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्न सक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीबेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिवादित मन

~राज अबिरल यात्री~ बिवादित कुराहरु गरि चर्चामा अाईरहन्छिन पदमादेवी । पाँच दशक उमेरकी उनको व्यक्तिगत जीवन बारेमा उत्तिकै बिवादित कुराहरु थिए । कोहि अबिवाहित भन्थे कोहि लोग्ने संग छुट्टिएको । सत्य उनैलाई थाहा थियो । उनलाई कतै पुराना रंगकर्मी, कतै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : इबोला

~जीवन ‘पीडित’ दाहाल~ छोरी इबोला खुर्रऽऽ कम्पाला अन्तराष्ट्रिय विमानस्थलतिर कुदेकी देखेर आमा इबोलाले छोरीलाइ च्याप्प समाति र हकारी–‘किन त्यता कुदेकी ए केटी ?’ छोरीले आमाका हात आफ्ना पाखुराबाट हटाउँन बलगर्दै उत्तर दिइ–‘म पनि एसियाको नेपाल भन्ने देशमा जान लागेकी, बरु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मधेसिया

~जीवन ‘पीडित’ दहाल~ ‘आमा, अब हामीहरुले पनि हिन्दी सिक्नु पर्ने भयो नि तपाईले थाहा पाउँनु भो ?’–भरखरै खेल्न गएर फर्किएकी छोरीले आमालाई प्रश्न राखि सप्तरीको सखडा मन्दिरमा माग्न बसेकी आमालाई । ‘किन र बिटिया ?’–आमाले पनि प्रश्न नै तेस्र्याइ छोरीका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ममीको मिन्सट्रेसन

~जीवन ‘पीडित’ दहाल~ राजधानी काठमाण्डौको शंखरापुर नगरपालिका वडा नं. १४ को एउटा एउटी बालिका देखिइन्, बुढीआमैका साथमा, बेलुकीको तीन बज्न लागेका बेला । यस बेला बालिका घरैमा ! भनेर मलाई अलि आश्चर्य लाग्यो अनि मैले बालिकाको छेउमा गएर सोधे–‘तिम्रो नाउँ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्वाल परेको चाल्नो….

~सुरेश प्रसाद अर्याल “कान्छो”~ बजुले पटक-पटक त्यो खुटि तिर हेरिन् तर खुटि खाली थियो।आँखालाई पटुकीको टुप्पोले पोछेर फेरि ठम्याउने प्रयास गरिन तर खुटि वास्तवमै खाली थियो। “कता फालीस् त नाती केटा त्यो प्वाल परेको चाल्नो?” उन्ले आगनमा खेल्दै गरेको नातीलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : डर

~दीपक समीप~ फरक–फरक जीव, जीवात्माहरू एक दिन एउटा रुखमुनि बसेर सबैले पालैपालो आफ्ना कुराहरू राख्दै थिए ….. । गुलाबले भन्यो– म काँडाहरूको बीचमा पनि बाँचिरहेको छु । आजभोलि मलाई काँडाप्रति आस्था छ । परेवाले भन्यो– म बाजहरूको बीचमा पनि बाँचिरहेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समय सङ्ग्रालय

~यादव खरेल~ पिपल चौतारीमा एक जना वृद्ध मानिस एक्लै धुम्धुम्तिी बसिरहेको छ, दिउँसैदेखि। बाटोमा आबतजाबत गर्ने कोही छैन। धैरै बेरपछि एउटा भुस्याहा कुकुर दौडदै बच्चुरामको छेउँबाटै जान्छ। बच्चुराम खल्तीबाट चुरोट झकेर सल्काउँछ। बाटोमा हतारहतार हिडिरहेका हरिकृष्ण देखा पर्दछन्। बाटैबाट कराउँछन्, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : फलफूल

~डा. रवीन्द्र समीर~ सहरमा रोग पनि छ, औषधि पनि । सहरमा पैसा फल्ने बोट छैन तर पैसा छ, जुन थोरैले मात्र टिप्न सक्छन् । सहरमा फलफूलका बोट कतै छैनन् तर फलफूल प्रशस्त पाइन्छ । – ‘तपाईंकी श्रीमतीलाई रगतको कमी छ, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जाडोको लुगा

~डा. रविन्द्र समिर~ ‘….पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको…….यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्žयो…..।’ रिठ्ठेले पटुकाको फेरोमा बाधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो । ….यसको मूल्य अठार सय, यसको बाह्र सय, यो पातलोचाहिँको आठ सय, यो स्वीटरको सात सय…..। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : धुर्वेको बिन्तीपत्र

~तुलसीहरी कोइराला~ वन–जंगलको व्यापक अतिक्रमण हुन थालेपछि जंगली जनावरले आफूहरू असुरक्षित भएको अनुभव गरी आकस्मिक बैठक डाके । बैठकमा मानवीय अतिक्रमणविरुद्धमा आवाज उठाउँदै सबै जनावर जंगलको राजा भनाउँदो सिंहमाथि एक स्वरले जाइलागे । तिमी जंगलको राजा हौ भने सुरक्षा तिमीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : चमेली फूल र भमरा

~हरिहर खनाल~ “आज पनि मान्छे पाइएन?” मदन ढोकाबाट भित्र पस्ने वित्तिकै मुनाले सोधी। मदनले त्यसको उत्तर दिनुपर्ने आवश्यकता ठानेन। लुगा फेरेर हातगोडा धोइसकेपछि उसले ग्याँसचुलोमा लाइटर झोस्यो, बिहान फ्रिजमा राखिछाडेको भात र मासुको झोल ततायो र मुनालाई दियो। मुनाको आँत … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लघुमानव, महामानव र अल्पमानव

~रुद्र प्रसाद दनै~ आज साँझ विद्यालयबाट घर आईपुग्ने बित्तीकै कक्षा ३ मा पढने मेरी सानी छोरी लघुनाले मलाई बाबा बाबा, महामानव भनेको के हो ? यो कस्तो हुन्छ ? कहाँ बस्छ ? आदि आदि पुच्छर झुण्ड्याईएको प्रश्न सोधीहालीन । जहाँसुकैबाट … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : म मरिसकेँ

~हरिप्रसाद भण्डारी~ “को छ भित्र?” महाकवि देवकोटाका घरअगाडि पुगेर कवि केदारमान व्यथितले सोधे। “को हो? हामी छौँ, माथि आउनुहोस्।” भित्रबाट नारी आवाज आयो। कवि व्यथित केही गुनगुनाउँदै भित्र पसे र सिँढी उक्लदै तलामा गए।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वीर नेपालीको रोजाई

~जगदीश घिमिरे~ एक वीर नेपालीको सदगती भयो । सदगती भयो, एउटा विदेशको तफर्बाट अर्को विदेशका विरुध्द तेस्रो विदेशको समर्थनमा चौथो विदेशको विरोधमा पाँचौ इन्डियन भुमिमा यूध्दरत हुँदा वीर नेपालीको सद्गति भयो । उस्लाई यमराजसमक्ष उभ्याइयो । यमराजले भने, – “हे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सत्यको खोजी

~यादव खरेल~ ऊ कारण र परिणामको पत्रहरुलाई छोडाउदै छ, एक……….दुई ……….तीन ……….हजार ……….लाख। जति–जति पत्रहरु छोडाउदै गयो उति उति नयाँ पत्रहरु देखा पर्दै जान्छन्। विगत ७० बर्षदेखि कारण र परिणमका ती पत्रहरुलाई अहोरात्र केलाई रहेको छ, केही खोजिरहेको छ। पुराना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नारदजी को बिलौन

~शंकर श्रेष्ठ~ एक पटकको कुरा हो, भगवानको एउटा परम भक्तलाई दैबहरु देखी किन हो किन वाक्क लागेछ, र आँफैमा गुन गुनाएछ, यो पार्वती मातालाई के भाको …। गुन गुन… यो दैबहरु पनि आजकाल खाली यताको कुरा उता, उताको यता गर्छन् … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शान्ति

~नवराज रिजाल~ सबै सहमत भए । चित्त नबुझे चुप नलाग्ने आर्जितसमेत मौन देखियो । सुन्नेहरूलाई अनौठो लाग्यो तर बोलेनन् । सुन्न र प्रतिक्रिया नदिनुमा नै आफ्नो भलाई सम्झे । सबैका हातहातमा राँका थिए । जुलुसले सहरको परिक्रमा गर्यो् । प्रहरीले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लोकनेता र चैतेजनता

~होमर श्रेष्ठ~ त्यो आमसभामा इतिहासमै धेरै मानिस वैरिएका थिए। टुँडिखेलको खुलामञ्चमा नअटाएका श्रोताहरू रत्नपार्कतर्फ कोचिँदै थिए। वीरअस्पालका कौसीमा, छेउछाउका घरका छतमा, अकासेपुलमा र सडककिनारका रुखका हाँगा-बिँगामा समेत चढेर मान्छेहरू हेर्दै थिए। धोजा-पताका, पोस्टर-पम्प्लिट र ब्यानरहरूले खुलामञ्च नयाँ दुलहीझैँ सिँगारिएको थियो। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनौठो सपना

~कमल खतिवडा~ कहिल्यै नपुगेको त्यो ठाउँमा म कसरी पुगंे थाहा भएन । पहाड, जंगल, कान्ला, खोल्सा–खोल्सी र सल्लेरी हँुदै म उकालो मात्र लागि रहें। सल्लेरीकै छेउमा गाउँ देखें त्यस मध्येकै एउटा घरमा मेरो आँखा पर्‍यो। म घर नजिक पुगें कोहि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सर्वोच्च प्रतियोगी

~धीरकुमार श्रेष्ठ~ अन्तर्राष्टि्रय प्रतिस्पर्धाहरूमा प्रतियोगीहरू पठाउँदा जहिले पनि खेलकुद परिषद्लाई नातावाद, फरियावाद, कृपावाद, भनसुनवाद्, आर्थिक लेनदेनवाद आदिजस्ता आरोप लाग्ने गरेका थिए। त्यस कारण यस पटक यस्ता आरोप नलागून् र योग्य खेलाडी छानिऊन भनी परिषद्ले एउटा स्वतन्त्र छनौट समितिको गठन गर्योृ। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : इन्साफ

~जगदीश घिमिरे~ म मरेछु । बाँचेको कैले पो थिएँ र ? सबै साहित्यिकहरूलाई जस्तै मेरो लागि पनि नर्कको सीट सुरक्षित रहेछ । लेखकको रूपमा केही परिचित भएकोले अर्थात् अपयश कमाएकोले (यश साहित्यिकहरूले कमाउँदा रहेनछन् । तिनको उच्चता तिनले गरेको कुकर्महरूले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विवशता

~डा. रवीन्द्र समीर~ ‘सबै वर्वाद भयो ठूले !’ गाडी चालकले सोध्यो के भयो मालिक ? ‘के भएन भन्न !’ लामो सुस्केरा निकाल्दै उसले भन्यो पे्रसर बढेछ, सुगर बढेछ, कोलेस्ट्रोल बढेछ, युरिक एसिड बढेछ, पत्थरी पनि छ रे, प्रोस्टेट पनि बढेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मान्छेप्रवृत्ति – १

~कृष्ण बजगाईं~ ‘लोकतन्त्रमा हाम्रा कुरा पनि सुनिनु पर्दछ !’ दुइचार कुकुरको अगाडि एउटा कुकुरले के भुक्याथ्यो टोलका सारा कुकुर जम्मा भएर हो मा हो लगाउँदै भुक्न थाले । एकैछिनमा त्यहीँ उनीहरुको मिटिगं बस्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लैङ्गिक समानता

~डा. कपिलदेव लामिछाने~ चौतारीमा वर र पिपलका विरुवा एकैदिन एकै साइतमा रोपिए । समय बित्दै जाँदा वर हलक्क बढ्यो । झ्याम्म छाया दिने भयो । पिपल लिखुरो भयो । त्यसले अरूलाई छाया के देओस् ? ऊ आफैँ वरको छहारीमा थियो … Continue reading

Posted in लघुकथा | Tagged , | Leave a comment

लघुकथा : मोवाइल आतङ्क

~छविरमण सिलवाल~ निकै फस्टाएको व्यापारले प्रमोद मास्के निकै दङ्ग थिए । सधै एकनास नहुँदो रहेछ केहि समय यता खस्किदै आएको आफ्नो व्यापारलाई परिपूर्ति गर्न कुनै कसर बाँकी राखेका छैनन् उनले । प्रत्येक हप्ता स्टाफहरुसंग अन्र्तक्रिया गर्नू, उनीहरुको कार्यविवरण लिनु दैनिकी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुरक्षा

~श्रीओम श्रेष्ठ रोदन~ “होइन हामी चिडियाखानाका जनावर हांैं कि जङ्गली जनावर ? ”भालुको सानो बच्चाले आफ्नो आमासंग सोध्यो । “ हामी जङ्गलकै जनावर हौं त्यसैले त हामीलाई जङ्गली जनावर भन्छन् मान्छेहरु ।” भालुको बाउले जवाफ दियो ।

Posted in लघुकथा | Tagged | Leave a comment