Category Archives: मनोवाद

मनोवाद / Monologue

मनोवाद : मास्टरको मनोवाद

~प्रकाश पाण्डे~ मास्टर आज तनाबमा छ । संधै ऊ कलेजको गेटबाट छिर्नासाथ कलेजका सञ्चालकलाई नमस्ते गथ्र्यो । सञ्चालकले मुस्कानका साथ नमस्ते फर्काउँथ्यो । तर आज अचम्म भयो । सञ्चालकले फिका नमस्ते फर्कायो, मुस्कान बिनाको । उसको दिमागमा नानाथरी कुरा खेल्न … Continue reading

Posted in मनोवाद | Tagged , , , | Leave a comment

मनोवाद कथा : अन्तिम परीक्षा

~प्रकाश गिरी~ मेरो प्रेमकहानी अनौठो छ। उसलाई थाह छ म उसलाई नै चाहँन्छु। मलाई थाह छ ऊ अरु कसैलाई चाहन्छे। ऊ थाह नपाएजस्तो गर्छे, म थाह नपाएजस्तो गर्न खोज्छु।  प्रेमले जिवन दिन्छ। एकतर्फी प्रेमले जिवनमै मृत्यु थपिदिन्छ। हाँहाँ… ‘उसको प्रेमकहानी, … Continue reading

Posted in नेपाली कथा, मनोवाद | Tagged , , , , , | Leave a comment

मनोवाद : संरक्षक

~पूर्ण ओली~ म सकाण्ड सोत्तरिएको आज होइन । यी काण्डहरु बिचेत छन् । यी पत्रहरु पत्कर हुँदै झरिरहेका छन् । यी मुरहरु मुर्झाइसकेका छन् । म भने ठाडठाडै ठिङ्ग्रिङ्ग ठिङ्ग्रिएको छु । म जिङ्रिङ्ग जिङ्ग्रिएको छु । सुस्त चल्ने बतास … Continue reading

Posted in मनोवाद | Tagged , , , | Leave a comment

मनोवाद : नाममा के छ!

~चंकी श्रेष्ठ ‘अभय’~ प्रिय पाठक, यो एउटा आत्मनामा हो जसका लागि सुरुमै माफी माग्छु। आत्मगत लेखनको सार्थकता तब हुन्छ जब त्यसले सार्वजनिक अर्थ राख्छ। माफ गर्नुस्, मेरो आत्मनामा नेपाली सञ्चार माध्यमलाई ढपक्क छोपिरहेका वृद्धोन्मुख शरीरका दिमागी बालकविरुद्ध पनि हो। म … Continue reading

Posted in मनोवाद | Tagged , , , | Leave a comment

मनाेवाद : सपनाको न्यायाधीश

~महेन्द्र पौडेल ~ बुबाले मुक्तिनाथ दर्शन गर्न जाँदा कालीगण्डकी तीरमा एउटा शिला भेटेर ल्याउनु भएछ । त्यो सुदर्शन चक्र जस्तो देखिएको कालो शिला थियो । सुदर्शन चक्रका आधारमा आस्था जगाउँदै विष्णु भगवानको साक्षात रुप मानेर उहाँले मलाई भन्नुभयो– ‘बाबु यसलाई … Continue reading

Posted in मनोवाद | Tagged , , , | Leave a comment

मनोन्यास : पत्र

~मनोज कफ्ले ‘मनसुन’~ प्यारा साथी, सकुसल छु । अब किन किन मलाई पनि लाग्न थाल्यो संसारको आयु अब डाँडाँमाथि पुगेको छ । यो धर्तीमाताले सहन अवश्य सक्ने छैनन् यहाँ पाप फैलिएको धेरै भयो । अब हरेक देशमा तहस नहस हुदाँहुदै … Continue reading

Posted in मनोवाद | Tagged , , , , | Leave a comment

मनोवाद : हजुरआमाको अनुभूति

~सी पी अर्याल~ (हजुरआमाको सिंगो जीवन-स्केच देखाउने भिडियो रिलमा उहाँको अनुहारमा झैँ मुजा परेको छ । त्यो बज्छ कि बज्दैन, किरिङ-मिरिङ नै भए पनि दृश्य देखिन्छ वा देखिँदैन, थाहा छैन । पुरानो स्मृतिको त्यो टेप चालू गर्ने तरखरमा हजुरआमा आफैँ … Continue reading

Posted in मनोवाद | Tagged , , , | Leave a comment

मनोवाद : म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…

~कमल धिताल~ थाहा छ एसिया ! आज मलाई तिम्रो धेरै याद आयो । आज दिउँसो ‘श्रीकन्टे’ ले टुविटरमा ‘म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु’ भनेर टुविट गरेका थिए । अनि मलाई पनि यही गित सुन्ने हुटहुटी चल्यो, अनि अनायासै … Continue reading

Posted in मनोवाद | Tagged , , , | Leave a comment

मनोवाद : करिअर क्यान्सर

~राजन गोदार~ प्रिय बाउन्सर ! तिमीले मलाई अनावश्यक रिह्याव सेन्टरमा लग्दै छौ। पूरै रिङरोडलाई साढे पाँच इन्चको सानो सिन्काले नाप्न लगाउँछन् रे त्यहाँ ! र, सोध्छन् रे आखिरीमा, कति सिन्का भयो भनेर। एक बोरा चामल खन्याएर गन्न लगाउँछन् रे त्यहाँ … Continue reading

Posted in मनोवाद | Tagged , , | Leave a comment

मनोवाद : मनसँग भलाकुसारी

~विष्णु शर्मा~ आज मनिषाको मन पिरोलिएको छ । उसको अनुहारले त्यही झल्को दिइरहेको छ । उसको मनस्थिति बुझ्न मलाई कठिन हुदैन । ऊ मेरी जिगरी दोस्त हो । मन भन्छे किन मलाई मान्छेहरु तनसँग जोडेर खलबलाउन खोज्छन् ? मलाई किन … Continue reading

Posted in मनोवाद | Tagged , , , | Leave a comment

मनोवाद : संविधानको प्रतीक्षामा म संगै मेरो देश रोइ रहेको छ

~कृष्ण के.सी.~ संबिधान निर्माणको रापिलो बहस चलिरहेको मेरो देसको हालखबर सात समुन्द्र पारीको यो देसमा रहेर पनि मैले बुझी रहेको छु l भौगालिक दुरीबाट जति टाढा भए पनि संचारको यो युगमा मेरा देसका हरेक खबरहरु जान्ने र सुन्ने मौका पाई … Continue reading

Posted in मनोवाद | Tagged , , , | Leave a comment

मनोवाद : म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…

~आकार अनिल~ थाहा छ मानुषी ! आज मलाई तिम्रो धेरै याद आयो । आज दिउँसो ‘टपरेबाहुन’ ले टुविटर मा ‘म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु’ भनेर टुविट गरेका थिए । अनि मलाई पनि यही गित सुन्ने हुटहुटी चल्यो, अनि … Continue reading

Posted in मनोवाद | Tagged , , , , | Leave a comment

मनोवाद : कान्छा ! आजपनि गाउँ त रातै होला हगी !

~दीपशीखा~ कान्छा ! तिमी त आराम हौला पहाडहरुमा ! तिमी तकुशल हौला स्याउले झुपडीहरूमा । भर्खर भुल-भुले मुहान पानीमा तिम्रो आँत शितल होला । ठेला उठेका हातले उब्जेको श्रमको गाँसमा तिमी त पवित्र हौला । आज पनि देखिन्छ होला नसिङ्ग … Continue reading

Posted in मनोवाद | Tagged , , , , | Leave a comment

मनोवाद : एउटा डाक्टरको मनोवाद

~राजु दाहाल~ “अब, म यो देशमा बस्न सक्दिन । लाग्छ यो मेरो देशनै हैन, नत्र, नत्र एउटा नेपालीको छोरो भएर पनि त्यहि ब्यबहार पाउन नसक्नु कहाँ हुन्छ र ? बल, मात्र बल भएपछि पुग्ने, निर्बलीयाहरुले बोलेको आवाज कसैले नसुन्ने । … Continue reading

Posted in मनोवाद | Tagged , , , , | Leave a comment

मनोवाद : साँझको आरती, ब्रहृमनाल र जलेका लासहरू

 ~अनुपम रोशी~ भनिन्छ मृत्यु बलिदान हो । मृत्यु वीरता हो, मृत्यु सहिद हो रातो झण्डाभित्र । मृत्यु इतिहास हो, मूर्ति शालिकका सुनौला शिलापत्रमा । मृत्यु सम्झना हो बाच्नेहरूलाई तर जति नै आदर्श भए पनि मृत्यु पतन पनि हो जिन्दगीको र … Continue reading

Posted in मनोवाद | Tagged , , , , | Leave a comment

मनोवाद : तिनको नकचरो पोइ

~बुद्ध चेम्जोंग~ सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन l दिपक निकै मेहनेती अनि चलाक पनि छ, उ पहिलो छुट्टी आउदा सबितासंग मागी बिहे भएको हो l आमा बुवाले … Continue reading

Posted in मनोवाद | Tagged , , , , | Leave a comment