Category Archives: नेपाली काव्य

Poetry

कविता : दोबाटोमा भेटे जस्तो

~अशोक ‘खलानको मान्छे’~ दोबाटो मै छोडे जस्तो एउटा यस्तो प्रेम काहानी थाहा भई भुले जस्तो तिम्रो मेरो माया पनी मुटु सँग धड्के जस्तो नजिक हुँदा थाहै थियन टाढा हुँदा बल्झे जस्तो दोबाटोमा….

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनका कथा

~गोपालप्रसाद पौडेल~ जुन रोहेको ताराहरु हाँसेका तैपनि फेरि उज्यालो लिएर जुन चियाउँछे घाम रिसाउँछ झोक्केर तताउँदै डाँडापारि गएर निदाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : हर्के साइलाले सम्झेको कथा

~मदन राई ‘लामाखुले’~ साइलाको घरमा जाड ओथारींदा मर्चा नसालु पदार्थ हुन्छ ! बन्छ नसालु पेय पदार्थ, मातेर लट्ठ बनाउँछ मान्छे, बियर र रमको बिगबिगीमा (आधुनिक युग) ५००० वर्ष अघी मर्चाको कथा, बाँकी ५० वर्ष पछि, एउटा कथा भित्रको दन्तेकथा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आदिवासी बयान

~पदम राई ‘युद्धविराम’~ उकालो उक्लिन खोजें ओरालै झरें अगाडि बढ्न खोजें, झन् पछाडि परें हन्डर खाएँ, बिनाकसुर युगौंदेखि बाटो बनाउँदै हिँडेको मान्छे आफैं हिँड्न पाइनँ, आफूले बनाएको बाटोमा । असाध्यै तीखा आँखाहरू छन् बिछट्टै छिटा खुट्टाहरू छन् उत्पातै चलाख टाउकाहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना

~सौगात सापकोटा~ बर्खे खोलाको वेग झैँ आशा छ । मनमा पिडा तर मुखमा हाँसो छ ।। जहाँ कङ्गाल त्यहाँ चण्डाल छ । मनका भावनाहरु अनुहारमा छर्लङ्ग छ ।। कहिँआँखा बोल्छन् कहिँ मुख बोल्छन् । हेर ती गल्लीमा जहाँ ती उत्पीडा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : किन होला ?

~रविन गिरी~ लाग्छ, म तिम्रै न्यानो ओढिरहेछु तिम्रै सास फेरिरहेछु तिम्रै आवाज बोलिरहेछु तिम्रै दृष्टि देखिरहेछु बाँचेको त म यसरी पो रहेछु !

Posted in कविता | Tagged | Leave a comment

कविता : असामभित्र नेपाली

~मेनका पोखरेल आचार्य~ प्रभातझैं हृदय जहाँ खुलेर मुस्कुराउने प्रत्येक ढुक्ढुकी अपार प्रेममा रमाउने पवित्र व्रहमपुत्रको नदी सरी पवित्रता असामभित्र भेटिने रहेछ त्यो असीमता हरेक शब्द स्नेहले भिजेर बर्सने सधैं रहेछ जो विशिष्टता नपाइने अरु कतै जताततै सुसभ्यता झलल्ल झल्कदै थियो

Posted in कविता | Tagged | Leave a comment

गजल : कुरा धेरै देखिएछ

~पूर्ण बन्धन~ नचाहेरै लौ जमानामा, कुरा धेरै देखिएछ । कथा व्यथा गजलमा, आफ्नै धेरै लेखिएछ । चोक्टा खाने आस गरी झोलमा डुब्नभनी हाम्फाल्ने ती वैगुनीको, बाटो धेरै छेकिएछ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : हुरी पछि गृहगमन

~लक्ष्मी प्रसाद देवकोटा~ क. मीठो, मीठो, प्यारो गन्ध प्याज लसुनको आयो ! सूघँ बडो सरसरायो ! चट्याङ्गहरुमा जन्म लिएको, प्राणवायुको बाक्लो दाना त्रिकणी ओजोन्, माछा, माछा गह्नायो ! स्वर्गमा आज डीनर छ ! क्रान्तिपछि ! कि ? क्या हो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कविता र फोहोर लुगा

~विमल निभा~ अब म कविता लेख्न स्थगित गर्छु र लुगा धुन थाल्छु किनभने तमाम लुगाहरु फोहोर भइसकेका छन् कमिज, प्यान्ट, गन्जी र मोजाहरु फोहोरैफोहोरका बीचमा कविता लेख्न बस्नु

Posted in कविता | Tagged | Leave a comment

गजल : रमायो त के भो ?

~शिवप्रसाद उप्रेती~ डाह किन, कोही रमायो त के भो ? संसारमै बर्चस्व जमायो त के भो ? सर्वहाराका लागि भन्दै कसैले, अकूत पैसा कमायो त के भो ?

Posted in गजल | Tagged | Leave a comment

कविता : छोरीको वेदना

~बिपना ढुङ्गाना~ वास्तविकता भन्दा अलि अलग उसको सोचाइ थियो, हो छोरी थिई ऊ, जन्मदेखि मृत्युपर्यान्त यात्रामा उसको आफ्नै संघर्ष थियो, भोगाइ थियो, पीडा थियो, त्रास थियो, आँसु थियो , तैपनि जिन्दगी बेग्लै थियो । बाबु-आमाको काखमा पुल्पुलिएर हुर्केकी ऊ, आज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्दबद्ध गजल :  उस्तै छु काले

~गोविन्ददेव आचार्य~ छन्द : भुजङ्गप्रयात तिमी बिघ्न काली म उस्तै छु काले सबै “ट्याक्क जोडी मिल्यो” भन्न थाले ।। “बतासे कुरामा नअल्झौँ” म भन्छु तिमी भुर्र उड्छ्यौ कसैले उचाले ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : समय र यात्री, प्रेम र गन्तव्य

~सुशान्त घिमिरे~ घडीमा घुमिरहेको सुईहरु ट्क्क रोक्किएर समय सोध्यो भने, -के मैले समय बताईदिनु? एकोहोरो बगिरहेको बतासले पछाडी फर्किएर प्रेमिल नजरले हेर्यो भने, -के म त्यसको यात्री बनिदिनु? निरन्तर अगाडि बढिरहेको बाटो अलमलिएर

Posted in कविता | Tagged | Leave a comment

गजल : रुवाएर गयो दशैं

~कोमल भट्ट~ परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं घर सम्झी आँशु मात्रै चुहाएर गयो दशैं अर्चना र पूजा आजा टिका टाला भन्दै सजाएका सपना हरु तुहाएर गयो दशैं

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : महाकाव्य को सपना

~कृष्णशरण उपाध्याय~ छन्द : भुजङ्गप्रयात चहारेर डाला मुना फूल पात ! म लेख्दै छु संसार का व्यर्थ बात !! कुरा सत्य देख्थें म द्रष्टा भएमा ! महाकाव्य लेख्थें म स्रष्टा भएमा !!   महाकाव्य लेखूँ त लेखूँ म यस्तो ! … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : मन

~तोया गुरुङ~ दुख्छ मानिसको नदुख्ने छाती यति कोलाहल यो बीभत्स त्यहां घाम र, यहां म उनको पोटिलो शरीर तर उनको पातलो शरीर

Posted in कविता | Tagged | Leave a comment

कविता : राम्रो ‘म’

~अवतार ढकाल~ आउनुहोस महासय मसँग आउनुहोस, एउटा आदिम समयको अविश्वासिलो कथा सुन्नुहोस र अरुलाई सुनाउनुहोस । ऐनाको आविस्कार नभएको बेलाको कुरा आफ्नै छायाँ चिन्न नथालेको बेलाको कुरा ‘म’ राम्रो थियो – ‘म’ मात्र राम्रो थियो त्यो बेला र ‘तँ’हरु ‘तँ’हरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मिर्मिरेमा लाली छरी…

~विपिन किरण~ मिर्मिरेमा लाली छरी किरण खुलेसरि मनको सगरमा तिमी हुन्छौ सधैंभरि तिम्रो मेरो यो नाता नटुटोस् मन बरु यति सानो बनोस्कि तिमीबाहेक अरु कोही नअटोस्।

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्छन मान्छे अरे

~जय प्रकाश ‘विवश’~ म जस्तो तिमि होइनौ भन्छन मान्छे अरे रित्तिएको मन पनि अझै खाली भयो अरे कता कता तिमि पनि बजार जस्तै फेरिन्छेउ खै कुन्नि के भाको हो रुप खाली चल्छ अरे

Posted in गजल | Tagged | Leave a comment

गजल : रात सम्झें

~सूर्य चापागाईं~ तारा खसेको रात सम्झें माया बसेको बात सम्झें । धेरै भएछ नछामेको सुकोमल तिम्रा हात सम्झें ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मुस्कान खोलिन् उनले

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ त्यति लामो यात्राभरि न एक शब्द बोलिन् उनले, अधरभरि संगालेको न त्यो मुस्कान खोलिन् उनले । यौवनको बगैंचामा बैंश फुले’थ्यो ढकमक्क, फूलैफूलको बास्नाभित्र कसलाई राख्या होलिन् उनले ।

Posted in गजल | Tagged | Leave a comment

कविता : गाउँ, बाउ र छोराहरु

~कमल कुमार~ रातो सूर्यास्तका बेला गाउँ एक्लो छ बाउ एक्लो छ दिनभरि कामबाट फर्केर ढोका उघार्न आइपुग्दैन कुनै छोरो । नजिकै छिमेकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई तिमीले

~निर्मोही व्यास~ कतै उर्लिँदो वेदनाको नदीमा डुबी छट्पटाईरहेको थिएँ म बनी स्नेहले जिन्दगीको किनारा दियौ हात मीठो मलाई तिमीले ० तिमीसङ्ग ‘यायावरी’ स्वप्न मेरो— ‘लगाऔंँ दुवै सृष्टिको लाख फेरो’

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन : एक दृष्टिकोण

~भेषराज रिजाल~ तिमीले दिएको अभिशप्‍त जीवनले मलाई जतिसुकै पछार्न खोजे पनि त्यही अभिशापलाई वरदान ठानेर युगौँयुगसम्म बाँचिदिन सक्छु तिमीले आँखाभरि आँसु दिएर मलाई जतिसुकै रुवाउन खोज सबै आँसु तनतनी पिएर तिमीभन्दा बढी हाँसिदिन सक्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम, वेदना र पर्खाई

~वसन्त कट्टेल~ हराउदै कल्पनामा नियाल्दै तिम्रा तस्विर बोलाउँछु सुस्तरी.. तर बोल्दैनन् ! छिचोल्दै सन्नाटा चिर्नुछ उदासिपन, दिलभित्र सल्केको आगो निभाउन खोज्दैछु रापले, जलाउँदै आफैलाई ।। छिन्नभिन्न हुँदै कोरिने यी शब्द तिम्रै प्रेरणा हुन् स्रोत उद्धृत गर्न नसकुँला तर मनमनै तिमिप्रति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नैतिकता कहाँ पाउनु

~राजुराम मुनंकर्मी~ “चाचाचु” काे जमानामा, नैतिकता कहाँ पाउनु नक्कली रहेछ ईमान्दारिता,भाे जहांतहीं नधाउनु ! सत्यलाई पाखामा राखी, कमाएकाे इज्जत नै हाे कसैगरी बचाउन, गीत बनाई उतै गाउनु !

Posted in गजल | Tagged | Leave a comment

उज्ज्वल जी.सी.का नौ मुक्तकहरु

~उज्ज्वल जी.सी.~ न कसैलाई अनादरले हेर्न चाहन्छु म न कसैलाई समस्याले बेर्न चाहन्छु म हो,कर्म गर्दा पराजय भोग्नै किन नपरोस ? सधै‘ दुखीको जीवनरेखा फेर्न चाहन्छु म । **************0************** भाषा र कला हरायो भने रहन्न देश नै बिर्सियौं भने संस्कृतिलाई … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कात्यायनका केही हाइकुहरू

~कात्यायन~ चीर हरण बुभुक्षुको बुभुत्सा काम देवता ! देव दानव मानव अमानव धर्म अधर्म ! प्रलयंकारी विनाशकारी शमा बाँकी छ भोग्न ! शमाको बीज खोजेर कहाँ खोज्ने

Posted in हाइकु | Tagged | Leave a comment

गीति कविता : गिज्याउँछ किन काँच

~रन्जु ‘मार्ग’~ गिज्याउँछ किन काँच, विरुप अनुहार बनाई सुकाउँछ किन हाँसो, चैते खडेरी आई ! मर्दछु क्यारे अब, लाग्दैन केही राम्रो लग्यो नि कसले खुसी, दुई मुटु खोसी हाम्रो

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : फूलै फूलमा

~दिलिप योन्जन~ फूलै फूलमा सजाउछु भन्नेले,काडाको बास पारी दियो जन्म२ सगै जिउने मर्नेले, आधा बाटोमा छाडी दियो ! जुन तारा दिन्छु भन्नेले, घर न घाटको बनाई दियो हासो खुसी दिन्छु भन्नेले,आसुको सागारमा डुबाई दियो !

Posted in कविता | Tagged | Leave a comment

कविता : आपतकाल

~बिमल गुरुङ~ राँकेभुत छट्पटाउँछ/ अत्तालिंन्छ/ टेबुल ठटाउँछ । कन्चटमा हात राख्छ तातिएको खप्परलाई एक टिन रगतमा भिजाएर निकालेको रुमालले हलुका बनाउन खोज्छ चिच्याउँछ/ कराउँछ/ रिसाउँछ

Posted in कविता | Tagged | Leave a comment