Category Archives: नेपाली काव्य

Poetry

कविता : नदी र सडक

~कमल कुमार~ पहिले यहाँ नदी थियो एउटा लामो निकै लामो जीवनजस्तै लामो नदी, बगिरहने नदी बजिरहने नदी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तुहाउ त्यो गर्भ

~प्रणिका कोयु~ “आमा भएर हेर् अनि कुरा गर्” कति सुनें मैले यस्ता कुरा ए घरिघरि त तह लगाउन तिम्रा नानी भन्दा ए त्यसो नभन न, बुझ्छन् त तिनले पछि भन्दा प्रतिउत्तरमा मैले कहिले आमा त कहिले नानीलाई तह लगाएँ हिजोआज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : गाड़ी पुरानो भयो…

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित ऐना हेर्दछ बार बार मुखमा देखिन्छु राम्रो भनी, गाला खुम्चिसके फुल्यो शिर सबै कालो दले तापनि। पोता दागहरू मुहारभरि छन् काका र जीबा भयो, तन्नेरी मन कुद्नसक्छ कसरी गाड़ी पुरानो भयो ।।01। फोटा हेर्छ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : ठिक छैन

~शुशिला निनाम~ हामी भन्छौं संविधानको अनुसूचि, भाग ठिक छैन उता सिँहदरबारले भन्छ तिम्रो माग ठिक छैन । सबै फुलले सङ्गैसङ्गै फुल्न पाउनुपर्छ यहाँ साच्चिकै साझा फुलबारी बनाऔँ यो बाग ठिक छैन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : महाकवि देवकोटाप्रति

~निर्मोही व्यास~ कविकुलगुरु हाम्रा ! आज तिम्रो जयन्ती सबतिर छ फुलेको कीर्तिको वैजयन्ती प्रिय ! उदित अमा* मा हौ शशी, चन्द्रिकाले जगमग जग पार्‍यौ दिव्य सोह्रै कलाले चिरिबिरि ध्वनि तिम्रो, भाव-सङ्गीत दिव्य हृदयभरि चुल्याई मक्ख पर्दै छु नित्य

Posted in कविता | Tagged | Leave a comment

कविता : श्री गढी माई

~अभिषेक सुवेदी~ श्री गढी माईको महिमा छ अपरम्पार सिधिन्न महिमागाएपनि बारम्बार साक्षात मामता हुनुहुन्छ गढी माई मनोकामना पूरा गरी, रक्षा गर्छिन् हामीलाई उनीको लीला छ न्यारी र प्यारी

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बस्तीको पुरानो छाप्रो

~नरेन्द्र पराशर~ केही थान मानव आकृति लुकाएर ब्रह्मबोधी सन्त झैँ सदा शान्त हुन्थ्यो नयाँबस्तीको पुरानो छाप्रो । उषाकालीन भानु-रश्मिले बाँसका भाटाहरू चहकिला हुन्थे खरको छानो उज्यालो हुन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : याद

~रेखा पन्त~ गैरी खेतको रोपाइँ जमदार बाको मेला उखेलेर धानको बिउ झमझम पानीको वर्षा वर्षा संगै सुमधुर आवाजमा गाएको असारे गित

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिलाषा

~गोविन्दप्रसाद ढुङ्गाना भैगो, जन्म गरीबकै सुकुलमा होस्, किन्तु त्यो शुद्ध होस् कोरोस् अङ्गहरु परन्तु तन यो अत्यन्त साह्रो बनोस्, आउन् कष्ट करालरुप सहसा कुल्चून् सबैले, तर – छाती यो नफुटोस् विशाल कहिल्यै थामोस् सहोस् केवल । फैलोस् बुद्धि सुकर्मकै तरफमा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरीसँग अनलाइन च्याट

~सुबेश घिमिरे~ छ बर्षकी मेरी छोरी हरेक साँझ अनलाइन हुन्छे । कम्प्युटरको अन्तर-जालोमा थरी-थरीका एनिमेसन पठाई खित्का छाडी छाडी उन्मूक्त हाँसो हाँस्छे घरी मायाको चिन्ह साट्छे घरी रीश अनि घुर्कीको संकेत फाल्छे ॥

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीप्रति

~दीपेन्द्र के.सी. ‘अपजसी’~ माफ गर मलाई ! सुवासना र सौन्दर्य एकैचोटी छर्दै जीन्दगीको पत्र–पत्र गाफिएर तिमीमा सँधै मुस्काइरहेको एक थँुगा मुहार तिम्रो सौन्दर्य र गुणको बाराम्वार वयान र चर्चा गर्न चाहदिन म !

Posted in कविता | Tagged | Leave a comment

कविता : चुनाव आयो

~पुजा पराजुली~ मुखिया बाको पिंढिमा रेडियोले समाचार फुक्दै थियो, देशमा चुनाव आउन लागेको । त्यसैले पो रहेछ गुन्यु-चोलीमा अविरले रङ्गीएका अनि फूलमाला भिरेका,ढाकाटोपी दौरा-सुरुवालमा सजिएर सुकिलामुकिलाहरु ‘गाम’ छिरेका । हिजोसम्म भेडाबाख्रा,गाई र भैंसी

Posted in कविता | Tagged | Leave a comment

कविता : सुरक्षित देश राम्रो

~आशीष द्विवेदी~ ललाइफकाइ पैसा दिएर संसार खुशी लिएर लग्छन् चेली विदेश राखी टाढा स्वदेश मेरो यो समाज कसको

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यवस्था परिवर्तन

~पदम गौतम~ “प्रजातन्त्र”र परिवर्तन”-को काष्टिङ हेर्दा-हेर्दै, मस्त निदाएछु कता! भाषण सकिएछ राशन सकिएछ अाश्वासन सकिएछ प्रशासन सकिएछ नारा सकिएर पनि……….

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युहरू

~विप्लव ढकाल~ पार्कमा बसेर घाम तप्दै रूँदै बदाम खाँदै मरिरहेको छ तिम्रो कायर बाबु ! सोध उसलाई ऊ किन जुलुसमा जाँदैन ? जंगलमा घाँस र दाउराको भारी

Posted in कविता | Tagged | Leave a comment

कविता : यमराजका दूतहरू–१

~गोविन्दप्रसाद आचार्य~ कोठाभित्र योजना बनाउँदै यमराज तल्लीन भैरहेछ मान्छेहरू भेट्न खोज्छन् पहरेदार दूतहरू बाटो छेक्छन् यमराजभन्दा ठूला दूत हुँदा रहेछन् मुद्धा–मामिला आफै छिनोफानो गर्दा रहेछन् दूतहरू मिजास अनि मिठास बिनाको

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी ठूला राजधानी

~केडी रेम्नीसीङ~ म त मात्र सानो जिल्ला तिमी ठूला राजधानी, आज छु मोफसलमै भोली पुगुँला राजधानी । पखेरोको पाखे भएँ तिम्रो सामु आजसम्म, मोफसलकै भरमा चल्ने लुला राजधानी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मानबहादुर बाजे

~अनुप जोशी~ मानबहादुर बाजे गाउँ छोडेर कहिल्यै कतै गएको छैन गएको त छ हजारौंपल्ट मर्स्याङ्दी तरेर पारीको बजारसम्म जहाँ ठूला -ठूला मोटरहरुबाट (जसमा ऊ चुनावप्रचारमा जाँदाबाहेक कहिल्यै बसेको छैन) चिल्लाचिल्ला खुट्टाहरु निस्कन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँदको गीत

~तारा पराजुली~ हावाका भित्ताहरुमा चिसो बिज्ञापन टाँसेर भर्खरै गएको छ एउटा बालक। यसबेला ओसिएको छ जीवनको किताब डायरीमा शीर्षक मात्र टिपेर थन्क्याएको छ कविले कविता घुम ओढेर बसेका असारका खेताला जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : अविजित प्रदेशका अविजेय योद्दाहरु

~गणेश खड्का~ अग्घोर मानवेतर मान्छे जस्ता आकृतिहरु युद्दोन्मादमा आकाशको फैलावट र धर्तिको विशालता सिमातिक्रमण गरेर मझेरीलाई ‘प्रदेश’ र आँगनलाई ‘परदेश’ को खण्डित भागबण्डा लगाउँछन् र ईप्सित एकलकाटे इमारत प्राप्तार्थ ओठ निचोर्दा दुध आउने भुराभुरिलाई रक्षा कवच बनाएर निहित स्वार्थको अडबाङ्गे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : खुट्टा-मन संवाद

~हरिवंश आचार्य~ मन- ए खुट्टा ! हिँड्न त्यहाँ परसम्म जाऊँ खुट्टा- हैन अबेर भो अब हामी घरतिर जाऊँ मन- त्यहाँ गएर केटी हेरौं न खुट्टा- बरु घरमै गएर आराम गरौं न मन- त्यहाँ गएर ‘इस्क’ लडाउन खुट्टा- मनतातो पानीमा खुट्टा … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हिमाल र नौलाख पुत्रको सभ्यता

~भूपाल राई~ एउटै शिखर एउटै हिमाल र, एउटै चुचुरो कसैले सगरमाथा चढे कसैले माउन्ट एभरेष्ट कसैले थर्ड पोल चढे कसैले पिक फिप्टिन चढ्नेहरुले एउटै हिमालको यतिविध्न नाम चढे

Posted in कविता | Tagged | Leave a comment

कविता : विषाक्त वर्तमान

~विवेक दुलाल क्षेत्री ‘दमक’~ अहो पराक्रम तिम्रै छ निर्दोश पशु बध गरेर महाभारत ब्युझाउछौ राता सेता तुल टागेर सधै झिलिमिली भएको छनक दिन्छौ बाटै भरी सडक मर्मत नगरेर केही नथापाएको ढ्वाङ्ग पिट्छौ र आफ्नो आत्म रतिको साम्राज्य बिस्तार गर्न अबिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कति खेर

~मणिराज सिंह~ तिम्रो आँखाको डिलमा टलपलाएका ती आँसुले बगाएर कति खेर मेरा रहरहरू वाफझैँ उडेर अनन्त समयसँगै विलाए मलाई पत्तै भएन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कविताको सन्दर्भमा

~सुको साइबर~ मेरो आँखाको कुकुर रातभरि भुकिरहन्छ म कविताको नोकर हुँ । अन्धो सहरको

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि अर्को खोक्रो शुभकामना

~प्रकाश सुनुवार ‘निराकार’~ पोहोर सालको शुभकामना जस्ताको तस्तै चाँग लागेर वसेको छ पुरा गर्नपर्ने कामहरु त्यसै उब्रिएर अधुरै छ फेरि पनि पोहोर साल जस्तै आज पनि नयाँ वर्षको शुभकामना भिरेर आइपुग्यौ । उज्यालो वाटोहरु खन्ने योजनाहरु

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : टोकियो सहर

~दिलिप योन्जन~ टोकियो सहर हेर्नुमा रहर साकुरा फुली दिदा बिर्सन खोज्छु दुख्छ झन मुटु सम्झना आउदा ! बिपना बित्यो दुख र पिडा आसुमा दुब्दिदा दुखेर छाती भत-भती पोल्छ सपनी छुटदिदा

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : हषिर्त

~कुमार आङदेम्बे अबि~ तिमी मुस्कुराएको बेला, म भित्र हर्षित कम्पन हुन्छ, मेरो सोचको समर्थन हुन्छ , म संघर्षरत छु, म आफुलाई तिम्रो फुलबारीमा फुलाउन चाहन्छु । तिमी मुस्कुराएको बेला,

Posted in कविता | Tagged | Leave a comment

कविता : पुल

~जयराज भट्टराई~ हात समातेर रुँदै भन्यौ– नतर्नू पुल पुलपारिको सपनाको संसारमा स्वतन्त्र उफ्रिने आशामा तिमीले समाएको हात झड्कारेर मैले तरेँ पुल अझ, तिमीले पछ्याउने डरमा भत्काइदिएँ पुल ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नाथुराम गोड्सेको अनुहार

~घिमिरे युवराज ‘कर्जुना’~ हिजो राज्यलक्ष्मी जङ्गबहादुर महेन्द्र वा ज्ञानेद्र सत्तामा हुँदा जसरी फिल्टर गरेर सुन्थे जनताको कुरा त्यो भन्दा नालायक छ आजको सत्ता । चेतनाहीन, प्राज्ञिकताहीन, मानवताहीन यो मुलुकको सत्ता जिब्रो लटरपटर पार्छ र आफैँले बोलेको कुरा पनि बिर्सन्छ । … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाभित्र तिमि

~योगेन पौडेल~ हिजो सपनामा तिमि आयौ र, फेरी एकपटक त्यसरी नै मुस्कायौ, म उडेँ आकाशमा त्यसरी नै चँगा उडे जसरी। ठुल्ठुला आँखाले निश्चलता त्यसरी नै पोख्यौ, अनी, म फैलिएँ समुन्द्रमा त्यसरी नै छाल फैले जसरी, हो, हिजो सपनामा तिमी मुस्कायौ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सानो एउटा घर

~विश्वराज अधिकारी~ शान्ति नै शान्ति छाएको एउटा सानो घर थियो त्यसमा बस्ने जति सबैको नेपाली मात्र एउटा थर थियो अलिकति भोक थियो अलिकति प्यास थियो आफ्नै पाखुरीले अन्न पानी जुटाउने तर अटुट एउटा विश्वाश थियो

Posted in कविता | Tagged | Leave a comment