Category Archives: नेपाली काव्य

Poetry

कविता : नयाँ बर्ष

~उदिम किराती~ झुण्डिएको छ घरको भित्ताहरुमा बुढो ज्यानमा नयाँ कपडा लगाएर क्यालेन्डरहरु पल्टाएर हेरे एक सर्को क्यालेन्डर भिन्नता खासै पाइन पाए केबल पोहोरको साल जस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : जमाना

~बलराम तिमील्सिना ‘बिप्लप’~ जमाना ! कहॉबाट कहॉ पुग्यो यार !! हामीले हेर्दा हेर्दै , हामीले भोग्दा भोग्दै !! कहॉबाट कहॉ पुग्यो जमाना ! कोही भन्छन जमाना झन खराव आयो रे जताततै विकृति र विसंगती छायो रे भन्नेहरू जे जे भन्छन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

युद्ध कविता : थलिएको गोर्खाली इतिहास

~काङमाङ नरेश राई~ फाक्सुसार्ट र निगालापानी गाउँ कुलवीर थापा मगर फोक्सिङ अल केफर र कर्ण बहादुर रस ईज जोई ट्युनिसिया, अर्जिया सुम्सा र लाल बहादुर भिसीको तीतो कथा वारपाक गजे घले र चीन हिल्स बर्मा फ्रन्टको अनुहार घाइते गन्जु लामा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वाधीनता

~प्रथा~ यहि माटोका सहस्र रङहरू टिपेर धर्तीको मन रङ्ग्याउन थियो ! आधा इन्द्रेणी झारेर लगाउनु थियो सीमानामा – राष्ट्रीयताको पर्खाल ! तर उफ, रामसाइँला ! यो बेला मन दुखेको हो कि माटो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मङ्गलग्रह जाने ?

~जीवराज बुढाथोकी~ अखवारहरुमा छायो, अनौठो समाचार हवाला अनलाइन, वीवीसीको सदावहार सन् २०२२ सम्ममा, कोलनी बसाउँने मंगलग्रहमा योजना, कार्यान्वयन ल्याउँने ।। मार्स वान नामको, कम्पनीको अनुरोधमा एकलाख बढी आवेदन, परिसके होडमा त्यहाँ भनिएको छ जानेमात्र, फर्कने हैन तापनि मंगलग्रहको आकर्षणमा कमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनश्च

~रुमानी राई~ हामी बाँचिञ्जेल वास्तै गर्दैनाैं अाफू बाँच्ने ध्याउन्न मै अल्मलिईरहन्छाैं यतिसम्म कि, हामीसंग अलिकति पनि फुर्सत हुँदैन अरुकाे बारे साेच्ने र,केही गर्नेर बरु, हामीमा काे भन्दा काे कम काे घमण्ड हुन्छ तँ वा ऊ भन्दा म के कम काे अाडम्बर … Continue reading

Posted in कविता, लघुकथा | Tagged | Leave a comment

कविता : आगो र स्वर्ग

~घिमिरे युवराज ‘कर्जुना’~ बल्नको लागि पनि निक्कैबेर कुर्नु पर्ने छ मेरो लासले आर्यघाटको किनारामा लमतन्न बाँसमाथि र कोही आफन्तले झन्झट बेहोर्ने छ मेरो अनुहारबाट झिँगा धपाउन । र, आफ्नो बल्ने पालोमा आगो, आगो, अागो ! हे प्रकृति ! आगो !! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सबको फल्छ जीन्दगी

~निर्मला अवस्थी~ आज भोली धनमा सबको फल्छ जीन्दगी फल्दा फल्दै कुहिएर गल्छ जीन्दगी।। धनी गरीब जे भएनी भोक उस्तै हो एकै छाक खाए पनि चल्छ जीन्दगी।।

Posted in गजल | Tagged | Leave a comment

गजल : आफन्तकै मेला आओस्

~दिनेशराज पुरी~ शान्ति ! शान्ति !! शान्ति !!! गाउँने आफन्तकै मेला आओस् विज्ञान बिछ्याई, विज्ञान ओढी, गर्व गर्ने बेला आओस् ।। ‘जननी जन्मभूमीश्च सोर्गादपी गरियसी’ यस्तै भाव बोकी अघि कुद्न आँतुर मेला आओस् ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : भ्रान्ति

~गोपालसिंह ‘नेपाली’~ ओडारसित, सोधें, “मान्छे कहाँ गयो ओडार ?” ओडारले भन्यो, “कुन्नि तलतिर ओर्ल्हेको मात्तै म जान्दछु ।“ “कुटी, मान्छे यहाँ अएको थियो ?” “हो, किन्तु पानी खाएर आउँछु भनेर गएको मान्छे, अहिले- सम्म केही पत्तै छैन !” “मूलधारा, मान्छे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : डोल्पाको कथा

~त्रिभुवनचन्द्र वाग्ले~ सुत्केरीले ज्वानोको झोल र लाज ढाक्ने खोल पाइन् वा पाइनन् बिरामीले नुनपानी पायो कि पाएन अथवा मृत्युशय्यामा सुत्नेले सुनपानी पायो कि पाएन यी अखबर घटनाहरू अखबारहरूले किन पाउँछन् ? डोल्पामा अहिले नुनको सङ्घर्ष छ

Posted in कविता | Tagged | Leave a comment

छोक : देश नै थला पर्‍यो

~दीपक कुमार ज्ञवाली~ अब फाट्ला बादल भन्थें झन् कालो हुँदै देशलाई ठाक्यो आखिर सबै झूटो रहेछ एक अर्काका माया पिरतीका कुरा सम्मोहन एक अर्काको

Posted in छोक | Tagged | Leave a comment

कविता : मरुभूमिबाट…

~बिपना ढुङ्गाना~ आमा भन्ने गर्थिन्: छोरा मलाई धेरै नसताउनु घाम अस्ताउनु अघि नै तिमी घर आउनु, उनको कुरा सुनेको नसुनेझैँ गरी रमाएर घरबाट फुत्त निस्कन्थे म, त्यो बेला बाहिरी दुनियाँ नै रंगमञ्च जस्तो लाग्थ्यो । घडीको सुइरो,

Posted in कविता | Tagged | Leave a comment

दिङ्लाली कान्छो का ५ हाइकुहरु

~दिङ्लाली कान्छो~ १. लाग्छ मलाई सुवास् आइरहेको केवल तिम्रो !! २. रहर भयो सागर पारी जाने सकिएला र ?

Posted in हाइकु | Tagged | Leave a comment

गजल : गल्ती गरे मै

~हरी गौतम~ साँचो प्रेम गरी तिम्लाई, गल्ती गरे मैले..!! सोझों मनलाई विश्वास दिलाई, गल्ती गरे मैले..!! निष्ठुरीको घातले मूटु, जलेकै थ्यो पहिले …., त्यसै माथि घ्यू-तेल मिलाई, गल्ती गरे मैले..!!

Posted in गजल | Tagged | Leave a comment

कविता : तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रति

~भुपी शेरचन~ जर्मनका धावैमा होस् वा बर्माको घेरामा मलायाका रवडका वनमा होस् या नेफा र लद्दाखका पराइ लडाइँमा ती जो मरे विना कुनै स्वार्थ विना कुनै अर्थ व्यर्थ तीतरा, बट्टाई र भक्कूको राँगाजस्तै

Posted in कविता | Tagged | Leave a comment

कविता : पद

~हरि अधिकारी~ के हो पद ? अनी कहा हो पद ? थाहा छैन मलाई वाह वाह कस्तो मज्जा को पद प्रधान मंत्री, सेना पति ,राष्ट पति ,बिबिध पद , किन हो त्यों पद ? थाहा भयन मलाई ! हो मात्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जाली माकुरो

~पारसमणि प्रधान~ वरिपरी सब घेरी जाल राम्रो बुनेर नजर गरि चनाखा चाल राम्रो सुनेर, दलिन मनि कुनामा माकुरो एक बस्थ्यो, घरिघरि घुमी हेरी प्वालमा फेरि पस्थ्यो । १ “भ्रमर पुतलि जिङ्गा जालमा आइ पर्छन्, लटपट भइ चाँडै जालमा नै ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : डाँडाखोला तर्दा

~दिलिप योन्जन~ डाँडाखोला तर्दा पनि भेटिन देउराली बस्यो माया केसारो याद आउछ झल्-झली बनै फुल्यो फुल डबलीमा रुमाल साट्नु गरे मैले भूल ! ट्याम्के सेल्मे घमाइलो भो घामैको झुल्कोले बन है पाखा न्याउली रुन्छ मनैको पिरले

Posted in कविता | Tagged | Leave a comment

कविता : बहादुरशाहको आखिरी तरङ्ग

~नयराज पन्त~ कुन तवर त आफ्ना भूपको देश बढ्ला सकल निज प्रजामा सौख्यले वास गर्ला । यति दिन तक सोझो चित्तले ज्यान फाली हरघडि म त लिन्थे चिन्तना यत्ति खालि ।। १ प्रतिदिन सय छोडी गेहको सौख्य-वास हरघडि म रहन्थें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कमजोरी

~लक्ष्मी प्रसाद देवकोटा~ क. कमजोरी हुन् दुःखकी बहिनी, श्रमकी छोरी ! दिनभर, दिनभर मन्थन गर्दै मानव स्नायु फींज सोहोरी, विधिले रचे रे कमजोरी ! इन्द्रधनुषको रङ्ग क्यै जोरी ! साँवली छन्, छैनन् गोरी ! तैपनि छन् फेनील हुरी !

Posted in कविता | Tagged | Leave a comment

कविता : षड्यान्त्रको जाल

~टंक सम्वाहाम्फे~ धेरै पटक फाली सक्यौ धमीलो पानीमा षड्यान्त्रको जाल अव नसोच त्यसै गरी माछाहरु जालमा पर्लान भनेर समयले कोल्टे फेरि सक्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : चन्द्रोदय

~सोमनाथ सिग्देल~ थियो भव्य शोभा वसन्ती निशाको, सुगन्धी थियो देह सारा दिशाको । सफा कीर्ति जस्तो जुनेली प्रभाले, सुधा-स्रोत वर्षा गरी भर्न थाले ।।१।। रसीलो अवस्था थियो दूरसम्म, भयो शान्ति-पूर्ण प्रभाले अचम्म पर्योा लोक आलोकमा मस्त गम्म, रह्यो चित्त आनन्दमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुर्पुरो

~लक्ष्मी नन्दन चालिसे~ के उद्योगी मरी रहून ? जरुर त्यो होइनसक्ने कुरा देख्तैनस् कति टा६ उल्टिन गए ? द्खीरहेछू पुरा । के भन्छस् तब ? ढङ्ग कम्ति तिनको वेढङ्ग वैरन्छ को ? हुन् ती ब्कुफ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रिङटोनको देश

~मनोज बोगटी~ हेल्लो… -क्याफेमा ? -ओके, ल ल… मल्टिकलर्ड हेल्लोहरूको माकुरी जालबीच मच्चिँदै हल्लिरहेको रङहीन आवाजलाई जीउ जोगाउन साह्रो यो रिङटोनको देशमा। गणतान्त्रिक हेल्लोहरूको कमर्सियल कलरट्यूनभित्र बिलाइरहेछ रायोको साग उम्रिने गाउँको सातो।

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन-जुवा

~चक्रपाणि चालिसे~ लामो खाल, विशाल विश्व छ, खुला खानी खजाना अरु विद्ध्या खेति किसानि कौशल कला वाणिज्य धन्दाहरु ।। थापिन्छन जितहार हुन्छ यिनमा जित्नेहरु हाँस्तछन् हार्ने छाति पिटेर रुन्छ बिचका टोलाउँदै हेर्दछन् ।।१।। पन्जा कोही जमाउँछन् कति तिया पारी मजा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अात्मा को खण्डहर

~विमल निभा~ एउटा मजदुर आफ्नो इतिहासको तीन अध्याय लेख्छ म इतिहास लेखिरहेछु यो मिस्र देशको उपाधिकारी राजा ‘फराओन’ र उसको देउता ‘प्ताह’ र ‘ओसिरिस’को सहस्रौं वर्ष पुरानो इतिहास होइन न क्यालिफोर्नियाको भयङ्कर दानव ‘गोबिला’को प्राचीन अमेरिकन इतिहास हो र इङ्गल्यान्डको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : ढाल्न दिनु हुन्न

~लोक लामा~ हो आफ्नो स्वाभिमान ढाल्न दिनु हुन्न बेइमानिहरुलाई चाल चाल्न दिनु हुन्न । अर्को रोम र निरो साबित गर्लान यहाँ कसले झोस्यो आगो अब बाल्न दिनु हुन्न ।

Posted in गजल | Tagged | Leave a comment

छोक : कलम तरवार

~बिमल गुरुङ~ कलमको मसीको महत्व पढ्नमा होइन लेख्नमा छ तरवारको धारको परिभाषा युद्धमा छ,

Posted in छोक | Tagged | Leave a comment

कविता : नववर्ष

~किशोर के सी~ बैशाखी चेपेर काखीमा ज्येष्ठता जोड्न अरु एक बर्ष , असफल अनुभवहरु बोकेर , श्रापित एउटा आगन्तुक स भद्रता मञ्चन गर्दै नाटकीय , आइ रहेछ यतै , वर वर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिद

~भिम दुमि ‘माक्पाली कान्छा’~ तिमि मरेर बाँचेकाहरु जीवन बलिदान दिएर निशब्द सडक, गल्लि, कोठा, चोटा र सिरानी भित्र उभिरहेका छौ अहिले बाँचेर पनि मरि रहेकाहरुलाई हेरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले देखिन : मुलबासि शक्ति देखिन

~एभ्लेट फुङ~ ए , नेवारहरु हो ! के तिमिहरु किर्तिपुरको युद्धमा सुर प्रताप शाहको आँखा फोड्ने नेवारहरुको संन्ताहरु हौँ र ? तर मलाई शङ्का लाग्छ क्कि , तिमिहरु उन्निहरु कै , संन्तानहरु हौँ भनेर ! किनकि मैले तिमिहरु भित्री ती … Continue reading

Posted in कविता | Tagged | Leave a comment