Category Archives: नेपाली काव्य

Poetry

कविता : उस्तै दुख्छ देश यहा पनि

~राजेन्द्र शलभ~ कसैले सोध्नु अघि म आफ़ै भन्छु, दिक्क लागेर नै बिदेशिएको हो म खानै नपाएर होइन तिमीले गरिखान नदिएर देश छोडेको हुं मैले । कसलाई मन हुन्छ र पराई देश्मा पसिना बगाउन को चाहन्छ र आफन्तहरूबाट टाढा बस्न

Posted in कविता | Tagged | Leave a comment

छन्दबद्ध गजल : रमाएर बाँचौ

~कोमल भट्ट~ (भुजङ्गप्रयात छन्द) सकेसम्म हामी रमाएर बाँचौ सधैँ नाम इज्जत् कमाएर बाँचौ नरोजौं छहारी उपेक्षा जहाँ छ नछुट्ने सहारा समाएर बाँचौ

Posted in गजल | Tagged | Leave a comment

कविता : शिशाभित्रको गीत

~मदन राई ‘लामाखुले’~ बादल नफाटि कनै वर्षात भयो धर्तीमा गीतहरू सदियौ” कठांग्रीएका हिउँदहरू क्रमश: खुल्दै कलिलो छातीमा मुसुक्क हाँसेर ईन्द्रेणी गीतका रङहरू शूभकाना छ तिम्रा गीतहरूलाई

Posted in कविता | Tagged | Leave a comment

गजल : जातको कुरा गर्छु

~आश्रय रवि~ तिमी जे सुकै भन म जातको कुरा गर्छु। हिजो तिमीले हानेको लातको कुरा गर्छु। जति लगाउ महायज्ञ देउ मिठा प्रवचनहरू। धर्ममा भईरहेको अधेरी रातको कुरा गर्छु।।

Posted in गजल | Tagged | Leave a comment

कविता : उज्यालो विहान बोकेकी सुन्दरी केटी

~सबिना सिन्धु~ झिस्मिसे हुने अगावै उठेकी तरुनी केटी स्वयम् निस्सासिएर घैलाहरूसँगै नदीले हुत्याउन खोजेका रहरलाग्दा छालहरूमा बुनिरहन्छे पसिनाका नीला सपनाहरू, बाटोभरि निमोठिएर जूनका कृत्रिम आँखाहरूबाट, यज्ञको रापिलो अग्निकुण्डमा चिरकालदेखि होमिएकी बलिरहेकी शरीरका शून्य मुस्कान बोकेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हातहरु

~टंक सम्वाहाम्फे~ हातहरु हामी उर्ठाईरहेकाछौ धेरै पहिले देखि किनभने हामीलाई हाम्रो हात चाहिएको छ हाम्रो आवाज चाहिएको छ हाम्रो स्वतन्त्रता चाहिएको छ जो हिजो सम्म वन्दि थिए ती हातहरु आज हामी उचाली रहेछौ तिनै हातहरु माथि धेरै माथि अव फस्दैनन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी मेरी को हौ काली ?

~शेखर ‘अस्तित्व’~ किन यति मन पराउँछु, तिमी मेरी को हौ काली ? किन स्वप्नमा बोलाउँछु, तिमी मेरी को हौ काली ? यति ठूलो संसार छ, किन मैले रूचाउँदिन ! किन तिमीमा हराउँछु, तिमी मेरी को हौ काली ?

Posted in गजल | Tagged | Leave a comment

कविता : जलाएकै हौ त मेरा सपना?

~प्रणिका कोयु~ मेरा चिम्सा आँखा थेप्चो नाक होचो शरिर के मनपर्यो तिमीलाई मेरो कि बौलायौ तिमी त्यसरी? मेरो हाँसो मेरो बोली मेरो नाईं के बिझायो हँ तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्ध लल्कारिन्छ

~प्रकाश सुनुवार ‘निराकार’~ अहंता कोचिएका टाउकाहरु अरुबाट सम्मानित हुन मात्र चाहन्छन् तर आफुले आफैलाई सम्मान गर्न सक्तैनन् हरपल आप्mनो नजरवाट आफै गिरिरहेका हुन्छन् अरुलाई सम्मान गर्न जान्न सके एस्तो हुंदैन्थ्यो र, विचार यस्तो पालेको छ –

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वीकारोक्ती

~रुमानी राई~ रातभरीको अनिदो अंगालोमा च्यापेर संगै सुतेको समय कतिखेर हो उठेर कुलेलम ठोकीसकेछ ब्युँझ्दा त म मात्रै पो ओछ्यानमा । आँखामाथी एकसुर

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे बने है तिमी

~शिव अधिकारी~ आफैँमा भरी सिर्जनाहरू सबै आफैँ बनी सक्षम यौटै लक्ष्य बनाउनु छ सबले यो देश पोखी श्रम फाल्नु हुन्न कदापि यी दिन सधैँ गल्ली र गल्ली घुमी यौटा सुन्दर शान्त स्वच्छ छविको मान्छे बन है तिमी । मान्छेभित्र छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुदुर यात्राहरु

~आस्था के.सी.~ र्चिविर र्चिविर कराईरहेछन चराहरु टाढा कतै नेपथ्यवाट आईरहेछ आवाज कुखुरी काँ कुखुरी काँ को भाकामा भाले गाईरहेछ सु प्रभाती गीत उठ मेरो प्यारो छोरा उठ, उघारेर हेर मनका पर्दाहरु रक्तिम र सुनौलो भईरहेछ,पूर्वी क्षितिज हेर । चारैतिर हेर।

Posted in कविता | Tagged | Leave a comment

कविता : सर र सरकार

~मनोज बोगटी~ अमलिसो सुकौरो लागेको छेक पारेर सरकारले हेपेरै मेरो नाम राख्यो सय दिने। उनीहरू एकदिने अथवा एक घण्टे। अथवा…। जीसीपीको पछिपछि कुद्दै पाक्छ हजिरा

Posted in कविता | Tagged | Leave a comment

छोक : हरफ थपिदेऊ भूपि

~दीपक कुमार ज्ञवाली~ बारम्वार लेख्दै आयौ भूपि बन्दैन देश दुईचार सपुत मरेर नगए कहाँ छौ भूपि अवतरित होऊ

Posted in छोक | Tagged | Leave a comment

गजल : अनि पिउन मन लाग्छ

~पूर्ण बन्धन~ भित्रभित्रै यो छाती जल्छ, अनि पिउन मन लाग्छ । वैरागी अनेक शूर चल्छ, अनि पिउन मन लाग्छ ।। अग्रगमनको नाउँ दिएर गाउँसमाज विगारे अझै, दिनहूँ उता लास ढल्छ, अनि पिउन मन लाग्छ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : के उनी नै हुन् ?

~बदरीनाथ भट्टराई~ (१) हेर्दै कर्के कटु नजरले दक्षिणी भागबाट झर्दी ज्यादै विमल मुखकी देखिने दूरबाछ ।। हाँस्दै पार्ने बहुत नखरा यो न गोरी न काली घुँटो झिक्दी रङबिरङको के उनै हुन् उज्याली ? (२) आऊ आऊ भनी दिनदिनै लोकले कल्पिएकी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिलो प्रेमोत्कर्ष र सम्बन्धबिक्षेद्

~सुरेस खनाल~ प्रेमोत्कर्ष- तिमीले ढोका खोल्यौ, म थाहा नपाईकन भित्र पसेछु! संघारमा एकछिन, अल्मलिएको त अवश्य हो तर खै, अनायाशै, पाइला भित्रतिर बढेछन्!

Posted in कविता | Tagged | Leave a comment

कविता : समदम

~लोकप्रिया देवी~ जगत छ सुखको दुःखको प्याला खेत बनेको विश्व विशाला । बन्दछ सब यो मदिरापनका जीवनभरमा सुख दुःख जुन हो । समदम अतस्बाजीसरिको हुन्छ ढिलाई क्षणमा क्षण त्यो । जग यो भ्रम हो मन पनि भ्रम हो डरको सुख … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टाईम कार्ड

~जे. एन. दाहाल~ विहान देखी बेलुकी सम्म टाईम कार्डमा निर्लाप्त बेलुकी देखी अर्को विहान सम्म दलीएको छ एउटा मान्छे। न मान्छे मेसीन हुन गयो

Posted in कविता | Tagged | Leave a comment

कविता : क्षितिज तिर

~लक्ष्मी प्रसाद देवकोटा~ पर पर कुइरी नील किनारा, स्वर्ग झरीकन जिमीमा छुन्छ, लामो सडकमा अडी यसबार, दूर चिहाई दृगले गुन्छ । बहुविध पत्थर कङ्कड, काँढा, बाढी, खाडी, उकाली हुन्छ, ओर्ली किरण र उक्ली डाँडा, दूर शिखरमा स्वर्ग नुहुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युपछिको मीठो सपना

~निर्मोही व्यास~ हाँसूँ खितिखिती भन्दा पर्ने भक्कानिँदै रुन मर्नुपर्ने ‘जिऊँ’ भन्दा कठै ! कस्तो विडम्बना ? जन्म जीवनको आदि, मृत्यु जीवन–अन्त्य हो मृत्युउप्रान्त के हुन्छ ? अनुत्तरित प्रश्न यो। मान्छन् कोही पुनर्जन्म र कोही ‘हुन्न’ भन्दछन् ठानिन्छ – “कीर्तिवान् मान्छे–हरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो झमेला ब्यहोर्न पर्‍यो

~दीपक कुमार ज्ञवाली~ किन बल्दैन दीयो चम्कोस् जगत्मा भन्दै तेल हालेकै थियौं धोखेवाज रहेछ धागो सारा तेल सोशी लीयो माटोको थिएन पाला

Posted in कविता | Tagged | Leave a comment

छन्दाबद्ध गजल : आवास छैन खाना छैन त्यो

~जीवराज बुढाथोकी~ छन्द: कोशी भूकम्प आयो विनाश गर्यो, आवास छैन खाना छैन त्यो । नांगो छ छाती जतापनि यो, ढाकेर हिड्न नाना छैन त्यो । ध्वस्तै भयो सव् थियो जति जे, सम्पत्ति माल पत्तो नै नभै, आकाश हेर्दै विसंगतिमा, सुत्नै … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : साथी

~नबराज घिमिरे~ ए साथी तिमी किन मौन छौ ? दिनहरू घड्कदै छन। मानिसहरुको चहलपहल चर्को छ। बजारमा हल्ला चलेको छ। तर ……… तर तिम्रो आवाज कतै सुन्दिन,

Posted in कविता | Tagged | Leave a comment

गजल : विचार नमिलेसी

~रिता खड्का ‘त्रिलता’~ कठिन हुन्छ जिउन विचार नमिलेसी। दुई आत्माले गर्ने व्यवहार नमिलेसी। न यताको न उताको भइन्छ आखिरीमा। सधैँ गर्ने त्यो घमण्डमा प्यार नमिलेसी।

Posted in गजल | Tagged | Leave a comment

कविता : वजन

~सोम खनाल~ सब्ले भन्छन् मोटायिछस् बदन् तेरो बढेको छ जोखी हेर्छु पहिले भन्दा वजन तर घटेको छ कोहि भन्छन् दुब्लायिछस आँखा भित्र गढेको छ जोखी हेर्छु पहिले भन्दा वजन तर बढेको छ । मोटाउदा चाही घट्दै जाने वजन मेरो अचम्मको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्षको शुभकामना

~अरुणबहादुर खत्री “नदी”~ आकाशभरि उज्यालो हुँदै आइरहेछ मनै रमाउनेगरी शान्त शितल हावा देशभरि बहिरहेछ लेक–डाँडा–बेसी हिमाल–पहाड–तराई बत्तीसै दन्तलहर झल्काउँदै मुसुमुसु हाँसिरहेका छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अम्बर तिमी साँच्ची कै धर्ती हौ

~प्रकाश सुनुवार ‘निराकार’~ अम्बर तिमीले गाएको गीत जस्तै दुनियाँको सारा दुखपिडा निलिदिने अम्बर तिमी साँच्ची कै विशाल धर्ती भएर वाँचिदियौ बेदना बोकेर वाँचेका हामीहरुलाई तिम्रो छातीमा बस्न दियौ सवै दुखका छालहरुलाई शान्त गराइदियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : युगसँग

~मणिराज सिंह~ कथाका पात्रहरूझैँ रूप फेरेर माया लाउने आँट त छ मभित्र तर अप्ठ्यारोमा, हलो अड्काएर गोरु चुटेझैँ म आफ्नै उडानहरू निमोठ्दैछु पटकपटक । जताततै अभाव देख्ने

Posted in कविता | Tagged | Leave a comment

जयप्रकाश विवशका पाँच हाइकुहरु

जयप्रकाश विवश यथार्थ बजारभरी बग्रेल्ती पाईन्छन व्यापारी प्रेम।। राजनीति

Posted in हाइकु | Tagged | Leave a comment

मुक्तक : विश्वास गर

~दिपक घर्ति मगर~ माया अनि ममताको खानि बनाएर.. राख्ने छु यी आखामा नानि बनाएर. विश्वास गर ए मेरो

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : जय शम्भो

~राम श्रेष्ठ~ बाग्मतीको किनार मा, सानो ए उटा ढुङ्गा छ, त्यो ढुङ्गा को अलिक् पर, फूल को ए उटा थुङ्गा छ, सिढी चढ्दै गए म, फूल् को थुङ्गा टिपेर, बाहुन् बाजे बसेको रहेछ, गाइ को गोबर् ले लिपेर,

Posted in कविता | Tagged | Leave a comment