Category Archives: नेपाली काव्य

Poetry

कविता : मात्र एक प्रश्नै “प्रश्न” आमा

~लक्ष्मी बिष्ट~ सुन्न सक्छौ भने सुन किन यति छिट्टै बनायौं छट्टुै संसार किन यो विरानो धर्तीमा अल्झिने बनाई गयौं किन के नै थियो र आखिर गल्ती मेरो भन दुई दिनको घाम छाँया

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो जन्मदिन

~रितिक दास~ मध्यरात थियो चारैतिर सुनसान थियो, आमाको आँखाभरी पिडाका आँसु अनि ओठमा मन्द मुस्कान थियो, किनकी हातमा ईश्वरको उपहार अनि परिवारभरी हर्षोंउल्लास थियो, त्यो रात! त्यो समय! मेरो जन्मदिन थियो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको तस्वीर

~प्रकाश सायमी~ झोलामा बोकेर आएका थिए उनीहरूले आफ्नो आँखाको तस्वीर । दरबार पस्नु अगि नै झोला खोसियो द्वारमै । के के थिए झोलामा के के हराए झोलाबाट उनीहरू आफैँ अल्मलिए । झोला खोज्दाखोज्दै बितेको रात

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धको ज्ञान

~श्रेया चौधरी~ हत्या, हिंसा र अहिंसालाई त्यागेर सत्यको मार्गमा हिड्न सिकाउने हे बुद्ध तिमी नेपालमा जन्मेकोमा गर्व छ। तिम्रै काममा तिम्रो शिष्य हुन नपाएनि आज तिम्रो सामिप्यले मन रमाएको छ शान्त नेपालको पवित्र धर्तीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो बूढा र म

~दीपक लोहनी~ तिम्रो बूढा मेरो घर आउँदै थिए । मैले झट्पट तिमीलाई थाहा दिएँ । तिमीले भन्यौ – “मैले दिएका सम्पूर्ण उपहारहरू लुकाउ ।” मैले तिमीलाई अप्ठ्यारोमा पार्नु थिएन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बुधनीको पसल

~गण्डकीपुत्र~ जीबनजस्तै भारि छ टाउकाको ढाकी निधारमा उम्रिएको छ सीम अनुहारमा देखिन्न पीडाका छायाँहरु मानौ बुद्धत्व प्राप्त गरेकी छ उसले ढाकी टाउकोमा लिए पछी | यहि ढाकीमा अटाएको छ चाडबाड आए जस्ता परिबारका खुशीहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीहरु

~मधुराज केरुङ~ अक्करे भिरमाथि मुस्किलले जीवनयात्रा खोजिरहेको बनलहराजस्तै या पत्थरहरू फुटाएर जर्बजस्त उम्रिरहेको पीपलको रुखजस्तै म त संघर्षको महामैदानमा निस्किएको छु । अझै अनवरत बगिदिन्छु अरुण, तमोरझैँ झन्

Posted in कविता | Tagged | Leave a comment

गजल : म एक भूल

~ममता मृगतृष्णा~ दुवै मिली चुडाँइदिए तिनैलाई जोड्ने पूल थिएँ काँडा सोचें छन् कि कुन्नी म त केवल फूल थिएँ । भन्ने थिए होलान् सब्ले कति सुन्दर उपहार यो उपहार नी फाल्छ कोही, धत् म त भूल थिएँ।

Posted in गजल | Tagged | Leave a comment

कविता : यो रूख यतिमात्रै होइन

~वासु शशी~ यो रूख यतिमात्रै होइन जति कि देखापरेको छ ! योसँग आफू सुकेर जाने अवस्था छ आगामी वसन्त पनि छ ! यसलाई उताबाट हेर यसको अर्कोर्को आकारलाई हेर !

Posted in कविता | Tagged | Leave a comment

कविता : सबभन्दा एक्लो जीव

~वासु शशी~ सबभन्दा एक्लो जीव रूख हो जो कसैसित भेटन जाँदैन ! के आफ्नो छायाको मान्द्रो विद्याउँछ जो उसकै हावाले च्यातिदिन्छ ! अरूहरू उसका कोही छैनन् ऊ आफूबाट उडेर जाने चरासित जतिकै निशंग छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : पछि जति निहुरन परे पनि

~वासु शशी~ पछि जति निहुरन परे पनि रूख धरतीलाई छुदैनन ! ! कुतूहलले उठेका थिए यिनी प्रभात आउने बाटो हेर्न ! हाँगाहरू फैलिएका छन यिनका किरणहरू संगाल्न ! पात पात छन् प्यासा हेर आफूमा आकाशको रङ्ग उतार्न !

Posted in कविता | Tagged | Leave a comment

कविता : रूख उभिरहन्छ

~वासु शशी~ रूख उभिरहन्छ निरूपाय ऊ लाचारीग्रस्त छ ! संपूर्ण आकाश खुला छ उसका अगाड़ि किन्तु ऊ उड्न सक्तैन ! आफूजस्ताहरू धेरै भए पनि आसपासमा ऊ बहुत एक्लो छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो भागको मेरो बिहान

~वासु शशी~ मेरो भागको मेरो बिहान मैले सित्तै फालिदिएँ । दुइजना तरुणीहरू दुइ-दुइ पल्ट मकहाँ आए मैले उनीहरूको वास्तै गरिनँ । यो मेरो मन मैले यसमा मनपरी कुरा खेलाएँ ! रूखबाट झरिरहेका थिए फतफती पातहरू मलाई त्यही हेरिरहन मनलाग्यो, हेरिरहे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यहाँ यस बस्तीमा

~वासु शशी~ यहाँ यस बस्तीमा श्री जो रूखहरू खड़ा छन् सो यही भन्छ कि धरती यहाँ पनि बाँकी छैन, कि प्रकृति यहाँ पनि निथ्रिसकेकी छैन ! र यहाँ पनि यी रूख रूख नै हुन् सो शायद यही सावित गर्छ कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा यस्तो फूल चाहिन्छ

~वासु शशी~ हाज त्याग्न सकोस वासु शशी वासु शशी वासु शशी वासु शशी देवतालाई चढ़ाइएर प्रसाद बन्ने भाग्यलाई जो त्याग्न सकोस् मालामा गुँथिने रहरलाई, म त्यस्को रातो सौन्दर्यलाई आँखाले उठाएर लगी रगतमा घोलिलिनेछु, मेरो मुटु र नसामा बगाएर मेरो उमेरभरको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु सत्ताको यथार्थ

~भीम विराग~ अस्थिर, आक्रान्त मस्तिष्कको संस्कार, आचार र सिद्धान्त बलात्कृत भइरहेछन् अहोरात्र बाँच्ने बाध्यताको उपक्रमले लखेटिरहेछ मान्छेलाई । आडम्बरको खोक्रो खोलभित्र जत्तिकै अट्टाहास गरे पनि त्रासको अव्यक्त आहालमा डुबेका छन् मान्छेहरू । अरूलाई छेकबार लाएर दुनो सोझ्याउने खेलाडी भइरहेछ मान्छे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो वर्ष पनि

~उपेन्द्र श्रेष्ठ~ यो देशमा यो वर्ष पनि सडक कति भैरहने म ? मेरोलागि छैन यहाँ च्यातेको एक टुक्रा सुख मेरोलागि छैन यहाँ फाटेको एक टुक्रा शान्ति, यो वर्ष पनि यो देशमा मर्नेहरू मरेकै छन् मार्नेहरूले मारेकै छन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्वतसँग संवाद

~श्यामल~ त्यसै फेदीबाट लागेको थिएँ उकालो त्यसै फेदीमा आइसकेंछु पर्वत उक्लनु भनेको त झर्नु हो शिखरमै, अल्झनु भनेको त मर्नु हो । मूसाहरूले खनेर सगरमाथा ढलेको छैन अहिलेसम्म फेदीमा नपुगी शिखर कसैले चुमेको छैन अहिलेसम्म तिम्रो उचाइ भनेको महासागरको अतल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

हरिभक्त सिग्देल ‘महेश’का पाँच मुक्तक

~हरिभक्त सिग्देल “महेश”~ १ डोको तिमी बोकी हिँड नाच्न सिकाई दिउँला घाँस काटी डोकोभरि हाँस्न सिकाई दिउँला । चौतारीमा भारी बिसाई काखमा सुस्ताएर जोरीपारी आखा छल्दै बाँच्न सिकाई दिउँला ।। **************** २ मेरो माया लाग्छ भने रुवाएर नजाऊ मन्दिरमा पुजेको … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : कति ताप्छौ बलेको आगो मात्रै ?

~ध्रुव थापा~ कति ताप्छौ बलेको आगो मात्रै कहिले काहिँ आफै सल्काएर त हेर बर्खामा भिजेको दाउरालाई कालो मुस्लो धुवाको रापमा एक फेर स्वास फेरेर त हेर अनि थाहा पाउछौ कस्तो हुन्छ बाल्न दाउरालाई ! कति सजिलो छ यहाँ अरूले बालेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : .. फेरि बैँस फर्की आउने छ !

~ध्रुव थापा~ वसन्त ऋतु सँगै फेरि हासेको छ जीवन ऋतुहरु संगै फेरि बाचेको छ जीवन लाचार र विवश भई झरेका पातहरू मक्किएर ,गलेर फेरि उर्बर मल बनेर फेरि त्यहाँ नयाँ जीवन यौवन बनेकोछ मेरो घर नजिकको एउटा मेपलको रुख। हरेक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अनुतरित प्रश्न

~ध्रुव थापा~ अहिले म प्रशान्त महासागरको किनारमा उभिएर आस्ताउनै लागेको लालिमय घामलाई हेरी रहेछु दिनभरी सबैलाई भत भति पोलेको यो घाम निरिह र उदाश भएर प्रशान्त महासागरको गर्वमा लुक्दैछ पारि छितिजमा माझीहरु आफ्नो डुंगा किनारा लाउदैछन चरा चुरुंगी गुडमा फर्कने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हो बा तिमीले रोकेर अब रोकिन्न

~ध्रुव थापा~ जनताको अधिकार अब खोसिन्न् जनता आफै बुझ्ने र जान्ने भइसके कसलाई काखा र कसलाई पाखा लाउने यसको ज्ञान अब जनतामा पलाई सके त्यसैले तिम्रो बमको प्रहारले पनि रोकिन्न तिम्रो आतंक र बिद्रोहले पनि रोकिन्न चक्का जाम र टायरको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के सबै भत्किएकै हो त

~तारानाथ शर्मा~ के लेख्नु? मनको घाउ कोट्ट्याऊँ अति दुख्तछ नलेखूँ? मनको घाउ भित्रैदेखि चिलाउँछ समस्या भित्र मनमा गाँठा पर्दै उदाउँछन् समाधान कहाँ खोज्नु? रिँगटा नै छुटाउँछन् (१) नेपाली भई जन्मेँ म ठूलो गौरव मान्दछु इतिहास उज्यालो छ वीरताको म ठान्दछु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्लाई रजाएर लगे

~ममता मृगतृष्णा~ मैले राजी खुशी गरे तिम्लाई रजाएर लगे ।। तिमी सजिएर गयौ मलाई सजाएर लगे ।। म माल्किन झैँ बसिरहेँ लाटी अनी बहिरी भै तिम्लाई भने स-साना काम कजाएर लगे ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : कविको निमित्त एउटा कविता

~मनप्रसाद सुब्बा~ ऊ कवि हो । त्यसैले उसलाई उसका कविताहरूमा कहिल्यै नखोज्नू । त्यहाँ हुँदैन ऊ । बरू तिमी हुन्छौ, म हुन्छु र हामीजस्तै थुप्रै अरूहरू हुन्छन् । ऊ त आफूलाई आफ्नो कोठाभित्रै छोडिराखेर निस्कन्छ कवितामा – तिमी-हरू अनि म-हरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यस धर्तीको पानीमा

~विजय मल्ल~ एक अँजुली पानी उठाएर ओठसम्मन् जब जब लान्छु बागमतीको अकस्मात् बज्र गिरेझैँ आकाशबाट या नजिकैबाट कसैले फू गरेर मन्त्र फुकेझैँ, या छली रामले बालीलाई हानेझैँ वाण या शकुन्तलालाई दिएझैँ श्राप दुर्वासाले परिवर्तित हुन्छ त्यो पानी रातो बाफिलो रक्तमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले जीवन देखेकी छु

~कृषा के. सी~ कथा सबैको हुन्छ भोगाइ आफ्ना आफ्नै ब्यथा सबैको हुन्छ कोहि बोल्छ भन्छ सुनाउँछ कोहि चुपचाप रहन्छ!! म भन्छु आफ्नै कथा सपना सजाएको आरती गर्छु जीवनको साम्राज्यमा रमाएको परिवर्तनै परिपर्तनको!! कयौँ भोटाहरु च्यातिएर गए कयौँ हन्डर भित्र हराइयो

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन यो वरदान हो

~हरिभक्त सिग्देल “महेश”~ मुक्तिकाे धाम हाे काँशी आफैँ समाधिमा कठै सद्गतार्थ छ यो पानी शवयात्रा जताततै ।। टाेलमा छन् अझै डुङ्गा शहर जलले भरी स्रष्टा छन् हर बन्ने यी मृदङ्ग ठाेक्दछन् हरि ।। उत्तराखण्ड त्यस्तै छ पाकिस्तानतिरै पनि इन्दु नद … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मतदान

~हरिभक्त सिग्देल “महेश”~ मतदान छ यो देश दान नै आत्मा ठान्दछु सधैँ झुठ सधैँ ढाँट कत्ति खप्नु म जान्दछु । बाँडेर सपना सारा देश स्वर्ग बनाउने जनताका सधैँ चिन्ता नेता दुस्ख बढाउने ।। हौँ अमर म मर्दिन लान सक्छु सबै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राप

~पुरुषोत्तम सुवेदी~ टेलिफोनको तारमाथि नाचे भँगेरा, काग र धोबिचरा अनि बगे आवाजहरू भित्रभित्र प्रेम, करुणा र कोमलताका सहअस्तित्वको सद्भावसाथ अर्कातिर बगे पूरै दम्भसाथ दलाली, व्यभिचार र पतनका विषालु झुसिला डकारहरू पनि । भोका मान्छेको पेटभित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~श्री कृष्ण श्रेष्ठ ‘साँखु’~ बरदान हो हाम्रो जीवन जसरी पनि जिउनुपर्छ । मुस्कान मात्र होइन जीवन आँशु पनि पिउनु पर्छ ।। ढुंगा, माटो हो जीवन

Posted in कविता | Tagged | Leave a comment