तपाईंले छान्नुभएको विधा : नेपाली काव्य

Poetry

कविता : जिन्दगी एउटा इनबक्स

~सुषमा मानन्धर~ जिन्दगी अब एउटा इनबक्स दिनहुँ आउने कैयन् इमेलहरू परिचित/अपरिचित   ठेगानाबाट वाञ्छित/अवाञ्छित प्रवेशको चाहनासँग

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : ङार ङार ङुर ङुर

~सुषमा मानन्धर~ घर अगाडि सडकमा शायद भतेर थियो अबेरसम्म रछ्यानमा फालिएका रहलपहलमा रातभरि 

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : युद्ध सधैँ दुख्छ

~सुषमा मानन्धर~ चाहे भूगोलको कुनै पनि कुनामा हतियार चलोस्, हतियार मर्दैन मारिने सधैँ एउटै हुन्छ मान्छे ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : समयलाई प्रश्न

~दीपा राई पुन~ पीडासंग मितेरी बोल्दा म आफ्नै हुन्छु चोटसंग साइनो केलाउँदा म उसको हुन्छु ब्यथा उम्लेर घोप्टिदा मुस्कानले छोप्नु दौडन्छ म उसको झन कसरी होइन म मेरो आफ्नो हू कि हुइन

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गल्ति भए देऊ माफ ।

~विकाश सापकोटा~ किन छाडी गयौ टाढा मैले के गरेको थ्ये र पाप निष्ठूरीको जसरी माया मोड्यौ मलाई भोगाई कुन जन्मको पाप ? जिवनका मोडमा आएका बाधाहरुलाई गर्ने भन्थ्यौ मिलिजुली साफ

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गजल : यस्तो कठोर यात्रा एक्लै कटाउँदैछु

~सप्रेम अर्चना~ यस्तो कठोर यात्रा एक्लै कटाउँदैछु । सम्झेर साथ तिम्रो हिम्मत बढाउँदैछु । आकाशमाथि हेर्दा ताराहरू नियाल्दा बुझ्नू तिमी इशारा माया पठाउँदैछु ।

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

गजल : दिक्क लाग्छ

~कृष्णहरि बराल~ सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ जेजे देख्नु हुन्नथ्यो त्यै देख्ता पो त दिक्क लाग्छ धेरै कुरा पाइएन त्यो त बरू ठीकै थियो हावा पनि तिनले तेतै छेक्ता पो त दिक्क लाग्छ

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

सरुभक्त का मुक्तकहरु

~ सरुभक्त~ प्रेमीहरू प्रेम गर्छन्, कर्तव्यबाट भाग्दैनन् हृदयमा जलन भै मलहम केही माग्दैनन जिन्दगीमा अप्रिय बोझहरू जति खेप्नुपरे पनि प्रेमीहरू प्रेमास्थाका मर्यादा कहिल्यै नाघ्दैनन् । (श्रोत:-अन्तर्जाल)

विधा : मुक्तक | | प्रतिकृया छोड्नुहोस्

कविता : ब्रम्हाण्डको रहस्य म जान्न चाहन्छु

~सरुभक्त~ ब्रम्हाण्डको रहस्य म जान्न चाहन्छु विशालताको कण हुँ ठान्न चाहन्छु के छान्नु र पोखरीको जीवनलाई

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

आज किन किन

~विवश सापकोटा~ आज किन किन मुटु दुखेजस्तो लाग्यो। पीडाका ती गाँठाहरु फुकेजस्तो लाग्यो।

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

हुन्न धर्म अडेको

~विवश सापकेाटा~ एकदुई दिनमै चुँडिने, काँधको त्यो धागोमा हुन्न धर्म अडेको। वली दिन ठीकपारेको विचरा त्यो राँगोमा हुन्न धर्म अडेको।

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

आयु छोटो भयो हजुर

~विवश सापकेाटा~ आयु छोटो भयो हजुर, देशको इज्जत पनि घट्यो तर पनि सामानको मुल्य चाहीँ बढिरह्यो। समानताका कुराहरु मात्र नारा हुन् है हजुर बाहिर नारा लगाएनी भित्रभित्रै लडीरह्यो।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

अँध्यारोमा बाँच्नेहरु

~विवश सापकेाटा~ अँध्यारोमा बाँच्नेहरु अंधकारमै बाँचिराख सत्यतालाई बिर्सिएर अज्ञानतामै हाँसिराख।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

आज मैले देखेँ

~विवश सापकेाटा~ आज मैले मान्छेको रगतले माटो मुछिएको देखेँ। लाखौँ महिलाको सिउँदोबाट सिन्दुर पुछिएको देखेँ। नेताहरुद्वारा देश लुछिएको देखेँ। आज मैले देखेँ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

विवश छ लालीगुराँस

~विकाश सापकोटा~ फुल्छ, ओइलाउँछ अनि झर्छ अनि फेरी समयसँगै त्यही चक्र दोहोर्‍याउँछ फेर्छ आफ्नो रुप यसले

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : यो जिन्दगी खै के जिन्दगी !

~हरीभक्त कटुवाल~ भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी !

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

सेती हो जिन्दगी

~बूँद राना~ सेती हो जिन्दगी, काली हो जिन्दगी बग्न नजाने गन्दा नाली हो जिन्दगी।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

सुनझैँ हजारचोटि

~बूँद राना~ सुनझैँ हजारचोटि खारे पो जिन्दगी हो कुन बेहोसीले भन्छ हारे पो जिन्दगी हो?

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

पानीमा आगो लगाऊ

~बूँद राना~ पानीमा आगो लगाऊ त गजल भैदिन्छ आगोमा फूल फुलाऊ त गजल भैदिन्छ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : सिद्धिचरण

~सिद्धिचरण श्रेष्ठ~ हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ, हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आफ्नै गीत गाउँछ गहिरो कालो माथिबाट यौटा फिलिंगो उठेको,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : युगको उर्दी

~सिद्धिचरण श्रेष्ठ~ संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ ! असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

मुक्तक : एउट विचार

~सिद्धिचरण श्रेष्ठ~ एउट विचार पश्चिम नभमा लाली छायो, साँझ पर्यो अब आज मर्यो, समय सिन्धुमा आयु र बलको यौटा सानू बूँद खस्यो । के के भई अझसम्म अडेको जीवनको मेरो छेउ तिमिर घडामा चोपी फेरि नूतन पारी छ निकाल्नु (श्रोत:-अन्तर्जाल)

विधा : मुक्तक | | प्रतिकृया छोड्नुहोस्

कविता : प्रेम र विवाह

~सिद्धिचरण श्रेष्ठ~ पौडिरहेको माछा जस्तै उडिरहेको चरा जस्तै, दौडिरहेको समय जस्तै

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : बा आउनु भएको छैन

~सिद्धिचरण श्रेष्ठ~ पानी परिरहेछ, हावा चलिरहेछ, समयले अबेर ओढिसक्यो, बत्ती बलिसक्यो,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : म बहुला होइन

~सिद्धिचरण श्रेष्ठ~ आमा तिनीहरूले जेसुकै भनून्, म बहुला होइन ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : प्रश्नोत्तर

~लक्ष्मीप्रसाद देवकोटा~ ‘के हो अहो ! अमृत त्यो सुरदेव पान ?’ ‘सच्चा कमाइ गरिखानु भनेर जान ।’ ‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?

विधा : कविता | | 1 प्रतिकृया

कविता : झरना

~लक्ष्मीप्रसाद देवकोटा~ पहाडको शिखरबाट देखेँ झरेको जल । मेरो मनमा बत्ती बले

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : जिन्दगीको मौसम

~लक्ष्मीप्रसाद देवकोटा~ जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत बाँझो नहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता संग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे

~भूपि शेरचन~ घुम्ने मेचमाथि अन्धो मान्छे –भूपि शेरचन प्रकासकीय घुम्ने मेचका अन्धालाई साँघुरो चोकका द्यौतालाई वीर भएका बुद्धूलाई बुद्धू भएका वीरलाई हल्लै–हल्लाको देशमा चार भन्ज्याङ, यो चिसो एष्टे्रमा उभ्याउने हामी होइनैं।

विधा : कविता सङ्ग्रह | , | प्रतिकृया छोड्नुहोस्

बाँचेको मान्छे

~‘अभागी’रामचन्द्र रेग्मी~ जन्म र मृत्युको दोसाँधमा अडेर बाँचेको मान्छे प्रेमको चपेटामा गडेर बाँचेको मान्छे |

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

कविता : उत्तर खोजिरह्यौ

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज‘~ फूल भन्यौ, सुवास सकियो भुल भन्यौ मुल भन्यौ, रित्तिए म प्रतिकुल बन्यौ ।। उपवन भन्यौ, शिशिर आउँदा छोडी गयौ । जनमभर,भन्थ्यौ नयाँ नाता जोडी गयौ ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : गलत लाग्छ मलाइ मेरो देश को इतिहास

~भूपी शेरचन~ जब म यी भोकमा डुबेका चोकहरुमा यी वैलाएका कलीजस्ता गल्लीहरुमा हेर्छु एक-दुइ दिन बसेर बास तब मलाई गलत लाग्छ मेरो देशको इतिहास

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्