Category Archives: नेपाली काव्य

Poetry

गजल : यति गाह्रो किन ?

~इप्सुल मगर~ भूल मेरो के थियो र सजाय यति गाह्रो किन ? पार्यौ मलाई मर्नु भन्दा बाँच्नु यति साह्रो किन ? नयन भरि सजिएकी छ्यौ मात्र तिमी देख्छु भन्थ्यौ आज त्यहि नानी मान्यौ तिमीले यति छारो किन ?

Posted in गजल | Tagged | 1 Comment

कविता : म एउटा लज्जा लेख्न चाहन्छु

~चकेन्द्र राई “कैदी”~ लगाम लगाएको घोडा जस्तै मेहेमा बाधिएको गोरु जस्तै हरेकको गलामा बाँधिएको छ एउटा कुसंस्कारको साङलो त्यसैले भर्खरकी तिन चार जान तरुणी चेलिहरु लठ्ठकिो साहाराले मात्र हिड्न सक्ने एउटा जिजीविषालाई पछ्याई रहेका छन , आफ्नो पतिदेव संम्झेर…………। आँखा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बाल्दै छु म

~उमा गौतम~ विस्वासका दियाहरु हृदयमा बाल्दै छु म बिउँझी आदा रातमा उद्रेको नयन टाल्दै छु म कसैले दियो मलाई हिम्मतका साहसहरु लर्बराएका पाएलाहरु आघी बड्न चाल्दै छु म

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : निहेतिको अबलोकन

~कवित भुसाल~ मनभरी अनेकौ कुरा खेलिराछ पिडा अनि दुख मनले झेलीराछ केनै गर्न सकिदो रैछ जिन्दगीमा

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : तड्पिएको मन

~भबिलाल गौतम~ दुखै दुखको जिबन मेरो , सुख भन्ने थाहा छैन ! जल्छ मुटु तड्पिन्छ मन ,

Posted in कविता | Tagged | Leave a comment

कविता : बेचिएकी कविता

~सूर्यविक्रम याक्खा~ एक काँदे झोला ,निलो कलरको घामले पिल्सिएर खैरो-खैरो परेको , झोला भित्रको मेरो कविता , धेरै साल भो हराएको । देखे मैले उनीलाई , शहर भित्र रमाएको , भेटे मैले उनीलाई , अखबरमा छपाएको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली सेक्युरिटी युध्द-भूमिमा

~दीपेन गर्बुजा~ मकै खुईल्याउने हातहरुले म्यागेजिन भित्र एम्मुनिसन भरिरहेका छन् हसिया, हलो अनि कोदाली समात्ने हातहरुले पिकेम, एम-सिक्स्टीन, एम-फोर एके-फोर्टीसेभेन अनि पिस्तोल समातिरहेक छन खेत-वारी अनि वन-पाखा जाने पाइलाहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : टुक्रा-टुक्रा भयो देश

~तीर्थ संगम राई~ टुक्रा-टुक्रा भयो देश झिटी झ्याम्टा कसे अरे बुढा-खाडा सबै छाडी युवाहरू विदेश पसे अरे ॥ खोल्सा-खोल्सी छताछुल्ल रक्त कुण्ड बगेपछि भाग-बण्डा नपाउनेले पिठ्यूँमा छुरा धसे अरे ॥

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : मुमा

~इलामेली टीकाराम दुलाल~ पञ्चचामर छन्द जदौ जदौ महामहिम् जदौ गरेँ गरेँ यसै झुकेर शष्ठअंगले प्रणाम गर्छु है यसै बिचार उच्च राखने महा महा म ठान्दछु तपाइनै महा गुरू म एक ब्रम्ह मान्दछु ।१। मलाइ सृष्टि गर्नु भो र हेर्न पाइयो धरा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : मैले पाउँने कसरी

~बिष्णु नन्द चाम्लिंग~ साथ आयौ र पो नत्र मैले पाउँने कसरी । आउँने इसारा दियौ र पो नत्र धाउँने कसरी ।। शिशा झैँ चर्किएको मेरा मनका इच्छाहरु । उमारी दियो रहर र पो नत्र सजाउँने कसरी ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : प्लास्टिके कुकुर, रात र म

~शिरिष लामिछाने~ निशाले व्याप्त जगतको एक कुनामा एउटा शहर छ जहाँ कयन् घरहरुकाबीच मेरो घरको एक कोठाभित्र म छु,अनी बत्तीको मधुरो प्रकाश छ र छ, टेबुल माथि राखिएको एक कुकुर एक निश्प्राण कुकुर, जसको निर्माण प्लास्टिकद्वारा गरिएको छ। शून्य वाट्को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मनोविज्ञानको शक्ति

~निर्भीक रार्इ~ (भगवानको परिचय) भगवानहरु सिर्फप्रतीक हुनाले सबै भगवानको रुप फरकफरक भएको । विश्वास लिए गुइँठाले पनि वरदान दिने वा भगवानको काम गर्ने । विश्वास नलिए स्वम्भुभित्रको सिद्घार्थको मूर्ति वा पशुपतिभित्रको शिवको मूर्तिले पनि आत्मबल वा वरदान नदिने ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जिकिर

~टंक वनेम~ मरि सकेकि आमा खाप्पुना मरङ्ना छोरा छोरीको मायाले नसकेको मेलोमा आई रहन्थिन् र भन्थिन् ए नानीहरु हो ! मेरो मृत्यु भएको थाहा हुँदा हुँदै तिमीहरुको मायाले साँच्ची मर्नै सकिन

Posted in कविता | Tagged | Leave a comment

गजल : भुलेको छैन

~मनोज काफ्ले ‘मनसुन’~ खाएका कसम भुलेको छैन बैरीको ऋणमा डुलेको छैन टुट्लाकी मायाँ नभन प्रिय अटुट छ नाता टुटेको छैन l

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो देश रोएको बेला………

~तीर्थ संगम राई~ मेरो देश रोएको बेला……… छचल्किन्छन्…। पोखीन्छन्……। तप्प- तप्प चुहिनै रहेको छ अविरल आँशुका थोपाहरु…। तिमी भने मेरो जीवनको संघारमा मेरो स्वागतको निम्ति हातमा एक अाजुली मुस्कान सहित प्रेम पत्र लिएर उभिरहेकी छौ ॥ तिमीलाई म के भनुँ

Posted in कविता | Tagged | Leave a comment

गजल : एकान्तमा टोलाई रा’ छु

~इप्सुल मगर~ सम्झना गर्दा तिम्रो एकान्तमा टोलाई रा’ छु कल्पना गर्दा तिम्रो विन्ति सुन वोलाई रा’ छु कहिले कहि भेट्दा पनि गाह्रो मान्छौ वोल्न किन सत्य तिम्लाई मायाँ गर्छु भन्न म डरार्इ रा’ छु

Posted in गजल | Tagged | Leave a comment

कविता : नेपाली आमाको मन

~मुक्ता सापकोटा~ सधैं सधैं पिडामा अल्झिएको छ मेरो मन् चिन्ताको तापले हरपल जलेको छ दनदन् खोसियो कुन क्षण मेरो उनमोक्त हाँसो कहिले म माथि पर्‍यो अराजकताको पासो हरेक चोटिको परिवर्तनले आश पलाउँछ

Posted in कविता | Tagged | Leave a comment

छोक : प्रतिष्ठा

~आभास~ जाडोमा ओढ्न नमिल्ने भोकमा खान नमिल्ने आफैँले काँधमा बोकेको

Posted in कविता | Tagged | Leave a comment

कविता : निख्लाम आकाश माथि तिर्खाएको एउटा छाती

~डी. वी. पालुङ्वा~ प्रियतमा के म तिमीबाट एउटा शुन्दर तर श्वेत पङखको उडान भन्दा कोमल असिम आकाशबाट यी धर्तिका क्षितिजहरु माथि पुरै स्वेत एवं रेसादार पर्दा खसालेर एउटा अनौठो स्पृहतामा अनुपम भेटको आशा गर्न सक्छु ?

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : जिउन चाहन्छु

~दिपक घर्ति मगर~ सदा उन्कै यादमा जिउन चाहन्छु । फाटी सकेको मन सिउन चाहन्छु । कल्पिएर धुजा भए अमर माया गास्दै

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : बोध: एक दर्शन

~रामगोपाल आशुतोष~ उज्यालोको आशा देखाएर अँध्यारोतिर धकेलिदिएको म असारपुत्र छायाँको जीवन हुन्न भनेर भर्खर बुझ्दै छु । असफल प्रेमीले झैं बुझ्दै छु छायाँ जीवनको अभिशप्त नियति पिताले झैं बुझ्दै छु भीमकाय जीवन, गरिबी र अभाव शिशिरको ठिही- अभिशप्त तृष्णा

Posted in कविता | Tagged | Leave a comment

गजल : मित्रता तोडिदैछ अाज

~स्वामी सुभाष चन्द्र~ पुरानो मित्रता तोडिदैछ अाज सत्रुको नाता जोडिदैछ अाज । इतिहासको सिमा मिचिदै जादा राजनीतिको बाटो मोडिदैछ अाज ।

Posted in गजल | Tagged | Leave a comment

कविता : कोही आऊ

~यज्ञेश~ कोही आमा आऊ यहाँ बुद्ध जन्माऊ, कोही पिता आऊ आफ्नो छोरा पि.एन.शाह बनाऊ, कोही गुरु आऊ कैयौंलाई अर्जुन शिक्षा दिलाऊ, कोही भाइ आऊ लक्ष्मणको प्रेम साथ ल्याऊ, कोही छोरी आऊ भृकुटी बनी आऊ, कोही पत्नी आऊ जानकी भइ नाम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुत्तरीत चित्र

~प्रतीक चाम्लिङ~ जिन्दगी – एउटा खाली क्यानभास जहा बांच्नुको अनगिन्ती चित्रहरु केरमट केरमेट भइरहन्छ म क्यानभासमा कूची, रङ्ग र पेन्सिलले आफ्नै जिन्दगी उतार्नु चाहन्छु । तर औलाहरु लरबराउछन् उफ ! कुन विन्दु देखी शुरु गरु ?

Posted in कविता | Tagged | Leave a comment

कविता : चेली

~गणेश पुर्बछाने मगर~ लौ सुनिदेऊ आमा बाबा यो चेलिको पुकारलाइ डोको र नाम्लो को साथ मा हँसिया चै नदेउ मलाई मेरो पनी त मनै हो भाई लाइ झै गरी माया देऊ मलाई कलम र पुस्तक को साथ मा झोलाको भारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भन्नोस् न , पण्डित बा !

~कृष्ण बिश्वकर्मा~ भन्नोस् न, पण्डित बा ! हामी, किन चुम्बकका दुई ध्रुव झैँ भयौं ? मथिङ्गलको ध्रुवीकरण कहिले सम्म हो ? विकर्षणको विकर्षण कहिले सम्म हो ? हजुरले, बिर्ता पाए झैँ गुरुकुलको, सुविधा पाउनु भो संस्कृतमा दिक्षित हुनु भो म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उर्लेको भेलभित्र

~सूर्यविक्रम याक्खा~ वर्षा साउनको झरीमा एक तमासाले पानी परिरहयो । भिजेका शरिरहरु थर्रर-थर्रर काम्दै निलो कालो भएका ओठबाट कि..टि..टि -कि..टि..टि.. जुधेका दांतको आवाज आईरहयो । उर्लेको भेलभित्र चिच्याउदै , मायाले भरिएका निश्चल पोकाहरु ,

Posted in कविता | Tagged | Leave a comment

बहरवद्ध गजल : बगदैन पानी

~इलामेली टीकाराम दुलाल~ छन्द : ईन्द्रबज्रा आँखा रसाई बगदैन पानी रोएर बस्ने अब छैन बानी ।१। उद्देश्य नौलो मनमा सजाई भन्ने छु आफ्नो हसिलो कहानी ।२।

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवन-मृत्‍यु

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ जीवन टेबुलमुनी पैसा लिन्छ जीवन टेबुलमाथी दस्तखत गर्छ । जीवन हतार हतार बस चढ्छ अर्को जीवन आउँछ र घचेट्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : जरैबाट गोडे पछी

~दिपक घर्ति मगर~ फुल्न लागेको फूललाइ जरैबाट गोडे पछी । जिउन एक्लै लाग्याछु उन्ले मलाई छोडे पछी। तिमि सधै फैली रहु मेरो चिन्ता नगर भो। सगै जिउने बाचा क्षण भरी मै तोडे पछि।

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी बाँच्नै पर्छ नम्रता

~चकेन्द्र राई “कैदी”~ खाना नाना र छाना मात्र होईन मान्छेका आधारभुत आबश्यकताहरु…….। कसैको, माया, बिश्वास,साथ र सेक्स पनि आधारभुत आबश्यकता नै मान्नु पर्छ आजका मान्छेहरुले………..। उसो भए के गल्ति गरिन त नम्रताले……….? सामाजीक जघन्य अपराध? त्यो चौरास्तामा गरिएको कृष्ण लिला … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : नयाँ साल नयाँ नेपाल

~डा तारानाथ शर्मा~ सारा राज्यभरी चिसो हिऊँ थियो, सेतै थियो बाहिर दूबो ढाकि भुईँ कतै पनि यहाँ देखिन्नथ्यो आखिर छानामा अथवा सबै रूखभरी सेतै हिऊँ फैलँदा लाग्थ्यो यो पृथिवी भयो कि विधवा स्वामी बितेका हुँदा यस्तैमा घरबाट खल्बल गरी आयो … Continue reading

Posted in कविता | Tagged | Leave a comment