Category Archives: छन्द कविता

छन्द कविता : किन यो नाममा गर्व

~तीर्थराज अधिकारी~ छिटै अमर मर्नाले, अशोक शोकमा पर्र्यो । आरोग्य रोगले गल्दा, अभय भयले ढल्यो ।। कुमारी गर्भकी भारी, पति कुमार छन् घरै । मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : झझल्को

~सुबेश घिमिरे~ छन्द : शार्दूल बिक्रिडीत सीमा भारतको नया मुलुक यो नेपालको काखमा मेरो बाल्य थलो मधेश खजुरा* पश्‍चिम नेपालमा माँ बागेश्‍वरीको* क्रिडास्थल अहो! ग्वालाहरुको बलो चुरे पर्वतको सिरान बढिया यो उष्णताको थलो ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : श्रद्धा-सुमन

~सुबेश घिमिरे~ कस्तो क्रूर अहो ! रहेछ नियती स्वप्ना सबै रल्लिए स्याना यी मनमा भए जति सवै इच्छाहरू वैलिए । सुके पुष्प सबै बसन्त ऋतु मै रोगी हुँदा मौसम कालो मात्र कठै देखिन्छ जग यो खोक्रो बिरानोपन ॥ ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : प्रकृति नियम

~सुबेश घिमिरे~ अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत पदार्थका कणा – कणा अनन्य शक्ति द्योतक पदार्थ – शक्ति, सृष्‍टिका अगण्य द्वैत संगम अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्‌फन ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : लौ नयाँ बर्षमा

~कमल पौडेल “कल्पित शखा”~ आज धन्यै भएँ प्रेम सद्भावमा प्रेममै मस्त भै मुक्तिको भावमा सुन्न जो पाइयो काव्यधारा सही वक्ष यो उफ्रियो भावगङ्गा बही

Posted in छन्द कविता | Tagged | Leave a comment