Category Archives: गीति कविता

गीति कविता : माया

~सोम खनाल~ खरानी भयेरै जाउन मनका तुच्छ तिर्सना स्वार्थ बिलायेर जओस हराउन पाप र घ्रिणा माया फैलियेर हुर्क्योस झाङियोस छाहारी बनी बनोस् आदर्स चौतारी त्यै स्वच्छ छाहारी मुनी । श्रीजना श्रोत हो माया सास्वत जीवन सार हो प्रेरणा दीप हो … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : जिन्दगी

~कृष्ण वस्ती~ निधारमा मुस्कुराउँने टिकुलीको दाम । के दिऊँ म जिन्दगीलाई सुहाउँदो नाम ? साँझपख जगाइने आरतीको ज्योति । हातजोडी देउरालीमा चढाइने पाती ।। तापूँ-तापूँ भन्दाभन्दै अस्ताउने घाम ।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : मजदुरको गीत

~रेशम वि.सी.~ हत्केलामा ठेला पारी पसिनाका धाराहरू चुहाउँदै दिन बिते थिए असीम सपनाहरू रगत सुक्यो भाई हो हाम्रो फर्किएनन दिनहरू काला बादल घुमिरहे शिरमाथि हाम्रो बरू पिठँयूमा बोकी दुधे बालक भोकले रूँदा पनि

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : मेरो मन

~अरुणबहादुर खत्री “नदी”~ मेरो आँखाभरि आँसु मनभरि छ खोला बगिदिन्छु छल्केर के सम्झेर होला । पूणिर्माको रात पनि औंसीको झैं लाग्यो

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : कसरी म बाँचु ?

~रन्जु ‘मार्ग’~ मझेरीमा बस्छिन उनी पिई गहको आसुँ आउने जानेलाई भन्छिन ,कसरी म बाँचु ? सखारैमा गाग्री च्यापी ढुङगेधारो झर्छिन छाँया केही देखिन भने टोलाएर हेर्छिन

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : किन…??

~राम श्रेष्ठ~ मनको फूलबारीलाई बाँजो पारी पिरतिको फूल अन्तै किन सार्नु भाको! कोपिला र बेर्ना पनि अरुलाई नै सुम्पी, फुलिसकेको फूल पनि किन झार्नु भाको!

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : गुन गर्‍यो बैगुन हुन्छ

~रामेश्वर राउत ‘मातृदास’~ गुन गर्‍यो बैगुन हुन्छ के युग हो यो कस्तो ? अमृतको वृक्षभरि विषै फक्रेजस्तो । आउने हरेक अबगाल र अपजसलाई थिची कर्म गर्नैपर्छ उत्सव बैगुन किचिमिची ।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : मादल बज्यो

~कृष्णप्रसाद पराजुली~ बल्लतल्ल मादल बज्यो घरको आँगनीमा जाने मन छैन परदेश अब मगनीमा जीवन खेर जाँदो रै’ छ छैन भने आड एक सर्को पिङ खेल्दा नाच्छ चाडबाड

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : परदेशीलाई कुर्दाकुर्दै

~सजल महेश आचार्य~ परदेशीलाई कुर्दाकुर्दै बित्ने हो कि जीवन आँखाभरि खुसी बोकी कैले आउला त्यो दिन ? बिर्सियो कि निश्ठुरी भई, पठाउँदैन खवर आफैं भेट्न जान्थें बरु, कुन होला शहर ?

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : ओखरबोटे कान्छी

~कृष्ण वस्ती~ हिजोसम्म मेलापात, बजार सँगै जान्थी । आजभोलि तर्किहिंड्छे, ओखरबोटे कान्छी ।। तोरीबारीजस्तो रुप, हेरिरहूँजस्ती । पर्वतलाई नदीलेझैं ,घेरिरहूँजस्ती ।। आजभोलि छेउमा गए, भुर्रै उड्छे पन्छी ।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : बेहोसी

~कृष्ण वस्ती~ बेहोसी छु देख्यौ भने सम्झाउँदा हुन्छ । कुबाटोमा भेट्यौ भने फर्काउँदा हुन्छ ।। फूल भनी तिम्रो मन टिपिदिनसक्छु । हिर्दयमा तिम्रो नाम खिपिदिनसक्छु ।। बल्दाबल्दै साँझबत्ती निभ्न पनि सक्छु। हिंड्दा तिम्रो पाइलामा बिझ्न पनि सक्छु ।।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : यति धोको

~माधव घिमिरे~ कस्तो हुन्थ्यो यो जुनीमा यति धोको पुगे मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे तोपचरीको गुँडै राम्रो पूर्वतिर दैलो भाइको भने घरै छैन कहाँ खेलूँ भैलो कस्तो हुन्थ्यो- एक घर सबैलाई पुगे मेरो दिल दुख्छ हजुर, भाइको दिल … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : बोलाउदा नि

~दिलिप योन्जन~ बोल्लौदा नि रिसाउने कस्तो तिम्रो बानी लजाउदा झनै राम्री मेरी मनकी रानी ! जती हेर्यो उती हेरु लागीरन्छ पल-पल जे गरेनी तस्बिर तिन्को आइरन्छ झल-झल

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : थाङ्नो हुन्छ तास कुचिन

~रामेश्वर राउत ‘मातृदास’~ थाङ्नो हुन्छ तास कुचिन प्रयोजनहीन झुम्रो विषाक्त आफ्नै शरीरबाट निस्कन्छ जसरी जुम्रो । चुपचाप कहिल्यै मौन हुन्न जिन्दगी बग्ने खोला हाास्नुपर्छ निर्झर नाच्नै गतिशील जीवन चोला ।

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : तिमीलाई रोज्ने मन

~कृष्ण वस्ती~ छोऊँभने वैलाउने लाजवन्ती बाला । नछोऊँ त मग्मगाउने वैजयन्ती माला ।। हिर्दयको पीपलका हल्लाउँदै पात । तिम्लाई छुने बतासले लायो मलाई मात ।

Posted in गीति कविता | Tagged | Leave a comment