Category Archives: गजल

गजल / Gazal

गजल : मात लाग्न सक्छ

~गोविन्दराज विनोदी~ समालेर राख यौवन मात लाग्न सक्छ भुलभए दु:खै द:ख खात लाग्न सक्छ । आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा भयो भने अति यहाँ बात लाग्न सक्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : पीडाको घार भएकोछु

~टिकाष्मा उदासी~ अचेल पीडाको घार भएकोछु फेरि मान्छेको शिकार भएकोछु बजाए धेरैले हुँदा सारङ्गी अहिले चुँडिएको तार भएकोछु

Posted in गजल | Tagged | Leave a comment

गजल : आज मेची र महाकाली

~बूंद राना~ सोधिरहेछन, आज मेची र महाकाली जागा बसेका छौ कि सुतेका छौ नेपाली । ओइलाई फूल सारा फूलबारी शोकमा छ, दुस्मन कुनै पस्यो कि गद्दार भयो माली ।

Posted in गजल | Tagged | Leave a comment

गजल : कतै आवास छैन

~सनतकुमार वस्ती~ बसुँ भन्दा कतै आवास छैन ऊडूँ भन्छु खुला आकाश छैन अँध्यारोमै कटाएँ रात सारा उषाको खै ! अझै आभास छैन वसन्ती फूलमै अल्झिन्छ ज्यादा जवानीको कुनै विश्वास छैन

Posted in गजल | Tagged | Leave a comment

गजल : विरुवा फल्छ जरुर

~डा‍. घनश्याम न्यौपाने परिश्रमी~ फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर

Posted in गजल | Tagged | Leave a comment

गजल : एकरात माँगेको हुँ

~कृसु क्षेत्री~ हुन त तिमीसँग एकरात माँगेको हुँ एकै रातमा जिन्दगीभरको साथ माँगेको हुँ एक्लै बिते धेरै दिनहरु स्वप्न सँगालेर कहिल्यै निको नहुने एक आधात मागेको हुँ

Posted in गजल | Tagged | Leave a comment

गजल : काँडा भए पनि राम्रोे

~प्रकाश सायमी~ फूल भए पनि राम्रो काँडा भए पनि राम्रोे विना शर्त माया गरेँ टाढा भए पनि राम्रो तिम्रो नाउँ कहिले रगतले लेखेँ कहिले आँसुले नमेटिए त के भो मसी गाढा भए पनि राम्रो

Posted in गजल | Tagged | Leave a comment

गजल : आयो बूढो नव वर्ष

~मनु ब्राजाकी~ रुन्चे हाँसो हाँस्दै आयो बूढो नव वर्ष सधैँ रुनेलाई कुनै बिस्मात न हर्ष घाउजस्तै फुल्न थाले वसन्तमा फूल मखमली पात पनि सिस्नोको स्पर्श

Posted in गजल | Tagged | Leave a comment

गजल : सपना छरेको छु

~बसन्त चौधरी~ आधा उमेर आफ्नो सपना छरेको छु कुन्नि कति फलेको छु, कति झरेको छु त्यसो त जीवन यात्रा मरुभूमि झैँ थियो सपनामा चाहिँ धेरै, खोला तरेको छु

Posted in गजल | Tagged | Leave a comment

गजल : सहारा केही हुन्

~बिपिन शर्मा~ जीउनलाई जिन्दगी यो, सहारा केही हुन् गन्न मलाई आकाशमा तारा केही हुन् हराएझैं लाग्छु म अन्योलमा कतै चल्न मलाई यहाँ इशारा केही हुन्

Posted in गजल | Tagged | Leave a comment

गजल : म त हाँस्न पुगेछु

~नेत्रबहादुर श्रेष्ठ ‘बिवस’~ आँशुको सागरमा डुबेर पनि म त हाँस्न पुगेछु छाती भरी चोट बोकेर पनि म त बाच्न पुगेछु । मनको व्याथा भन्न खोज्दा सुन्ने कोही पाईन आखिर मर्न खोज्दा यो जीन्दगी किन बाँच्न पुगेछु

Posted in गजल | Tagged | Leave a comment

गजल : भ्रष्टचारमा नाम आयो

~श्रीबाबु कार्की ‘उदास’~ उद्घाटन भन्दा पनि भ्रष्टचारमा नाम आयो त्यसैले त अख्यितायरको बडालामो खाम आयो ।। सबै कुरा ठीकै थियो केबल भुडी बढेको हो सुत्केरीको भत्ता खाँदा अति धेरै दाम आयो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : फेरी भेट्न आउँला नी म

~शंकरहरि खालिङ्ग राई~ यस्तै यस्तै माया पाए, फेरी भेट्न आउँला नी म । प्रतिगामीको गला रेट्न, तिमी सँगै जाउँलानी म । तिर्खा लाग्यो भनि रह्यौ, लागी रहोस तिर्खै–तिर्खा अन्यायले सिमा नाघे, जंगलवाटै धाउला नी म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आँधी चल्छ अब

~जेवी थुलुङ~ आकाश कालो कालो भयो आँधी चल्छ अब थाहा छैन यो आँधीमा के के ढल्छ अव हेर आज छितिज पारी आगो सल्कीएको त्यही आगोमा रावणको लङ्का जल्छ अब

Posted in गजल | Tagged | Leave a comment

गजल : पिरतीको गाम भेट्छौ!!

~राजन कोइराला~ छाती चिरी देखाइदिदा केवल तिम्रो नाम भेट्छौ आँखा खोली येता हेर, पिरतीको गाम भेट्छौ! तिम्रो साथ प्यारो लाग्छ संसार तिमी भित्रै देखें चिहाई हेर त्यी आँखाले, माया गर्ने ठाम भेट्छौ !

Posted in गजल | Tagged | Leave a comment

गजल : हस्तक्षेपी हात

~सदानन्द अभागी~ अहंकारी जीवधारी हस्तक्षेपी हात घमण्डैको मातमानै वासनाको खात कसैको नै मातमानै वासनामा छौ त अहोरात्री वासनामै कामनाको साथ

Posted in गजल | Tagged | Leave a comment

गजल : परिवार फुटाउँछौ हामी

~डा बच्चु कैलाश कैनी~ समाज भाँडेर परिवार फुटाउँछौ हामी उस्तै परे आफ्नै लाई कुटाउँछौ हामी पैसा छ सबै भन्दा ठूलो यसैको लागि सामाजिक बन्धन पनि छुटाउँछौ हामी

Posted in गजल | Tagged | Leave a comment

गजल : कुटे पनि हुन्छ

~मुकुन्द ‘प्रयास’~ बाँधिएको गाई न हो कुटे पनि हुन्छ काम सिद्धियो भाँडो फूटे पनि हुन्छ देखुञ्जेल आफ्नै भन्नु अंगालोमा वाँध्नु आँखा छेकियो गोजी लुटे पनि हुन्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : आँसुहरु खुन जस्तो

~विमला तुम्खेवा~ बगाएर तिम्रो खातिर आँसुहरु खुन जस्तो बल्झिएर सबै मुटु ओइलिएको जुनजस्तो धेरै भयो हाँस्न छोडे गोरेटोको चापहरु होइन होइन जीवन पनि कस्तो विना नूनजस्तो

Posted in गजल | Tagged | Leave a comment

गजल : नफुलेको काँस हो यो

~अञ्जु अञ्जली~ समयले पिल्सिएर नफुलेको काँस हो यो शान्ति हेर्न घिटघिटोमा अड्किएको सास हो यो जताततै रगतले पातिएको यो वेलामा नचिन्नै यहा सकिन्न है खै कसको लास हो यो

Posted in गजल | Tagged | Leave a comment

गजल : नचिने झै जस्तो लाग्छ

~विजय सुब्बा~ विरानो भो आफनै ठाउँ नचिने झै जस्तो लाग्छ हिडेकै छु तर किन नहिडे झै जस्तो लाग्छ धेरै थोक किनेको हुँ बजारमा तर आज हेर्दा केही पनि नकिने झै जस्तो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : फेला परेको छु

~इन्द्र कुमार श्रेष्ठ~ जाली मूर्ख फटाहाको फेला परेको छु माथि जान खोज्दा सधै तल झरेको छु पापी–घातीहरु भई भरिसके मुरी मैले भने पसिनाको मुठी भरेको छु

Posted in गजल | Tagged | Leave a comment

गजल : वसन्त आएर के भो ?

~जे.वि.थुलुङ्ग “जीतविन्दु”~ हरपल फूल रोइरहेछ वारीमा वसन्त आएर के भो ? लाखौ पेटहरु भोका छन् मैले मीठो खाएर के भो ? झुत्रे झाम्रे दाजुहरु नाङगै आङले पहाड मधेस झर्छन् ढाक्रे भरियाको त्यही ताँतीमा मैले सुकिलो लाएर के भो ?

Posted in गजल | Tagged | Leave a comment

गजल : आँटेकी छैन

~छविलाल खड्का~ तिमी बाहेक अरू, आँटेकी छैन कसम सानु केही, ढाँटेकी छैन । जतन साथ राखें, यो तन मन

Posted in गजल | Tagged | Leave a comment

गजल : सती गए

~आशांक उपाध्याय~ तिमीसंगै मेरा सबै खुशीहरु सती गए हास्न खोज्ने ओठको पनि न्याउली कै गती भए किन मलाई यसो गर्यौ सोध्न पनि नसकिने संगै जिउने कसम खाएँ पराइ तिम्रा पति भए

Posted in गजल | Tagged | Leave a comment

गजल : उल्टा दिशा रहेछन्

~अहम् स्रष्टा~ सुल्टा भनेर आयौँ उल्टा दिशा रहेछन्, आँखा दिवा रहेछन् आँखा निशा रहेछन् । भिञ्ची नभेट्नुमा को दोषी थियो विधाता, धर्तीभरी हजारौँ मोनालिसा रहेछन् ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सोचे जस्तो छ साथी!

~श्रीभक्त पौडेल~ मेरो ‘सरकार’ त जबर्दस्त, सोचे जस्तो छ साथी थाहा छैन तेरो ‘सरकार’, कस्तो कस्तो छ साथी! दम्ब छ उ सङ्ग कानुन गोजिमा, बन्दुक बोकिकन शिखरै नपुगी हेर तलतलतल, तलै खस्दो छ साथी!

Posted in गजल | Tagged | Leave a comment

गजल : जानी जानी गल्ति भयो

~इलामेली टीकाराम दुलाल~ छ लोभी आखा र पापी मन जानी जानी गल्ति भयो धैर्यताको बाध फुट्यो झन जानी जानी गल्ति भयो पहिला बोल्नै गारो थियो म जबजस्ती बोल्न खोज्थेँ

Posted in गजल | Tagged | Leave a comment

गजल : घरको न घाटको

~रवि प्राञ्जल~ घरको न घाटको । हकदार छ लातको । मक्किएको रूखलाई, भर हुन्छ र पातको ?

Posted in गजल | Tagged | Leave a comment

गजल : रहरहरु बढेर आयो

~शीतल शर्मा~ तिमी आयोै भेट भयो रहरहरु बढेर आयो थाहा थिएन माया भन्ने आज गढेर आयो । मरुभूमि जस्तै थियो मन सबै सुक्खा सिंचाइ तिम्ले गरिदियोै हरियाली बढेर आयो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : नेपालकै माटो बनोस्

~भोला धरातल~ जहाँ टेकूँ यी पाइलाले, नेपालकै माटो बनोस् कोदालीको पातो पनि समृद्धिको बाटो बनोस् जब जब देशमाथि, अशान्तिको बज्र पर्छ त्यहीबेला मेरो लास, बचाउको साटो बनोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : पानी दर्किएर गयो

~सबिना सिन्धु~ आगो बल्दा पो पानी दर्किएर गयो तिम्रो याद फेरि पनि चर्किएर गयो माटोले उमारिदिएको बैंसको बीज रोपेको लहरा कता लर्किएर गयो

Posted in गजल | Tagged | Leave a comment