Category Archives: गजल

गजल / Gazal

गजल : डुल्दै होला कोहि

~नवराज भुजेल “राज”~ प्रणय को संसार मा डुल्दै होला कोहि पिरतीको बगैचा मा फुल्दै होला कोहि मेरो जस्तै कसैको त , छुटे पनि होला प्रेमिल मिठो बातमा खुल्दै होला कोही

Posted in गजल | Tagged | Leave a comment

गजल : पूजा किन गर्छन होला

~बसन्तमोहन अधिकारी~ मान्छे मार्दै मन्दिरमा पूजा किन गर्छन होला रगतको खोला बिच मान्छे कहाँ तर्छन होला जन्म पछि मृत्यू हुन्छ, मानवको शरिर यो मान्छे भई मान्छे मार्दै किन पाप भर्छन होला

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो सुकमोल हार

~सूर्यविक्रम याक्खा~ दिन्छौ भने देऊ तिम्रो सुकमोल हार , प्रस्ताव राखी झुक्यौ किन, बारम्-वार !१! म त आउथे लिन डोली संजाएर , अझै भन्छौ पर्ख , तिसौ वसन्त पार !२!

Posted in गजल | Tagged | Leave a comment

गजल : क्या चाल छ

~इप्सुल मगर~ वाह ! आधुनिकताको क्या चाल छ युवाहरुमा खाली कूलत र मायाँ जाल छ रमिता हेर्ने भन्दा रमिता देखाउँने धेरै त्यसैले त प्रत्येक विषयमा हड्ताल छ

Posted in गजल | Tagged | Leave a comment

गजल : एउटै घाम जून

~लक्ष्मी गाइजू~ आगनीमा सबको खेल्ने एउटै घाम जून आफ्नो बिरानो नछुट्याउने एउटै घाम जून को ठूलो को सानो छुवाछुत किन हो सानो ठूलो सबको दैलो छिर्ने एउटै घाम जून

Posted in गजल | Tagged | Leave a comment

बहरवद्ध गजल : कतै आउला

~इलामेली टीकाराम दुलाल~ छन्द : शार्दूलविक्रीडित पानीसंग नखेल दङ्ग परदै बाडी कतै आउला गट्टा गट्टि नखेल है सडकमा गाडी कतै आउला ।१। यो मैदान हुदा त छैन भर खै लाग्ने अहो ठेस लौ भो बिस्बास् नगरेस है सफरमा खाडी कतै … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रिय के कुरा गरार्इ भो

~इप्सुल मगर~ नजिक र टाढाको प्रिय के कुरा गरार्इ भो सम्झीनै पर्छ भनेर मैले के अह्रार्इ भो लाग्छ कति वेला हाम्रो मायामा पनि समझदारी कता बसार्इ सरार्इ भो

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रेमिकाले भनेको..

~सुरेन्द्र खौलराठी~ लगन जुरी सक्यो, बिहेको सुरसार हुनेछ ! जति रोउ तिमी अब, उस्लाई हतार हुनेछ ! जीवनभरी साथ दिने, साथी मिलोस तिमीलाई, दैव संग संधै मेरो, बिन्ती पुकार हुनेछ !

Posted in गजल | Tagged | Leave a comment

गजल : काम हजुर

~राजन पोखरेल~ जित हुन्छ जताततै, गरेपछि काम हजुर कहाँ बन्छ देश राम्रो ? गरेपछि जाम हजुर । अझै पनि कति गर्छौ ? कुरा त्यही छल छामको भोकालाई कहिले मिल्छ ? दुई छाक माम हजुर ?

Posted in गजल | Tagged | Leave a comment

गजल : के गर्ने होला ?

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ नचिनेकी केटी के गर्ने होला ? गर्छे मरिमेटी के गर्ने होला ? देख्दा काली तर हिस्सी परेकी आफुभन्दा जेठी के गर्ने होला ?

Posted in गजल | Tagged | Leave a comment

गजल : वोली खानेलाई

~सूर्यविक्रम याक्खा~ के भनऊ खरो वोली खानेलाई , दुःखेको घाऊमा गोली खानेलाई ।१। आँशु झारी रुन्छी ऊनी गाँऊ सम्झी , कति भने एक चोली खानेलाई ।२।

Posted in गजल | Tagged | Leave a comment

गजल : म बोलिन कत्ती

~मनोज आचार्य~ ऊनी बोलीनन् अनी म बोलिन कत्ती लगातर तड्पीयो मन , म बोलिन कत्ती * सजीएर आइन उनी भेट्न भनी मलाई एकोहोरीन् के मा खै , म बोलिन कत्ती

Posted in गजल | Tagged | Leave a comment

बहरवद्ध गजल : किन सताएकी ?

~इलामेली टीकाराम दुलाल~ छन्द : तिमाल प्यारी प्यारी मेरी रानी, किन सताएकी ? के भो गर्छौँ आनाकानी, किन सताएकी ? कामैले हो मेरो साच्चैँ अलि ढिला भाको केही बोले हुन्थ्यो सानी किन सताएकी ?

Posted in गजल | Tagged | Leave a comment

गजल : निधार बेग्ला बेग्लै

~मनोज काफ्ले ‘मनसुन’~ मानव हुन् एउटै तर निधार बेग्ला बेग्लै सानो ठुलो कोहीछैन बिचार बेग्ला बेग्लै अजम्मरी छैनन् कोही जन्मेपछी मर्नैपर्छ यो जिन्दगी अन्तहुने किनार बेग्ला बेग्लै

Posted in गजल | Tagged | Leave a comment

गजल : बाल्नै पर्ने भएको छ

~राजेश नेपाली~ फेरि पनि राता मसाल बाल्नै पर्ने भएको छ फलामे ती किल्लाहरू गाल्नै पर्ने भएको छ हेर्दा हेर्दै नेपाललाई टुक्राटुक्रा पार्नै आँटे बचाउन मसाल अब बाल्नै पर्ने भएको छ

Posted in गजल | Tagged | Leave a comment

गजल : समाएर पिएँ मैले

~निर्मला अवस्थी~ दियौ बिष ल खा भनी समाएर पिएँ मैले त्यही बिष पचाएर हाँसी हाँसी जिएँ मैले।। तिमीलाई दिन भनी साँचेको त्यो माया पनि मुटु सबै रित्याएर भए जति दिएँ मैले।।

Posted in गजल | Tagged | Leave a comment

गजल : आकाश हरायो !

~सुरेन्द्र खौलराठी~ सङ्लो कुवा भेट्ने आश हरायो ! एक घुट्को पानी नपिई प्यास हरायो ! फूल फूल्ने बगैचामा पुतली मात्रै भेटिए, गन्थे हुँला जूनतारा आकाश हरायो !

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रवासको बाटो

~स्वामी सुभाष चन्द्र~ सुखी हुन प्रवासको बाटो समायौ बिदेशी कै चाकारीमा सधैं रमायौ दश नंग्रा खियाउदै हाँस्नै भुलेर धेर थोर पशिनाको मुल्य कमायौ

Posted in गजल | Tagged | Leave a comment

गजल : कति छ

~सागर कार्की~ थाहै छैन सागरमा पानी कति छ । किनारमा बग्ने जिन्दगानी कति छ ?? अन्जान छु आफ्नै रङ्ग र रहरमा किन सोद्धछौ मसँग जवानी कति छ ??

Posted in गजल | Tagged | Leave a comment

गजल : के विश्वाश गरौं ?

~मनोज काफ्ले ‘मनसुन’~ मलाई सताउनेको के विश्वाश गरौं ? भेटे नबोलाउनेको के विश्वाश गरौं ? कतै लत्तीएँ कतै धम्किएँ जिन्दगीमा दुँनिया नचाउनेको के विश्वाश गरौं ?

Posted in गजल | Tagged | Leave a comment

गजल : म रोएको छैन

~सागर कार्की~ पिडा लुकेको मात्र हो म रोएको छैन । मन दुःखेको मात्र हो म रोएको छैन ॥ शुर वीर ठान्थे तर माया झेली रैछ । कठै झुकेको मात्र हो म रोएको छैन ॥

Posted in गजल | Tagged | Leave a comment

गजल : मूनाल नाच्यो अरे

~इप्सुल मगर~ रानी वनमा कोईली गाउँदा मूनाल नाच्यो अरे जोडी ढुकुर परेवा झैं मायाँ गास्यो अरे सुनगाभाले गुराँससँग सिन्दुरको पैँचो माग्दा गुलाव फूल पनि आज काँढासँगै हास्यो अरे

Posted in गजल | Tagged | Leave a comment

गजल : कटु बात नदिनु

~इप्सुल मगर~ सहन्छु म लात हजुरको कटु बात नदिनु हल्लाको भरोसामा सात फेराको घात नदिनु स्वार्थी छन् मान्छे यहाँ अनि लोभ डाहा जन्मौ जन्म हजुरकै हुँ म एक्लोपनको साथ नदिनु

Posted in गजल | Tagged | Leave a comment

गजल : जिम्मा कस्ले लिन्छ ?

~चकेन्द्र राई “कैदी”~ एक जोडी परेवा रत्न पार्कमा उडार्इ दिन्छन् । उद्घाटनको नाममा रातो रिबन चुडार्इ दिन्छन् । अझै पनि सुक्या छैन हातको मेरो आलो ठेलो। नेता जी को मिठो भाषण ढाटि खाने मेलो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : रहर नभएर हो की ?

~इप्सुल मगर~ जीवन मेरो रोएर बित्यो हाँस्ने रहर नभएर हो की ? निर्धक्क जिन्दगी बाँची रह्यो मर्ने जहर नपाएर हो की ? भैसकेछु हेला म त आफ्नै छाँयाको पनि अचेल खोक्रो आश्वासनको भाषण छाट्न नपाएर हो की ?

Posted in गजल | Tagged | Leave a comment

गजल : म रहरले मरे

~सागर कार्की~ अरू जहरले मर्छन् म रहरले मरे । तिमीलाई पाउने मिठो कहरले मरे ।। सपना तिम्रो मेरो अनी सानो घरको । जल्यो फूल्न नपाउदै त्यही प्रहरले मरे ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मार्यो मलाई

~तीर्थ संगम राई~ आखाँ तिम्रा सारै नशालु आहा !! कर्के हेराईले मार्यो मलाई । ओठ को त के कुरा भो र पि्रय दन्ते मोहनीले मार्यो मलाई ॥ वक्षस्थल त झनै बैशालु वाह !! नशा-नशामा चढ्यो जवानी । नितम्बको कुरै छाडौ … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : प्राण प्रिय प्याला

~इप्सुल मगर~ ए मेरो हजुर ! ए मेरो प्राण प्रिय प्याला भेट्छु त्यै भट्टीमा लिर्इ महिना भरको ज्याला सधै गर्छु तिम्रै भक्ती तिमी नै हौ मेरो शक्ती जसरी नी पाउछु तिम्लाई ज्यान गए जाला

Posted in गजल | Tagged | Leave a comment

गजल : सपनाको लाश

~कवित भुसाल~ मुटु भरि पिडा हुदा हास्नु पर्छ साथी कयौ पटक मरेरनी बाच्नु पर्छ साथी धन कमाउन सपना बेचिन्छ यहा नपलाउदै मुनाहरु  लास्नु पर्छ साथी

Posted in गजल | Tagged | Leave a comment

गजल : बुद्ध चाहियो

~सूर्यविक्रम याक्खा~ अब मेरो देशमा बुद्ध चाहियो पात्तीले चोखो पार्ने शुद्ध चाहियो । देशको विकाश रोजगार दिने , एउटा शमशेर जुद्ध चाहियो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : हिडेको म छैन

~मनोज काफ्ले ‘मनसुन’~ धेरै दिन भो सँगै बोली हिडेको म छैन घाँस काट्न खोला खोली हिडेको म छैन प्रेममा पसिएका घाइतेहरूलाई सोध्नु प्रेमी – प्रेमीको जोली हिडेको म छैन

Posted in गजल | Tagged | Leave a comment

गजल : बिकास भयो

~स्वामी सुभाष चन्द्र~ गणतन्त्रमा बन्द काम को बिकास भयो जनतामा व्यापारको आशा छैन मन्दको बिकास भयो जातियता बिभाजित बन्न जाँदा देश र जनमा गन्धको बिकास भयो

Posted in गजल | Tagged | Leave a comment