Category Archives: गजल

गजल / Gazal

गजल : साली हरायो

~अमृत सिङ थिङ~ भेना हरायो साली हरायो छैन गोठालो बाली हरायो छानो खोज्न छोरा शहर पस्यो यता घरमा पाली हरायो

Posted in गजल | Tagged | Leave a comment

गजल : कहिले यौन शोषणमा हुन्छ

~नविन ध्यार~ यहाँ आफ्नै श्रीमती पनि, कहिले यौन शोषणमा हुन्छ, घरमै श्रीमती भएपनि, लोग्ने परस्त्रीको पोषणमा हुन्छ । दुःखको मूल्य आशुको धार्नी–बिसौलीमा नजोख मनुष्यको पिडा भन्ने कुरो पनि, मनको रोदनमा हुन्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : खुसीहरू फुल्न नसकेका

~इलामेली टीकाराम दुलाल~ म भित्र पनि त छन खुसीहरू फुल्न नसकेका रहरहरू छन चाहानाहरू छन भुल्न नसकेका यत्रतत्र आवेगहरू संवेगहरू कति हो कति छन आशाका हजारौ ढोकाहरू छन खुल्न नसकेका

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : म हाँसी रहेछु

~रिजाल किरण~ बहर : मुतकारिब मुसम्मन सालिम कयौं चोट खेपी ,म हाँसी रहेछु सधै घाउ सेकि ,म हाँसी रहेछु । अहोरात मेरा डुबेको नयन यी छुपाएर केही म हाँसी रहेछु ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी रात सुन्दरी

~आशांक उपाध्याय~ एकान्तको अन्धकारमा आयौ तिमी रात सुन्दरी ! मुस्काउदै आयौ तिमी हल्ल्यो मनको पात, सुन्दरी ! मुस्काउदै आयौ अनि मेरै छेउमा बसी थुचुक्क ! हात मेरो समाएर थाल्यौ मार्न बात, सुन्दरी !

Posted in गजल | Tagged | Leave a comment

गजल : कस्तो अचम्म

~आनन्द श्रेष्ठ~ धुवाँ देखिन्छ आगो देखिन्न कस्तो अचम्म ! मनमा लुकेको कालो देखिन्न कस्तो अचम्म ! गाउँ खाली छ शहर शून्य भो युवा भेटिन्न जता हेरे नि पाको देखिन्न कस्तो अचम्म !

Posted in गजल | Tagged | Leave a comment

गजल : कुर्सी अघि पर्छौ नेता

~सदानन्द अभागी~ विकासको भाषण गर्न कुर्सी अघि पर्छौ नेता आठ दल मात्रै सर्बेसर्बा बन्दै अहङ्कार भर्छौ नेता शान्तिज्योति निभाउँदा अशान्तिले छो यो आकाश समाधान गर्नु कतै छैन भाषण मात्रै गर्छौ नेता

Posted in गजल | Tagged | Leave a comment

गजल : दीवारको घडीसरी

~आवाज शर्मा~ घुमी रहेछ फनफनी दीवारको घडीसरी कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदीसरी रहेछ दाग छातीमा बनेर याद बल्झियो बढेर जान्छ घाउ झन् ऊ सङ्गको दूरीसरी

Posted in गजल | Tagged | Leave a comment

गजल : उदायौ कहाँबाट

~मिलन ढुङ्गाना~ पुर्णिमाको चन्द्र झैँ उदायौ कहाँबाट । छोपिने गरि मेरै मन छायौ कहाँबाट । धेरै भा’थ्यो प्रणयका रागहरु नसुनेको गुञ्जदैछ जताततै गायौ कहाँबाट ।

Posted in गजल | Tagged | Leave a comment

गजल : भयो फेरि ठूलो मान्छे

~भुवन निस्तेज~ लगायो बाँसका खुट्टा, भयो फेरि ठूलो मान्छे रहेनन् पाउ धर्तीमा नटेक्ने भो धुलो मान्छे जहाँ आगो मिल्यो टिप्दै उहीं बस्ती जलाएछ कहाँ मिल्काई आयो दिल भयो भन्छन् झुलो मान्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : सागर तराइ देऊ न दैव

~गोवर्धन पूजा~ कस्तो हुन्छ प्रेम -सागर तराइ देऊ न दैव मन मिल्नेसंग माया गराइ देऊ न दैव रित्तो रित्तो खालीखाली भाछ मेरो मन एकै पललाई भए पनि भराई देऊ न दैव

Posted in गजल | Tagged | Leave a comment

गजल : उदास-उदास आँखा होलान्

~अनन्त लम्साल~ छाती भित्र घाउ उस्तै उदास-उदास आँखा होलान् आँधी जस्तै यी सुस्केरा पक्कै मेरा बा’का होलान् बा’का स्वप्न कुल्ची हिँड्दा थाहा थे’न बुझेँ आज भन्नुहुन्थ्यो ‘बाबु भोलि तेरा पनि छोरा होलान्’

Posted in गजल | Tagged | Leave a comment

गजल : फूल थरीथरी

~आशांक उपाध्याय~ बगैंचामा फूल थरीथरी जीन्दगीका भूल थरीथरी हर्ष, विस्मात अर्थ्याउने आँशु उस्तै मूल थरीथरी

Posted in गजल | Tagged | Leave a comment

गजल : आहा छ मैसा’पको

~एकादेशको गगनराज~ सबै भन्छन् जीवन क्या आहा छ मैसा’पको। कर्तुत केबल मलाई मात्र थाहा छ मैसाप’को। ढुकढुकीमै राखेपनि, परेलीमै राखेपनि, स्वतन्त्र र अबोध् एउटा चाह छ मैसाप’को।

Posted in गजल | Tagged | Leave a comment

गजल : सास खोज्नु पर्छ

~सूर्यकुमार चेम्जोङ~ गाँस खोज्नुपर्छ सास खोज्नु पर्छ आफ्नै घरभित्र बास खोज्नु पर्छ श्रम रोपेँ फुलाएँ ऊ भो धनी, मैले खडेरीमा मधुमास खोज्नु पर्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : आउनेछन आगो बोकेर

~एम् पी केयरलेस~ जब विद्वान आउनेछन आगो बोकेर अनि मात्र आउनेछ परिवर्तन आगो बोकेर हेरौ अब कहाँ कहाँ आगलागी हुनेछ अाज फेरि हिडिदियो मन आगो बोकेर

Posted in गजल | Tagged | Leave a comment

गजल : मनै खिन्न बनाउनलाई

~आशांक उपाध्याय~ किन आउँछ तिहार पनि मनै खिन्न बनाउनलाई घरमा बल्ने दियो पनि यहाँ आउँछ जलाउनलाई माया पनि बढ़ने रैछ आफन्तको यति बेला माफी माग्छु सबैसँग आइन तिहार मनाउनलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : यो देशलाई लुटौँ आजै

~प्रकाश लामिछाने~ आउनुस् हामी सबै मिली यो देशलाई लुटौँ आजै नेपाल बन्द गरिहालौँ, बटुवालाई कुटौँ आजै लोकतन्त्र जोकतन्त्र भो, हाँस्ने खुराक के चाहियो र ! चौतारीमा चिया खाँदै, फोश्रा गफ चुटौँ आजै,

Posted in गजल | Tagged | Leave a comment

गजल : पुछिएछ शीर कठै !

~इश्वरी घिमिरे ‘ईश्वर’~ हराएछ कान्ति अनि पुछिएछ शीर कठै ! बिधवा भई बाँचदा मनमा पर्ला कति पीर कठै ! हेप्या देखेँ एक्लो हुँदा तिमीलाई दुनियाँले, खडा गर्छन् जोकोहीले मुलबाटोमा भीर कठै !

Posted in गजल | Tagged | Leave a comment

गजल : म त हराउँदैछु

~इलामेली टीकाराम दुलाल~ बन्धनमा परेर हो कि, म त हराउँदैछु आशाहरू मरेर हो कि, म त हराउदैछु आफु आफैमा खोज्नु पर्ने भयो अचेल प्रयत्नहरू नगरेर हो कि, म त हराउँदैछु

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : कटारी पो लुकायो कि

~रिजाल किरण~ बहर : हजज मुसम्मन सालिम कसैले यो हिया छेवै कटारी पो लुकायो कि । नयाँ नौलो दुखी हरदम उसैले पो सतायो कि । जता हेर्‍यो उतै लाली झुले मुस्कान छाएर मनैमा त्यो हुरी ठूलो उनैले पो चलायो कि … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : सुस्ताउँछ सल्लाघारी

~उमेश आचार्य~ अभावको सास फेर्दै,सुस्ताउँछ सल्लाघारी भोज गर्छ छिमेकी चैँ,दिनौँ जङ्गे पिलर सारी राष्ट्रीयता धितो राखी,सयौँ बने राहदानी युवा खोज्दै गुहार माग्दै,रुन्छन् बाँझा खेतबारी

Posted in गजल | Tagged | Leave a comment

गजल : पढ्न पाइएन

~सदानन्द अभागी~ मन भित्रको वेदनालाई पढ्न पाइएन जवानीको सुन्दर डाली चढ्न पाइएन सफल तिम्रो हितको लागि दिलभयो खाली प्रेमी दिलको मधु–गंगामा गढ्न पाइएन

Posted in गजल | Tagged | Leave a comment

गजल : माया बस्यो थाहै भएन

~आशांक उपाध्याय~ हिड्दा हिड्दै माया बस्यो थाहै भएन सुटुक्क नै यो मन उड्यो थाहै भएन तिम्लाई कहिले भेटें अनि मेरो मन भुल्यो कहिले हाम्रो आँखा जुध्यो थाहै भएन

Posted in गजल | Tagged | Leave a comment

गजल : तेजाव बेच्छन

~अनन्त लम्साल~ यो जमाना उल्टो रै’छ अत्तर भन्दै तेजाव बेच्छन । अचम्म छ मान्छेहरु काँडा चुमी गुलाव टेक्छन ॥ अब तिमी यत्ति धेरै दु:खी हुनु राम्रो हैन , यस्तै हुन्छन ब्यस्त मान्छे बोल्दैनन् न जवाफ लेख्छन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : सबथोक गर्छ मान्छे

~बिभोर बराल~ आफ्नो स्वार्थ पूरागर्न सबथोक गर्छ मान्छे मुहारमा झुठको अनेक बुट्टा भर्छ मान्छे कसैको मनमा के बित्छ उसलाई के मतलब काम फत्ते गरेपछि अन्तै डेरा सर्छ मान्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : अनुमति लिन्छन् र जान्छन्

~चोमु शेर्पा “खुशी”~ कोहि दिलभित्र बस्ने अनुमति लिन्छन् र जान्छन् जब बस्छन् अनि अथाह चोट दिन्छन् र जान्छन आत्मीयता बढाएर हिड्छन यात्रामा सहयात्री जब दोबाटोमा पुग्छ अनि छुटिन्छन् र जान्छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरो औकात यहि हो

~अमृत सिङ थिङ~ तिमीले ठिक भन्यौं मेरो औकात यहि हो बजारमा जे हल्ला सुन्यौं सहि बात यहि हो भनेको जस्तो परिवर्तन के गर्न सक्छौं ? काम गर्ने दिन अनि सुत्ने रात यहि हो

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीलाई देखेपछि

~रन्जन पौडेल~ आकाशको जुनमा तिमीलाई देखेपछि धरतिको धुनमा तिम्रो स्वर सुनेपछि ।। सभ्यताको संसारमा डुल्ने मन थियो संसारको हाल बुझे तिमीलाई देखेपछि ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : कहानी बेच्नु

~नविन ध्यार~ यस्तै धेर्–थोर कहानी बेच्नु पाउँदिनौ केही जवानी बेच्नु समय बित्दै जाँदा ओईलाउला क्यारे अवमूल्यन् भएपनि लीलामी बेच्नु

Posted in गजल | Tagged | Leave a comment

गजल : दुश्मन पनि यार भइदियो

~अजय विश्वोकर्मा `सीमान्त´~ जबदेखि दुश्मन पनि यार भइदियो अनि सारा दुनिया बेकार भइदियो परायालाई विस्वास गर्ने बेला आयो आफ्नै मित्र छुरा चलाउने गद्दार भइदियो

Posted in गजल | Tagged | Leave a comment

गजल : अविश्वासको छाप लाग्यो

~समुन्द्रा शर्मा~ तिम्रो-मेरो नाममा अविश्वासको छाप लाग्यो । ओत लाग्ने ठाउँ आज खुकुरीको दाप लाग्यो हिँड्दै जाँदा जीवनका उकाली-ओरालीलाई आफूमाथि राखिएको चट्टानको खाप लाग्यो

Posted in गजल | Tagged | Leave a comment