Category Archives: कविता

Nepali Poems

कविता : चौबाटोको रुख, मेरो सफलता!!

~सुरेस खनाल~ सधैँ बिच बाटोमा, ठिङ्ग उभिएर, सँधैँ ‘उता’ र ‘यता’ को कल्पना बुनेर, सधैँ आउने जाने मोटरहरुलाई हेरेर, सधैँ आउने जाने बटुवाहरुलाई हेरेर, टाढा, टाढाको यात्रा पर्खँदै, जमीनमुनि माटो भित्र कतै, दर्शनढुङ्गामा जरा ठोक्छ; यो चौबाटोको रुख, मेरो सफलता!!

Posted in कविता | Tagged | Leave a comment

कविता : नदेऊ भोले भष्मासुरलाई

~रामेश्वर राउत ‘मातृदास’~ आउँछ निश्चित न्यायपूर्ण समयको पालो माफियाको योजना यी रातभन्दा कालो नहौँ कोही नेपाली हो अन्यायीको टालो च्यात्नैपर्छ आज सारा तस्करको जालो । ज्युँदो लासमै नबसौँ कोही न्युरी हुतिहारा फैलने छन् नत्र सारा किच्चक देशमारा अजम्बरी उन्नत वाणी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मिठो मिलन र तीतो बिछोड

~ढक बहादुर बस्नेत ‘आकाश’~ जब मिलनका मिठो मुस्कान अनुहारमा छाउँछ त्यो दिन त्यो क्षणहरुमा हरपल कान्तिमय आउछ। दिलैदेखि खुशी र उमङका चमकहरु उदाउछ कति मिठो मिलन तिमी तर हरपल कहाँ हुन्छ र।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी कविता

~निर्मोही व्यास~ तिमी इन्द्रिनी हौ ? कि आकाशगङ्गा ? तिमी देखिँदा यो मनै हुन्छ चङ्गा नपाएर झल्को म कल्पीरहन्थेँ सधैँ सम्झनामा डुबुल्कीरहन्थें ० तपस्या फलोस्, गम्कियोस् सृष्टि आज प्रिया ! झुल्क पैह्री तिमी प्रीति–ताज

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्धले थाकेको देश

~प्रकाश सुनुवार ‘निराकार’~ युद्धले थाकेको देश बल्लतल्ल शान्तिको सास फेरिरहेको बेला इष्र्याले कसैको छाती भत्भति पोलेको छ अनि देशलाई शान्त भएर भन्ने गर्छ – तिमी शान्त हुनुहुंदैन तिमी अशान्तमा व्यतित हुनु पर्छ । कहिले बेपत्ता पारिएकाहरुको कुरो झिकेर देशको पाइतालामा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ए जुन

~सुबेश घिमिरे~ ए जुन ! ए जुन ! तेरो जुँनेलीमा कदम डग्‌मगाई म आफ्नै शहरमा म आफ्नै डगरमा पराई भएछु ए जुन ! ए जुन ! हिजो मस्की मस्की उनी साथ हुन्थिन्‌ तेरै जुँनेलीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : एक सुन्दरी च्यामिनी

~लक्ष्मी प्रसाद देवकोटा~ क. स्याबास क्या ढकमक फुली ! दिव्य अपवाद ! संगमरमरमा ढली छौ धन्यवाद ! ख. वीरताको चरमचुली यो जनानी ! कुन कविले गायो फुली यो कहानी ए कुजात रानी !

Posted in कविता | Tagged | Leave a comment

कविता : देश बोकेर आएँ म

~मणिराज सिंह~ गल्ली र चोकमा अलमलिएका उदास स्वर देउरालीको चौबाटो हिँड्दै बादलका नागवेली उकालीमा आँधी आउनुअघि लोलाएका आँखाहरूको नि:शब्दता ओढेर मनमा गुम्सिएका चञ्चल लहरका जीवन तरङ्ग पन्छाएर भिक्षुहरू ध्यानमग्न भएको बेला बलिदानीमा लेखिएका साँध सिमाना टेकेर फूलको लजालु सुगन्ध वरिपरि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ समीकरण:युगको उदघोष

~रुमानी राई~ नयाँ पुस्ताहरु आफ्ना सन्तानहरुलाई केवल दन्त्यकथा हाल्नेछन् निरंकुश राजतन्त्रको कुरुप श्रीपेचको क्रुर राजाको अनि थुक्ने छन्-यो कालो इतिहासलाई । यो पुण्यभूमीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्ती सुन्दरी

~अरुणबहादुर खत्री “नदी”~ यो सानो झुपडीमा पलेँटी कसेर मैले दु:ख पीडा हटाउन भनेर कविता कोरेको छु मेरो मनभित्रको घाउमा मल्हम लगाइदिने तिमै नै हौ निस्वार्थ र तटस्थ

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्म-संकट

~दिनेश अधिकारी~ केवल- आफूलाई अविश्वास गर्न सकिने विश्वास मात्र बाँकी रहेको यो बेला उफ् ! फेरि यो कस्तो धर्म-संकट आइलाग्यो – स्कूलको वादविवाद प्रतियोगितामा भाग लिने तयारीमा जुटेको मेरो सानो छोरो मसँग बारम्बार

Posted in कविता | Tagged | Leave a comment

कविता : म त डुंगा भए

~दिलिप योन्जन~ म त डुंगा भए तिम्लाई, तिमी देउता भई जिउनु जिउदै मलाइ आगो लगाई, नाठो संग आगो ताप्नु ! देबी देउता झुटो भयो, दुई दिन बिछोड हुदा जानी बुझी छुरी हानी, तिमी बिना मर्छु भन्दा !

Posted in कविता | Tagged | Leave a comment

कविता : असमयमै अस्ताएकाे घाम

~मसान उपासक~ तिमिले फेर्दै गरेकाे अन्तिम श्वास तिमिले हेर्दै गरेकाे अन्तिम अाकाश तिमिले टेकेकाे याे धर्ति तिमिले चुमेका यी अाैलाहरु तिमिले सुम्सुमाउदै गरेकाे मेराे गालामा उनिएकाे अलिकति लाजका रेखाहरु यी सबै मेरा ब्यक्तिगत सम्पतिहरु हुन् । बल्दै गरेकाे तिम्राे चितासगै

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~टंक सम्वाहाम्फे~ कुल्चन नपाउदै समाधानका गोरेटाहरु विनासित्ती पछ्याएको पछ्याएकै गर्छन् हुलका हुल समस्याहरुले कहिले भाग्न खोज्छु छक्याउन सकिन्छ कि भनेर कहिले भिड्न खोज्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र स्तम्भको बलेसीबाट

~त्रिभुवनचन्द्र वाग्ले~ एक किसान जो शब्दका खेती गथ्र्ये चेतनाको बारीमा, हृदयको खेतमा र विद्रोहको पानी पट्याउँथे खेतीमा थाकेर जोत्दाजोत्दै कलमले परिवर्तनको गीत गाउँदै– पुगे एक भव्य स्मारक छेऊ र पढ्दापढ्दै निदाए गणतन्त्र स्मारकका शीलापत्र

Posted in कविता | Tagged | Leave a comment

कविता : हृवाँ नेपालमा

~गोपालप्रसाद पौडेल~ मान्छे आज शिथिल छ, समय र परिस्थितिसंग जुध्दा जुध्दा, भोक र रोगसँग सिँगौरी खेल्दा खेल्दा, आँफैभित्रको म सँग पनि ठुलो हारको सामना गर्नुपरेर मान्छे आज शिथिल छ हृवाँ नेपालमा । स्वयम्भूको चैत्य अगाडि नतमस्तक भएर उभिए पनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : सजाइरहने छौं सपना

~शिवराज पन्थी~ यतिबेला हाम्रो सपना ध्वस्त पार्न कायरहरू पैंठेजोरी खेल्दैछन् छातीमाथि सेफ्टी बुटले दह्रोसँग कुल्चिँदै ग्लास, मास्क र हेलमेट लगाएर गला च्याप्ने दुस्प्रयासमा अचानो बनाएर हामीलाई उल्टो धारमा घाँटी रेट्ने प्रयासमा अभिमानी बुद्धिविलासवादीहरू चलायमान हुँदैछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खालहरु

~सन्जीव बंकिम~ यो बिज्ञानको विश्व यौटा सानो बस्ति जस्तै यो सन्सार का भाग हरु लाइ अलगै विभाजित गर्न नमिल्ने अवस्था ग्लोबलाइजेसन को युग खुम्चिएको शहर खुम्चिएको महानगर इन्टरनेट फेसबुक मा यकाकार भएको विश्व पाच दसक अघि निर्मित बर्लिन को पर्खाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मेरै मृत्यु मर्न चाहन्छु

~कृष्णभक्त श्रेष्ठ~ म मेरै मृत्यु मर्न चाहन्छु- विशुद्ध मेरो आफ्नै अरूकै मृत्यु आफ्नै भन्ठानेर युगौँ युगदेखि थरी थरीको अर्थ लगाएर धेरै मरे-व्यर्थै धेरै धेरै मरे विस्मृत

Posted in कविता | Tagged | Leave a comment

कविता : समालोचक

~विमल निभा~ इलाका प्रहरी घरको रेकर्ड पुस्तिकामा अङ्कित छ कविताको परिभाषा भावनाको आवेगलाई व्यवस्थाको प्रचलित व्याकरणमा नियमअनुसार ढालेर कोमल कोमल पदावलीहरु रचना गर्नु नै

Posted in कविता | Tagged | Leave a comment

कविता : जयपुर जाने हो सान्नानी?

~कमल कुमार~ जयपुर जाने हो सान्नानी? मैले सान्नानीलाई सोधेँ भनेँ सान्नानी लामो रेल चढौंला हेरौंला उडेका चराहरु र बगेका नदीहरु लामा लामा पुलहरु मान्छेहरु बजारहरु बस्तिहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रिय धून

~प्रणिका कोयु~ चटकेको चटक कत्ति मनपर्दैन मदारीको बाँदर हैन म मेरो सोचमा दासता छैन मेरो आकाश निर्भिक छ प्रत्येक धडकनमा प्रत्येक नशामा देश, देश, देश गुञ्जिरहन्छ, र त म उज्यालोको चमकमा सपना बाँच्ने मृगतृष्णामा

Posted in कविता | Tagged | Leave a comment

कविता : नरहे देश नै सग्लो, के काम गणतन्त्र यो ?

~निर्मोही व्यास~ १ यता हेर्यो — लथालिङ्ङ, भताभुङ्ङ उतातिर हरे ! सन्तोषको सास फेर्न जाऔँ कतातिर ! मारेर जनतालाई कसरी लोकतन्त्र भो ? नरहे देश नै ‘सग्लो’, के काम गणतन्त्र यो ? २ न छ राष्ट्रियताको ‘र’ न कहीं लाजको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चमत्कार कस्को

~दीपक कुमार ज्ञवाली~ न धुलो मैलो न कालो घनघटा बादल जस्तो । न ईर्ष्या राग द्वेष न बिद्वेषको अंकुर विज । शिष्ट ल्किष्ट अति सुन्दर मन भुवा कपास जस्तो । बादलको रुप कहिले घनघटा कहिले स्फटीक जस्तो । दिल मानवको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिताप

~डा. उत्तम खनाल~ सुन्दरिहरु हो अहंकारको धंधङिमा सूर्य, छेकिन्छ भन्छौ प्रेम वासना भेटिन्छ भन्छौ र… दुनियको राज मेटिन्छ भन्छौ त्यसो हो त ? भोकाएकाहरु अघाउँथे भने नाङ्गाहरु रमाउँथे भने ताली ठोक्दै डिस्को र वारहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : दलदल भित्र राज्य

~कुन्दन काफ्ले~ अकूपाई वालुवाटार खवरदारी थियो राम्रो । हत्या–हिंसा बढेकोमा निन्दा विरोध थियो हाम्रो । यो मुद्धामा चासो हैन, सरकार थियो चिसो चाम्रो । हिंसा रुपी दलदल भित्र छ है राज्य रथको पाङ्ग्रो । टाउको र टाउके प्रति छैन मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हेमोफिलीयाको शहरमा

~गोविन्दप्रसाद आचार्य~ मान्छे छैनन् भनौं भने म उल्लु हुन सक्छु मान्छे छन् भनौं भने म जिल्ल पर्छु मान्छेको भींडमा मान्छे नदेखेर म अचम्म मानिरहेछु यो हेमोफिलीयाको शहरमा म हराईरहेछु । यो हेमोफिलीयाको शहरमा कसैले हात खुट्टा नचलाउँदोरहेछ, यो हेमोफिलीयाको शहरमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चेतनाका मुट्ठीहरू

~मणिराज सिंह~ निस्तब्ध अँध्यारो परिवेशभित्र जूनको कलिलो आभा सुसाइरहेकै थियो तर आफ्नै परिधिभित्र आगो सल्काएर क्षितिजभरि नाङ्गो आक्रोश छरेपछि कतै केही चर्केजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : थुम्को, क्षितिज, म र सूर्य

~भेषराज रिजाल~ एकदिन सूर्य टिप्न सूर्योदय हुनुपूर्व घरपछाडिको पूर्वी क्षितिजको थुम्कोतिर झिसमिसेमै दौडेँ जसै थुम्को नजिक पुगेँ थुम्कोसँग छुट्टिएर क्षितिज अर्को डाँडापल्तिर हाम्फाल्यो सूर्य आकासमा नपुग्दै छोपेर खेलाउने अभिलासाले बालसखाको हात समात्दै अर्को डाँडामा पुग्दा नपुग्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : भ्रष्टाचारीहरुलाई ताली

~प्रकाश सुनुवार ‘निराकार’~ मेरो देशमा भ्रष्टाचारीहरुलाई अदालतले समाउँदा सत्यतथ्य जनता सामु ल्याउने संचार माध्यमहरु डराएर मौनब्रत बस्छन् डर कानून देखि हो कि भ्रष्टाचारी देखि वुभ्mन त्यति कठिन छैन । गलतलाई गलत भन्न नसक्नेहरुले मौन बस्नु सिवाय विकल्प पनि त छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वर्ग र देवता

~बालकृष्ण सम~ झरीको एक दिन थियो, रुपौला किनारे विद्धुत सितारे रेशमी बादलको घुम्टो हाली पृथ्वी धुरु धुरु रोइ रहेकी थिइन, जगबन्धु सूर्यले त्यो देखे । अनि उनले आफ्ना कोमल करले सुस्त उघारि त्यो घुम्टो चियाए । सँधैकी सुत्केरी पृथ्वीका गढेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~विक्रम सुब्बा~ एउटा देउराली थियो पसिनाको पाती चढाउने एउटा चौतारी थियो थाकेको मन बिसाउने एउटा सानो बस्ती थियो सुख दुःख बाँड्दै मिलेर बस्ने

Posted in कविता | Tagged | Leave a comment