Category Archives: कविता

Nepali Poems

कविता : पाँच वर्षकी छोरी

~दिव्या बज्राचार्य~ छोरीलाई बुद्धि छैन भन्दै गाली गर्छु तर तीर्खा लाग्दा छोरीले पानी ल्याइदिन्छे थकाई लाग्दा विस्तारै खुट्टा सम्सुम्याइ दिन्छे कस्तो लाटी होला भन्छु म दुखि हुदा मलाई हसाउँन खोज्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : जब हुन्छ परिवर्तन

~लिल बहादुर खत्री ‘ललित’~ परिवर्तनको आधि हुरी जब-जब आउँछ सबैखाले वस्तीहरुमा खुसीको बहार छाउँछ। समानता र असमानता यो कस्तो शब्द बन्यो अशान्ती सबै हटि शान्तीको भाका गाउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जनघोष

~युद्धप्रसाद मिश्र~ हाम्ले आज अमानवी दमन यो बिर्सेर के पाउने बाँचेको छ परम्परा रगतको सट्टा रगत नै लिने खाई घातक मार दुर्दमनका पीडा सहन्नौं अब खप्नुसम्म खप्यौं दुरापद ठूला हेरी रहन्नौं अब आगो आज उठी सक्यो झुपडीमा बन्दै गई उन्मना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमान

~दिव्य गिरी~ पुरानो काम नलाग्ने चौबाटोमा फ्याँकिंदा टुक्राटुक्रा र छरपष्ट फुटेको घ्याम्पो जस्तै विभत्स यो वर्तमान ! टपरीभरि खरानीको कालो डल्ला छ्वालीको मुठो र काँचो हाँडी रातो खुर्सानी र लसुनको पोटी

Posted in कविता | Tagged | Leave a comment

कविता : अवश्यम्भावी आन्दोलन

~शिरिष लामिछाने~ बहुदल,एक्दल संगै राजतन्त्र आए, प्रजातन्त्र आए समाजवाद, साम्यवाद आए जुलुस आए, पुलिस आए बालबच्चा पनि आए युवा,बुढा सबै आए तर गए त केवल पल्लोघरे आमैको कान्छो छोरो

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तै हुदो रहेछ

~रामु गैरे~ यस्तै हुदो रहेछ साथी बिदेशमा माया बसेपछी अरबी तरुनिको माया जालमा फसेपछी मन लोभौने रहेछ अनेक थरिको मेक अप घसेपछी अलग हुन गाहरो रहेछ मायाको फन्दमा पसेपछी

Posted in कविता | Tagged | Leave a comment

कविता : अनमिन कहा छ सिङ्गो हाम्रो नेपाल ?

~चकेन्द्र राई “कैदी”~ बाँच्न पर्ने बाध्यताले अनि सुख किन्ने रहरले जन्मभुमि बाट टाडिएको एक नेपाली हु म । परिस्थीति सँग मुकाबिला र संझौता गर्दै उज्वल भविश्यको खोजि गर्दैछु …….। जसरी तिमी नेपालमा शान्ति खोजि रहेको छौ ….। मलाई थाहा छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो समाज

~यज्ञेश~ यो मानिसको किनबेच चल्ने समाजमा मजबुरीमा, लाचारीमा, बलजफतीमा, जबर्जस्तीमा कयौं बेगुनाह चेलीबेटी बेचिन्छन्, जो लज्जा र अपमानले दिनभरी लुक्छन्, रातभरी दिनलाई कुर्छन्, सबका सामु झुक्छन्, आफ्नो नसीबलाई धिक्कारी सुकुँसुकुँ रुन्छन्, उनलाई अतीतले पोल्छ भाग्यले पिरोल्छ भित्रभित्र भावनाहरुले दुख्छ, अनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वुढीआमा

~सूर्यविक्रम याक्खा~ युद्घमा शान्त्तिका नासोहरु खोज्दै छिन् , क्षेत्विक्षत् भएका मासूका चोक्टा-चोक्टा, र हड्डीका कुड्काहरु खिच्रिङ्ग-मिच्रिङ्ग सरी वटुल्दै छिन् । चाउरीका अनुहारले टुलुक हेर्दै , आशुको तरेलीमा , सुस्केरा हाल्छिन् , ऊ खुर्इ

Posted in कविता | Tagged | Leave a comment

कविता : देश प्रेमी नेताहरुलाई मेरो आग्रह

~योगेन्द्र गिरी ‘संघर्श’~ देश प्रेमी नेताहरु देशको बिकाश गर्न झुक्नु हुन्न बिभिन्न राजनितिक दलहरुका प्रतिनिधीहरुले उठाएको मागहरुलाई मुल्याकन गर्न भुल्नु हुन्न बुद्धको देशमा आज किन हत्या हिंसा बढ्दैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : वितृष्णाको समर्पण

~केवल गंगा गुरुङ~ निचोरी-निचोरी पिउँ रस मेरो ज्यानमा कति छ तीर्खा सवै मेटार्इ देउ तिम्रो मनमा कति छ तिम्रा ती प्यासी मनहरुलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : पात्र-कुपात्र

~दिव्य गिरी~ मञ्चमा चहल-पहल कतै अँध्यारो अँध्यारो कतै उज्यालो उज्यालो अर्थात मधुरो प्रकाशको छायाभित्र सलबलाईरहेका मानिसहरूको आकृति नेपथ्यमा मानिसहरू चिच्च्याइरहेको मसिनो ध्वनि पूरै अन्धकार ओढेर मञ्चतिर ध्यानपूर्वक हेरिरहेका दर्शक केही शसङ्कीत तर धेरै आतङ्कीत ।

Posted in कविता | Tagged | Leave a comment

कविता : भाषण

~चाङ चिराग~ मञ्च यताउति मानिसहरु केही कुर्सी केही दर्शकहरु केही पत्रकारहरु केही क्यामेराहरु केही मोबाइलहरु केही रेकर्डरहरु केही नोटबुकहरु र, केही कलमहरु । एक-दुई वटा माइक

Posted in कविता | Tagged | Leave a comment

कविता : लाल सलाम सहिदलाई

~योगेन्द्र गिरी ‘संघर्श’~ नेपाल आमका बिर सुपुत्र छोरालाई बिर योद्धाको सम्मान छ तिमीलाई स्वधिनताको शिर उच्च बनाई आफनो ज्यानको बलि चढाई

Posted in कविता | Tagged | Leave a comment

कविता : झ्याली माया

~रामु गैरे~ मिठा मिठा सपना देखाइ सँगइ मर्ने सँगइ बाच्ने कसम खाइ मलाई न घरको न घाटको बनाइ सुखै सँग राख्छु भनेकै थिए २,४, पैसा कमाइ बिश्वासघात गर्यौ अरु पराइको हात समाइ

Posted in कविता | Tagged | Leave a comment

कविता : म त्यही बूढो प्रेमी

~बिष्णु सुवेदी ‘दोलखे’~ वर्षौंपछि फेरि आइपुगेको छु यो बूढो मन लिएर एक थुङ्गा फूल चढाउन ! त्यतिबेला यो खोलाको बीचमा कुनै फड्के थिएन, पुल थिएन खोला एकनासले बग्थ्यो तिमी पारिबाटै÷म वारिबाटै भावनाको पुल हाल्थ्यौं तिमी मसम्म आउँथ्यौ म तिमीसम्म धाउँथें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बहुमतको आवाज

~युद्धप्रसाद मिश्र~ हाम्रा यी खेतबारी श्रम सलिल बगी हातले जोतिएका केवल हामी डटेका सक्रिय कृषका प्यारले पोतिएका हरबेलामा यसैको वरिपरि घुमने वीर हामी सिपाही गर्छन् हाम्रा तँ जस्ता अथकित पहरा चोरको त्राही त्राही

Posted in कविता | Tagged | Leave a comment

कविता : प्योरो खादबारी बजार

~योगेन्द्र गिरी ‘संघर्श’~ चारै तिरबाट डाडा काडा हरियाली बिचमा खादबारी बजार रमणिय बजार हेर्न धाउछन लेकका युबा युवती लाखौ हजार

Posted in कविता | Tagged | Leave a comment

कविता : छोरी को पीडा

~कृष्ण पहारी~ गहभरी आसुबोकेर पराइको मझेरिमा पोतो घसार्दै तिम्ले थुप्रै वसन्त पार गरेयौ निधारमा नाम्लाका डाम पारेर घासका भारी बोक्दै उकाली ओराली गर्यौ पिडामा पिल्सिएर परेली बाट कति आँसु खसाल्यौ छोरी तिमी

Posted in कविता | Tagged | Leave a comment

छोक : यो मन

~गणेश पुर्बछाने मगर~ भो अब त रुदिन भन्छु रसिन्छ यी नयन हरु उफ सम्झन्न अब त भन्छु

Posted in कविता | Tagged | Leave a comment

छोक : अनन्त क्षितिज

~नकुल सिलवाल~ देखे क्षितिज र ठाने आफुलाई म त्यँहासम्म फैलिएको छु , के माथितिर घुमाए आँखा

Posted in कविता | Tagged | Leave a comment

कविता : च्याट

~डा. कपिलदेव लामिछाने~ स्याट स्याट स्याट फेस बुकमा गर्नु होस् च्याट जति च्याट गर्नु होस् न यसमा भ्याट लाग्छ न यसमा ओस्याट लाग्छ न कुनै कर न कुनै डर– न यसमा कुनै असमानता हुन्छ फेस बुकमा खासमा समानता हुन्छ–

Posted in कविता | Tagged | Leave a comment

कविता : अगुवामा पनि भर हुने देशको विकास

~निर्भीक रार्इ~ (राष्ट्र खच्कने सामरिक तुजुकले) घामजस्तो चम्किलो माओ उदाउनले अँध्यारो भागेको चीनमा जूनतुल्य टल्कने देङ झुल्कनले उज्यालो भित्रिएको चीनमा राती पनि राती समेत उज्यालो पाउँदा चीनमा विकासले छिटो बाटो काटेको

Posted in कविता | Tagged | Leave a comment

कविता : पदचाप

~सागर कार्की~ विथोल्न नखोज मलाई सुन्यतामा तैरदै गरेको जिन्दगी कलिलो स्पर्शले पनि झर्दो रहेछ फूल्न नपाउदै ।। चाहाना होईन मेरो

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रवाशबाट

~दिव्य गिरी~ बितेका वर्षरूमा जस्तै यो वर्षपनि आँखामा झझल्को आईरहेछ घर अगिल्तिरको बगैंचामा गोदावरी फुलेको होला मखमली फुलेको होला सयपत्री फुलेको होला तिनै फूलहरूको सुगन्धले आँगन मग्मगाएको पनि होला तिनै फूलहरूको सौन्दर्यले आँगन जग्मगाएको पनि होला र, घर पूर्णतः

Posted in कविता | Tagged | Leave a comment

कविता : क्याफे माया

~टंक वनेम~ साइबर क्याफेमा माउस हल्लाउँन थाले देखि नैं मुटु हल्लिन थालेको थियो प्रेमिल शब्दका स्पर्सहरुले मनको लिङगे पिङ् मच्याउँन बेर लागेन कति छिट्टै बिजुली संम्बन्धको लठ्ठामा वारिपारि तर्ने मायाको पुल बन्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो खाली सिउँदो

~केवल गंगा गुरुङ~ मेरा आशाका किरणहरु डुब्न लागेको घाम जस्तै भएछन् जलिरहेको दियो पनि निभ्नै लागेछ कस्तो हुरी आयो प्रिये ! तिम्रो र मेरो माया बीच

Posted in कविता | Tagged | Leave a comment

कविता : कानुन कस्ले मानेन

~चकेन्द्र राई “कैदी”~ कानुन कस्ले मानेन बिदेशिहरुले कि नेपाली जनताहरुले जन प्रतिनिधिहरुले कि कानुन बनाउने कानुनबिदहरुले आखिरी कानुन कस्ले मानेन या फेरी नयाँ नेपाल बनाउछु भन्नेहरुले गणतन्त्र आए पछि पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी बिनाको यो संसार

~योगेन्द्र गिरी ‘संघर्श’~ तिमी बिनाको यो संसार नै सुन्य लाग्छ सानु यो मेरो आखा वरिपरी तिम्रै तिस्बिर देख्छु सानु तिम्रो मुहारको कल्पना गर्न सक्तिन सानु

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कलम

~सूर्यविक्रम याक्खा~ प्रवेश द्वारमै तिखारीएर जोडले प्रहार गर्छ , वन्द ताल्चामा , प्वाकै उधारेर , टुक्रा-टुक्रा पारी गन्छ । चट्टान भित्रका हिराहरुमा पारदर्शी झिल्ली र किटाणुहरुमा ,

Posted in कविता | Tagged | Leave a comment

कविता : पुनरागमन

~शिरिष लामिछाने~ धेरै पछि आज केही लेख्न खोज्दैछु सुतिरहेको मस्तिष्कलाई फेरी जगाउन खोज्दैछु बग्दैछन् मानसिक तरँग उर्लिएको कर्णालीसरी उभिएको छु यो भूमीमा अटल सगरमाथासरी

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~आभास~ [बिहान] नारीका चुरा बज्न थाल्छन् थुरमाथि बसेर धोवीचरो गीत गाउन थाल्छ मेरो गाउँ बिस्तार ब्यूँझन्छ पँधेरा जान्छ र पानी ल्याउँछ रातोमाटो घोलेर पोतेरी ठीक पार्छ र संघार लिप्न मेरो गाउँ हरेक बिहान घामलाई निम्त्याउने गर्छ [दिउँसो]

Posted in कविता | Tagged | Leave a comment