Category Archives: कविता

Nepali Poems

कविता : मलाई थाह भएन

~विरही काईला~ मेरो सालनाल कहाँ गाडियो यकिन साथ भन्न सकि रहेकी छैनन् मेरी आमा बोजुलाई थाहा हुनु पर्नेमा उनी मास छर्न गइसकिन अब फर्किन्न जाँतो कुनामा सुत्केरी आमा मसित सुतेकी थिइन धारिलो चोयाले सालनाल काटेर

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रबासी भूमिबाट प्रियसीलाई पत्र

~योगेन्द्र गिरी ‘संघर्श’~ हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी यो प्रबासी भूमिबाट आज म तिमीलाई यो पत्र कोर्दै छु सन्चै छौकि बिसन्चो छ तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : उमंग

~बिकास सुबेदी~ मेरा डाडा मेरै भिरहरु आज रोइरहेछ | कोइलीको त्यो मधुर स्वर आज कहाँ गएछ ? यही चन्द्रागिरी शिखरमा खोइ मान्छे हासेको ? ती आमाबाको मन आज कहाँ छ खोइ फसेको ?

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रा अमिट ईतिहासहरु

~चकेन्द्र राई “कैदी”~ फुस्रदमा सृष्टिले मेहतन गरि बनायो नेपाल परिको शिरको आकर्षक टिका जस्तै छ नेपाल ३३ सै कोटी देबाताहरुको बासस्थान नेपाल अनेकतामा एकता हुने यो मेरो देश नेपाल

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो अर्घाखाँची

~रामु गैरे~ कती राम्रो अर्घाखाँची हरियाली तेसैमाथी उत्तर तिर अर्घा अनी दक्षणातीर खाची बागी खोला सल् सल् बग्यो छिर्लिङ खोला कल कल गर्‍यो सीत खोला खल खल गर्‍यो अर्घा अनी खाची बिच चुत्रबेशी,सन्धिखर्क रैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : हिलेको भारी

~अनिल बराल ‘गरीब चिराग अछुत’~ हिलेको भारी बोकेर ल्याउछु मंगमया ओरालो | थाप्लोमा नाम्लो काधमा खकान पसिना अमिलो || घुम्तीको बाटो त्यो तातो घाममा पसिना बगाउदै एक छाक खाने एक सरो आउने सपना सजाउदै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेशमा अन्तिम रात

~दिव्या बज्राचार्य~ जून आज तिमी नचम्क आज मलाई अध्यारोमा नै फालिदेऊ आज मैले के के सहे तिमिलाई के थाहा आज म सबै विर्सन खोज्दैछु भोक, प्यास, कठोर काम । भन्दे भोली उडाउने सूर्यलाई म यहाँ भोली हुदिन अब आउने छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~गणेश पुर्बछाने मगर~ म एक नेपाल आमा तर मलाई नै थाहा छैन ! किन अझै यहाँ मेरा नेपाली संतान अनबुझ छन ? आखिर अझै के कारण ले उनिहरु एक आपस मा लड़ी रहेछन ? मेरै छाती माथी टेकी मलाई मेरै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नदी र जनता

~परशुराम पराजुली ‘पराशर’~ नदी हो जगत्को भरोसा सिँचाई नदी जान्द्छ आत्मा सबैको भिजाई नदी प्राण हो यो नसाको मुहान नदी नै सबै सभ्यताको उठान । नदी मार्ग हो नाउ नौका चलाए

Posted in कविता | Tagged | Leave a comment

कविता : सच्चाई

~करुणा झा~ एउटा वेवाररशे लाश आखिर यो लाश कसको ? ‘सच्चाई’ को ? आउ …, सबैजना आउ । पोस्टर्माटर्मका लागी पठाउ लाशलाई सरजमिन गरौं यसको तव थाहा पाउने छौ, आखिर यो लाश कसको ?

Posted in कविता | Tagged | Leave a comment

कविता : परसरेकी छे कविता

~नरेन्द्र पराशर~ एकरसताको महानिद्रामा स्वप्नदोष्ले स्खलित आकाश तुष्ट देखिन्छ नजिकै सिर्जनाका स्वप्नपुष्प लुकाएर ख्यालठट्टै धर्ती अवैध गर्भवती भएकी छे सौन्दर्यको दुनियाँँमा आनन्दको भाग खोस्न संसार अगाडि सर्दा आजै परसरेकी छे कविता !

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो अनि मेरो देश

~रश्मिला कवाङ~ उ भन्छ तिम्रो देश स्वर्ग हो म भन्छु तिम्रो देश भुस्वर्ग हो सम्पनतामा लहराएका उसका वालापन उसलाई कतिपनि रमाईलो लाग्दैन यस भौतिकताको सुविधायुक्त युवापन अनि बोझयुक्त बृद्धावस्थाकाृ क्षणहरु दिक्दार लाग्छ अरे, कृतिम लाग्छ प्रकृतिको सुन्दर छटाले मोहित भएका

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना

~नवराज योन्जन~ “सपना”____ तिमी को थियौ ..? कसैको छोरी थियौं कि बुहारी पनी हौ | मेरो बन्द यी दुवै नेत्र सुन्यतामा अँध्यारो कोठा भित्रको हावा जस्तै अनन्त यात्रा अपरिचित त्यो मुहार

Posted in कविता | Tagged | Leave a comment

कविता : म मातिएको बेला

~पुष्पा खनाल~ नआऊ मेरो सामू, म मातिएको बेला जे पनि हुन सक्छ, म पातिएको बेला भन्छन्, रक्सीले भन्दा पनि, वैंशले धेर मातिएको हुन्छ मान्छे, जवानीमा हेर

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना

~सागर कार्की~ कोही सपनीमा आउछ मुस्कुराउछ, र मिठो सपना देखाएर क्षीतिज पारीको सूर्यजस्तै विलीन भएर जान्छ । सपना मिठो हुन्छ, प्रियसीको ओठको हाँसो जस्तै सपना भित्रको सपना झनै सुन्दर हुन्छ, आँखामा फुलेको गुरास भन्दा पनि बाबै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हिरोशिमाका परेवाहरु

~आभास~ जब म एकान्तमा बसेर मुरली बजाउन थाल्छु हिरोशिमाका परेवा मेरो सामु आउँछन् वमले छिया छिया भएका शरीरका मासु देखाउँछन् आँसुले भिजेका पँखेटा फट्कार्छन् आँसुले सेचन गरिदिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अव्यक्त प्रेम

~गजेन्द्र बुढाथोकी~ मान्छे, बल्ल आफूले पिडा पाएपछि अरुका पिडा बुझ्छन्। हो, तिमीले प्रेममा गुमाएपछि बल्ल मेरो प्रेम बुझ्यौ जति बढी कष्ट सह्यो उति पलाउँछ/फैलिन्छ प्रेम न घृणा बन्छ, न बदला लिन्छ कहिल्यै

Posted in कविता | Tagged | Leave a comment

कविता : म एक्लो छु,नितान्त एक्लो !!

~चकेन्द्र राई “कैदी”~ म माटो भएर ढुङ्गा सगै टासिन जानिन …… किनार भएर नदी सगै गासिन जानिन…… अन्यायको जातोमा मकै सरी पिसिन जानिन…… आकाश भएर क्षितिज सग मिसिन जानिन…… त्यसैले….. म एक्लो छु , नितान्त एक्लो !

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सम्झनामा

~कृष्ण पहारी~ एक हिक्का बाडुली काडेर आजकाल मात्रै तिमिलाइ सम्झनेगरेकोछु। तिम्रो अभाबमा छट्पटिएको मन कुन्नी किन हो सिथिल बन्दै गएकोछ तिम्ले नपत्याउन सक्छेउ

Posted in कविता | Tagged | Leave a comment

कविता : पैसाको लोभ

~रामु गैरे~ कुबेर बन्नु थिएन मलाई पिरितिको मायामा आगो लगाइ घर परिवार सबै सँग बिछोड गराइ अनी आफ्नो मान्छे पनि बनायो पराइ आफ्नै सन्तानले पनि बुवा नदेखेको धेरै भैसक्यो अनी उमेर पनि ३ भागको २ भाग गैसक्यो पैसाको जात कालो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सिउदो

~योगेन्द्र गिरी ‘संघर्श’~ सप्तरंगी सिन्दुर तिम्रो सिउदोमा सजाइ दिउला मुस्कुराउदै तिमी भित्र मेरो दिल

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल बन्द

~शिरिष लामिछाने~ सुनियो फेरी नेपाल बन्द भयो रे रमाइलो नै भयो रे स्कूलाँ गेट लाग्यो रे, सडकाँ टायर नी बल्यो रे जाडोको बेलाँ राती मसाल जुलुसको आगो अनी दिउँसो गोरखकाली टायरको राँको सबले मनग्ये तापे रे साँच्चीकै रमाइलो भयो रे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पिडा केहो ?

~लिल बहादुर खत्री ‘ललित’~ पिडा केहो भन्ने धोका खाएकालाई मात्र थाहा हुन्छ जतिखेर मुटुको देव्रेपट्टि केहि असजिलो भएको हुन्छ । व्यथाको गहिरो चोट आँसु पिएकालाई मात्र वोध हुन्छ कसैले दिएको चोट सोच्न सक्ने नसामा गएको हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ताप्नै छ बाँकी दिनको पहार

~तीर्थराज अधिकारी~ फुल्दै थियो कोमल लोकतन्त्र निल्दै उठ्यो गोमन झोँकतन्त्र उमान्दको बन्दुकको रजाइँ खप्दै बिते दर्जन वर्ष रोई । बाढी, हुरी, भोक असङ्ख्य रोग छन् प्यास, अत्यास यतै वियोग बनेर चिल्ला सर –कार चढ्छन् पसेर भ्रप्रा किन दर्द बुझ्छन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : शंकालु त श्रीराम धेरै

~गणेश कार्की~ खोज्दै जाँदा कहाँ रोकिने, गुणमा कि अवगुणमा? पत्याउँथ्यो रे रावणले, शंकालु त श्रीराम धेरै ।। स्यालको कर्कश आवाज, रात भन्दा बिहान धेरै फेरि नहोस् यस्तो कहिलै, पिर्का भन्दा चिहान धेरै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्तिको ध्वनि छर्दै जाऊ

~चाँदनी शाह~ पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर यो आकास धरतीबिचको कुहिरो हटाइदेऊ तिमी ध्रुवतारा जस्तै सधैं सत्य अटल अमर बनेर विकासका लक्ष्य र बाटाहरू पहिल्याइदेऊ तिमी यी पाइलाहरू तिम्रा सधै बढिरहून यसरी नै हर गाउँ गोठ आगन पँधेरीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाँसिरहेको छु

~मदन मुस्कान~ हो म हाँसिरहेको छु बेदना अनि बिबशताको हासो असफलता अनि लजस्पदताको हासो समस्या अनि अभाबताको हासो करुणा अनि बिच्छुकताको हासो! किनकि म रित्तिएको छु अदैृत अनि उमंग बाट म नाङ्गि सकेको छु अब स्वाभिमान र अस्मिता बाट मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मरेको छैन त्यो जीउदो छ अझै

~ठाकुर मान लामा~ मरेको छैन त्यो जीउदो छ अझै देशको निम्ति मर्नेहरु अमर हुन्छ सधै एउटा तारा खसेर के भो असंख्य तारा भेटिन्छन् देशको रक्षार्थ निम्ति कयौं वीर सपुतहरु जन्मिन्छन् डराउदैनन् उनीहरु बरु बनिदिन्छन् शहिदहरु मरेको छैन…………….

Posted in कविता | Tagged | Leave a comment

कविता : अग्लिरहेछ

~लारा राइ~ अग्लिरहेछ……….. प्रश्नहरुको पहाड़ र, प्रत्येक मोड़हरुमा अनि औसत मान्छेहरुका हुलबाट अलग्गिएर भूगोलको यो गोलार्द्धमा अग्लिरहेछ………….. प्रश्नहरुका पहाड़ कुन नियतिले डोर्र्यायो होला? रहर/बाध्यता या, लहै लहै!

Posted in कविता | Tagged | Leave a comment

कविता : नियति

~भिम बहादुर थापा~ व्यस्त संसार, खुल्ला निश्वास, पेवा होइन कसैको यो आनन्दको सर्वोच्चता, सर्वव्यापी फुल्दैन यो, सजिव इच्छा छेकिंदो छ, रोचक कथा जिन्दगी यो विवेकको वशभित्र, झुल्दो छैन नियति यो, ** समस्याको खडेरीमा, अठोटहरु छिपेपछी

Posted in कविता | Tagged | Leave a comment

छोक : चोखो माया

~गणेश पुर्बछाने मगर~ बनेर अन्जान गरे चोखो माया भएछ म बाट भूल क्ष्यण भर को निम्ति राख्यो उस्ले संगाली पाए धोका स्वार्थी धमिलो रैछ माया छोडेर गईं सम्झना को फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : म काठमाडौंको मान्छे

~कर्मठ सुवेदी~ म काठमाडौंको सम्भ्रान्त परिवारमा जन्मेको मान्छे म काठमाडौंको Boarding मा अङ्ग्रेजी रटेर हुर्केको मान्छे, मलाई तिम्रो गरिवीले काँही छुदैंन मलाई राष्ट्रियताको बोल सुन्ने बानी छैन । मेरो शहरको वरिपरि, जस्तै विपत्ती पनि थेग्न सक्ने बलियो पर्खाल उभिएको छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment