Category Archives: कविता

Nepali Poems

कविता : प्रतिशोध

~एल. के. सुन्दर~ म, मृतप्रायः हो, तिम्रो अर्थमा म, मृतप्रायः निष्प्राण निर्जीव। जति सक्छौ प्रहार गर मृतप्रायः सम्झेर प्रहार गर निष्प्राण सम्झेर प्रहार गर निर्जीव सम्झेर प्रहार गर।

Posted in कविता | Tagged | Leave a comment

छोक : जीवन

~जीवन क्षेत्री~ जीवन के हो ? बा“च्न खोज्नेहरूलाई अवसर हो मर्न खोज्नेहरूलाई बाध्यता आशाको त्यान्द्रो हो जीवन नशाको सहारा नलिन आ“ट्नेहरूलाई एउटा असल मनोरञ्जन हो जीवन

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्दरता

~रश्मिला कवाङ~ पैसामा बिक्दैछौ अचेल तिमी इमानदारिताको बाटो पहिल्याउँदै हिजो हिंडिरहेका थियौ धनी थियौ मनको, मानवताको माया अनि स्नेहको सौन्दर्य थियो तिमीमा सौन्दर्यकी खानी थियौ तर, युग विस्तारै बदलिरहेको छ र त बदलिरहेकी छौं तिमी पनि तिम्रा ती सत्यताका प्रतीकहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन यात्रा

~निर्मला अवस्थी~ तिमी बिहान उठेर मर्निङवाक जाउ मैले त घर कसेर सकेर पूजा गर्नु पर्छ तिमी पर्केपछि चिया दिएर खाना बनाउनु पर्छ छोराछोरी तयार गरी स्कूल पठाउनु पर्छ। खाना खाएर तिमी एकैछिन पर्ख मैले घरधन्दा सिद्याउनु पर्छ राखन धरन गरेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दलित शब्द मेटाऔं

~बाबुराम पन्थी ‘गुल्मेली’~ विभेदको अन्त्य गर्नलाई दलित शब्द मेटाउनु पर्दछ दलितको बदलामा हामी एक नेपाली लेखिनु पर्दछ जातीय हिंसाको ऐंजेरू अब जरैदेखि उखेल्नु पर्दछ एकै जातको नयाँ नेपाल हामी मिली बनाउनु पर्दछ

Posted in कविता | Tagged | 1 Comment

कविता : युद्ध

~आयाम लम्जेल~ युद्धको इतिहास कति भयावह छ, कति निर्मम छ तर पनि युद्धसंग मेरो कत्ति पनि विरक्ति छैन, म टुप्पाको लक्ष्य बाकेर हिडेको थिए कयौा उकालीहरू नाध्दै लम्केको थिए, टुप्पो पुग्दा नपुग्दै धोका भयो, म र मेरा विरोधी सबैले युद्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : टाउकाे तातिएपछि

~बलदीप प्रभाश्वर चाम्लिङ~ बुझ्ने कुरा बुझियाे बुझेपछि टाउकाे तातियाे । टाउकाे तातिएपछि यी खुट्टाहरू पछ्याउन हाेइन, हिड्न खाेज्छन्, टेक्न हाेइन, कुल्चिन खाेज्छन्, अडिन हाेइन, पुग्न खाेज्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बनु कि भस्मासुर ?

~संजु रायमाझी~ उम्लिएर रगत मेरो कहाँ पोखीयों कि भन्दछ , बम ,गोला बारुद कि बनुँ म बन्दुक भन्दछ ! टुटेको बाँधको भेल सरि मेरा यो रगत बग्दछ जब देख्दछु आमाको आँसु मेरा हात नै खुंडा बन्दछ !!

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुभब

~गणेश पुर्बछाने मगर~ आज किन कुन्नि मलाई मृत्यु देखि डर लाग्छ तर मरी नै गए पनी सहीद को रुपमा अमर हुन मन लाग्छ आखिर जिन्दगी भन्नु हाम्रो केनै पो रहेछ यो त केवल धर्तिलाइ बोझ मात्र रहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : आऊ मलाई सम्भोग गर !

~केदार वशिष्ठ~ लज्जित छु म आफैँ आज बन्द कोठामा तिमीहरुका पटक पटकका धेरै रात्रीका वैधानिक अनि सामूहिक बलात्कारमा पनि कसैको गर्भधारण गर्न असमर्थ भएकोमा म आफैँ धिक्कार्छु आफैँलाई !

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा असहज यात्रा तिम्रो र मेरो

~गणेश खड्का~ दुर्गम गलछेंडाहरुको सकसपूर्ण चेपबाट दूरस्पर्शित – सुवाशीत अफ्ठ्यारो ठाउँमा फूलेकी भिर फूल तिमी मेरो अनकन्टार गनतब्यहिन यात्राको कष्टकर पदचापहरुमा टाढैबाट तिम्रो चाहनाका एक बथान रहरहरु-खुशीहरु सुकोमल पाइला मिलाउने अभिलाषा जाहेर गर्दैछन् एक छाती हार्दिकताको मन बोकेर यतै आऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देवतालाई सम्बोधन

~लक्ष्मण श्रेष्ठ~ ए देवता ! खुरुक्क बाहिर निस्क मन्दिरको त्यो खोपीबाट तिमीसँग धेरथोर कुरा गर्नु छ हिसाब गर्नु छ चढाएको प्रसाद कसले खान्छ पुजारीले कि तिमीले?

Posted in कविता | Tagged | Leave a comment

कविता : एक थोक

~रमेश क्षितिज~ त्यसो त धेरै चीजहरू छन् पृथ्वीमा यो घुमिरहने पर्यटकजस्तो र्सर्ूय- मृदु मुस्कानजस्तो उसको बिहान यी बूढा पर्वतहरू र तिनीहरूको शालीन गम्भीरता यी तरुनी खोलाहरू र तिनीहरूको मादक चञ्चलता उकाली र चौतारीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : धन्य गणतन्त्र

~राजेन्द्र चिमौरिया~ धन्य गणतन्त्र… तिमि छौ र त मेरो सान र मान छ , तिम्रै कारण म राज नेता र सर्ब श्रेष्ठ भा’ छु , तिम्रै गीता गाउदै सत्ता र भत्ता पचाएको छु , धन्य गणतन्त्र ….

Posted in कविता | Tagged | Leave a comment

कविता : अलिखित पानाहरु

~निरज भट्टराई ‘मनोरोगी’ ~ अल्पबिराम कथाहरु भोगिएर लेख्या छैन उनको वियोग सधैभरी पालिएर भाक्या छैन समुन्द्रमा थोपा थोपा को कहाँ लेखिन्छ र कथा जिन्दगीको गोरेटोमा ठेश लाग्या भोगिएर लेख्या छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : पुस्ता अपभ्रंश र संस्कृति

~बालमुकुन्द कार्की~ आमाले भन्नुभो- सानो उमेर भएका छोरालाई बलि दिएको नदेखाऊ तर ऊ, बलि दिएको हेर्न आतुर छ असाध्यै उत्सुक छ बाबाले फूलपाती चढाएको बलि पर्सिएकोमा रमाएको छ पल्लाघरे काकाले खुकुरी बोकी ताक मिलाएको

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वतन्त्रताको खोजी

~खेम राई~ जिन्दगीका सुन्दर पलहरु तिम्रै पर्खाइमा वितिरहेछ तिम्रो आगमनको प्रतिक्षा कुरेर आज जिन्दगी त्यसै रोइरहेछ । तिमी भनेको यथार्थ हौ आजको वास्तविकता र आवश्यकता हौ अनि जीवनका सबै-सबै । रैपनि तिमीलाई पाउन तड्पिनु परेकोछ मनमनै विद्रोह

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो गाउँ

~कृष्णराज लावती लिम्बु~ अाजभोली विश्व बजारले खर्लप खाएछ , तिनपाने र तोङबाको ठाउँ रुसलान भोट्का र बियरले लिएछ । गुन्द्रुक सिन्की र किनेमाको अचार वाइवाइ साँदेकोले लिएछ । फाँदो सिलाम र फिलिङगेको अचारहरु अतीत भएछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : गिद्धको साम्राज्य

~नेत्रबहादुर कुँवर ‘अशोक’~ हरेक दिन गिद्ध बिसे नगर्चीको शरीर ठुङ्छ सम्झेर गिद्ध रेस्टुरेन्टको परिकार जिब्रो स्वाद लिन चाहन्छ र बनाउँछु भन्छ–सुली । गिद्ध धूर्त छ गिद्ध साँच्चै गिद्ध छ ऊ नगर्चीलाई सिनो घोषणा गर्न तल्लीन छ बरु बदलामा भनि दिन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम पत्र

~लक्ष्मी प्रसाद देवकोटा~ क. तारीफका कति कुसुम फुलेथे, यात्राको उपवनमा । अरुले आँखा रमाए ! तिमी कुसुमका रुपसँगैमा, काँढा पनि भै मीठो मनमा ! पूरा दिलले अपनाएँ । अरुले पाए अरुझैँ तिमीकन, मैले अलौकिक देखेर आफू भनीकन अपनाएँ । ख. … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रोल्पाकी छोरी

~वैरागी जेठा~ रोल्पाकी छोरी क्रान्तिको बाटो हिँड्दा अक्रान्ति हुन सक्छ हरेक स्पातीमैदानहरूमा स्पाती मैदानका भेलहरू विरूद्ध एउटा भाइरस छिरेको हुन्छ वर्गसङ्घर्षको दुध चोर्न भुनभुन गर्दै घुमिरहेको हुन्छ सायद तिमीलाई थाहाछैन रोल्पाकी छोरी तिम्रो मार्चपासमा उभिएको भाइरसले

Posted in कविता | Tagged | Leave a comment

कविता : चिहान खनिदिनु छ

~पुष्प गोपाल श्रेष्ठ~ म झुप्रोमा जन्मेको मान्छे झुत्रो र झुम्रोले लपेटी यही धुलो माटोमा लुडीबुडी खेल्दै यही हावा पानीमा हुर्केको म मेरो त थलो नै हो यो । मिरमिरे बिहानमा उठ्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मदन फेरी आउ

~रमाकान्त बास्तोला~ मदन फेरी आउ , ज्युदै छु भन्दै आउ देश र जनताको लागि आधी बन्दै आउ, कपूतको हातमा राज्य भो, शासन उनै गर्न थाले, शासन प्रति धावा बोल्दै ज़न्जीर तोड़दै आउ हे मदन फेरी आउ ,ज्युदै छु भन्दै आउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कालो बादल

~अनिल बराल ‘गरीब चिराग अछुत’~ कालो बादल अझै फाटेको छोइन अध्यारो रात झै हटेको छोइन मेची काली जताजतै उस्तै मान्छेले मान्छेलाई देखिन्छ बेग्लै समानताको ढोका खोलेको छोइन कालो बादल बस्ति बस्तीहरुमा उर्लिरहेछ, भन्ने हरु भन्छन , संसारमा सानो र ठुलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तपाइ भन्नु हुन्छ…

~श्यामकुमार बुढा~ तपाइ भन्नु हुन्छ, दिल खोलेर हाँस तर, हाम्रो त घर जलेर खरानी भएको छ यो शोकाकुल घडीमा म कसरी दिल खोलेर हाँस्न सक्छु ? तपाई भन्नुहुन्छ, आउ रमाइलो गरौं तर, हाम्रो त सपनाको दर्दनाक हत्या भएको छ यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छिमेकी र कान्छो साहु

~झनक श्रेष्ठ ‘प्रज्वल’~ छिमेकीको नजर कणाली तिर कसैको नजर गुम्बा तिर देश जलाइन्छ हाम्रो घर भत्काइन्छ हाम्रो भूमि उजाड बनाइन्छ हाम्रो सामुदायिकता खलवल्याइन्छ हाम्रो छिमेकीको हेराइ हिमाल तिर परिश्चमाको हेराइ बाइबल घोकाउने तिर

Posted in कविता | Tagged | Leave a comment

कविता : यथार्थ

~लक्ष्मी माली~ श्याम स्वेत जीवन रंगीन सपनाहरु पलप्रतिपल आँखामा तृष्णाहरु भावनाका परिधिभित्र गुम्सिँदै ढाेंग र नाटकमा कति जिउने त्याग, तपस्या र बलिदान के को लागि, किन र कसको लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिलो प्रेमको

~रुमन न्यौपाने ‘अमन्त’~ जब, सम्बधहरु उत्कर्षकमा उम्लन्छन् । भाबनाहरु गहिराई सम्म छुन्छन् । त्यती बेला, जमिनमा फीँजारीएका आकाशभरी समेटिएका एक अम्मल खुसिहरु समुन्द्र भरि तैरीएर चेतनाशुन्य भई समेटीन्छन् । आहा ! तिमीले गर्ने प्रेम यही हो ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आइज राँके आईजा

~उमेश राई~ आईज राँके आइजा यस्पालीचाहिँ लुतो हैन डल्लै नेता लैजा सुत्त छिर्नु मेचीबाट फुत्त जानु कालीबाट हुत्त आउँनु घरबाट लुत्त जानू पालीबाट लुतो हैन यस्पालीचाही भ्रष्ट नेता लैजा आईज राँके आईज आइज राँके आइजा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : छिमेकी

~शुशिलचन्द्र लम्साल~ ऊ मेरो छिमेकी म उसको छिमेकी तर मेरो छिमेकी आजकल सुत्दैन क्यारे रातमा आवाज आइरहन्छ , आइरहन्छ मेरा नेत्रनयनले दुख पाईरहन्छ , पाईरहन्छ म सुन्दैछु ऊ आफुमा लुम्बिनी देख्न चाहन्छ इतिहास बदली लेख्न चाहन्छ तर उसले बुझेन तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झोला

~बिबश कु. सेजुवाल~ यो युद्ध को मेरो झोला अब काँ बिसाउने होला कसलाइ सोधी राख्ने होला यो झोला फेरि बोक्न सकियला कि नसकियला काँ लुकाएर राखु बन मा ? घरको गोठमा ? ओडार मा ? फेरि हराउने डर छ खोज्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जब आयो दक्षिणी हावाहुरी

~हस्तबहादुर के.सी.~ जब आयो दक्षिणी हावाहुरी भारत र अमेरिकातिरबाट पेरिस डाँडा हुदै बुद्धनगरसम्म पस्यो त्यो क्रान्तिकारी माओवादीको मूख्यालय भित्र ब्यूँझायो त्यसले त्यहाँ लुकेर बसेका अवसरवादीहरुलाई हल्लायो त्यस हावा हुरीले वैचारिक धरातल र सिद्धान्तको जग चल्यो क्रान्तिकारी माओवादीभित्र सिद्धान्तनिष्ठ र विनासर्तको … Continue reading

Posted in कविता | Tagged | Leave a comment