तपाईंले छान्नुभएको विधा : नेपाली काव्य

Poetry

कविता : हे ! गाउँघर

~छविलाल कोपिला~ हे ! गाउँघर, आऊ तिमी प्रत्येक गाउँ–गाउँ र घर–दैलोमा नव उत्साह, जोस र उमंग लिएर त्यस्तै नव–सुवास र नव–रंग लिएर, अनि, प्रत्येक मानिसहरुको हृदयमा विकास र उन्नतिको कोसेली लिएर र ज्ञानको दियालो बालेर आऊ ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : नेपाल

~क्षेत्र प्रताप अधिकारी~ प्रिय सम्पादक ! तिमी सम्पादकीयमा नेपाल लेखिरहेछौ म, कवितामा नेपाल लेखिरहेछु विधा भिन्न भएर के भयो त हामी एउटै नेपाल लेखिरहेछौँ हाम्रो सौन्दर्य त्यही हो कहिलेकाहीँ तिम्रो पत्रिकामा मेरो कविता पनि छाप है !

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : हिटलरको दुर्भाग्य

~दिनेश अधिकारी~ रमाउनका लागि खोलाको कलकल सुन्न धाउनु पर्दैन अरुले जस्तो वसन्त पर्खेर कोइली-स्वरकै प्रशंसा गाउनु जरुरी छैन पोहोर-परारजस्तो यो बेला चन्द्रमालाई कसैको पोको पारेरै लगे पनि सायद मलाई पछुतो हुने छैन

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

छन्द कविता : सत्यमेव जयते परिणामे

~कृष्ण वस्ती~ छन्द : स्वागता अङ्ग-भङ्ग हुन गो गरिखाने छैन चाहत उसै मरिजाने । भन्दथे जिजु सधैँ तर साने ! सत्यमेव जयते परिणामे ।। मारकाट बल-बन्दुक छाने क्रान्तिका गफ दिए जजमाने । खोसिए अब सबै नख-प्वाँख सत्यमेव जयते परिणामे ।।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : छन्द कविता | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : बाल्यकालले डोर्‍याएको जिन्दगी

~भेषराज रिजाल~ बस्तीमा गोधुली भित्रिइसक्दा पनि आमा बाबु घर नर्फकँदा वनतिर जाने बाटो पछ्याउँदै डराईडराई थुम्कातिर दौडँदा पर क्षितिजका डाँडाकाँडाहरू पनि मसँगै उफ्रीउफ्री दौडे जस्तो लाग्थ्यो मैले बोलाउँदा पुगेर थुम्कामा कहाली लाग्ने ठूलो भीरको पहराले पनि बोलाउँथ्यो – “आमा….आमा….आमा….

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : नरूनु छोरी

~देबेन्द्र बस्याल~ तिमि सुतेकै थियौ छोरी म झिसमिसेमै हिडिहालें तिम्रो कलिलो अनुहार मलाई हेरिरहेको थियो छोरी तर तिमि निदाईरहेकी थियौ मैले तिम्रा दुबै गाला सुमसुमाए र म्वाई खाएँ तिम्रो मायालाई मुटुभरी बोकेर

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : जिवन कस्तो बनाईस्

~दीपक कुमार ज्ञवाली~ हे आमा देऊ आशीष नजाऊ विदेश भनी । दिन दिनै लाशको ताँती बाकसमा बसी । कस्तोे देश हो हाम्रो ,छैन रखवार जनताको । कहिले आऊला ,खुसि नेपालीका मुहारमा । लड्दैभीड्दै ल्यायको लोकतन्त्र नेपालमा । प्राप्त उपलब्धिलाई गर्न नसक्ने ब्यवस्थित । लोकतन्त्रको उपलब्धि भ्रष्टाचार चरममा । निस्तेज राज्यका अवयव,कसलाई के भनौं ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : आस्था पालेर बाँचौं

~कुन्दन काफ्ले~ सुक्न थाले हिउँ पनि हिमालयको शीरको । लुक्न थाले बनचरी कठै पहाडको भीरको । झुक्न थाले गौरवहरु गोर्खाली वीरको । चुक्न थाले विश्वास पनि आस्थारुपी तीरको । बचाऔं बच्छ हाम्रै सम्मान औ स्वाभिमान ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गजल : मेरो शहर

~रवि प्राञ्जल~ निसासेर भित्र भित्रै बन्द मेरो शहर । एकलास सन्नाटामा मन्द मेरो शहर । भेटिँदैन मन्दिरमा धूपको सुगन्ध, बनेको छ बारुदको गन्द मेरो शहर ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : गजल | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : समय

~भिम बहादुर थापा~ उनको सर्वोच्चता नलेखोस् कसैले, बचपन देखि चाउरिएको गाला बीच लुकेका व्यथाहरु नकोट्याओस् कसैले, पिठ्युँभरी नून बोक्दाका भैंसे र ठोरीका कथाहरु नसुनुन् कसैले, ढुङ्ग्री, माड्बरी र बुलाँकीका विशुध्द मौलिकताहरु

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : चराहरुको रुख

~रुमानी राई~ मलाई असाध्यै मन पर्छन् चराहरु र,मन पर्छन् चराका आवाजहरु चराहरु, जो मान्छे जस्तो रुखो हुँदैनन् चराका आवाजहरु, जो मान्छेको जस्तो कर्कश हुँदैनन् ! मलाई लोभ लाग्छ,

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : आफैसँग हारेको क्षण

~प्रमोद स्नेही~ पहाडै पहाडले घेरिएको राजधानी जस्तै अभावै अभावको लक्ष्मणरेखा भित्र कैद छु बाँसुरी जस्तै कहिले म झुठो बोल्दिन र त हरेक जंघारमा लड्छु

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : समय

~विमल निभा~ रातो लेटरबक्सबाट निस्कनेछ दुष्टहरुका नाममा पत्रबम सलाईमा बन्दी बारुद एकाएक सल्कनेछ तीव्र क्रोधाग्निमा चुरोटको धुवाँसँगसँगै सोचमा डुब्नेछ उज्यालो दिनको गर्विलो शिर

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

छन्द कविता : आँसु, शोक र शक्ति

~गोविन्ददेव आचार्य~ छन्द : शार्दूलविक्रीडित वर्षा हुन्छ दरर्र बादल चुही आकाश रोएपछि आत्मा बन्छ पवित्र आँसु झरना दर्केर धोएपछि रुन्छन् भक्त सभक्ति याचन गरी पूजा गरी मन्दिर रोई देह तरर्र झार्छ पसिना निर्माणका खातिर ।। रोइन् धर्धर वस्त्रको हरणमा लज्जा झरी द्रोपदी हाँस्यो कर्तुत-युक्त नीच शकुनी फैल्याउँदै त्रासदी उम्ल्यो अग्नि बनेर आँसु रणमा गर्जेर पैँचो तिरी सारा कौरव मासिए पलकमै पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : छन्द कविता | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : मजदुर र मट्टीतेल

~कमल कुमार~ मेरो जहानका आँशुले चुलो बल्ने भए कति जाति हुन्थ्यो किन्नु पर्दैन थियो त्यो महङ्गो मट्टीतेल पसलेले मस्यौरा पोको पारेर दिएको अखबारमा

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : स्वतन्त्रता हो मानवता रे

~लक्ष्मी प्रसाद देवकोटा~ स्वतन्त्रता हो मानवता रे ! घाम यही हो, कुइरो धनमा लाग्छ कहाँ र पता रे ? कुइराका सब काकहरु पनि बोल्छन् यसकै कथा रे ! सिक्रीका पनि पशुहरु भन्छन्ः “आजाद सबै छौँ सदा रे !” धेरै बोल्छन्, थोरले बुझ्दछ, दासता हो मानव चिता रे ! स्वतन्त्रता हो मानवता रे ! युग युग कोटी मानव उडेथे लाउन यसको पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : चढूँ नित्य आत्मीयताको उकाली

~निर्मोही व्यास~ छ यो मेदिनीसङ्ग नाता पवित्र यही स्वर्ग मेरो, यही पुण्य तीर्थ नखाऊँ कसैको कहीँ गाँस खोसी सकेमा अरूको बसूँ प्राण पोसी म आस्था बिसाऊँ सधैँ पात्रतामा

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गजल : ज्यामीको सुख्खा रोटी पढ्नू

~राजेन्द्र थापा~ देश चिन्न मन भए, ज्यामीको सुख्खा रोटी पढ्नू आफू चिन्न आफ्नै मुटु, कमसेकम एकचोटि पढ्नू काठमाडौंले देश पढ्यो, देशले काठमाडौं पढ्यो साँच्चिकै देश पढ्न, कर्णाली र डोटी पढ्नू

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : गजल | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : गुनासोरहित

~दिनेश अधिकारी~ धेरै पल्ट बढो मुस्किलले समय निकालेर तिमीलाई भेट्न भनेर आएको – म हरेक पटक तिम्रो ढोकासम्म पुगेर पनि तिमीलाई नभेटिकनै फर्केको छु ! थाहा छ किन म तिमीसँग केही माग्न चाहन्नथें म तिमीसँग केही पाउन चाहन्नथें

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : कामना

~सुबेश घिमिरे~ फैलोस् लोक भरी सुवाष अब ता नेपालको मग् – मग, मौलाएर बढोस् धरा अब सदा सद्मार्गमा पल् – पल, नांगा प्रस्तरमा, मधेश, हिमका अग्ला चुली, शैलमा, नेपाली पसिना फलोस् अब सदा पाखा पखेरा महाँ ॥१॥ स्वामी, मालिक, दास, रैति अथवा ठूला र साना अनि- मान्छे बीच नहोस् विभेद ननिका जाती र पाती भनी, मानव्ता अब एक धर्म सबको पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : आफ्नै बिरुद्धमा

~दिनेश अधिकारी~ थुक्क ! मान्छेको जिन्दगी बुझ्न थालेदेखि बाँचुन्जेलसम्म सधैँ आफ्नै लास बोकेर हिँड्नुपरेको छ सधैँ आफ्नै पीर ओढेर सुत्नुपरेको छ बढ्तै गर्न सके दालभातको सम्पन्नता साटेर दिनहुँ- आफ्नै जिन्दगी चपाउनुपरेको छ

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : हरिया झिंगाहरु

~निश्चल काउचा~ सुन्दर शान्त नेपाल कुनै दिन थियो होला आजकल सधैंको कचिंगल हरिया झिंगाहरुको बेमौसमी समागम छुट्टाउन गार्हो भो ईस्त्रिलिंग की पुलिंग

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : मोदनाथ प्रश्रीतको भाषण

~बिमल गुरुङ~ नेपाली टोपी पुरानो ज्याकेट फ्याङ्ल्याङ सुरुवाल छालाको कालो जुत्ता खाइलाग्दो शरिर होचो कदको मान्छे तर बिचार अग्लो । चिच्याउँदैनन् उनी

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

गजल : गुराँस छ

~रवि प्राञ्जल~ आँखाभरि गुराँस छ छातीभरि पलाँस छ । कस्को हो पदचाप यो ? फूललाई त्रास छ ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : गजल | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : विकाश तिमी आऊ

~कुन्दन काफ्ले~ विकाश तिमी आऊ पानीको फोहरा बनेर सुखः, शान्ति र समृद्धिको लागि मोहरा बनेर विभेद र विसंगतिलाई किच्ने लोहोरा बनेर अनिकाल र अभावलाई थिच्ने पहरा बनेर तिमी आऊ जन–मनको भेष अनि भाषा बनेर

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : उहिले र अहिले

~टंक सम्वाहाम्फे~ उहिले त्यस्तो थिएन अमनचयन थियो न्याय निशाफ थियो जीवनको मुल्य थियो त्यसैले अघाउन्जेल हास्न पाइन्थ्यो कुनै व्यवधान थिएन बाचुन्जेल जिवन जीउन पाईन्थ्यो

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : विचारका प्लेटहरु

~प्रकाश सुनुवार ‘निराकार’~ मान्छेहरुको भिड थियो भिडमा मान्छेहरु हराएका थिए त्यहि भिडवाट अस्पष्ट आवाजहरु आइरहेका थिए कोहि भन्दै थिए अधिनायकवाद माथि बिजय हासिल गर्नु छ कोहि भन्दै थिए स्वतन्त्रताको शुरुवात गर्नु छ कोहि भन्दै थिए एकल विरासतलाई परास्त गर्नु छ कोहि भन्दै थिए नाजीवादको अन्त्य गर्नु छ कोहि भन्दै थिए समस्यासंग भाग्ने होइन, जुध्नु पर्छ कोहि भन्दै थिए अन्धकार तिर पढ्नेक्रम जारी राख्नुहोस् →

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : बुद्द् बन्न नसक्ने सिद्दार्थ गौतम

~प्रणिका कोयु~ विरक्तिएर घर छोडेको सिद्दार्थ गौतम वर्षौंपछि बुद्द बने र एकदिन आफ्नै आँगन आए यशोधराले भिक्षा दिइन् क्षमा दिइनन् बुद्दत्वको उत्तर दिने बुद्द निरूत्तर फर्के विरक्तिएर नै मैले नि देश छोडें वैरागिएको मन नौलो ठाउँमा फकिन्छ कि भनेर नयाँ वर्षको पहिलो महिनाको १२ गते

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

छन्द कविता : मेरी मृत्तिका

~हुसैन खाँ~ छन्द : पाचचामर मृत्तिका देशको चुम्न पाऊँ सधैँ राष्ट्रकै मट्टिमा रम्न पाऊँ सधैँ । मृत्तिकाले दिइन् रत्नझैँ जिन्दगी सम्झनामा रहून् यी पला औ घडी ॥ ओममा शान्तिकी छ्यौ किनारा तिमी सत्यमा जीतकी सत्य नारा तिमी ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : छन्द कविता | Tagged , | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : टाङ्टाङ् टुङ्टुङ्, भाङ्भाङ् भुङ्भुङ्

~सिद्धिचरण श्रेष्ठ~ (१) चन्दागिरिमा ढाक्रे हिंड्छन् । यू.एन्.ओ. मा वहस छ छिन् छिन् । पाटन गाउँछ दिनभर टुङ्टुङ् । भारी खोल्दछ सँगा भांज्याङ् । (२) भटमास मकै गुन्द्रुक सीतन । जल्छ चितामा हरहर भृतजन । बोकी यात्री हिंड्दछ रेल । गाडा तान्दछ बूढो वैल ।

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : भुतुचा

~भवानी भिक्षु~ जन्म, जीवन सम्झनाको मार्गले ‘जीवनी’ उत्री रहेछ आज यस मेरो व्यथामा । सेती ‘भुतुचा’ कलिली, राम्री, रक्त रातो आङमा उम्ली रहन्छ; त्यहाँ छ रमणीत्व बन्दी मौनतामा, तैपनि, झल्की रहन्छ; वेगमय पुरुषत्व, पौरुषयुक्त नरताको गरम उच्छ्वासमा

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्

कविता : सान्ध्य गीत

~माधवप्रसाद घिमिरे~ झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर उज्ज्वल शुक्र ताराको फूल केशमा हालेर रङ्ग र रुप मेटिद्यौ सारा वन र पाखामा दौड र धूप रोकिद्यौ सारा भोलिको भाकामा दुःखको भारी विसाइ देऊ सुस्केरा हालेर झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर

पढ्नेक्रम जारी राख्नुहोस् ..
विधा : कविता | Tagged | प्रतिकृया वा सुझाव छोड्नुहोस्