Category Archives: गीत

Songs

गीत : लुकीछिपी लुकीछिपी हेर्नेले

~शम्भुजित बास्कोटा~ लुकीछिपी लुकीछिपी हेर्नेले सुटुक्क मेरो मन चोर्नेले सम्झिदेऊ बुझिदेऊ सुनिदेऊ मलाई नेपाली माया मन पर्छ मलाई नेपाली माया चाहिन्छ जसको रमरममा जादु छ जसको अधर झुकाउने प्यार छ जसको पृत पृतमा गीत छ जसको माया आफ्नै रीत छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : भन्छन् कोही जिन्दगी यो

~मदन दिपबिम~ भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो कोही भन्छन् जिन्दगी यो डुबिजाने घाम जस्तै हो म त भन्छु सृष्टिको अमूल्य उपहार मानिसको जूनी झैं के छ र बराबर? बाँचुञ्जेल गरौं रमाइलो नाच्दै गाउँदै गरौं रमाइलो आएका थियौं … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मनको माया हजुरलाई

~बुद्धवीर लामा~ मनको माया हजुरको कहिले पाउने हो हुम्ला जुम्ला गाडीमा कहिले जाने हो डुंगा चढी राराताल कहिले घुम्ने हो कति मिठो शीतल हजुर हिमाल छायाँको कति मिठो भोकप्यास ज्यानकै मायाको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झस्केर दुख्छ यो मुटु

~मञ्जु शर्मा~ झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा राखेको थिएँ उसलाई मैले दिलको माझमा नसम्झाइदेऊ अतीतका व्याथा हृदय जल्दछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मलाई छोडी मेरो छायाँ

~क्षेत्र प्रताप अधिकारी~ मलाई छोडी मेरो छायाँ कतै झरेछ तिमि सम्म आई पुग्दा साँझै परेछ त्यसै कति बिते मेरा, चिसा चिसा रातीहरु तातो माया संगालेर, खोजि रहें साथीहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : छातीमा छुरा रोप्यौ तिमीले

~बासुदेव बुढाथोकी ‘सागर’~ छातीमा छुरा रोप्यौ तिमीले ; मुटुमै चस्स खोप्यौ तिमीले । जन्मे-हुर्केको जिमी सम्झेर ; आएँ निर्मोही तिमी सम्झेर ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : छुट्नु अघि मरूँ !

~विक्रम तिमिल्सिना~ बिछोड लेखिएकै भए छुट्नु अघि मरूँ ! तिम्रो मेरो एउटै मुटु फुट्नु अघि मरूँ ! पानी बिना नदी कस्तो होला सोचिहेर, हावा बिना आकाश कस्तो होला भोगिहेर, छुट्टीएर मर्नुभन्दा छुट्नु अघि मरूँ !

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहाँ छु र ?

~विक्रम तिमिल्सिना~ काँडै हुँ म फूल बनी फुलेकै पो कहाँ छु र ?! सम्झिएन किन भन्छौ भुलेकै पो कहाँ छु र ?! तिम्रै मातमा मेरा चाह जगाउँछु भन्छौ अरे, नशानशा मलाई नै बगाउँछु भन्छौ अरे, तिमीसँग त्यती धेरै घुलेकै पो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

देउडा गीत : गाउल्या भाई

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~ दाई – आज दिउसो मुम्बईबाट मिसकल आयो मलाई फोन गर्दा त्यो रहेछ मेरै गाउल्या भाई भाई– ढोग गर्या दाई त्या तुम्रो हाल खबर कस्तो छ यू.ए.ई. गई हजुर मलाई भुल्लि ग्या जस्तो छ

Posted in देउडा गीत | Tagged | Leave a comment

गीत : दुइटा फूल देउरालीमा

~ईश्वर बल्लभ~ दुइटा फूल देउरालीमा, साथै राख्यौ जस्तो लाग्छ कतै टाढा जाँदा खेरि, संगै हिड्यौ जस्तो लाग्छ देखे जस्तो पनि लाग्छ, बोले जस्तो पनि लाग्छ कतै टाढा जाँदा खेरि, संगै हिड्यौ जस्तो लाग्छ दुइटा फूल देउरालीमा… गुलाफको तरेलीमा शीतको थोपा … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सात समुद्र वारिपारि

~बासुदेव बुढाथोकी ‘सागर’~ सात समुद्र वारिपारि हुनुपर्यो आज सानु , आफ्नै तक्दिर खोटो ठानी रुनुपर्यो आज सानु ! वर्षौँ बिते एकै झल्को देख्न पनि रहर भयो , म बाँचेको सुन्दर बस्ती काकाकुलको सहर भयो । फूल सम्झी काँडालाई छुनुपर्यो आज … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सँधै नै म

~दिव्य खालिङ~ सँधै नै म हाँसें, तिमिलाई रुवाई आज सारा खुसि, म दिन तयार छु तिम्रा पिरहरु ती केहि मेटिएला जुनी भरको लागि म लिन तयार छु सँधै नै म…. कहाँ मेरो भाग्य, तिमीलाई पाउने २ तर बाँचुन्जेल यहाँ, घात … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले मलाई….

~चेतन कार्की~ केटि – तिमीले मलाई सम्झने छैनौ आज त नभन मलाई भने बढेर आउला पापीको माया झनझन केटा- दिनको मेरो सोच तिमि रात्रीको हाय माया सपना डाँडो र काटी गएमा पनि राखुँला हाय माया सपना

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो जस्तो मुटु

~गोपाल योन्जन~ तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नबोलाउ मलाई निस्ठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि तिम्रो जस्तो… तिमीलाई अंगाली कता कता, भागी जाने धोको मेरो पनि तर पाउमा दस्तुरको, तिम्रो जस्तो कल्ली मेरो पनि … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जिन्दगीको कल्पना बन्नु

~मीना पुमा राई~ तिमी मेरो जिन्दगीको कल्पना बन्नु हररात मेरो निदरीको सपना बन्नु मेरो खाली दिल भित्र प्रीत बनि फूलिदिनु माया बनि हरेक पल म भित्रै भुलिदिनु सधै हासो भर्न पाउँ तिम्रो अधरमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मनमा बसिराख तिमी

~बासुदेव बुढाथोकी ‘सागर’~ मनमा बसिराख तिमी ,तनमा बसिराख , सधैंसधैं मेरो यो जीवनमा बसिराख । धोका ,छल र विश्वासघातका कुरा हुन्नन् पिरतीमा , कालो मनका काला इच्छा पूरा हुन्नन् पिरतीमा ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झझल्को तिम्रो

~अतित मुखिया~ झझल्को तिम्रो लगातार हुनु जम्काभेटमा आँखा चार हुनु नबोलीकन बाटो साटिनु तिमी पूर्व म पश्चिम हाँकिनु । पाइला विपरित भएपनि आँखा एकआर्कालाई पछ्याउनु नजर नजरमा पर्दा एकाएक

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आसुँ बनेर

~आचार्य प्रभा~ आँखाबाट झर्यो याद आसुँ बनेर गएथ्यौ मलाई छाडि आउँछु भनेर …. पल,पल सम्झनाले सताइरैछ मलाई बाँचिरैछु आफ्नो मनलाई हरपल जलाइे ….

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बाच्न सिकायौ

~शेर्पीनी कान्छी ‘निम’~ हाँस्न सिकायौ तीमीले बाच्न सिकायौ बिस्तारै आँखामा आँसु साच्न सिकायौ।। हाँस्दै हसाउदै मुटु भित्र बास माग्यौ त्यस पछी पो अमुल्य ति रात माग्यौ बाँच्न सिकायौ जोबन ढाक्न सिकायौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जूनको आँसु शीत बनी

~डा. हेमनाथ घिमिरे~ जूनको आँसु शीत बनी धरतीमा खस्यो उनको आँसु तीर बनी मुटुभित्र बस्यो पिरतीले सिँचेको थेँ मायाको त्यो फूल हेर्दाहेर्दै वैलाएछ कहाँ के भो भूल त्यही फूल आज हरे बालुवामा खस्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले बीर्सी गए पनि..

~दिपेन्द्र खड्का~ ( तिम्ले बीर्सी गए पनि तस्बीर आँखामा आउने गर्ला ) २ ( मेरो चोखो मायाको न्यानो पल सम्झी रुनु पर्ला ) २ खुशी नबन निस्ठुरी दोबाटोमा छाडी घाइते पारे भनेर तिमी जहाँ गए पनि मेरो सम्झनाले आँशु बर्बरी … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : साह्रै बेइमानी

~पुष्पा खनाल~ बन्द आँखा एकै पलको देख्यो किन आइदिने कस्तो बानी, साह्रै बेइमानी हेरौभन्दा एकै झल्को आँखाभित्रै हराइदिने कस्तो बानी, साह्रै बेइमानी कति कति आँखाहरु प्यासी होलान् तिमीविना कति मन दासी होलान् तिमीलाई पाउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सुस्तरी सुस्तरी……

~श्रेष्ठ समनश्री~ सुस्तरी सुस्तरी म तिम्रो छेउमा, बस्न खोज्दैछु । अनर्थ नसोच मलाई, तिम्रो दिलमा पस्न खोज्दैछु ।। सुस्तरी सुस्तरी,…………. यो के भयो मलाई, आज यो कस्तो हलचल हुँदैछ पवनझैँ तिम्रा यादले, यी नजर मेरो हरपल छुदैछ थाहा छैन किन … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कति मान्छे बाँच्छन् यहाँ

~भावेश भुमरी~ कति मान्छे बाँच्छन् यहाँ आफूभित्र मरीमरी तिनै मान्छे किन यहाँ बुद्ध बन्छन् घरिघरि चढ्न भन्छन्. मान्छे भेट्न भीरैभीर मनको डाँडा मलम भन्दै राखेका छन्. मनकै छेउमा काँडैकाँडा, छ्याप्छन् हिलो अरूतिर नयाँ ठाउँ सरीसरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जीवनको उषाकाल

~मणिराम जोशी~ जीवनको उषाकालमा गीत बन्यौ तिमी चोट थप्ने जीवनमा मीत बन्यौ तिमी पाइराखुँ तिमीलाई यही सोच्थेँ म त सधैँ हार्ने जीवनमा जीत बन्यौ तिमी तिम्रो याद हिजोआज भोलि पनि होला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मलाई जस्तै…

~विजेता थेबे लिम्बु~ मलाई जस्तै उनलाई पनि यस्तै हुँदो हो । रात दिन सम्झी सम्झी त्यो मन रुँदो हो ।। तिमी मेरो प्यार भन्थ्यौ हुन्छ मान्छु म । जनम जनम साथ दिने कसम खान्छु म ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लुक्न चाहन्न

~बिना तामाङ ‘सुनगाभा’~ आफैंलाई छल्दै व्यर्थै लुक्न चाहन्न स्वाभिमानी बन्धक राखी झुक्न चाहन्न आफ्नो स्वार्थ पूरा गर्न जिन्दगीमा बेचिएर अहँ कहिल्यै चुक्न चाहन्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : अनायासै रोएँ आज

~सुमन कार्की~ रुन्न भन्थें उनको यादमा अनायासै रोएँ आज छुन्न भन्थें उनको तस्वीर अनायासै छोएँ आज चोखो माया मैले गर्दा उनले छोडिन् साथ आफ्नो स्वार्थ पूरा गरी उनले मारिन् लात लिन्न भन्थें उनको नाम अनयासै लिएँ आज

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : माया गरेको मान्छे

~मीना पुमा राई~ म त सधैं तिमीलाई चोखो माया गरेको मान्छे तिम्लाई खुसी मिल्छ भनी आफैँ मरेको मान्छे बहाना गरी मायाको झेल गरेर रुवायौ फेरि विश्वासको नाटक गरी खेल गरेर रुवायौ फेरि अब कैले रुन्न भन्थे दिलमा चोट परेको मान्छे

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मैले हिँड्ने बाटो बेग्लै

~कल्पना राई ‘खुशी’~ तिमी हिँड्ने बाटो बेग्लै, मैले हिँड्ने बाटो बेग्लै घाम छायाँ जस्तो भयौं, बाच्नुपर्ने एक्लै एक्लै तन टाढा भए पनि, मनको दूरी छैन कत्ति सपनीमा भेट हुँदा, हुन्छौ एकै दियो बत्ती

Posted in नेपाली गीत | Tagged | Leave a comment

देउडा गीत : तीज गयो दशैँ

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~ तीज गयो दशैँ सँगै तिहार नि आईसक्यो गाऊघर सम्झि हजुर मेरो कलेजि खाईसक्यो दश चोटि सम्झनो आज गाऊका बन पाखा आसुँका भेल झर्न लाग्या “मुस्कान”का आँखा

Posted in देउडा गीत | Tagged | Leave a comment

गीत : बाँचीदिएकै छु

~शशीकला थापा सुब्बा~ टुक्रा-टुक्रा जिन्दगी यो, बाँचीदिएकै छु. मन्द-मन्द निस्वास यो,साँचीदिएकै छु. सधैभरी बसन्त नै, कहाँ झुलिरहंछ. ऋतुसंगै जीवन यो, यहाँ डुलीरहन्छ. चाहनाको फूलहरु, झर्न नपाउदै.

Posted in नेपाली गीत | Tagged | Leave a comment