Category Archives: नेपाली गीत

Nepali Songs

गीत : लहर हो लोग्नेमान्छे

~किरण खरेल~ लहर हो लोग्नेमान्छे, ऊ नजिक आउन सक्छ किनाराहरू अँगाली छोडेर जान सक्छ उसको निम्ति माया आवेश हो नदीको उसको निम्ति प्रीति संयोग हो खुशीको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यती चाँडै कसरी बिर्सुं

~किरण खरेल~ यती चाँडै कसरी बिर्सुं सिम्सिमे पानीले रुझेको – 2 मोतीजस्तो पानीको थोपा तिम्रो कालो केसमा तर्केको – 2 सुनसान बाटो थियो सुनबुट्टे रात हिँड्दाहिँड्दै छोइएथे सुकुमारी हात

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हेर न आमै !

~अलका मल्ल~ च्यङबाले जिस्काको हेर्दिन आमालाई नभनी छोड्दिन झिम्काउँछ आँखा भागी हाल्छ हेरन आमै लुकी बस्छ हेर न आमै हेर न ! च्यङबाले मलाई फकाउँछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : शुभकामना खाली खाली

~नरदेन रुम्बा~ शुभकामना खाली खाली दिनेलाई दानी भनेर जाँदैछु लिएर आँचलभरि मायाको निशानी भनेर पाप-धर्म कसको कति त्यो निसाफ तिमीले गर्नु मायाको विश्वास ठूलो सानो सब माफ गर्नु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बसेँ म त कालै पर्खेर

~लक्ष्मी बिष्ट~ गयो गयो गयो हजुर, दीन ढल्केर आउँदैन रे फर्केर, आउँदैन रे फर्केर बसेँ म त कालै पर्खेर, बसैलाई हेरेर, मनको इच्छा मनमै पालेर स्वार्थी यो संसारमा, लैजानु छ के नै, बुनेर भरिया नै बनायो, भरिया नै बनायो,

Posted in नेपाली गीत | Tagged | Leave a comment

तिजी गीत :घुम्टो उघारौँ

~आविष्कार कला~ सिमानामा बाँध होइन काडेँतार लगाइदेऊ सरकारले डुबानको चिन्ता भगाइदेऊ । निजीकरण मौलाउदैछ समाजवादको यात्रामा शिक्षा स्वास्थ्य निःशुल्क त गाईजात्रामा ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँखाहरुले रुन नखोजे

~किरण खरेल~ आँखाहरूले रुन नखोजे ओठहरूले हाँस्न नखोजे जीवन कति सुन्दर हुन्थ्यो होला मेरो जीवन मानिसभित्र किन मन हुन्छ मनभित्र किन चाहना हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सबैले भन्थे मायालु फूल

~अम्बर गुरुङ~ सबैले भन्थे मायालु फूल भई आँखमा फुल्छ कर्मैले हजुर आँसुमा म फुलें म आफैं भन्थें जिन्दगी आफ्नै हातले लेख्छु कुन मनले हजुर गीतमा म भुलें

Posted in नेपाली गीत | Tagged | Leave a comment

तिजी गीत : अघि बढौं है

~कल्पना पौडेल “जिज्ञासु”~ तिजको लयमा एउटा गीत गाउँछु है मनको बेदना गीतमै पोख्छु है जहिले सुकै नारीमाथि अत्याचार भैरहने कहिलेसम्म लाचार बनि सबै सहिरहने

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झझल्को तिम्रो आउँछ

~सीता अर्याल~ तन्द्रामा प्रिया झझल्को तिम्रो आउँछ रातैमा सपना पनि देख्दछु तिम्रै पाउँछु साथैमा उडेर दुबै बादलु माथि पुग्दथ्यौँ सरर हावाले तिम्रा ती काला केश पार्दथ्यो फरर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : निष्ठुरीको मायामा

~ममता पन्त मिश्र~ निष्ठुरीको मायामा हर रात रोइदिन्छ आँसुले सिरानी भिजिदिन्छ, रात यसै बितिदिन्छ कैले सुस्केरामा अल्झी बितिदिन्छ रातहरू कैले कल्पनामा बल्झी निन्द उडिदिन्छ घाउ बल्झेर पिडा बढ्छ निष्ठुरीको यादमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो पनि माया लाग्छ

~राममान “तृषित”~ तिम्रो पनि माया लाग्छ उनको पनि माया लाग्छ हुने भए मुटु काती दुवैलाई आधा आधा बाडीदिउ जस्तो लाग्छ तिम्रो पनि माया लाग्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झूठ पनि यती मिठो बोलेर

~राममान “तृषित”~ झूठ पनि यती मिठो बोलेर मनमा प्यार जगाइदियौ खसाएर तिमीलाई भाग्नै नसक्ने मायाको बार लगाइदियौ झूठ यती राम्रोसँग गल्तीलाई ढाक्नु तिम्रो कलाको तारिफ गर्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो सम्झना हौ तिमी

~देवराज निरौला~ भावना हो गीत मेरो सम्झना हौ तिमी हृदयमा तश्विर बनी छाइरन्छौं सधैंभरी गीतै गीतमा तिमीलाई पाइरहन्छु म शब्दहरु सापटी ली माया दिन्छु म ।। आऊ तिमी हामी मिली जीवनको गाऊँ गीत

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा तारा डाँडा वारी

~नीर विक्रम ‘प्यासी’~ एउटा तारा डाँडा वारी अर्को तारा पारी मुटु कतै गए पनि दिल हरा हारी पहरामा मूल फुटि झरेकी खोलामा तल पुगी दोभानमा भेट हुने होला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मलाई तिम्रो मुस्कान

~किरण खरेल~ मलाई तिम्रो मुस्कान हैन तिमी नै चाहिन्छ केवल यौवन हैन जीवन नै चाहिन्छ सुखमा मलाई रमाउने साथीले मात्रै पुग्दैन दु:खमा हात समाउने कोही नभै हुँदैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी कहाँ हराइगयौ

~देवराज निरौला~ तिमी कहाँ हराइगयौ बादलुको माझमा डुविरहें म यहाँ सम्झनाको माझमा रुख बुट्यान् उजाड लाग्छन् गाउँघर शुन्य लाग्छन् संगीतका सातै सुर सबै फिका फिका लाग्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गैंडा हो गैंडा सिमेण्ट यो गैंडा

~कुबेर काका~ सेवा मुखी मुनाफा छ नाफा मुखि छैन बजारमा खोजी गर्दा भन्छन पाइदैन जग पिलर र ढलाईमा गैंडा नै लगाऊ आफू बस्ने घरलाई बलियो बनाऊँ । गैंडा हो गैंडा सिमेण्ट यो गैंडा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मिर्मिरे बिहानीमा झस्केर उठेँछु

~म. बि. बि. शाह~ मिर्मिरे बिहानीमा झस्केर उठेँछु गएर ति सपनीमा यो गीत गाएछु । हामी दुई मिलेर हिमाल चुली पुगौँला हातेमालो गरेर सँगै बसी खेलौंला स्वर्गको टुक्रा धर्तीमा झरेर सँगै बसौँला चन्द्रमाको जूनले गोरेटोलाई पोतौँला मिर्मिरे बिहानीमा ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बुझ्नै सकिनौ तिमीले आँखाको भाका

~चेतन कार्की~ बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो हजार अर्थ अरूले लाएर के गरु बुझ्नै सकिनौ तिमीले मुटु मुटुमा गीत बनी भरिन सक्छु म

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चिठी तिमीलाई लेखुँ भन्छु

~शङ्कर ‘प्रेरणा’~ चिठी तिमीलाई लेखुँ भन्छु मनको कुरा मनमै रह्यो सम्झनाले सताइरह्यो यी आँखाले हेरिरह्यो मनको कुरा मनमै रह्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बोल्ने आँट नभएनी

~सीता अर्याल~ देख्न मन लाग्दो रैछ बोल्ने आँट नभएनी आँखा प्यास मेट्दो रैछ छुने आँट नभएनी पूर्ब घाम झुल्की आउँदा उर्ली आए आशाहरू पारी जुन अस्ताउँदा वर्षि रहे आँखाहरू

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : वनमा फुल्यो फूलैफूल

~किरण खरेल~ आहा! वनमा फुल फूलैफूल वासना चल्यो मनैमा हाँसुहाँसु लाग्न थाल्यो लाली चढ्यो तनमा भनूँ भन्नै नहुने के मात लाग्यो नि होसै नहुने जता हेर्यो चारैतिर नयाँ रङ्ग छायो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यात्रा त्यही बाटो त्यही

~अम्बर गुरुङ~ यात्रा त्यही बाटो त्यही त्यही बाटो कुन यात्री होला भोली पाहाड मधेश भञ्ज्याङ त्यही बास बस्ने परदेशी हुन्न उही यात्रा त्यही ….. ठाउँ पनि त्यही हो त्यही हो नाम

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : स्वर्गसरी हुन्थ्यो

~सीता अर्याल~ स्वर्गसरी हुन्थ्यो जीवन तिम्रो सुन्दर साथ पाए शान्त शीतल नदी जस्तै सललल बग्न पाए। अन्जुलीका फूलका थुड्०गा चुल्ठो भरी सिउरी दिन्थेँ स्नेह गड्०गा तिम्रो दिब्य अधर भरि खन्याईदिन्थेँ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी आयौ जस्तो लाग्छ

~सीता अर्याल~ पर बाट जो आएनी तिमी आयौ जस्तो लाग्छ उतै फर्कि उभिएर हेरी रहुँ जस्तो लाग्छ समयले नेटो काट्यो कुरी बस्दा तिमीलाई काँसै सरी शिर फुल्यो पर्खी बस्दा तिमीलाई क्षितिज् पारी तिमी छौ की कुदी जाउँ जस्तो लाग्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जसै केश तिमीले फुकायौ

~अम्बर गुरुङ~ जसै केश तिमीले फुकायौ हावा गजबसँग लहरायो जिन्दगीले हेर मुस्कुरायो तिमी कौसीमा आई उभियौ कसैले त्यो झ्याल उघार्‍यो जिन्दगीले हेर मुस्कुरायो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँसु र सुस्केराका बाचाहरु

~चाँदनी शाह~ आँसु र सुस्केराका बाचाहरु त्यहाँ हुन्नन् त्यहाँ हुन्नन् हाँसो र खुसिका कसमहरु (त्यहाँ हुन्नन् त्यहाँ हुन्नन्)X2 माया र विश्वासमा कहिले ( बाचा बाँधिन्नन्)X२ साक्षी चाहिन्नन् त्यहाँ किरिया खाइन्न आँसु र सुस्केराका बाचाहरु हाँसो र खुसिका कसमहरु (त्यहाँ हुन्नन् … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : सारङ्गीको धूनले

~किरण खरेल~ सारङ्गीको धूनले, भन्छ मेरो मनले अब नाचिदेऊ छम छम छम तिम्रै सपनीले तिम्रै मोहनीले मलाई बाँध्यो नि झन झन झन भन्न लाज लाग्छ बोलिदे न फूल लुकाएका इच्छा खोलिदे न दिल

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : छोडी नजाऊ परदेशी दाजै

~अलका मल्ल~ छोडी नजाऊ परदेशी दाजै म त गाउँकी सोझी मान्छे झुटो बोल्न म सक्दिन प्रीत लाउन म जान्दिन छोडी नजाऊ परदेशी दाजै

Posted in नेपाली गीत | Tagged | 2 Comments

गीत : आज मेरी मायासँग

~दिनेश अधिकारी~ आज मेरी मायासँग मेरो भेटघाट डाढ लाग्ला जून–तारा ! नहेर्नू है आज नहेरे झैँ लजाएका उसका ओठ हेरूँला मीठामीठा छटपटीका चालसँगै खेलूँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो ढुकढुकीको चाल

~लेखु सहयात्री~ मेरो ढुकढुकीको चाल हौ तिमी मेरा हर जवाफ अनि सवाल हौ तिमी आफैँ भन्दा प्रिय प्रिय छौ तिमी मेरो जिन्दगी हौ तिमी मेरो जिन्दगी हौ

Posted in नेपाली गीत | Tagged | Leave a comment