Category Archives: अनूदित कविता

अनूदित कविता / Translated Poem

अनूदित कविता : नाजायज सन्तान

~हुल्लड मुरादाबादी~ अनु : मनोज न्यौपाने चिन्तित बाउले जनताको अस्पतालमा फोन ग¥यो ‘डाक्टर साहब मेरो सम्पूर्ण परिवार बिरामी भए जेठो छोरो ‘आन्दोलन’लाई रुघा

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : कामसुत्रको एउटा पाठ

~महमुद दर्विश~ अनुवाद : सुमन पोखरेल नीलो प्याला लिएर उनलाई पर्ख बसन्तको साँझमा गुलाफहरूले घेरिएर उनलाई पर्ख पहाड उक्लिन सिकाइएको घोडाको धैर्य लिएर उनलाई पर्ख कुनै युवराजको झैँ अनेक सौन्दर्यचेत लिएर उनलाई पर्ख बादलका सात सिराने लिएर उनलाई पर्ख उड्दै … Continue reading

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : पीडाको वन्दना (दुई)

~नाजिक अल मलाइका~ अनुवाद : सुमन पोखरेल किन आउँछ हामी भए ठाउँ यो पीडा? कहाँबाट आइपुग्छ यो? वर्षौँदेखि लडिबुडि खेल्दै हाम्रा सपनाहरूमा सिँगारिरहेछ यसले हाम्रा गीतहरूलाई। तिर्खाएका मुख रहेछौँ हामी र यिनै पीडालाई पिएर प्यास मेट्ने गर्दा रहेछौँ ।

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : जहाँ हरियो हुन्छ

~विष्णु नागर~ अनु : मनोज न्यौपाने जहाँ हरियो हुन्छ त्यहाँ पहेंलो पनि हुन्छ गुलाबी पनि हुन्छ त्यसमा गन्ध पनि हुन्छ

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : मैथुन

~ओक्टाभियो पाज~ अनु : सुमन पोखरेल मेरा आँखा नग्न फेला पार्दछन्‌ तिमीलाई र छोपिदिन्छन् हेराइको न्यानो वर्षाले। ओछ्यानबाट तिमी उठ्दै गर्दा तिम्रो हाँसो, र अझ बढी, तिम्रो शरीर, र जूनको तिम्रो चोलीसँगै रातका तिम्रा तिघ्राभन्दा सेता भएर उघ्रिन्छ स्वरहरूको एउटा … Continue reading

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : श्रद्धाञ्जली

~ओस्कार वाईल्ड~ अनु: प्रतिमान सिवा बिस्तारै हिँड्नुहोस, नजिकै छिन उनी हिउको थुप्रो मुनि, सुस्तरी बोल्नुहोस्, सुन्न सक्छिन् उनी डेजीहरू उम्रेको पनि। उनका चमक्दार सुनौला केशरासी

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : शोक–गीत

~कात्यायनी~ अनुवाद : सङ्गीत श्रोता बस्, यस्तै यस्तैमा बितिगयो एक बारको जिन्दगी ! न लेख्न सकियो कुनै महान् काव्य न हुन सकियो पाठकको आँखाको नानी न पाउन सकियो वरिष्ठ समालोचकको लाडप्यार आफ्नो त बस्, यस्तै यस्तैमा बितिगयो सारा जिन्दगी !

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : ढुङ्गाको पनि मन हुन्छ

~विष्णु नागर~ अनु : मनोज न्यौपाने कसले भन्छ, ढुङ्गाको मन हुँदैन ? हुन्छ, मैले त यस्तो मन पनि देखेको छु जसको हार्ट सर्जरीसमेत गरिएको छ । घाम र छाया

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित बाल कविता : बाल प्रश्न ?

~गिजुभाइ बधेका~ म खेलूँ कहाँ ? म उफ्रूँ कहाँ ? म गाऊँ कहाँ ? म बोलूँ कहाँ ? कुरा गर्छु, आमालाई झर्को लाग्छ

Posted in अनूदित कविता, बाल कविता | Tagged , , , , , | Leave a comment

अनूदित कविता : जब तिमी शब्दहरुको गर्भधारण ग-र्यौ

~योङ्ग उइ चोइ~ अनुवाद : भिष्म उप्रेती जब तिम्रो आफ्नै किताब निकाल्ने तीब्र इच्छाको गर्भधारण ग-र्यौ र तिमीभित्रै शब्दहरुले लात हानेको अनुभव ग-र्यौ र तिम्रो साधनाको तल्लो पेट बढेको स्पष्ट देख्छ्यौ तिमी त्यो शिशुलाइ तिम्रो सपनाको गर्भभन्दा पनि ठूलो बृहत्तर … Continue reading

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : प्रेम गितिका (१७)

~पाब्लो नेरूदा~ अनुवादः डा. दीपक खड्का तिमीसंग बसेको मेरो माया परिचित गुलाफको रंग र मणिको चमकमा बसेको माया जस्तो छैन । यो त कुनै अपरिचित र खतरनाक कुरासंग बसेको

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : त्यस्ती ठानेछौ तिमीले मलाई

~अन्ना आख्मातोभा~ अनुवाद : सुमन पोखरेल त्यस्ती पो ठानेछौ तिमीले त मलाई । तिमी मलाई चटक्कै बिर्सन सक्नेछौ, र म चाहिँ अनुनय गर्दै रुनेछु, र आफूलाई समाप्त गर्नेछु, भन्ठानेछौ ।

Posted in अनूदित कविता | Tagged , , , , , | Leave a comment

अनूदित कविता : युवा कवि

~निकानोर पारा~ लेख तिमीलाई मन लागे जस्तै जुनसुकै शैलीमा लेख पुल मुनिबाट बगिसकेको छ धेरै रगत केवल एउटै मार्ग सहि छ

Posted in अनूदित कविता | Tagged , , , | Leave a comment

अनूदित कविता : जोगियोस तिम्रो आवाज

~शायक आलोक~ अनुवाद : राजा पुनियानी तिमी चुपचाप बस्नुले तिमीलाई भित्र- भित्रै यसरी खानुसक्छ जसरी चुपचाप रहेको किताबलाई चपाइदिन्छ कीराले चुपचाप उभिएको मूसालाई टिपेर उड़्दछ चील तिमीले बोल्नु पर्नेछ –

Posted in अनूदित कविता | Tagged , , , , , | Leave a comment

अनूदित कविता : केही बोलिन

~मार्टिन निमोलर~ जर्मनीमा नाजीहरु सबैभन्दा पहिले कम्युनिष्टहरुलाई लिन आए त्यतीखेर मैले केही बोलिन, किनकी म कम्युनिष्ट थिइन । त्यसपछि उनीहरु यहुदीलाई लिन आए, त्यतीखेर पनि म केही बोलिन, किनकी म

Posted in अनूदित कविता | Tagged , , , | Leave a comment

अनूदित कविता : मेरो ठेगाना

~अमृता प्रीतम~ अनु : मनोज न्यौपाने आज मैले आफ्नो घरको नंबर मेटिदिएँ र, गल्लीको शिरमा लगाएको गल्लीको नाम हटाइदिए र, हरेक सडकको दिशाको नाम पुछिदिएँ तर यदि तपाईं मलाई भेट्नै चाहनुहुन्छ भने

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : आज देशमा

~नित्यानन्द गायेन~ अनुवाद : प्रमोद धिताल अनाजका गोदाम भरिएका छन् फेरि पनि गरीब भोकले तड्पिरहेछन् । यहाँ अदालत छन् न्यायधीश पनि छन् किंतु कोशौं दूर टाढा छ न्याय सेना छ पुलिस छ

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : देवदूत

~खालिल जीब्रान~ [ खलिल जिब्रानको जन्म ६ डिसेम्बर १८८३ मा उत्तरी लेबनानको पहाडी जिल्ला बिसर्रीमा एउटा सामान्य परिवारमा भएको थियो। सानै उमेरदेखि उनी एकान्त मन पराउने खालका थिए। बाबुबाट उनले कुनै स्नेह पाएनन्। रक्स्याहा र झगडालु स्वभावका उनले परिवारको कुनै … Continue reading

Posted in अनूदित कविता | Tagged , , , | Leave a comment

अनूदित कविता : तिमीसँगै रहँदा

~सर्वेश्वरदयाल सक्सेना~ अनुवाद: प्रेणित तिमीसँगै रहँदा प्रायः यस्तो लाग्छ लक्ष्य नजिक आएको छ, बाटो छोटो भएको छ, संसार खुम्चेर एउटा आँगन जत्रै बनेको छ र खचाखच भरिएको छ, कतै पनि छैन एकान्त न बाहिर, न भित्र। घटेको छ हरेक वस्तुको … Continue reading

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : मेरी प्रेयसी

~सेक्सपियर~ अनुवाद: विभोर मेरी प्रेयसीका आँखा घामजस्ता छैनन् मेरी प्रेयसीका आँखा घामजस्ता छँदैछैनन् न त उनको ओठको लाली सिपीको जस्तो रातो छ हिउँलाई सेतो मान्ने हो भने उनका स्तन त श्यामल छन्

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : आदिवासी केटीहरूको बारेमा

~निर्मला पुतुल~ अनुवाद : मनोज बोगटी त्यसै त काली भित्रबाट चम्किने सेतो दाँतजस्तो मलिन हुन्छ उ। कोमल हुन्छ उ। जब हाँस्छ उ फिनाइल-दूध पोखेजस्तो निश्चल हाँसो झर झर गर्दै गर्छ पहाडबाट

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : एउटा भाषा हुने गर्छ

~उदय प्रकाश~ अनुवाद: मनोज बोगटी एउटा भाषा हुने गर्छ जसमा म जतिपल्ट लेख्न चहान्छु `आँसू´ सित मिल्दोजुल्दो कुनै शब्द प्रत्येकपल्ट बग्ने गर्छ रगतको धारा एउटा भाषा छ जसमा बोल्न वैज्ञानिक , समाजविद अनि तेस्रो दर्जाको जोकर अनि हाम्रै समयका सम्मानित … Continue reading

Posted in अनूदित कविता | Tagged , , , , , | Leave a comment

अनूदित कविता : दिदिबहिनीहरु

~एकान्त श्रीवास्तव~ अनुवाद : चन्द्र गुरुङ दिदीबहिनीहरू घरभरि सुगन्धझैँ फैलिएका छन् । एकदिन उडी जाने छन् थाहा छैन हावाको कुन झोक्कासित । … रहने छ चर्को घाममा पनि

Posted in अनूदित कविता | Tagged , , , , , | Leave a comment

अनूदित कविता : कहिलेकहीँ

~लीलाकान्त नायक~ अनुवाद : सुदिप पाख्रिन नखाइ नै एउटा थाल रहन जान्छ…. आमा चाहन्छिन् आज छोरीले खाओस् पेट भरी र छोरी चाहन्छे कि आमाले खावोस आज पेट भरी गरीबको घर देखेको हुँ मैले हो, देखेको हुँ !

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित कविता : मृत्यु उपत्यका होइन मेरो देश

~नबारुण भट्टाचार्य~ अनु : डा. ॠषिराज बराल म थुक्क भन्छु आफ्नो छोराको मृत शरीरलाई चिन्न डराउने बाबुलाई त्यस अवस्थामा पनि लाजै नमानी सहज भएर बस्ने त्यो दाजुलाई पनि म थुक्क भन्छु दिनदहाडैको यस्तो रगतको होलिप्रती प्रतिशोधमा नउठ्ने ती शिक्षक, बुद्धिजिवी, … Continue reading

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित छोक : नर्क

~अशरफ फयाद~ अनु : राजा पुनियानी मेरा बाजे हरेक दिन नाङ्गै उभिन्छन् देशनिकाला नभई दैविक सृष्टि नभई

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित छोक : तेलको आँसु

~अशरफ फयाद~ अनु : राजा पुनियानी तिम्रो मूक खुन बोल्ने छैन जबसम्म तिमी मृत्युमा गौरव प्राप्त गर्नेछैनौ जबसम्म तिम्रो आत्मालाई मूर्खहरूको हातमा सुम्पिएको गुप्ती घोषणा गरिरहनेछौ

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित छोक : तनाखा

~अशरफ फयाद~ अनु : राजा पुनियानी भविष्यवेत्ताहरू रिटायर भए सो तिम्रा आफन्तहरू आउने बाटो कुर्न छाड़िदेऊ तिम्रो लागि

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित छोक : पाइपको मैला पानी

~अशरफ फयाद~ अनु : राजा पुनियानी निर्वासनको दिन नाङ्गै उभिन्छन् उनीहरू जबकि तिमी पाइपको मैला पानीमा खाली खुट्टै पौड़िन्छौ

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित छोक : हक

~अशरफ फयाद~ अनु : राजा पुनियानी हिँड़्ने या यताउति हल्लिने या रूनेसम्म हक छैन यद्यपि ऊसित उसको आत्माको खिड़्की खोल्ने कुनै अधिकार ऊसँग छैन

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित छोक : निर्वासनको गीत

~अशरफ फयाद~ अनु : राजा पुनियानी अचेल तिमी पहिलेभन्दा बढ़ी डकार्न थालेका छौ जस्तो कि ग्राहक लोभ्याउन रसिलो बोली र मादक नर्तक प्रयोग गर्छ बारले

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment

अनूदित छोक : भगवान

~अशरफ फयाद~ अनु : राजा पुनियानी ए रात तिमीसँग समयको अनुभव छैन तिमीसँग बर्खा पनि छैन जसले पखाल्न सकोस् तिम्रो अतीतको भग्नावशेष जसले तिमीलाई मुक्त गर्नु सकोस् त्यसबाट

Posted in अनूदित कविता | Tagged , , , , | Leave a comment